काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेको सुन्नमा आएको भन्दै राजीनामा नदिने प्रस्ट्याएका छन्। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। 'सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो। तर, तपाईँहरु बिचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ?,' उनले प्रश्न गर्दै अगाडि भने, 'मेरो लागि होइन, देशको लागि हो।…
अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। मतगणना जारी रहँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयको घोषणा गरेका छन्। उनले विशेष सम्बोधन गर्दै राति उत्सवको तयारी गरिरहेको बताए। 'हामी ठूलो उत्सबको तयारीमा छौं। हामीले ठूलो विजय हासिल गर्दै छौं। फ्लोरोरिडा, टेक्सस, जर्जियामा जितिरहेका छौं। उनीहरुले हामीलाई भेट्न सक्दैनन्,' उनले भने। ट्रम्पले अरिजोनामा हार ब्यहोर्दै गर्दा उनले आफूलाई कुनै फरक नपर्ने बताए। तर, आफूले पेन्सलभेनियामा जित हात पारिरहेको…
काठमाडौं : फिल्म ‘कृष्ण लिला’ घोषणासँगै अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन्। तर, फिल्मबाट दीपिका निस्किएकी छिन्। उनले स्वास्थ्य समस्या देखाउँदै अभिनय गर्न नसक्ने बताएकी हुन्। दीपिका केही समययता थाइराइड र माइग्रेसनको उपचार गराइरहेकी छिन्। दीपिकाको ठाउँमा श्रद्धा क्षेत्री अनुबन्धित भएको निर्माता रत्न श्रेष्ठले जानकारी दिए। मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धासँग अनस्क्रिन जोडी बाँध्दै छन् अभिनेता पुष्प खड्का। अन्य कलाकार बुद्धि…
अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना भइरहेको छ। यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा पटक पटक विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्। बुधवार बिहान ट्रम्पले यस्तै विवादास्पद अभिव्यक्ति ट्विट गरे। जसलाई ट्वीटरले 'विवादास्पद' ट्याग लगाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले एक घण्टा अगाडि मात्र गरेको ट्वीटलाई ट्वीटरले 'ट्वीट विवादास्पद तथा निर्वाचन अथवा नागरिक प्रक्रियाका बारेमा भ्रम छर्न सक्ने' भन्दै ट्याग लगाइदिएको हो।…
काठमाडौं : नेपाली बालिका प्रिन्शा खड्काले अन्तर्राष्ट्रिय कलात्मक प्रतिस्पर्धा जितेकी छिन्। ७ वर्षीया उनले टिभी स्टार्ट इन्टरनेसनल फेस्टिभलको अनलाइन संस्करणमा उनले 'गोल्डेन क्वीन'को उपाधि जितेकी हुन्। प्रतियोगितामा विश्वभरबाट १६ देशका ४० जना बालबालिका सहभागी थिए। अनलाइनमार्फत् विभिन्न चरणमा सिर्जनात्मक प्रतियोगिताहरू भएका थिए। कार्यक्रमको नेपाल संयोजन मर्निङ ग्लोरी इन्टरटेनमेन्ट र मोहना मोथे खनालले गरेका थिए। प्रिन्शाले दुई महिना अघि मात्र साउथ…
काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे विषेश विमानबाट काठमाडौं आइपुगेका छन्। उनी मध्यान्ह त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्। पत्नीसहित काठमाडौं आएका उनलाई सिधैं सोल्टी होटेल लगिएको छ। तीन दिनसम्म उनी सोल्टीमा नै बस्ने कार्यक्रम रहेको छ। उनी आउँदा कडा सुरक्षा व्यवस्था गरिएको थियो। सडक किनारामा मानिसलाई उभिनसमेत सुरक्षाकर्मीले दिएका थिएनन्। आज उनी पशुपति मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ। लकडाउन…
काठमाडौं : गृह सचिव महेश्वर न्यौपानेले र सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले संयुक्तरुपमा मुस्ताङको लोमान्थाङ- ४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) को शिलान्यास गरेका छन्। गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बीओपी सदरमुकाम जोमसोम बाट १ सय ९ किलोमिटरको दुरीमा समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा अवस्थित रहने छ।…
काठमाडौं : आज मध्यान्हमा भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे त्रिभुवन विमानस्थलमा ओर्लिँदैछन्। पत्नीसहित काठमाडौं आउन लागेका सेनाध्यक्ष नरावणे त्यसपछि सिधैं सोल्टी होटेल पुग्नेछन्। तीन दिनसम्म उनी सोल्टीमा नै बस्ने कार्यक्रम रहेको छ। सेनाध्यक्ष नरावणेको भ्रमणलाई लिएर काठमाडौं उपत्यकाभित्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ। नेपाल र भारत सीमा विवादको विषयमा सेनाध्यक्ष नरावणेले केही समयअघि दिएको अभिव्यक्तिले उनी नेपालमा आलोचित…
काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको मृत्यु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख लागेको बताएका छन्। 'प्रतिनिधिसभाका सदस्य एवं पूर्व सभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अन्त्यन्त दु:ख लागेको छ,' प्रधानमन्त्री ओलीले ट्विटमार्फत् भनेका छन्, 'म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पूर्व सभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो…
काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमतीको मृत्यु भएको छ। कोभिड १९ संक्रमित रहेकी सीता महराको आज बिहान उपचारको क्रममा थापाथलिस्थित नर्भिक अस्पतालमा मृत्यु भएको हो। ५९ वर्षीय सीतालाई शुक्रवार बिहान दाङको घोराइबाट स्वासप्रस्वासमा समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। निमोनियाको समेत रहेको उनको पीसीआर परीक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो। आइसीयूमा राखेर उपचार गराई रहेका उनको आज बिहान ६…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ए को खेलमा जर्मन महारथी बायर्न म्युनिखले अस्ट्रियन क्लब रेड बुल साल्जबर्गमाथि सानदार जित निकालेको छ। रेडबुल एरेना साल्जबर्गमा भएको खेलमा बायर्नले घरेलु टोलीमाथि ६-२ को फराकिलो जित निकालेको हो। खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको चौथो मिनेटमै मेर्गिम बेरिसाले गोल गर्दै साल्जबर्गलाई अग्रता दिलाएका थिए। तर २१ औं मिनेटमा बायर्नका रोबर्ट…
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जोय बाइडेनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यतिखेर सबैको ध्यान फ्लोरिडाको नतिजामा अडिएको छ। फ्लोरिडाको पूरा नतिजाले यसपटकको निर्वाचनमा को बलियो छ भन्ने संकेत गर्ने अपेक्षा छ। फ्लोरिडामा खसेको कूल मतको ८० प्रतिशत गन्ती गर्दा रिपब्लिकन उम्मेदवार तथा राष्ट्रपति ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनसँग 'नेक…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘डी’ को खेलमा इङ्ग्लिस क्लब लिभरपुलले इटालियन क्लब एटलान्टामाथि फराकिलो जित जित निकालेको छ। एटलेटी अज्युरी डी इटालिया स्टेडियममा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा डिएगो जोटाले ह्याट्रिक पुरा गर्दा मोहम्मद सलाह र साडियो मानेलेल १/१ गोल गरे। खेलको १६ औं मिनेटमा नै लिभरपुलले खेलमा…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस महारथी रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको समूह ‘बी’ को खेलमा घरेलु टोलीले इन्टरमाथि ३-२ को संघर्षपूर्ण जित निकालेको हो। रोमाञ्चक खेलमा रियलले खेलको २५ औं मिनेटमा करिम बेञ्जेमाको गोलमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै ३३ औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै अग्रता…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा मुम्बइ इण्डियन्सलाई हराउँदै सनराइजर्स हैदराबादले प्लेअफमा स्थानमा सुरक्षित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा हैदराबादले मुम्बइमाथि १० विकेटको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। मुम्बइका लागि किइरोन पोलार्डले सर्वाधिक ४१ रन बनाउँदा सूर्यकुमार यादवले ३६ रन बनाए। त्यस्तै…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा मुम्बइ इण्डियन्सले सनराइजर्स हैदराबादलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो। मुम्बइका लागि किइरोन पोलार्डले सर्वाधिक ४१ रन बनाउँदा सूर्यकुमार यादवले ३६ रन बनाए। त्यस्तै इसान किसनले ३३ रन र क्विन्टन डी ककले…
काठमाडौँः अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी एक हप्ताभित्र दिन निर्देशन दिएको छ। कोरोना बीमा दावी गरेका वीमितहरुको पीसीआर परीक्षणको प्रमाणपत्र पाएको एक साताभित्र दिने व्यवस्था मिलाउन मन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालय भएको बैठकपछि एक हप्ताभित्र बीमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बीमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन…
विराटनगर : प्रहरीले प्रतिबन्धित लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। सुनसरीबाट नियन्त्रित लागुऔषधसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले डायलेक्स डीसी १०० एमएलको ४७ बोतलसहित भारतीय नागरिक दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले १९ बर्षीय महेश कुमार मेहेता र सुरेश कुमार गुप्ता तथा कोशी गाँउपालिका-१ का मनिष यादवलाई कोशी गाउँपालिका-१ बाट सोमवार दिउँसो पक्राउ…
जनकपुरधाम : सिरहामा लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर १४ भालुटार सखुवाचौरीबाट सोही स्थानका ३७ वर्षीय बुध बहादुर तामाङलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। तामाङलाई इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी सिरहाबाट खटेको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सेतो बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा…
काठमाडौं : र्यापर भिटेन उर्फ समिर घिसिङलाई पक्राउ नगर्न अदालतमा आदेश गरेको छ। उच्च अदालत पाटनका न्यायधिश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय साइवर ब्युरोलाई आदेश दिएको हो। फौजदारी बाहेक गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न अन्तरिम आदेश जारी भएको हो। उनले कार्तिक १६ गते निषेधाज्ञा विरुद्ध निवेदन दिएका थिए। आज भिटेनको रिट निवेदनमा बहस भएको…