काठमाडौं : प्रहरीले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ बसुन्धारा पार्क नजिकै दाङको घोराइ घर भइ पोखरा बस्दै आएका २५ वर्षीय कृष्ण चौधरीको हत्याको अभियोगमा एक जनलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले बुधवार पत्रकार सम्मेलन गर्दै सिन्धुली सुनकोशी गाउँपालिका वडा नम्वर १ कुशेश्वर दुम्जा घर भएका २३ वर्षीय प्रेम भन्ने नन्दलाल श्रेष्ठलाई सार्वजनिक गरेको हो। श्रेष्ठले अशोज २२ गते…
काठमाडौं : पछिल्लो केही समय यता हुम्लामा चीनले नेपाली भूमि मिचेर भवन बनाएको चर्चा चलिरहेको छ। चीनले भने यसलाई अस्वीकार गर्दै आएको छ। यसअघि चिनियाँ दूतावासले नेपाली भूमि अतिक्रमण नगरेको र त्यस सम्बन्धी नेपालले जाँच गर्न सक्ने बताएको थियो। त्यसपछि, प्रमुख जिल्ला अधिकारीसहितको टोली सीमा अनुगमन गर्न पुग्यो। अतिक्रमण नभएको निष्कर्ष निकाल्यो। त्यसलाई चित्त नुबझेपछि नेपाली कांग्रेसका कर्णाली प्रदेशसभाका नेता…
यसपाला के होला? कोरोनाका कारण लक्ष्मी पूजाको रौनक पहिले झै होला कि नहोला? प्रश्नको प्रष्ट जवाफ नभए पनि भक्तपुरकी चेतकुमारी यसपाला पनि जुटिरहेकी छिन् लक्ष्मीको आकृति तयार पार्न। संशयकै बीचमा पनि उनको भगवान बनाउने कर्मले विश्राम पाएको छैन। करिब २५ वर्ष अघिको कुरा हो। भक्तपुरकी चेतकुमारी चित्रकार हरेक वर्ष तिहार सुरु हुनुभन्दा केही अघिदेखि काठमाडौं धाउँथिन्। उनका झोलाभरी लक्ष्मीका तस्विर…
काठमाडौं : गत फागुनमा दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक उपत्यका बाहिर भ्रमणमा निस्कएका छन्।उनी बुधवार उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको सीमा किमाथांका पुगेका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायतलाई लिएर प्रधानमन्त्री ओली त्यता गएका हुन् । संखुवासभा भ्रमणमा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई आज हुँदैछ। गौतमको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो। न्यायाधीशहरुमा कोरोना संक्रमण र दशैंका कारण मुद्दाको पेशी आजसम्मका लागि स्थगित गरिएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर…
एप्पलले आफ्नै डिजाइनको चिप्सबाट तयार भएको पहिलो म्याक कम्प्युटर सार्वजनिक गरेको छ। सन् २००६ देखि इन्टेलको प्रोसेसर प्रयोग गर्दै आएको म्याकले गएको जुनमा आफ्नै प्रोसेसरमा 'ट्रान्सफर' हुने घोषणा गरेको थियो। एप्पलले तयार गरेको चिप्स एम वानले ब्याट्रीको आयु, स्लिप मोडबाट तत्काल अन हुने र आइओएस एपहरु चलाउन थप सहज हुने दावी गरेको छ। एप्पलले आफ्नो म्याक एप्सलाई थप सुधार गरेको…
काठमाडौं : विभिन्न व्यवसायीहरुलाई धम्काएर रकम मागेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा नुवाकोट ककनी गाउँपालिका ३३ वर्षीय बिन्तोष सिलवा सुनवार, रामेछाप सुनापती गाउँपालिका ३ का रामदल श्रेष्ठ( अटल), काभ्रे तिमाल गाउँपालिका वडा नम्वर ५ का तीर्थमान तामाङ र चितवन भरतपुर महानगरपालिकाका नन्दुराज आचार्य रहेका छन्। उनीहरुले काठमाडौं…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक चेकिङ थप कडा बनाउने भएको छ। नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर सुरक्षा व्यवस्था थप कडा गर्न लागिएको हो। त्यसो त महाशाखाले दशैं, तिहार र छठ पर्वमा हुन सक्ने दुर्घटना तथा ठगी नियन्त्रण गर्न विषेश सुरक्षा योजना नै लागू गरेको छ। त्यसै अन्तर्गत तिहार नजिकिएकाले थप प्रहरी सक्रिय बनाएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। तिहारमा…
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साताको निर्वाचनलाई स्वीकार गर्न नसकेको विषयलाई जोय बाइडेनले 'हतोत्साही' कदम भनेका छन्। राष्ट्रपति ट्रम्पले चुनावी मत परिणाम नस्वीकारी अदालती बाटो रोजिरहेकै बेला अमेरिकाका प्रेसिडेन्ट - इलेक्टले भने विभिन्न मुलुकका नेताहरुसँग सम्पर्क स्थापना गर्न सुरु गरिसकेका छन्। उनको कदमले संकेत गर्छ - बाइडेनलाई अब कसैले रोक्न सक्ने छैन। यसैबीच फेरि पनि ट्रम्पले ट्विट गर्दै यो रेसमा आखिरमा…
शिशिर वैद्य - संघारमा दाउ कुरेर बसेको कोरोनाले भन्यो, 'ढ्याप्पा।' भाइ स्वरुप आचार्यको केही समय अघिको ट्विटमा प्रयोग भएको ‘ढ्याप्पा’ शब्दले बाल्यकालका सम्झनालाई एकाएक ताजा बनायो। ‘ढ्याप्पा’ शब्द सानोमा लुकामारी खेल्दा निकै भनियो। निकै पटक ‘ढ्याप्पा’ खाएर 'डुम' पनि भइयो। त्यो खेल थियो ‘ढ्याप्पा’ भनिसकेर डुम फेरिएर खेल चालु रहन्थ्यो। तर, कोरोनाले भनेको ‘ढ्याप्पा’ले दैनिकी भताभुङ्ग पार्दो रहेछ। शारीरिक रुपमा…
इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि मुम्बई इण्डियन्सले जितेको छ। आज भएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई सहज रुपमा पराजित गर्दै उपाधि जितेको हो। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। सुरुवातमा खस्केको दिल्लीको ब्याटिङलाई रिशब पन्त र कप्तान श्रेयस…
इण्डियन प्रिमियर लिग (आईपीएल)को आज जारी फाइनल खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको हो। सुरुवातमा खस्केको दिल्लीको ब्याटिङलाई रिशब पन्त र कप्तान श्रेयस ऐय्यरले ९६ रनको साझेदारी गर्दै उकासेका थिए। दिल्लीका लागि ऐय्यरले अभिजित रहँदै सर्वाधिक ६५…
काठमाडौँः जयनगर-जनकपुर खण्डमा सञ्चालनका लागि ल्याइएका दुई सेट रेल डेढ महिनादेखि पाल ओढाएर राखिएका छन्। सञ्चालनको आवश्यक तयारी नै नगरी भित्र्याइएको रेल कहिलेदेखि चल्छ भन्नेमा अन्योल बढेको छ। रेल सेवा सञ्चालनका लागि ऐन, निर्देशिका, जनशक्ति व्यवस्थापन र सञ्चालनयोग्य ट्रयाक नै तयार छैन। भित्र्याइँदा दसैंसम्म सञ्चालन हुने भनिए पनि अब भने रेल कहिले चल्छ भन्नेमा जिम्मेवार पदाधिकारीहरू नै जवाफ दिन नसक्ने अवस्थामा…
काठमाडौँः गृह मन्त्रालयले अवैध रुपमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकले त्यस्ता उद्योग तत्काल बन्द गर्न र कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो। बैठकले हाल कार्यान्वयनमा रहेको ढुंगा, गिटी बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ परिमार्जन गर्ने निर्णय समेत गरेको छ। परिमार्जनको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन…
विराटनगर : प्रहरीले लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-४ कन्चनवारीबाट नियन्त्रित लागुऔषध गाँजासहित ती महिलाहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-९ बस्ने ४० वर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका-१ बस्ने २० वर्षीया बबिता राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उक्त कार्यालयको अनुसन्धान समूहबाट खटिएको टोलीले उनीहरुलाई मंगलवार दिउँसो १ बजे ५ केजी…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार ७३६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा एक लाख ९९ हजार ७६० पुगेको छ। त्यस्तै मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको छ। हालसम्म संक्रमित मध्ये एक लाख ६० हजार ५७७ जना संक्रमण मुक्त भइसकेको…
हलसम्म दर्शकलाई तान्नका लागि भारतका मल्टिप्लेक्सहरुलाई यस राज फिल्मसले आफ्नो चर्चित फिल्महरु उपलब्ध गराउने भएको छ। कोरोना भाइरसका कारण लामो समयदेखि संकट भोगिरहेको भारतीय फिल्म उद्योगमा 'बाउन्स ब्याक'का लागि यस राज फिल्मले पीभीआर सिनेमाज, आइएनओएक्स र सिनेपोलिसजस्ता मल्टिप्लेक्सलाई आफ्नो लाइब्रेरीबाट फिल्म उपलब्ध गराउन लागेको हो। यस राज फिल्मसले सदावाहर हिट फिल्म दिलवाले दुल्हनिया ले जाएङ्गे, दिल तो पागल है, वीर…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटारमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी धुम्बाराही पुगेका छन्। बालुवाटारमा सचिवालय बैठक बोलाउने विषयमा ओलीसँग छलफल गरी प्रचण्ड धुम्वाराहीमा नेकपाको सचिवालयका बहुमत सदस्यहरुसँग छलफलका लागि पार्टी कार्यालय धुम्बाराहीमा पुगेका हुन्। नेकपामा अध्यक्षसहितका बहुमत सदस्यहरुले विवाद चर्किँदै जाँदा प्रधामन्त्री ओली माथि बैठक बोलाउन दबाब दिइरहेका…
कार्टुन सिरिज 'स्कुबी-डु'का रचनाकार केन स्पेयर्सको निधन भएको छ। लुई बडी डिमेन्सिया भएका उनी ८२ वर्षको उमेरमा मरेका हुन्। उनका छोरा केभिनले खबर पुष्टि गरेको हलिउड रिपोर्टरमा लेखिएको छ। केनले जो रुबीसँगको सहकार्यमा चर्चित काटुन सिरिज बनाएका थिए। रुबीको तीन महिनाअघि निधन भएको थियो। सन् १९६९ मा प्रसारण भएको 'स्कुबी डु, ह्वेर आर यू' सन् दुई सिजन चल्यो। तर, ५०…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि उनी बालुवाटार पुगेका हुन्। अहिले दुई अध्यक्षबीच छलफल सुरु भएको छ। प्रचण्डले आजै दिउँसो ४ बजे बहुमत सचिवालय सदस्यहरुसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गर्दैछन्। त्यसअघि प्रचण्ड अर्का अध्यक्ष ओली भेट्न बालुवाटार पुगेका हुन्। आजै बिहान बालुवाटारबाट सन्देश लिएर…