कैलाली : कोरोना सङ्क्रमित सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि धनगढी स्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो। कात्तिक १५ गते कोरोना सङ्क्रमण पुष्टि भएका मन्त्री शाहको नाकमा समस्या देखिएपछि उनलाई होम आइसोलेसनबाट अस्पताल लगिएको उनको स्वकीय सचिवालयले जानकारी दिएको छ। ‘कोरोना सङ्क्रमण पश्चात्…
जनकपुरधाम : पुजारीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजना अभियुक्तलाई जेल चालन गरिएको छ। जिल्ला अदालतले रौतहटले पुर्पक्षका जेल चलानको आदेश गरेको हो। भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ खैस्रैया चोकस्थित हनुमान मन्दिरका पुजारीको हत्या भएको थियो। ६५ वर्षीय श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो। पुजारी हत्याका आरोपित देवाही गोनाही नगरपालिका वाडा…
काठमाडौँ : कोरोनाको निःशुल्क परीक्षण र उपचार सरकारले गर्नुपर्ने फैसला पुनरावलोकन गर्ने निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सरकारका तर्फबाट पेश भएको पुनरावलोकन निवेदनमा सर्वोच्चले अनुमति नदिने आदेश गरेको छ। सर्वोच्चको आदेशसँगै सरकारलाई यसअघिको फैसला कार्यान्वयन गर्नुपर्ने भएको छ। न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन नहुने आदेश गरेको हो। तर, यसअघि फैसला…
आईपीएलको सर्वाधिक सफल टोली मुम्बइ इण्डियन्स र जारी सिजन राम्रो प्रदर्शन गरेको दिल्ली क्यापिटल्स आज क्वालिफायर्समा भिड्दै छन्। जारी सिजनमा बलियो प्रदर्शन र बेन्चसमेत बलियो रहेका यी टोली आज दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा साँझ पौने ८ बजे प्रतिस्पर्धामा उत्रने छन्। आजको खेलमा जित निकाल्ने टोलीले ९ नोभेम्बरमा हुने आईपीएल फाइनल स्थान बनाउने छ भने पराजित हुने टोलिले पनि फाइनलमा पुग्नका…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। पार्टी विवाद उत्कर्षमा पुगिरहेका बेला दुई अध्यक्षबीच बालुवाटारमा बिहीवार भएको दुई घण्टा लामो छलफल भए पनि पछिल्लो विवादबारे सहमति जुट्न सकेन। सरकारले गरेको राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव र 'रअ'का प्रमुखको नेपाल आगमन र प्रधानमन्त्रीसागकाे भेटलाई लिएर…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गम्भीर संकट आउन सक्ने बताएका छन्। बिहीवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पछिल्लो घटनाक्रमप्रति इंकित गर्दै उनले पार्टी र देशले ठूलो घटनाको समाना गर्नुपर्ने बताएका हुन्। 'मुलुकमा गम्भीर खालको संकट आउनसक्छ त्यसलाई सामना गर्न तयार हुनुपर्छ भन्ने खालको कुरा प्रधानमन्त्रीले राख्नुभएको छ', एक मन्त्रीले भने। यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। पार्टी विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्षबीच भेट भएको हो। अहिले छलफल जारी छ। यसअघि दुई अध्यक्षबीच कार्तिक १५ गते छलफल भएको थियो। त्यसयता उनीहरुबीच भेटघाट हुन सकेको थिएन। दोस्रो तहका नेताहरुको सक्रियता र दवावपछि पाचौं दिनमा…
अधिकांश अमेरिकी मिडियाले डोनाल्ड ट्रम्पको विरुद्ध निर्वाचन परिणामको प्रक्षेपण गरिरहँदा फक्स न्युज एउटा यस्तो मिडिया थियो जसले राष्ट्रपति ट्रम्पको समर्थन गरिरह्यो। ट्रम्पको विजयीको प्रक्षेपणसमेत गर्न भ्याएको फक्स न्यूज निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदै गर्दा जो बाइडेनतर्फ ढल्किन सुरु गरिसकेको छ। यद्यपि, अझै निर्वाचन परिणाम प्रष्ट भइसकेको छैन। फक्स न्युजले ट्रम्पको राजनीतिक भविष्य सकिन थालेको संकेत गर्दै बाइडेनको पक्ष उभिएको न्युयोर्क…
आजबाट भारतको कोभिड-१९ को केन्द्रविन्दु मानिएको महाराष्ट्रमा सिनेमा हल खुला हुँदैछ। महाराष्ट्र सरकराले ५० प्रतिशत क्षमतामा सिनेमा हल संचालनमा ल्याउन अनुमति दिएपछि आजबाट मनोरञ्जन उद्योगले थोरै भए पनि राहत पाउँदैछ। सात महिनापछि सिनेमा घरमा मानिसहरु पुग्ने छन् आजबाट। भारतमा मार्चको मध्यदेखि सिनेमाघर पूर्ण रुपमा बन्द हुँदै आएको छ। कोरोना भाइरसको संक्रमण दर लगातार बढ्न थालेपछि भारतमा सार्वजनिक स्थलहरुमाथि निषेधाज्ञा जारी…
डेभिड अन्दलको गएको अक्टोबरमा नै मृत्यु भयो। कोरोना भाइरसको संक्रमणका कारण उनको नर्थ डाकोटामा मृत्यु भएको हो। तर, ५५ वर्षीय उनी अमेरिकी चुनावमा राज्यस्तरको प्रतिनिधिसभाका लागि चयन भएका छन्, हिजोमात्रै। अमेरिकामा कोभिड १९ पेन्डामिकले २ लाख ३२ हजार मानिसको ज्यान लिइसकेको छ। तीमध्ये एक हुन् डेभिड जसले मृत्युको डेढ महिनापछि निर्वाचनमा जित हासिल गरे। पेन्डेमिककै कारण अमेरिकी नागरिकहरुले यसपाला नोभेम्बर ३…
काठमाडौंः चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ। मकवानपुर हेटौंडा उप-महानगरपालिका-६ बस्ने ८२ वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। उनी ज्वोरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका थिए। तर उनमा कोभिड १९ भने कार्तिक १५ गते नै पुष्टी भइसकेको थियो। कोभिड आइसियु वार्डमा राखेर उपचार भइरहेका उनको आज बिहान १ बजे मृत्यु भएको…
कावासोती : दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन्। जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए। दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा इङ्ग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब रेनेसमाथि सानदार जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीले ३-० को जित निकालेको हो। चेल्सीको जितमा टिमो वेर्नरले २ गोल गर्दा टमी अब्राहमले १ गोल गरे। वेर्नरले दुबै गोल पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए। उनले खेलको १० औं र ४१ औं मिनेटमा गोल गर्दा…
अमेरिकी राष्ट्रपतिका प्रत्यासी जोय बाइडेनले मत परिणाम आफ्नो पक्षमा आउँदै गरेको बताउँदै एकता नै आफ्नो प्राथमिकता रहने बताएका छन्। राष्ट्रलाई एक गराउने विषय महत्वका साथ उठाउँदै उनले जिततिर लम्किँदै गरेको आत्मविश्वसा प्रकट गरे। 'म यहाँ हामीले जित्यौं भन्न उपस्थित भएको होइन। म रिपोर्ट गर्न आएको हुँ - जब मत गणना सकिनेछ, विश्वास छ हामीले जित हासिल गरेका हुनेछौं,' बाइडेनले भने।…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब आरबी लाइपजिगसँग पराजित भएको छ। समूह एच अन्तर्गत रेड बुल एरेना लाइपजिगमा भएको खेलमा पीएसजी घरेलु टोलीसँग २-१ ले पराजित हुन पुगेको हो। खेलमा पीएसजीले अग्रता बनाएको थियो। खेलको छैटौ मिनेटमा नै एन्जेल डी मारियाले अग्रता बनाएका थिए। यद्यपि १६ औं मिनेटमै पाएको पेनाल्टीमा भने…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘जी’ को खेलमा युभेन्टसले फेरेन्कभारोसमाथि फराकिलो जित निकालेको छ। पुस्कास एरेनामा भएको खेलमा इटालियन क्लब युभेन्टसले घरेलु टोली फेरेन्कभारोसमाथि ४-१ को फराकिलो जित निकालेको हो। खेलमा युभेन्टसले अल्भेरो मोराटाको गोलमा सातौं मिनेटमा नै अग्रता बनाएको थियो। पहिलो हाफमा युभेन्टस एक गोलले अघि रह्यो। दोस्रो हाफमा मोराटाले नै फेरि युभेन्टसका गोल थपे। यसपटक उनले…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘जी’ को खेलमा बार्सिलोनाले डाइनामो क्यिभमाथि जित निकालेको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोलीले २-१ को संघर्षपूर्ण जित निकालेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सी र जेरार्ड पिक्वेले गोल गरे भने डाइनमोका लागि भिक्टोर क्यिभले गोल गरे। खेलको पाँचौं मिनेटमै पेनाल्टीको अवसर सदुपयोग गर्दै मेस्सीले खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा घरेलु टोली…
काठमाडौं : भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६-७७ क्रमशः राम कुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ। पाँडे चर्चित व्यङ्ग्यकार हुन् भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो। भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमशः एक लाख र पचास हजार रुपैयाँ रहेको छ। वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्राध्यापक डाक्टर खगेन्द्र…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोभिड- १९प्रयोगशाला सञ्चालन गर्ने अस्पताल र मेडिकल कलेजहरुले रिपोर्ट पोजेटिभ भएका संक्रमितहरुलाई परामर्श गर्न भनेको छ। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई प्रयोगशाला सञ्चालन गर्ने अस्पताल तथा मेडिकल कलेजहरुले टेली कन्सल्टेसन र टेली काउन्सिलिङ गर्नुपर्ने निर्णय भएको जानकारी दिए। त्यस्तै बैठकले नेपाल प्रहरी…
काठमाडौं : तीन दिनमा ९ हजार ३५६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार यो तीनमा कुल ३७ हजार ७५६ जनाको परीक्षण भएको छ। यो तथ्यांक हेर्दा प्रति ४ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ। यही तीन दिनमा संक्रमण मुक्त हुनेको संख्या ९ हजार ९१२ जना रहेका छन्।…