PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • बेङ्ग्लोरमाथि हैदराबादको रोमाञ्चक जित, क्वालिफायर्समा हैदराबादले दिल्लीसँग खेल्ने

    बेङ्ग्लोरमाथि हैदराबादको रोमाञ्चक जित, क्वालिफायर्समा हैदराबादले दिल्लीसँग खेल्ने

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई हराएको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा हैदराबादले बेङ्ग्लोरलाई ६ विकेटले हराउँदै क्वालिफायर्समा दिल्लीसँग भेट पक्का गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। सुरुवाती ब्याटिङ गरेको बेङ्ग्लोरको ओपनिङ जम्न सकेन। कप्तान बिराट कोहली ६ रन र…

    विस्तृतमा पढ्नुस्

  • बेङ्ग्लोरले हैदराबादलाई दियो १ सय ३२ रनको सामान्य लक्ष्य

    बेङ्ग्लोरले हैदराबादलाई दियो १ सय ३२ रनको सामान्य लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई १३२ रनको लक्ष्य दिएको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रन बनाएको हो। सुरुवाती ब्याटिङ गरेको बेङ्ग्लोरको ओपनिङ जम्न सकेन। कप्तान बिराट कोहली ६ रन र देबदत्त पाडिकल १ रनमै आउट हुँदा बेङ्ग्लोर सुरुबाटै दवाबमा रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विवादमा बारम्बार किन चासो राख्छिन् राष्ट्रपति?

    नेकपा विवादमा बारम्बार किन चासो राख्छिन् राष्ट्रपति?

    काठमाडौँः पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रायः विवादमा 'तामोतुलसी' गराउँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारी वर्तमान विवादको संकटमोचनका लागि पनि अग्रसर बनेकी छन्। एक साताका बीचमा भण्डारीले पार्टीका नेताहरुलाई बोलाएर एकता कायम राख्न सुझाव र दबाब दुबै दिएकी छन्। विवाद समाधानको बाटो रोज्न पनि भण्डारीले सुझाव दिइरहेकी छन्। भण्डारीले केही दिनअघि पार्टी उपाध्यक्ष बामदेव गौतम र लगत्तै सचिवालय सदस्य रामबहादुर…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प पीडितले घर बनाउन मंसिर मसान्तभित्र सम्झौता गर्नुपर्ने, पुस १५ भित्र रकम नलिए म्याद नथपिने

    भूकम्प पीडितले घर बनाउन मंसिर मसान्तभित्र सम्झौता गर्नुपर्ने, पुस १५ भित्र रकम नलिए म्याद नथपिने

    काठमाडौँः भूकम्प पीडितले २०७७ पुस १५ गतेसम्म पहिलो किस्ता रकम लिन पाउनेगरि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तिम समयसीमा तय गरेको छ। प्राधिकरणले मंसिर मसान्तसम्म सम्झौता गरेर पुस १५ गतेसम्म पहिलो किस्ता लिनुपर्ने अन्तिम समयसीमा तय गरेको छ। प्राधिकरणले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्नुपर्ने पनि निर्णय गरेको छ । त्यसैगरि, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण…

    विस्तृतमा पढ्नुस्

  • बिहारमा शनिबार विधानसभा निर्वाचन हुँदै, नेपाल भारत सीमा ४८ घण्टाका लागि बन्द

    बिहारमा शनिबार विधानसभा निर्वाचन हुँदै, नेपाल भारत सीमा ४८ घण्टाका लागि बन्द

    वीरगंजः विहारको तेस्रो चरणको चुनाव अन्तर्गत नेपाल भारत दुबै देशको सीमा शुक्रबार बिहान ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म ४८ घण्टाको लागि बन्द गरिएको छ। दुबै देशका सुरक्षा अधिकारीले यसअघि कलैयामा भएको बैठकको निर्णय अनुसार तीन पटकको चुनावको बेला ४८ घण्टा सीमा बन्द गर्ने निर्णय भएको थियो। नेपाल सरकारले कार्तिक मसान्तसम्म सीमा आवागमन निषेध गरे पनि भारतले साताअघि सीमा क्षेत्रको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई दबाब दिन सामूहिक भेट गर्ने प्रचण्डले बोलाएको सचिवालय बैठकको निर्णय

    प्रधानमन्त्रीलाई दबाब दिन सामूहिक भेट गर्ने प्रचण्डले बोलाएको सचिवालय बैठकको निर्णय

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको धुम्बाराहीमा भएको सचिवालयका बहुमत सदस्यहरुको छलफल सकिएको छ। सुरुमा सचिवालय बैठक भन्दै पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा 'बादल' सहभागि भएनन्। ९ सदस्यीय सचिवालयमा बहुमत ५ सदस्यहरुको उपस्थित भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई…

    विस्तृतमा पढ्नुस्

  • बेलायतका 'फुड बैंक'मा रङ्गकर्मीको लाइन, सरकारले छुट्यायो राहत बजेट

    बेलायतका 'फुड बैंक'मा रङ्गकर्मीको लाइन, सरकारले छुट्यायो राहत बजेट

    बेलायत र वेल्सका रङ्गमञ्चहरू पुन: बन्द भए। कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि जारी गरिएको दोस्रो चरणको लकडाउनसँगै रङ्गकर्मीको दैनिकी प्रभावित बन्यो। त्यहाँको सरकारले रङ्गकर्मी एवं अन्य कलाकारका लागि राहतको योजना बनाउँदैछ। त्यहाँको तल्लो सदनका सदस्य एमपी क्रिस एल्मोरले कलाकार, संगीतकर्मी एवं रङ्गकर्मी सहयोगबाट बन्चित रहेको बताए। उनका अनुसार नि:शूल्क खाना खानका लागि 'फुड बैंक' बाहिर लाम बस्ने रङ्गकर्मीको संख्या बढ्दो…

    विस्तृतमा पढ्नुस्

  • आठ महिनापछि पुन: सुरु हुँदै 'दिलवाले दुल्‍हनियाँ ले जाएंगे'को सो

    आठ महिनापछि पुन: सुरु हुँदै 'दिलवाले दुल्‍हनियाँ ले जाएंगे'को सो

    मुम्बईस्थित सिनेमाघर मराठा मन्दिरमा फिल्म 'दिलवाले दुल्हनियाँ ले जाएंगे' (डिडिएलजे) को सो पुन: सुरु भएको छ। २५ वर्षअघि फिल्म सार्वजनिक प्रदर्शन भए यता उक्त हलमा निरन्तर देखाइएको फिल्म हो डिडिएलजे। कोरोना भाइरस संक्रमणको महामारी सुरु भएसँगै भारतीय सिनेमा घरहरू बन्द भए। जसका कारण सर्वाधिक लामो समय प्रदर्शन भएको डिडिएलजेको पनि सो रोकिएको थियो। महाराष्ट्र सरकारले शुक्रवारदेखि ५० प्रतिशत क्षमतामा सिनेमा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठकमा अर्का अध्यक्ष ओली नजाने

    प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठकमा अर्का अध्यक्ष ओली नजाने

    काठमाडौं : पटक पटक पार्टी कमिटीको बैठक बोलाउन आग्रह गरे पनि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट (पार्टी) का अध्यक्ष केपी शर्मा ‌ओली बैठक बोलाउन तयार नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय सदस्यहरुको बैठक बोलाएका छन्। तर, प्रचण्डले बोलाएको बैठकमा ओली भने नजाने भएका छन्। पार्टीमा विवाद चर्किरहेका कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रवार दिउसो तीन बजे सचिवालय सदस्यहरुलाई धुम्बाराही बोलाएका छन्। प्रचण्डको…

    विस्तृतमा पढ्नुस्

  • दशैंपछि कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको ग्राफ उकालो लाग्दै, पछिल्लो १० दिनमा गयो १९० जनाको ज्यान

     दशैंपछि कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको ग्राफ उकालो लाग्दै, पछिल्लो १० दिनमा गयो १९० जनाको ज्यान

    काठमाडौं : अघिल्लो साता भन्दा यस साता कोभिड-१९ संक्रमण पुष्टि हुने संख्या र मृत्यु हुने संक्रमितको संख्यामा वृद्धि भएको छ। अघिल्लो साता भन्दा पछिल्लो साता मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ६० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता नेपालमा ९२ जना कोभिड-१९ संक्रमितको मृत्यु भएकोमा यो साता ६०.८ प्रतिशतले वृद्धि हुँदै १४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा हैदराबाद र बेङ्ग्लोर भिड्दै, जित्ने टोलीले खेल्नेछ दिल्लीसँग क्वालिफायर्स

    आईपीएलमा हैदराबाद र बेङ्ग्लोर भिड्दै, जित्ने टोलीले खेल्नेछ दिल्लीसँग क्वालिफायर्स

    इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्दै छन्। शेख जायेद स्टेडियम अबुधाबीमा हुने इलिमिनेटरको खेलमा जित्ने टोलिले फाइनलका लागि दिल्लीसँग क्वालिफायर्स खेल्ने मौका पाउने छ। र, पराजित टिम बाहिरिने छ। जारी सिजन यी टिमबीच भएको दुई खेलमा दुबैटिमले १/१ खेल जितेका छन्। प्रतियोगितामा कायम रहन दुबै टोली ‘गर या मर’ को अवस्थामा हुनेछन्। पछिल्ला…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति भीम रावलको आपत्ती

    नेकपाको गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति भीम रावलको आपत्ती

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियता देखिएको समाचार सार्वजनिक भएको विषयलाई लिएर नेकपा नेता भीम रावलले कडा टिप्पणी गरेका छन्। ट्विट गर्दै नेता रावलले राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंङ्घन भएको जनाएका छन्। आज बिहान ट्विट गर्दै नेता रावलले यस्तो गतिविधिले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने बताएका छन्। 'नेकपाको आन्तरिक राजनीतिक समस्यामा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा ३ सय ६० जना कार्यालय सहयोगीको जागिर खुल्यो

    प्रहरीमा ३ सय ६० जना कार्यालय सहयोगीको जागिर खुल्यो

    काठमाडौंः नेपाल प्रहरीले ३ सय ६० जना कार्यालय सहयोगीको लागि विज्ञापन खुलाएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले शुक्रवार विज्ञापन निकाल्दै कर्मचारी माग गरेको हो। विभागले कार्यालय सहयोगीका रुपमा भान्छे, माली, हजाम, सिलाइबुनाई, कुचीकार र खेलाडीको लागि विज्ञापन आह्वान गरेको हो। सबैभन्दा धेरै भान्छेमा २ सय ६१ जना माग गरिएको छ। जागिर खान इच्छुकले पुस ६ गतेसम्म फारम…

    विस्तृतमा पढ्नुस्

  • कानुनी लडाईमा पनि पराजित हुँदै ट्रम्प

    कानुनी लडाईमा पनि पराजित हुँदै ट्रम्प

    राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी क्यम्पेनिङले अदालतमा लगाएको गुहार अर्थहीन बनेको छ। प्रमाण नपुगेको भन्दै अदालतले ट्रम्प पक्षधरले जाहेर गरेको मत गणना रोक्ने मुद्दा खारेज गरेको हो।  निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मुद्दा दायर भएको थियो।  जर्जियामा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित मुद्दा दायर भएको थियो। मिचिगनमा भने मत गणना रोक्न माग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति ट्रम्पलाई पार्टीकै मिलेन साथ, छोराले सोधे : कहाँ छन् रिपब्लिकन्!

    राष्ट्रपति ट्रम्पलाई पार्टीकै मिलेन साथ, छोराले सोधे : कहाँ छन् रिपब्लिकन्!

    अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम आउँदै गर्दा रिपब्लिनक पार्टीका नेताहरुले नै राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ छाडेका छन्। मत गणनामा ट्रम्पले अग्रता लिइरहेका पेन्सेलभेनिया र जर्जिया लगायतका स्थानमा क्रमश: प्रत्यासी डेमोक्रेटिक उम्मेदवार जोय बाइडेन बलियो हुँदै गएपछि उनीमाथि साथ छोड्नेहरु बढेका हुन्। ट्रम्पका छोराहरुले त पार्टीलाई नै आक्षेप लगाउँदै ट्रम्पको साथ नदिएको बताएका छन्। रिपब्लिकन पार्टीमा सक्रिय रहेका ट्रम्पका छोरा इरिकले ट्विट…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमाथि सानदार जित निकाल्दै मुम्बई आईपीएलको फाइनलमा

    दिल्लीमाथि सानदार जित निकाल्दै मुम्बई आईपीएलको फाइनलमा

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी पहिलो क्वालिफायर्समा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न पहिलो क्वालिफायर्सको खेलमा मुम्बईले दिल्लीमाथि ५७ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनाएको थियो। मुम्बईका लागि इसान किसनले अभिजित रहँदै सर्वाधिक ५५ रन बनाउँदा सूर्यकुमार…

    विस्तृतमा पढ्नुस्

  • मुम्बईले दिल्लीलाई दियो २ सय १ रनको विशाल लक्ष्य, किसन र यादवको अर्धशतक

    मुम्बईले दिल्लीलाई दियो २ सय १ रनको विशाल लक्ष्य, किसन र यादवको अर्धशतक

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी पहिलो क्वालिफायर्समा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनाएको हो। मुम्बईका लागि इसान किसनले अभिजित रहँदै सर्वाधिक ५५ रन बनाउँदा सूर्यकुमार यादवले ५१ रन बनाए। त्यस्तै क्विन्टन डि ककले ४० तथा आक्रामक…

    विस्तृतमा पढ्नुस्

  • थप ३०५१ जना कोभिड-१९ का संक्रमित पहिचान, उपत्यकामा मात्र ४५ प्रतिशत बढी

    थप ३०५१ जना कोभिड-१९ का संक्रमित पहिचान, उपत्यकामा मात्र ४५ प्रतिशत बढी

    काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५१ जनामा कोभिड-१९ का थप संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा भएको १३ हजार ६८ जनाको स्वास्थ्य परीक्षण गर्दा एक हजार २०९ महिला र एक हजार ८४२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ। संक्रमित भएका मध्ये…

    विस्तृतमा पढ्नुस्

  • पेरिसडाँडामा प्रचण्ड-नेपालले गरे कानुन व्यवसायीसँग छलफल

    पेरिसडाँडामा प्रचण्ड-नेपालले गरे कानुन व्यवसायीसँग छलफल

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन्। बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड र नेपालले कानुनी पृष्ठभूमिका पार्टी नेता र कानुन व्यवसायीसँग परामर्श गरेका हुन्। भेटमा नेकपका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य रघुजी पन्त, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, नेकपा केन्द्रीय सदस्य समेत रहेका मुक्ति प्रधान…

    विस्तृतमा पढ्नुस्

  • 'राजीनामा मागिएकाे' भन्दै हिजो ओलीले दिएको अभिव्यक्तिमाथि प्रचण्डको प्रश्न

    'राजीनामा मागिएकाे' भन्दै हिजो ओलीले दिएको अभिव्यक्तिमाथि प्रचण्डको प्रश्न

    काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा मागिएको भन्दै हिजो दिएको अभिव्यक्तिप्रति आपत्ती जनाएका छन्। बिहीवारको भेटमा प्रचण्डले राजीनामा मागिएको भन्ने ओलीको अभिव्यक्ति र प्रदेश १ मा गुटको मेलामार्फत् जनताको बहुदलीय जनवाद (जबज) लाई अघि बढाउन दिएको निर्देशनप्रति प्रश्न गरेको एक नेताले जानकारी दिए। 'हिजो प्रदेश १ को भेला गरी जबजको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell