काठमाडौँः बारम्बार उखुको रकम भुक्तानीका लागि आन्दोलन गर्दै आएका किसानहरुले छठअघि बक्यौता रकम भुक्तानी नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई स्मरण पत्र बुझाउँदै उखु किसान संघर्ष समितिले आन्दोलनको चेतावनी दिएको हो। गत माघमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले छठअघि भुक्तानी नभए मंसिर २७ गतेदेखि आन्दोलन गर्ने मन्त्री भट्टलाई बुझाएको स्मरण पत्रमा…
काठमाडौं : तनहुँका एक कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ निवासी ९६ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा आइतवार उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालले जनाकारी दिए। खोकी तथा ज्वरोको समस्या भई अस्पताल भर्ना भएका उनमा गत कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोभिड आइसीयू कक्षमा उपचारको क्रममा आइतवार…
काठमाडौँः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। कात्तिक २४ गतेका लागि बोलाइएको बैठक २७ गतेका लागि सारिएको हो। यसअघि कात्तिक २१ गते बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनका कारण स्थगित गरिएको थियो। स्थगनको कारण खुलाइएको छैन। कांग्रेसको विवादबारे पदाधिकारी बैठकमा सहमति पनि हुन नसकेको अवस्थामा बैठक स्थगन हुँदै आएको छ। यस्तै कांग्रेसका करिब दश केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण…
काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटारमा बोलाएर पार्टी फुटको संघारमा पुगेको बताएका छन्। यसअघि पनि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बालुवाटारमा बोलाएर सहमतिमै अलग अलग पार्टी बनाएर जाउँ भन्ने प्रस्ताव राखेका थिए। आइतवार दिउसो बालुवाटारबाट निम्तो आए पछि वरिष्ठ नेता नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, रघुजी…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली अहिले बंगलादेशको ढाकामा छ। बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली बंगलादेश पुगेको थियो। त्यहाँ पुगेर नेपाली टोलीले अभ्यास समेत सुरु गरेको छ। पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै नेपाली टोलीले अभ्यास सुरु गरेको हो। नेपाल र बंगलादेशबीच नोभेम्बर १३ र १७ मा खेल हुनेछ। महामारीका कारण लकडाउन यता नेपाली टोलीले पहिलो पटक खेल्न गइरहेको…
काठमाडौं : पछिल्लो ४ दिनमा नेपालमा ११ हजार ५३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गत बिहीवार देखि यता ४५ हजार ९५५ जनाको नमुना परीक्षण भएकोमा ११ हजार ५३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। जुन कुल परीक्षणको २५ प्रतिशत हो। यसबीच ७४ जनाको कोभिड-१९ संक्रमितको मृत्यु भएको…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा वरिष्ठ सल्लाहकार जेराड कुस्नरले ट्रम्पलाई निर्वाचन परिणाम स्वीकार गर्न सुझाव दिएको सीएनएनले जनाएको छ। सीएनएनले स्रोतलाई उदृत गर्दै कुस्नरले ट्रम्पलाई निर्वाचन परिणाम स्वीकार गर्न प्रस्ताव गरेको जनाएको छ। ट्रम्पले निर्वाचन परिणाम अस्वीकार गर्ने संकेत दिँदै सामाजिक सञ्जाल ट्वीटरबाट आफू विजयी भएको घोषणा गरिसकेका छन्। उनले डेमोक्रेटहरुले मत चोरेको आरोप लगाउँदै आएका छन्। उनले लगाएका आरोपहरुलाई…
काठमाडौं : सरकारले अब विदेशमा रहेका नागरिकहरुका लागि उद्धार उडान सञ्चालन नगर्ने निर्णय गरेको छ। सिंहदवारमा आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठकले नियमति उडान सञ्चालन भएको र कुटनीतिक नियोगका अनुसार उद्धार गर्नुपर्ने मानिसको संख्या लगभग सकिएकाले उद्धार उडान गर्नु नपर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव महेन्द्र गुरागाईका अनुसार हालसम्म १ लाख ३६ हजार २१६ जनाको…
काठमाडौं : काठमाडौंको शिवचोकमा एक पुरुषको घरबाट खसेर मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका-६ थली बस्ने नुवाकोट घर भएका ४६ वर्षीय बीरबहादुर तामाङको गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित बन्दै गरेको घरबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। तामाङ शनिवार साँझ निर्माणाधीन घरको तेश्रो तलाबाट खसेरका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौंः प्रहरीले हत्या गरी फरार एक अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले शनिवार ललितपुरको वागमती गाउँपालिका वडा नम्वर २ बाट मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ४ घर भएका २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई नियन्त्रणमा लिएको हो। भोलनले शुक्रवार साढे ३ बजे २० वर्षीय विकास वाइवालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। सिमाद खोलाको बगर नयाँ दमारमा…
काठमाडौं : राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा जोय बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। आज बिहानै ट्विट गर्दै ओलीले ऐतिहासिक जितका लागि बधाई दिएका हुन्। प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफ्नो निकट भएर काम गर्न चाहेको पनि प्रस्ट्याएका छन्। Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic…
फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेनेसमाथि सहज जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले ३-० को सहज जित निकालेको हो। पीएसजीको जितमा एन्जेल डि मारियाले दुई गोल र मोइस किनले १ गोल गरे। घरेलु टोलीले खेलको ११ औं मिनेटमा डि मारियाको पासमा किनको गोल गर्दा पीएसजीले अग्रता बनाएको थियो। त्यस्तै २१…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडमाथि सानदार जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलिले शेफिल्डमाथि ४-१ को फराकिलो जित निकालेको हो। चेल्सीको जितमा टमी अब्राहम, बेन चिलवेल, थिएगो सिल्भा र टिमो वेर्नरले गोल गरे। उता शेफिल्डका लागि डेभिड म्याकगोल्ड्रिकले सान्त्वना गोल गरे। खेलमा अग्रता भने शेफिल्डले बनाएको थियो। खेलको ९ औं मिनेटमै म्याकगोल्ड्रिकले शेफिल्डलाई…
जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा डर्टमण्डमाथि बायर्नले जित निकालेको छ। वेस्टफलेन स्टेडियनमा भएको खेलमा घरेलु टोलीमाथि ३-२ को जित निकाल्दै बायर्न अंकतालिकाको शीर्षस्थानमा पुगेको हो। खेलको ४५ औं मिनेटमा डर्टमण्डले मार्को रेयुसको गोलमा खेलमा अग्रता बनाएको थियो। तर डेभिड अल्भाले पहिलो हाफको अतिरिक्त समयमा गोल फर्काए। र, १-१ को बराबरीमा पहिलो हाफको खेल रोकियो। दोस्रो हाफमा रोबेर्ट लेवान्डोस्कीले बायर्नलाई…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ। क्याम्प नोउमा भएको खेलमा घरेलु टोलीले बेटिसमाथि ५-२ को सहज जित निकालेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले २ गोल तथा एन्टोनी ग्रिजमन, ओसमान डेम्बेले र पेड्रीले समान १ गोल गरे। उता बेटिसका लागि एन्टोनियो सनाब्रिया र लोरेन्जो गार्सियाले समान १/१ गोल गरे। खेलको २२ औं मिनेटमा…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ७० हाराहारीमा रहिसकेका पार्टीका शीर्ष नेताहरुले अब नेतृत्व र राजकीय पदमा दाबी गर्नु औचित्य नभएको बताएका छन्। एपी वान टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओली पार्टी अध्यक्ष भइसकेका व्यक्ति र प्रधानमन्त्री बनिसकेका व्यक्तिले पनि त्यही पदमा दाबी गर्नु उचित नभएको बताएका हुन्। उनले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन्। कुराकानीमा प्रधानमन्त्रीले भने, ‘३२-३३ वर्ष…
इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि जित निकालेको छ। गुडिसन पार्कमा भएको खेलमा युनाइटेडले घरेलु टोलीमाथि ३-१ गोलअन्तरको जित निकालेको हो। खेलमा अग्रता भने एभर्टनले लिएको थियो। खेलको १९ औं मिनेटमा बर्नाडले एभर्टनलाई अग्रता दिलाएका थिए। तर खेलको २५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले खेल बराबरीमा ल्याए। त्यस्तै ३२ औं मिनेटमा फर्नान्डेजले नै मार्कस रासफोर्डको पासमा…
काठमाडौँः नेपाल बार एशोसिएसनका तर्फबाट पठाइने न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। परिषद् सदस्य रामप्रसाद सिटौलाको कार्यकाल सकिएपछि परिषद्मा एक सदस्य रिक्त थियो। मतदानको प्रक्रियाबाट श्रेष्ठको नाम सिफारिस भएको हो। यसअघि परिषद् सदस्य सिफारिसका क्रममा पनि श्रेष्ठका नाममा बारमा मतदान नै भएको थियो। बार एशोसिएशनको शनिबारको बैठकले श्रेष्ठलाई सदस्यमा सिफारिस गरेको हो। नेकपा निकट कानुन व्यवसायीको बर्चस्व…
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) आज बसेको अनलाइन बोर्ड बैठकले राष्ट्रिय टिमका खेलाडीहरुको वर्गीकरण सच्याएको छ। यसअघि चितवनमा असोज ६ गते चितवनामा भएको साधारण सभामा क्यानको खेलाडी वर्गीकरण निर्धारण समितिले १८ जना पुरुष र १९ जना महिला खेलाडीहरुको वर्गीकरण गरेको थियो। यद्यपि त्यसमा महत्वपूर्ण खेलाडी नपरेको र केही वर्गीकरण न्यायोचित नदेखिएको समेत गुनासो आएको थियो। क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)…
अमेरिकी राष्ट्रपतिम जो बाइडेन जित नजिक छन्। मुख्य प्रतिस्पर्धा रहेका जर्जिया, पेन्सलभेनिया, अरिजोना र नवाडामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछाडि पार्दै गएका छन्। १५३ इलेक्ट्रोल कलेज हात पारिसकेका उनले पेन्सलभेनियामा २० हजार बढी मतले ट्रम्पलाई पछाडि पारिरहेका छन्। २० इलेक्ट्रोल भोट रहेको पेन्सलभानियामा जित हात पारे बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा आगामी जनवरीमा शपथ लिनेछन्। जित नजिक पुगेका बाइडेनले देशवासीका नाममा…