PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • कलंकीमा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, एक जना घाइते

    कलंकीमा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, एक जना घाइते

    काठमाडौं : कलंकीमा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान ३ बजेर २५ मिनेटमा मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिएको थियो। कुखुरा बोक्ने ट्रकमा रहेका ४ जनामध्ये ३ जनाको उपचारको क्रममा शहीद अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको १० वर्षपछि प्रतिवादी पक्राउ

    बलात्कारको १० वर्षपछि प्रतिवादी पक्राउ

    उदयपुर : जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् । प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले विसं २०६४ जेठ १४ गते बलात्कार गरेको कसुर ठहर गर्दै १० वर्षको जेल सजायको फैसला…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा मृत्यु हुनेको संख्या ५० हजार कट्यो, कोभिडबाट ज्यान गुमाउने हरेक १० जनामा ९ जना ६५ वर्ष माथिका

    बेलायतमा मृत्यु हुनेको संख्या ५० हजार कट्यो, कोभिडबाट ज्यान गुमाउने हरेक १० जनामा ९ जना ६५ वर्ष माथिका

    बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार पार भएको छ। कोभिड १९ का कारण युरोपमा ५० हजारभन्दा धेरै ज्यान गुमाउने पहिलो मुलुक बनेको छ बेलायत। पछिल्ला २४ घन्टामा ५ सय ९५ जनाको मृत्यु हुँदा बेलायतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५० हजार ३ सय ६५ पुगेको छ। अमेरिका, ब्राजिल, भारत र मेक्सिको पछि सबैभन्दा धेरै मृत्यु हुने…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्स फिनल्याण्डसँग पराजित

    फ्रान्स फिनल्याण्डसँग पराजित

    गएराति भएको मैत्रीपूर्ण खेलमा फ्रान्स फिनल्याण्डसँग पराजित भएको छ। पेरिसको स्टेड डी फ्रान्समा भएको खेलमा फ्रान्स फिनल्याण्डसँग २-० ले पराजित भएको हो। फिनल्याण्डको जित मार्कस फोर्स र ओन्नी भालाकरीले समान १/१ गोल गरे। खेलको २८ औं मिनेटमा फोर्सले रासमस कार्जलाइनेनको पासमा फोर्सले फिनल्याण्डलाई अग्रता दिलाएका थिए। त्यस्तको तीन मिनेट भित्रै भालाकरीले अग्रता दोब्बर बनाउँदै पहिलो हाफमै फिनल्याण्ड २-० ले अघि रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • बलिउडको त्यो 'सर्प्राइजिङ' घटना सम्बन्धी प्रश्न, जवाफसँगै नजिया नसीम बनिन् यो वर्षको पहिलो करोडपति

    बलिउडको त्यो 'सर्प्राइजिङ' घटना सम्बन्धी प्रश्न, जवाफसँगै नजिया नसीम बनिन् यो वर्षको पहिलो करोडपति

    भारतीय टिभी रियालिटी सो ‘कोन बनेगा करोडपति’ (केबीसी) को यस सिजनको पहिलो करोडपति बनेकी छिन् नाजिया नसीम। उनले १५ वटा प्रश्नको सही जवाफ दिँदै १ करोड रुपैयाँ जितेकी हुन्। नाजियाले १२ औं प्रश्नमा पुगेर मात्र लाइफ- लाइन ‘फिफ्टी फिफ्टी’ प्रयोग गरिन्। त्यो १२ लाख ५० हजार रुपैयाँको प्रश्न थियो। त्यस्तै १४ औं प्रश्नमा उनले एक्सपर्टको सहायतामा ५० लाख जितिन्। १५…

    विस्तृतमा पढ्नुस्

  • २० फोटोमा हेर्नुहोस्, प्रधानमन्त्रीको किमाथाङ्का नाका र अरुण तेस्रोको अवलोकन भ्रमण

    २० फोटोमा हेर्नुहोस्, प्रधानमन्त्रीको किमाथाङ्का नाका र अरुण तेस्रोको अवलोकन भ्रमण

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बुधबार किमाथाङ्का नाका पुगे। चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर-दक्षिण कोशी राजमार्गको अवलोकन गर्न उनी त्यहाँ पुगेका हुन्। प्रधानमन्त्री ओलीले उत्तर-दक्षिण कोशी राजमार्गको हेलिकप्टरबाट अनुगमन गरेका हुन्। सो क्रममा उनले किमाथाङ्का नाका र उत्तर-दक्षिण कोशी राजमार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरे। चीन र भारतसँग नेपाललाई जोड्ने देशकै महत्वपूर्ण सो राजमार्गलाई सरकारले प्राथमिकतामा राखेको…

    विस्तृतमा पढ्नुस्

  • क्यूरा हेल्थ सञ्चालनमा, घरै बसेर अस्पतालको ओपिडी सेवा लिन सकिने

    क्यूरा हेल्थ सञ्चालनमा, घरै बसेर अस्पतालको ओपिडी सेवा लिन सकिने

    विराटनगर: कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको अवस्थामा अस्पतालमा बिरामीको चाप पनि बढ्दो छ। बिरामीको चाप र संक्रमणको जोखिम कम गर्ने उद्देश्यले विराटनगरमा क्यूरा हेल्थ सञ्चालनमा ल्याइएको छ। क्यूरा हेल्थ जसले प्रविधिको प्रयोगबाट स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी दिने सञ्चालक आयुष भगतले बताए। क्यूरा हेल्थको मोबाइल एप्लिकेसनको माध्यमबाट घरमै बसेर आफूले चाहेको डाक्टर क्लिनिक र अस्पतालमा समय मिलाउन सकिनेछ। त्यस्तै डाक्टर समय…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर रिपोर्ट नक्कली बनाउने अस्पतालका सुरक्षागार्ड प्रहरी नियन्त्रणमा

    पीसीआर रिपोर्ट नक्कली बनाउने अस्पतालका सुरक्षागार्ड प्रहरी नियन्त्रणमा

    नेपालगन्जः चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पीसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ। प्रहरीले बुधबार अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो। अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले…

    विस्तृतमा पढ्नुस्

  • गाउँ-गाउँमा ‘मास्क र स्यानिटाइजर’ वितरण गर्दै पर्यटनमन्त्री भट्टराई

    गाउँ-गाउँमा ‘मास्क र स्यानिटाइजर’ वितरण गर्दै पर्यटनमन्त्री भट्टराई

    फुङ्लिङः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङ भ्रमणका क्रममा आफू पुगेको गाउँमा मास्क र स्यानिटाइजर वितरण गरेका छन्। कोभिड–१९ बाट बच्न स्वास्थ्य सुरक्षाको सन्देश दिन मन्त्री भट्टराईले व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री मास्क र स्यानिटाइजर वितरण गरेका हुन्। ताप्लेजुङका प्रतिनिधिसभा सदस्य मन्त्री भट्टराईले स्थानीय तहस्तरीय भ्रमणको अन्तिम दिन बुधबार आठराई त्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखालाई करिब पाँच सय थान मास्क…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु, ४६ नयाँ संक्रमित थपिए

    प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु, ४६ नयाँ संक्रमित थपिए

    वीरगंजः कारोना महामारीका कारण प्रदेश २ का आठ जिल्लामा मृत्यु हुनेको संख्या १८३ पुगेको छ। जसमा १५२ पुरुष र ३१ जना महिला रहेको प्रदेश २ समाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका जनस्वाथ्य अधिकृत विपीनकुमार यादवले जानकारी दिए। पछिल्लो २४ घण्टामा सिरहाका दुई जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ४ र विष्णुपुर गाउँपालिका २ का एक/एक जना पुरुष रहेका…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा देउसी भैलो खेल्न स्थानीय प्रशासनको रोक, स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह

    धनुषामा देउसी भैलो खेल्न स्थानीय प्रशासनको रोक, स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह

    जनकपुरधामः जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेरमात्र दिपावली तथा छठ पर्व मनाउन अपिल गरेको छ। जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले कोरोना जोखिमलाई मध्यनजर गरी खोला, नदी तथा पोखरीभित्र पसी छठ पर्व नमनाउन आग्रह गरेको हो। यस्तै, बैठकले देउसी भैलो तथा जुवातास खेल्न रोक लगाएको छ। स्थानीय प्रशासनले निर्णय विपरीत कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • अदालतको आदेशपछि वामदेवको प्रतिक्रिया, ‘मेरो विषय पद र प्रतिष्ठासँग गाँसिएको थिएन’

    अदालतको आदेशपछि वामदेवको प्रतिक्रिया, ‘मेरो विषय पद र प्रतिष्ठासँग गाँसिएको थिएन’

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा आफ्नो मनोनयनको विषय पद र प्रतिष्ठासँग नजोडिएको बताएका छन्। सर्वोच्च अदालतले आफूविरुद्धको रिटमा अन्तरिम आदेश जारी अस्वीकार गरेसँगै गौतमले व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्दतिको आफ्नो अडानलाई विषयान्तर गरेको पनि गौतमले बताएका छन्। गौतमका तर्फबाट जारी वक्तव्यमा भनिएको छ, ‘वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन। हामी पार्टीभित्र विधि र…

    विस्तृतमा पढ्नुस्

  • चेक बाउन्सको उजुरीमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ

    चेक बाउन्सको उजुरीमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ

    काठमडौँः सुन्दर यातायात प्रालिको अध्यक्ष भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। चेक बाउन्सको उजुरीमा प्रहरीले थापालाई बुधबार कालीमाटी क्षेत्रबाट पक्राउ गरेको हो। एक करोड रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी थापाविरुद्ध प्रहरीमा परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी सोमेन्द्रसिंह राठौर ले थापा पक्राउ परेको पुष्टि गरे। थापाविरुद्ध करिब एक महिना अघि नै सो उजुरी परेको थियो। अनुसन्धानका सिलसिलामा थापा पक्राउ परेका…

    विस्तृतमा पढ्नुस्

  • चालु आर्थिक वर्षमा कोभिड-१९ नियन्त्रणका लागि ६ अर्ब ८१ करोड रुपैयाँ विनियोजन, कहाँ कति खर्च?

    चालु आर्थिक वर्षमा कोभिड-१९ नियन्त्रणका लागि ६ अर्ब ८१ करोड रुपैयाँ विनियोजन, कहाँ कति खर्च?

    काठमाडौं : सरकारले कोभिड-१९ रोकथामका लागि ६ अर्ब ८१ करोड रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत विनियोजन भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक वर्ष २०७७/७८ मा कोभिड-१९ रोकथाम तथा नियन्त्रण तथा उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ विनियोजन भएको जानकारी दिए।  गरेको जानकारी दिए। जसम्धये तीन अर्ब २५ करोड रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो

    वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो

    काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला गरिदिएको छ। राष्ट्रिय सभामा गौतमको नियुक्तिलाई रोक्न दायर भएको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नहुने फैसला गरेको हो। सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको नियुक्ति बदरको माग गर्दै दायर मुद्दामा अन्तरिम आदेश नहुने फैसला गरेसँगै उनलाई मन्त्री बन्ने बाटो खुला गरेको छ।  यसअघि सर्वोच्च अदालतले उनको नियुक्तिलाई यथास्थितिमा राख्न…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा कोभिड-१९ संक्रमितको संख्या २ लाख नाघ्यो पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि

    नेपालमा कोभिड-१९ संक्रमितको संख्या २ लाख नाघ्यो पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि

    काठमाडौं :  नेपालमा कोभिड—१९ संक्रमितको संख्या २ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप दूई हजार ५६९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा दुई लाख २ हजार ३२९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा २६ जनामा संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • भारतमा डिजिटल प्ल्याटफर्म निगरानीका लागि खुल्यो बाटो

    भारतमा डिजिटल प्ल्याटफर्म निगरानीका लागि खुल्यो बाटो

    भारतको संघीय सरकारले अनलाइन न्यूज मिडिया र भिडियो स्ट्रिमिङ प्ल्याटफर्महरूलाई सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सरकारको उक्त निर्णयलाई सोमवार स्वीकृत गरेका थिए। यस निर्णयसँगै अबदेखि अनलाइनमा उपलब्ध हुने फिल्म एवं अडियो/ भिडियो सामाग्रीहरू इन्डिया रुल्स १९६१ अन्तर्गत हुनुपर्नेछ। ओटिटी प्ल्याटफर्म निगरानीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि सरकारले उक्त निर्णय गरेको बलिउड…

    विस्तृतमा पढ्नुस्

  • ब्रिट्नी स्पेयर्सको मागविरुद्ध अदालतको निर्णय

    ब्रिट्नी स्पेयर्सको मागविरुद्ध अदालतको निर्णय

    एक अमेरिकी अदालतले ब्रिट्नी स्‍पेयर्सको बुवालाई कानूनी संरक्षकबाट हटाउने प्रस्तावविरुद्ध निर्णय गरेको छ। बुवा जेमी स्पेयर्सले आफ्नो व्यक्तिगत् एवं व्यवसायीक जीवनमा हस्तक्षेप गरेको भन्दै निवेदन दिएकी थिइन्। बाह्र वर्षअघि ३८ वर्षीया गायिकाको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उनका बुवा संरक्षक रहँदै आएका छन्। बीबीसीका अनुसार स्पेयर्सकी वकिलले उनी आफ्नो बुवासँग डराउने बताएकी थिइन्। स्पेयर्सले बुवा आफ्नो संरक्षक रहेसम्म प्रस्तुति नदिने समेत बताएकी…

    विस्तृतमा पढ्नुस्

  • मंसिर २ गते सार्वजनिक बिदा

    मंसिर २ गते सार्वजनिक बिदा

    काठमाडौं : सरकारले मंसिर २ गते (मंगलवार) सार्वजनिक बिदा दिएको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले आज सूचना जारी गर्दै उक्त दिन बिदाको घोषणा गरेको हो। किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अब शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंगलवारपछि मात्र खुल्नेछ। शनिवारदेखि सोमबारसम्म तिहारको…

    विस्तृतमा पढ्नुस्

  • कतारका राजकुमारको आमदब्लमको सफल आरोहण, शिखर चुमेर फर्किँदै टोली

    कतारका राजकुमारको आमदब्लमको सफल आरोहण, शिखर चुमेर फर्किँदै टोली

    काठमाडौं : कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला अल थानीले टेक्निकल हिसाबले महत्वपूर्ण मानिने आमदब्लम हिमालको सफल आरोहण गरेका छन्। अमेरिकी गाइड ग्यारेट सी म्याडसनको नेतृत्वमा थानीसहित ६ जना आज बिहान ११:२० बजे आमदब्लमको शिखरमा पुगेको ट्रेकिङ कम्पनी हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक इश्वरी पौडेलले जानकारी दिए। उनका अनुसार युवराजको टिमलाई आरोहण सफल बनाउने क्रममा ८ जना नेपालीहरु पनि चुचुरोमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell