PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • ओलीले बैठक बोलाउन नमानेपछि धुम्बाराहीमा प्रचण्ड नेतृत्वमा बहुमत सचिवालय सदस्यको बैठक बस्दै

    ओलीले बैठक बोलाउन नमानेपछि धुम्बाराहीमा प्रचण्ड नेतृत्वमा बहुमत सचिवालय सदस्यको बैठक बस्दै

    काठमाडौं : लिखित रुपमा सचिवालय बैठकको माग गर्दा पनि नेकपा अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको बहुमत सदस्यको बैठक बस्ने भएको छ। आज ४ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयका ५ सदस्यको बैठक बस्ने तयारी भएको छ। पटक पटक बैठकको माग गर्दा पनि ओलीले बैठक बोलाउन अस्वीकार गरेपछि शनिवार प्रचण्डले अनौपचारिक सचिवालय बैठक बोलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई पूर्व माओवादी नेताको सन्देश : हामी पक्षमा थिएनौं, भ्रममा नपर्नुस् साथ दिन सक्दैनौँं

    ओलीलाई पूर्व माओवादी नेताको सन्देश : हामी पक्षमा थिएनौं, भ्रममा नपर्नुस् साथ दिन सक्दैनौँं

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पूर्व माओवादी पक्षका स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा आफूहरु नरहेको स्पष्ट सन्देश दिएका छन्। गत स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएका बेला पूर्व माओवादीका केही नेताहरुले राजीनामाको विपक्षमा उभिएका थिए।  पछिल्लो समय कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेर ओली पक्षमा गएको आरोप खेप्दै आएका नेताहरुले आफूहरु कसैको…

    विस्तृतमा पढ्नुस्

  • मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुन: प्रकाशित

    मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुन: प्रकाशित

    काठमाडौं : नेपालय प्रकाशनले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत् २०२० मा सार्वजनिक 'कोशीको कथा'लाई पुन: प्रकाशित गरेको छ। मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह उक्त कृति पहिलो पटक २०४६ सालमा प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले प्रकाशित गरेको थियो। यस पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्छ। त्यस्तै कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरूको कथा भन्छ। कोशी उतिबेला बिहारको श्राप थियो तर…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारबाट के सन्देश लिएर खुमलटार पुगे लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल?

    बालुवाटारबाट के सन्देश लिएर खुमलटार पुगे लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल?

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद उत्कर्षमा पुगिरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य शंकर पोखरेलले पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेता पोखरेल पार्टीभित्रको विवाद उत्कर्षमा रहेका बेला काठमाडौं आएका हुन्। प्रधानमन्त्री ओलीले बोलाएपछि काठमाडौं आएका मुख्यमन्त्री पोखरेल यसबीच…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता भएका चिकित्सक काभ्रेमा सकुशल भेटिए

    फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता भएका चिकित्सक काभ्रेमा सकुशल भेटिए

    काठमाडौं : फेसबुकमा सुसाइड नोट पोस्ट गरेर बेपत्ता भएका चिकित्सक भेटिएका छन्। भक्तपुरको 'द डेन्टल सिटी' अस्पतालका निर्देशक समेत रहेका डाक्टर दिगम्बर झा आज बिहानदेखि बेपत्ता भएका थिए। उनले बिहान करिब ७ बजेतिर फेसबुकमा आफू आत्महत्या गर्न गएको भन्दै लामो सुसाइड नोट समेत पोस्ट गरेका थिए। बिहान ५ बजेतिर निस्किएका उनको खोजीमा प्रहरी लागेको थियो। आज दिउँसो काभ्रेको ५५ किलो…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकमा 'सुसाइड नोट' लेखेर चिकित्सक बेपत्ता, अन्तिम लोकेसन पनौती, प्रहरी जुट्यो खोजीमा

    फेसबुकमा 'सुसाइड नोट' लेखेर चिकित्सक बेपत्ता, अन्तिम लोकेसन पनौती, प्रहरी जुट्यो खोजीमा

    काठमाडौं : एक चिकित्सकले फेसबुकमा सुसाइड नोट पोस्ट गरेर बेपत्ता भएका छन्। भक्तपुरको 'द डेन्टल सिटी' अस्पतालका निर्देशक समेत रहेका डाक्टर दिगम्बर झा आज बिहानदेखि बेपत्ता भएका हुन। उनले बिहान करिब ७ बजेतिर फेसबुकमा आफू आत्महत्या गर्न गएको भन्दै लामो सुसाइड नोट समेत पोस्ट गरेका थिए। बिहान ५ बजेतिर निस्किएका उनको खोजीमा प्रहरी लागेको छ। 'उहाँको परिवार समेत सम्पर्कमा आउनु भएको छ। अहिलेसम्म फेला…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर युवराज खतिवडाले 'लादेको' करहरु उल्ट्याउँदै अर्थमन्त्री पौडेल

    डाक्टर युवराज खतिवडाले 'लादेको' करहरु उल्ट्याउँदै अर्थमन्त्री पौडेल

    काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले किताबमा आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल हटाएका छन्। अघिल्लो अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफ्नो दोस्रो बजेट(गत आर्थिक वर्ष)बाट किताब आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था गरेका थिए। निजी क्षेत्रप्रति सधैं निर्मम रुपमा प्रस्तुत भएका खतिवडाले किताबमा समेत कर लगाउने निर्णयको तीव्र विरोध भयो। पढेगुनेका भनिएका मन्त्रीले अर्थतन्त्रमा उल्लेख्य प्रभाव नपर्ने विषय कर…

    विस्तृतमा पढ्नुस्

  • हटेन सवारी साधनमा जोरबिजोर प्रणाली, काठमाडौं उपत्यकामा दैनिक ७ सय सवारी कारबाहीमा

    हटेन सवारी साधनमा जोरबिजोर प्रणाली, काठमाडौं उपत्यकामा दैनिक ७ सय सवारी कारबाहीमा

    काठमाडौं : सरकारले पछिल्लो पटक साउन २२ गतेबाट लागू गरेको काठमाडौं उपत्यकाभित्रको जोरबिजोर प्रणाली अझै हट्न सकेको छैन। अन्य क्षेत्र निर्वाधरुपमा खुले पनि सवारी साधनको जोरबिजोर प्रणाली भने अझै लागू छ। सडकमा खटिएका ट्राफिक प्रहरीले अहिले पनि सडकमा चेकिङ प्वाइन्ट राखेर सवारी साधनको नम्बर प्लेट हेर्ने गरेका छन्। तर, पहिलेको तुलनामा चेकिङमा केही कमी आएको छ। अन्य क्षेत्र निर्वाध रुपमा संचालन हुने तर…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा पराजित डोनाल्ड ट्रम्पको कानुनी लडाईको उद्‍घोष

    चुनावमा पराजित डोनाल्ड ट्रम्पको कानुनी लडाईको उद्‍घोष

    भर्खरै सम्पन्न अमेरिकी निर्वाचनमा पराजय भोगेका राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीले कानुनी लडाईको उद्‍घोष गरेका छन्। जोय वाइडेनले राष्ट्रपति ट्रम्पलाई पराजित गर्ने संकेत पाएलगत्तै मतगणनासमेत रोक्नका लागि प्रयास भएको थियो। 'यो निर्वाचन सकिएको छैन,' ह्वाइट हाउसका प्रेस सेक्रेटरी कायलेग म्याकेनीले प्रेस कन्फ्रेन्समा भनेकी छिन्, 'यो अझै टाढा छ।' उनले निर्वाचनमा झेली भएको दावी गरिन्। तर, त्यसलाई पुष्टि गर्ने कुनै पनि तथ्य…

    विस्तृतमा पढ्नुस्

  • जताततै हुन्डी कारोबार, समातिँदै कारोबारी

    जताततै हुन्डी कारोबार, समातिँदै कारोबारी

    काठमाडौं : सोमवार जिल्ला प्रहरी कार्यालय पर्साले हुन्डीको कारोबार गर्ने एक जनलाई पक्राउ गरी सार्वजनिक गर्‍यो। उनी थिए भारतको बिहार, पूर्वी चम्पारण, रक्सौल निवासी ५० वर्षीय कृष्णकुमार जैन। उनको साथबाट प्रहरीले १६ लाख रुपैयाँ बरामद गरेको थियो। ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार उनलाई वीरगंज महानगरपालिका-७ माईस्थान अगाडिबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार अवैध वित्तीय कारोबार ‘हुण्डी’ भइरहेको छ भन्ने खबर…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल ठक्करले महिलाको गयो ज्यान, बाइक छोडी चालक फरार

    मोटरसाइकल ठक्करले महिलाको गयो ज्यान, बाइक छोडी चालक फरार

    डोटी : मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन्। डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी वृद्धालाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार गर्ने क्रममा आज मृत्यु भएको प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • घाँस काट्न गएकी किशोरीको चितुवाले लियो ज्यान

    घाँस काट्न गएकी किशोरीको चितुवाले लियो ज्यान

    अमरगढी : चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोरीको मृत्यु भएको छ। बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ। घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। डडेल्धुराबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ विरुद्ध अहिलेसम्मकै प्रभावकारी खोप तयार, बजारमा बढायो उत्साह

    कोभिड १९ विरुद्ध अहिलेसम्मकै प्रभावकारी खोप तयार, बजारमा बढायो उत्साह

    अहिलेसम्मकै सबैभन्दा प्रभावकारी कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार भएको छ। कोभिड १९ विरुद्धको एउटा खोप ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको प्रारम्भिक विश्लेषणले देखाएको छ। पीफिजर र बायोएनटेकले यस खोपको सफलतालाई लिएर विज्ञान र मानवताको युगान्तकारी दिन भएको व्याख्या गरेका छन्। यी दुई कम्पनीले नै खोप तयार पारेका हुन्। ६ मुलुकका ४३ हजार ५ सय मानिसमा यो खोपको परीक्षण गरिएको हो जसले…

    विस्तृतमा पढ्नुस्

  • 'रअ' प्रमुखपछि अब भारतीय विदेश सचिव नेपाल आउँदै

    'रअ' प्रमुखपछि अब भारतीय विदेश सचिव नेपाल आउँदै

    काठमाडौं: लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच सीमा विवाद जारी रहेको बेलामा नरेन्द्र मोदी सरकारले भारतीय विदेश सचिव हर्षवर्धन स्रिंगलालाई नेपाल पठाउने भएको छ। हिन्दुस्तान टाइम्सले स्रिंगला नोभेम्बर महिनाको अन्तिमतिर काठमाडौं आउने उल्लेख गरेको छ। स्रिंगलाको भ्रमणको प्रमुख उद्देश्य नै सीमा विवादसँग सम्बन्धित रहने भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले बताएका छन्। सीमा विवादसँगै दुवै देशबीच कूटनीतिक र राजनीतिक संवाद ठप्प…

    विस्तृतमा पढ्नुस्

  • दैलेखबाट एक संक्रमित स्वास्थ्यकर्मीको डायरी : दशैंमा त सकिन, तिहार चाहिँ मिस गर्दिन

    दैलेखबाट एक संक्रमित स्वास्थ्यकर्मीको डायरी : दशैंमा त सकिन, तिहार चाहिँ मिस गर्दिन

    सुष्मा श्रेष्ठ - मंगल धुन बज्न थालिसकेको थियो। बजारमा किनमेल गर्नेको भिड पनि बाक्लिदै थियो। 'दशैं लागि सक्यो त कहिले आउछेस्?', गाउँबाट फोन गर्दा ममी सोध्नुहुन्थ्यो। म फूलपातीको अघिल्लो दिन आइपुग्ने आश्वासन दिन्थेँ। सबैकुरा ठीकै भए घर पुगिन्छ भन्ने उत्साह छँदै थियो। म अर्थात् सुष्मा श्रेष्ठ। घर काभ्रे, कुन्तावेशी। हुर्काइ पढाइ भने काठमाडौंमै। जनस्वास्थ्यमा स्नातक (बीपीएच) गरेकी छु। पढाई लगत्तै…

    विस्तृतमा पढ्नुस्

  • पैँचो नदिएपछि बंगलादेशसँग युरिया मल किन्ने सरकारको निर्णय, मन्त्रीको यो वर्षको आधा तलब कोरोना कोषमा

    पैँचो नदिएपछि बंगलादेशसँग युरिया मल किन्ने सरकारको निर्णय, मन्त्रीको यो वर्षको आधा तलब कोरोना कोषमा

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह बमोजिम बंगलादेशले पैँचोमा युरिया मल दिन नमिल्ने बताएपछि सरकारले मल किन्ने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीले समकक्षी सेख हसिनासँग गत भदौमा मल पैँचो दिन आग्रह गरेका थिए। हसिनाले सकारात्मक जवाफ दिए पनि हाल पैँचो दिन अस्वीकार गरेको थियो।  पैँचो नपाएपछि मल किनेर ल्याउने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।  ‘फिर्ता गर्नेगरि मल मागिएको थियो। बंगलादेशले…

    विस्तृतमा पढ्नुस्

  • उच्च मनोबलका साथ जनमैत्री सेवा प्रदान गर्न प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको निर्देशन

    उच्च मनोबलका साथ जनमैत्री सेवा प्रदान गर्न प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको निर्देशन

    विराटनगर : १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले उच्च मनोबलका साथ जनमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन्। १ नम्बर प्रदेशको हिमाली जिल्ला सोलुखुम्बुको निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, ईलाका प्रहरी कार्यालय (ख) लुक्ला, विमानस्थल सुरक्षागार्ड लुक्ला र पर्यटक प्रहरी लुक्लाका प्रहरी कर्मचारीहरुलाई कार्कीले उक्त निर्देशन दिएका हुन्। निर्देशनको क्रममा उनले संगठन प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • तास खेलिरहेको अवस्थामा ७७ हजार नगदसहित ९ जना पक्राउ

    तास खेलिरहेको अवस्थामा ७७ हजार नगदसहित ९ जना पक्राउ

    विराटनगर : सुनसरीको दुहवी नगरपालिका-३ बाट तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले ७७ हजार ७१० नगद र ३ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दुहवी नगरपालिका-३ का ३४ वर्षीय अनिश सिंह, ४२ वर्षीय संसद मिया, ४६ वर्षीय मंगल शाह, ३६ वर्षीय टेक…

    विस्तृतमा पढ्नुस्

  • ओलीको आग्रहलाई राज्य व्यवस्था समितिको ‘लोप्पा’, गुटको झगडाको झिल्को संसदीय समितिमा

    ओलीको आग्रहलाई राज्य व्यवस्था समितिको ‘लोप्पा’, गुटको झगडाको झिल्को संसदीय समितिमा

    काठमाडौँ : असोज ११ गते मन्त्रिपरिषदले बैठकले विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार तथा लिखतमा प्रयोग गर्नेगरि नेपाली र अंग्रेजी नामको एकरुपताको निर्णय गर्‍यो। निर्णयको जानकारी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले असोज २८ गते सबै तहहरुमा कार्यान्वयनका लागि समकक्षीलाई परिपत्र गर्‍यो। परिपत्रमा भनियो –विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरुमा समेत नेपालको औपचारिक नाम नेपालीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल…

    विस्तृतमा पढ्नुस्

  • हावा भर्ने क्रममा जेसीबीको टायर पड्केर एक जनाको मृत्यु

    हावा भर्ने क्रममा जेसीबीको टायर पड्केर एक जनाको मृत्यु

    सुर्खेत : जुम्लामा जेसीबीको टायरमा हावा भर्ने क्रममा पड्केर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ बोताका ५९ वर्षीय धनबहादुर रावतको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ। आफ्नै पसलमा जेसीबीको टायरमा हावा भर्ने क्रममा उक्त टायर विष्फोट भएर रावतलाई पाँच मिटर तल फाल्दा घटनास्थलमै मृत्यु भएको हो। घटना लगत्तै स्थानीयले प्रहरीलाई खवर गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell