PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • नेकपा सचिवालय बैठक: एजेन्डामा प्रवेश नगराउने ओलीको रणनीति, केन्द्रीय कमिटी अगाडि स्थायी कमिटीको बैठक माग्दै प्रचण्ड-नेपाल समूह

    नेकपा सचिवालय बैठक: एजेन्डामा प्रवेश नगराउने ओलीको रणनीति, केन्द्रीय कमिटी अगाडि स्थायी कमिटीको बैठक माग्दै प्रचण्ड-नेपाल समूह

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको हो।दुई अध्यक्षको सहमतिमा बस्न लागेको बैठकका लागि नेताहरुले आ-आफ्नै रणनीति बनाएका छन्। आज बस्ने बैठकको रणनीति बनाउन बहुमत सचिवालय सदस्य बिहीवार साँझ पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए। अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा…

    विस्तृतमा पढ्नुस्

  • दीपावलीमा फिल्म ‘गुञ्जन’को फर्स्टलुक रिलिज

    दीपावलीमा फिल्म ‘गुञ्जन’को फर्स्टलुक रिलिज

    काठमाडौं : फिल्म ‘गुञ्जन’को पोस्टर सार्वजनिक भएको छ। दीपावलीको अवसरमा पहिलो प्रचारात्मक सामाग्री स्वरुप फर्स्टलुक रिलिज गरिएको हो। पोस्टरमा अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पाली फिचर्ड छन्। फिल्मलाई दुई दशकदेखि द्वन्द्व निर्देशनमा सक्रिय अष्ट महर्जनले निर्देशन गरेका हुन्। उनको यो पहिलो निर्देशकीय डेब्यु हो। गुञ्जनबारे उनले भने,'मैले फिल्म क्षेत्रमा सिकेको सबै यस फिल्ममा खन्याएको छु।' प्रेमकथामाथि बनेको फिल्ममा अन्य…

    विस्तृतमा पढ्नुस्

  • भाइ गुमाउनुको पीडा शब्दमा उतार्दै मीना खड्का, यस्तो छ मर्मस्पर्शी तिहार कोसेली

    भाइ गुमाउनुको पीडा शब्दमा उतार्दै मीना खड्का, यस्तो छ मर्मस्पर्शी तिहार कोसेली

    मीना खड्कालाई तिहार आउँदा भाईको यादले सताउँछ। भाइ दीपेन्द्र खड्काको सडक दुर्घटनामा निधन भएको वर्ष भइसकेको छ। भाइलाई आफूबाट यमराजले चुँडेर लगे पनि मीना भाइसँगका यादगार पल र पीडा कुनै न कुनै रुपमा व्यक्त गरिरहन्छिन्। नेपालीहरुको महान चाँड दिपावली अर्थात तिहारमा टिका लगाएको क्षण त उनी बिर्सनै सक्दिनन्। हरेक वर्ष तिहार आउँदा उनी भाइले टिका लगाइ दिएको सम्झिन्छिन्। देउँसी भैलो…

    विस्तृतमा पढ्नुस्

  • फेरि पोखरा झर्‍यो दुर्लभ थार : मानिसले माने अनौठो

    फेरि पोखरा झर्‍यो दुर्लभ थार : मानिसले माने अनौठो

    राजु आचार्य - कास्की पोखरामा निर्माणाधीन ‘क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल’ परिसरमा थार भेटिएको छ। विमानस्थलका कर्मचारीहरु बस्तीमा नै थार देखेपछि अचम्भित भएका थिए। हालसम्म पाइएको उचाइ अनुसार यो प्रजातिको स्तनधारी समुन्द्र सतहदेखि ५०० देखि ३०५० मिटरसम्म भेटिएको अभिलेख छ। उचाइको हिसाबले पोखरामा पाउने सम्भावना भए पनि यिनीहरू प्राय घना वन क्षेत्र तथा भिराला वासस्थानहरूमा मात्र रहने अभिलेख छन्। त्यसैले यो प्रजाति…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा टिकटकमाथि तत्काल प्रतिबन्ध लगाउन रोक

    अमेरिकामा टिकटकमाथि तत्काल प्रतिबन्ध लगाउन रोक

    अमेरिकाको वाणिज्य विभागले लोकप्रिय भिडियो एप टिकटकमाथिको प्रतिबन्ध लगाउने निर्णयलाई रोक लगाएको छ। आमेरिकामा आजदेखि टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो। प्रतिबन्ध लागू भएको भए अमेरिकामा यो एप डाउनलोड गर्न निषेध हुने थियो।  'थप कानुनी विकासक्रम' लाई आधार बनाएर वाणिज्य विभागले प्रतिबन्ध लगाउने निर्णयलाई रोक लगाएको हो। फिलाडेल्फियाको अदालतमा ती जनाले अमेरिकामा टिकटक चल्न पाउनुपर्ने भन्दै यार गरेको मुद्दालाई देखाउँदै तत्कालका लागि…

    विस्तृतमा पढ्नुस्

  • बैतडी बस दुर्घटना : शव निकाल्नै लाग्यो ७ घण्टा, एक जनाको शव अझै बसमै अड्कियो, दुई जनाको सनाखत

    बैतडी बस दुर्घटना : शव निकाल्नै लाग्यो ७ घण्टा, एक जनाको शव अझै बसमै अड्कियो, दुई जनाको सनाखत

    बैतडी: बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। ३४ जना घाइते भएका छन्। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ खोड्पेमा दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराति साढे १० बजेतिर सानो घुम्तीबाट करीब ६ सय मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ। जसमा प्रहरी जवान रणबहादुर…

    विस्तृतमा पढ्नुस्

  • कार्यकारी अध्यक्षको जिम्मेवारीप्रति ओलीलाई प्रचण्डको प्रतिप्रश्न :हलो अड्काएर गोरु चुट्ने अनि जाली कुरा गर्ने?

    कार्यकारी अध्यक्षको जिम्मेवारीप्रति ओलीलाई प्रचण्डको प्रतिप्रश्न :हलो अड्काएर गोरु चुट्ने अनि जाली कुरा गर्ने?

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पत्रको जुहारी चलेको छ। गत शनिबार कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सदस्यले सचिवालय बैठकको माग  गर्दै लिखित पत्र बुझाए। त्यसको प्रतिउत्तरमा बिहीबार  नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सम्बोधन गर्दै पत्रमार्फत् नै दिए। फेरि उक्त पत्रको जवाफ प्रचण्डले १९ पृष्ठ लामो पत्रमार्फत दिएका छन्। ओलीले कार्यकारी अध्यक्ष भएपछि पार्टीमा के जिम्मेवारी पूरा भयो भन्दै…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पको डरमा बाइडेनलाई बधाई दिन रिपब्लिकनलाई त्रास!

    ट्रम्पको डरमा बाइडेनलाई बधाई दिन रिपब्लिकनलाई त्रास!

    थोरै नै सही, रिपब्लिकसन नेताहरुले जोय बाइडेनले राष्ट्रपतीय निर्वाचनमा जित निकालेको भन्दै उनलाई परम्परागत रुपमा हुँदै आएको इन्टेलिजेन्स ब्रिफिङ उपलब्ध गराउनपर्ने बताएका छन्। र यस्तो भन्नेहरुको संख्या क्रमश बढिरहेको छ। ट्रम्प नजिक मानिने लिन्डसे ग्राहमले अरु समयमा जस्तै गरी आउँदै गरेका राष्ट्रपतिलाई गराइने सेक्रेट प्रेसिडेन्सियल मेमो बाइडेनलाई उपलब्ध गराउन थाल्नुपर्ने बताए। तर अझै पनि धेरैजसो रिपब्लिकनहरुले ट्रम्पको साथ दिइरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • बैतडीको खोड्पेमा मध्यराती बस दुर्घटना: ९ जनाको मृत्यु, ३४ घाइते

    बैतडीको खोड्पेमा मध्यराती बस दुर्घटना: ९ जनाको मृत्यु, ३४ घाइते

    काठमाडौं : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती दुर्घटनामा परेको हो। सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतकहरुको सनाखत हुन बाँकी छ। मृतकमध्ये ७ जना पुरुष…

    विस्तृतमा पढ्नुस्

  • आज नेपाली फुटबल टोली बंगलादेशसँग भिड्दै, कप्तान चेम्जोङ भन्छन्: उत्साहित छौं

    आज नेपाली फुटबल टोली बंगलादेशसँग भिड्दै, कप्तान चेम्जोङ भन्छन्: उत्साहित छौं

    काठमाडौ: नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेलमा बंगलादेशको सामना गर्दैछ। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपालले ढाकास्थित बंगबन्धु स्टेडियममा आज खेल पौने पाँच बजे खेल्नेछ। कोरोना महामारी र लकडाउनको क्रममा लामोसमय अभ्यासबिहीन बनेका फुटबल खेलाडीहरु एकहप्ताको छोटो अभ्यासपछि बंगलादेश गएका थिए। त्यसमा पनि केही पहिलो रोजाइका खेलाडीहरु कोरोना र चोटका कारण टिममा नहुँदा केही नयाँ अनुहार पनि टिममा…

    विस्तृतमा पढ्नुस्

  • वामदेवलाई मन्त्री किन नबनाउने? यस्ता छन् न्यायाधीश ईश्वर खतिवडाका तर्क

    वामदेवलाई मन्त्री किन नबनाउने? यस्ता छन् न्यायाधीश ईश्वर खतिवडाका तर्क

    काठमाडौँः सर्वोच्चको संवैधानिक इजलासले बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खोलिदियो। पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित चार न्यायाधीशले यसअघि जारी अन्तरिम खारेजीका पक्षमा राय दिए। बहुमतको रायका आधारमा गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनेगरि जारी असोज ७ गतेको आदेश निष्क्रिय भएको छ। तर, बहुमतको रायविरुद्ध न्यायाधीश ईश्वरप्रसाद खतिवडाले भने फरक राय लेखेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठकको रणनीति बनाउन खुमलटारमा ५ नेताले गरे छलफल

    सचिवालय बैठकको रणनीति बनाउन खुमलटारमा ५ नेताले गरे छलफल

    काठमाडौं : सचिवालय बैठकअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यले छलफल गरेका छन्। शुक्रवार हुने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन बहुमत सचिवालय सदस्य अहिले प्रचण्ड निवास खुमलटारमा छलफल गरेका थिए। छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। तर, उपाध्यक्ष वामदेव गौतम भने अरु नेताहरु निस्किसके…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्मा संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदित

    प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्मा संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदित

    काठमाडौँः संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित तीन राजदूतलाई सर्वसम्मत अनुमोदन गरेको छ। बिहीबार सुनुवाइपछि समितिले अमेरिकाका लागि प्रस्तावित डा. युवराज खतिवडा, बेलायका लागि प्रस्तावित लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित डा. निर्मलकुमार विश्वकर्मालाई सर्वसम्मत अनुमोदन गरेको हो।  समितिमा तीनै राजदूतले आफ्नो कार्ययोजना र सांसदहरुको प्रश्नको जवाफ दिएका थिए।  उनीहरुले द्धिपक्षीय सम्बन्धलाई प्रभावकारी बनाउँदै आर्थिक कूटनीतिमा…

    विस्तृतमा पढ्नुस्

  • पद नपाए पनि मेरो गुजारा चल्छ : डाक्टर युवराज खतिवडा

    पद नपाए पनि मेरो गुजारा चल्छ : डाक्टर युवराज खतिवडा

    काठमाडौं : डाक्टर युवराज खतिवडाले एमसीसीमा सहजिकरण गर्ने योजना सुनाएका छन्। अमेरिकाका लागि राजदूत सिफारिस भएका खतिवडाले आज संसदीय सुनुवाई समितिमा बोल्दै आर्थिक कुटनीतिमा ध्यान दिने बताए। 'म राजदूत नियुक्त भएमा आर्थिक कूटनीतिमा ध्यान दिन्छु। नेपालको भूमिका अन्तर्राष्ट्रिय फोरममा उभ्याउने प्रयास गर्छु,' डाक्टर खतिवडाले भने। उनले द्वीपक्षीय सहयोग र उच्चस्तरीय भ्रमणको पहल गर्ने पनि सुनाए। 'मैले पद मागेर लिएको हैन।…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा बन्याे हेलिप्याड, अब प्रधानमन्त्री उडेरै एयरपोर्ट जाने

    बालुवाटारमा बन्याे हेलिप्याड, अब प्रधानमन्त्री उडेरै एयरपोर्ट जाने

    काठमाडौं : अब प्रधानमन्त्री एयरपोर्ट जाँदा-आउँदा ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नु नपर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएसँगै उक्त समस्या समाधान हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।  थापका अनुसार नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको हेलिकप्टरबाट आइतवार संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन नवनिर्मित हेलिप्याडबाट नै…

    विस्तृतमा पढ्नुस्

  • चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    काठमाडौं : पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचारको खर्च सरकारले बेहोर्ने निर्णय भएको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले केसीको उपचारको खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। 'राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभा सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु,' बैठकपछि पौडेलले ट्विट गरेका छन्, 'आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • दुवै अध्यक्षको सहमतिमा विष्णु पौडेलले भोलिका लागि डाके नेकपा सचिवालय बैठक

    दुवै अध्यक्षको सहमतिमा विष्णु पौडेलले भोलिका लागि डाके नेकपा सचिवालय बैठक

    काठमाडौं : लामो समयदेखि माग भए पनि बस्न नसकेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि बस्ने भएको छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले बैठकका लागि मागपत्र बुझाउनुपर्ने अवस्था आएको पार्टीमा भोलिका लागि भने दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक बोलाएका हुन्। नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा १७ वर्षीया किशोरीको गोली हानी हत्या

    रौतहटमा १७ वर्षीया किशोरीको गोली हानी हत्या

    काठमाडौं : रौतहटमा एक १७ वर्षीया किशोरीको गोली हानी हत्या भएको छ। बुधवार राति करिब ११ बजे रौतहटको माधवनारायण नगरपालिका लौकाहमा सुतिरहेकी १७ वर्षीया अमृता कुमारीलाई गोली हानी हत्या गरिएको हो। 'टाउकोमा गोली हानी हत्या गरेको देखिन्छ। हामीले सबै पक्षबाट अनुसन्धान गरिरहेका छौं,' जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिबिक्रम शाहले भने। किशोरीको एक वर्षअघि सर्लाहीका एक युवकसँग बिवाह भएको थियो। तर,…

    विस्तृतमा पढ्नुस्

  • ठगीका माष्टरमाइन्ड पसल, प्रहरीलाई नै २ करोडको रुपैयाँको गफ तर खाता अर्कै

    ठगीका माष्टरमाइन्ड पसल, प्रहरीलाई नै २ करोडको रुपैयाँको गफ तर खाता अर्कै

    काठमाडौं : ठगी अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका जुम्ला कनका सुन्दरी गाउँपालिका वडा नम्बर ७ का २६ वर्षीय पसल रोकायलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत काठमाडौंले पसललाई थुनामा पठाएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रोकायालाई असोज ११ गते पक्राउपछि सार्वजनिक गरेको थियो। 'धेरैलाई ठगी गरेको देखियो। अदालतले अहिले पूर्पक्षका लागि थुनामा पठाएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम…

    विस्तृतमा पढ्नुस्

  • ओली र प्रचण्डको उपचारका लागि व्यापारीको प्रतिस्पर्धा, चित्रबहादुर केसी र मुनालको उपचारका लागि कसैसँग छैन पैसा

    ओली र प्रचण्डको उपचारका लागि व्यापारीको प्रतिस्पर्धा, चित्रबहादुर केसी र मुनालको उपचारका लागि कसैसँग छैन पैसा

    काठमाडौं : निमोनियाबाट थलिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीमा कोभिड १९ पोजेटिभ देखियो। कोरोना भाइरसको विश्वव्यापी असर देखिँदा पूर्व मन्त्रीसमेत रहेका केसीमा संक्रमण देखिनु अनौठो विषय नहोला। तर, अनौठो चाहिँ के हो भने - उनको उपचारका लागि खर्च नहुँदा पार्टीले बैठक नै डाक्यो र सहयोगका लागि प्रेस वक्तव्य जारी गर्‍यो। +++ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सुरक्षा दिँदै जनयुद्धका क्रममा अंगरक्षकको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell