काठमाडौं : बाग्लुङ जिल्लामा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा मंगलबार बिहान ६६ वर्षका एक जना संक्रमितको मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विकले जानकारी दिए। योससँगै बाग्लुङमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ६ पुगेको छ। १२ गते श्वासप्रश्वासमा समस्या भई अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका जिल्लाको बाग्लुङ नगरपालिका ३ का का…
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यबारे पुनर्विचार गर्नेबेला आएको बताएका छन्। पछिल्लो राजनीतिक घटनाप्रति असन्तुष्टि जनाउँदै नेता थापाले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रहमा गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्नेमा जोड दिएका छन्। नेता थापाले भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ…
काठमाडौं : र्यापर भिटेन उर्फ समिर घिसिङ अदालतमा पुगेका छन्। उनले उच्च अदालत पाटन पुगेर निषेधाज्ञा विरुद्ध निवेदन दिएका हुन्। आज भिटेनको रिट निवेदनमा बहस भएको छ। अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा बहस भएको छ। आज नै अदालतले उनको विषयमा आदेश गर्ने छ। कात्तिक ८ गते भिटेनको अफिसियल युट्युब च्यानलमा सार्वनजिक गीतमा प्रयोग गरिएका शब्दहरुलाई लिएर उनको आलोचना भएको थियो।…
काठमाडौं: भारत सरकारको सहयोगमा नवलपुरको भीमसेन आदर्श उच्च माध्यमिक विद्यालयको भवन निर्माण भएको छ। नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २.५८३ करोड आर्थिक सहयोगमा निर्माण भएको विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधि, विद्यार्थी एवं विद्यालय परिवारद्वारा सोमवार संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरिएको छ। नवलपुर जिल्लाको देवचुली–७…
काठमाडौंः सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका विभिन्न इकाईहरूमा रहेका कोभिड १९ सङ्क्रमित प्रहरीहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। महानिरीक्षक खनालले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरा, नम्बर २३ मनकामना गण तनहुँ, नम्बर २४ कालिका गण पोखरा, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय पोखरा तथा स्याङ्जा गुल्म निरीक्षण गरेका हुन्। त्यस्तै महानिरीक्षक खनालले इमान्दारी र उच्च अनुसारको साथ आफ्नो जिम्मेवारी…
इण्डियन प्रिमियर लिग अन्तर्गत आज हैदराबाद र मुम्बइ इण्डियन्स प्रतिस्पर्धामा उत्रँदैछन्। शारजाह क्रिकेट स्टेडियममा आज हुने खेलमा प्लेअफमा पुग्न हैदराबाद जित्नै पर्ने दवाबमा हुनेछ। अर्कोतर्फ मुम्बइले शीर्षस्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। रनरेटको हिसाबले मुम्बइपछि सबैभन्दा राम्रो रनरेट हैदराबादको छ। तर, हैदराबादले आजको खेलमा हारेको खण्डमा कोलकता नाइटराइडर्सले प्लेअफमा स्थान सुरक्षित गर्नेछ। यसअघिको खेलमा भने मुम्बइले हैदराबादलाई ३४ रनले पराजित…
काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक महिलाको कोभिड १९ संक्रमणकै बीच मृत्यु भएको छ। अस्पतालको कोभिड १९ उपचार केन्द्रमा कार्तिक १४ गते भर्ना भएकी ५९ वर्षीय महिलाको आयसीयूमा उपचार जारी थियो। पोखरा महानगरपालिका वडा नम्बर ५ की उनको १७ गते राति ११ बजे निधन भएको प्रतिष्ठानका सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए। प्रतिष्ठानमा अहिलेसम्म…
काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ सय ६७ जनाको परीक्षण गर्दा ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रतिष्ठानले दिएको जानकारीअनुसार अस्पतालको माइक्रोबायोलोजी ल्याबमा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको हो। यस अस्पतालमा उपचारका लागि पुगेकामध्ये ८२ जनाको संक्रमणकै बीच मृत्यु भइसकेको छ। ८ सय ५७ जना उपचार गरेर डिस्चार्ज भइसकेका छन्। १ हजार २८ जनाले यहाँ…
भियानको ६ वटा स्थानमा राइफलधारीले गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्। अस्ट्रियन चान्सलर सेबास्टियन कुर्जले यसलाई प्रतिकारक आतंकवादी हमला भएको टिप्पणी गरेका छन्। साथै उनले एकजना हतियारधारी मारिएको पनि जानकारी दिएका छन्। प्रहरीले एक अर्का हतियारधारीलाई खोजिरहेको छ। हतियारधारीको गोली प्रहारबाट एकजनाको घटनास्थलमै मृत्यु भयो भने एक जना महिलाको अस्पतालको उपचारका क्रममा ज्यान…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दु:ख प्रकट गरेका छन्। नेपाली काँग्रेसका सांसद एवम् व्यवसायी केसीको हिजो राति निधन भएको हो। प्रधानमन्त्री ओलीले ट्विट गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने परिवारजनामा समवेदना प्रकट गरेका छन्। संघीय प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको हिजो राती १०:३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको खबरले दु:ख लागेको…
काठमाडौं : प्रहरीले हुन्डी रकमसहित तीन जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सोमवार उनीहरुलाई नियन्त्रणमा लिएको हो। साथै उनीहरुको साथबाट स्रोत नखुलेको एक करोड रुपैयाँ समेत बरामद गरेको छ। 'विशेष सुचनाको आधारमा नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ,' व्युरोका डीआइजी सहकुलबहादुर थापाले भने। पक्राउ पर्नेहरुमा झापका कमल मित्तल, विकास मित्तल र पर्वतका गणेश पौडैल रहेको डीआइजी थापाले…
काठमाडौं : प्रतिनिधिसभा सांसद सूर्यबहादुर केसीको मृत्यु भएको छ। हिजो राति १०:३० बजे उनको मृत्यु भएको हो। स्थापित व्यवसायीसमेत रहेका उनी नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत हुन्। ६३ वर्षका उनमा सुगर र प्रेसरको समस्या थियो। नेपाली काँग्रेसको राजनीतिपूर्व उनी राष्ट्रिय प्रजातन्त्र पार्टी आवद्ध थिए। रारा चाउचाउ उत्पादन गर्ने कम्पनी उनकै थियो भने माछापुछ्रे बैंकमा पनि उनको संलग्नता थियो। जलविद्युतमा समेत लगानी…
काठमाडौं : हिजो साँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० वर्षीय युवकको कोरोना संक्रमणका कारण ज्यान गएको छ। सप्तरी महादेवा ६ का उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालमा भर्ना भएकै दिन उनको ज्यान गुमेको हो। कोभिड १९ पोजेटिभ देखिएको उनी कार्तिक १७ गते अस्पताल भर्ना भएका थिए। त्यही साँझ ५:४० बजे उनको निधन भएको बीपी कोइराला स्वास्थ्य…
लामो कोरोना भाइरसको प्रभावका कारण गाँस गुमाएका मानिसहरुलाई उदार मन भएकाहरुले खुवाउँदा शहरको शोभा गुमाएको निचोडमा पुग्यो काठमाडौं महानगरपालिका। एउटा वैभवशाली शहरको उदारमन चरित्रलाई उसको एउटा निर्णयले धुलोमा मिसाइदिएको छ। सहयोगी हातहरुलाई निस्तेज बनाउने गरी महानगरपालिकाले गाँसमाथि गरेको अतिक्रमण असहिष्णु चरित्रको पराकाष्ट हो। राज्य कसरी राज्यहीनतातिर लाग्दैछ भन्ने यसले फेरि देखाएको छ। नेपाली हुनुमा गर्व गर्नेहरु एकपटक पुन: सोच्न बाध्य…
भियानको ६ वटा स्थानमा राइफलधारीले गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्। अस्ट्रियन चान्सलर सेबास्टियन कुर्जले यसलाई प्रतिकारक आतंकवादी हमला भएको टिप्पणी गरेका छन्। साथै उनले एकजना हतियारधारी मारिएको पनि जानकारी दिएका छन्। प्रहरीले एक अर्का हतियारधारीलाई खोजिरहेको छ। हतियारधारीको गोली प्रहारबाट एकजनाको घटनास्थलमै मृत्यु भयो भने एक जना महिलाको अस्पतालको उपचारका क्रममा ज्यान…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स प्लेअफमा पुगेको छ। अबु धाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा दिल्लीले ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। बेङ्ग्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ५० रन बनाउँदा एबि डिभिलियर्सले ३५ रन बनाए। त्यस्तै, कप्तान बिराट…
वीरगंजः वीरगंजमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साबिकको धोविनी -४ का ५५ वर्षका पुरुष रहेका छन्। उनको सोमबार साँझ ७ बजे नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। श्वासप्रश्वासमा समस्या आएपछि आजै नारायणी अस्पतालमा साँझ साढे ६ बजे भर्ना भएका थिए। मृत्युपश्चात जीन एक्सपर्ट परीक्षण गर्दा…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ। अबु धाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको हो। बेङ्ग्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ५० रन बनाउँदा एबि डिभिलियर्सले ३५ रन बनाए। त्यस्तै कप्तान बिराट कोहली २९ रन…
विराटनगरः प्रदेश १ मा सोमबार २५९ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २/२ संक्रमित थपिएका हुन्। यस्तै धनकुटा, भोजपुर र ताप्लेजुङ १/१ संक्रमित थपिएका छन्। विवरण अनुसार संक्रमित प्रदेश १ बाहिरका १३ जना समेत छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११,…
काठमाडौं : कोभिड-१९ को निःशुल्क परीक्षण र संक्रमितको उपचार गर्नुपर्ने सर्वोच्चको परमादेश सच्याउन माग गर्दै सरकारले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका तर्फबाट पुनरावलोकन निवेदन सोमवार दर्ता भएको हो। सर्वोच्चले यसअघि परीक्षण र उपचार निःशुल्क गर्न मन्त्रालयका नाममा परमादेश जारी गरेको थियो। दर्ता निवेदनमा अदालतको आदेश अनुसार कोभिडलाई सरुवा रोगको सूचीमा समावेश…