काठमाडौं : बैशाखको अन्तिम साता ३३ वर्षीय एक पुरुष (कमल) कोभिड-१९ संक्रमणको आशंकामा परीक्षण गर्न गए। त्यतिखेर नेपालमा कोभिड संक्रमितको दर अहिले जस्तो डर लाग्दो थिएन। अन्ततः उनको आशंका सत्य सावित भयो। त्यतिखेर संक्रमितलाई होम आइसोलेसनको व्यवस्था थिए। उनी सरुवा रोग अस्पताल टेकुमा भर्ना भए। केही दिनको उपचारपछि उनी निको भएर घर फर्किए। एक पटक कोभिड संक्रमणले एक पटक भएपछि फेरि भेट्दैन भन्नेमा…
काठमाडौं: २४ घण्टामा २ हजार ९४२ जनालाई कोभिड-१९ पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकामध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेको छन्। काठमाडौं उपत्यकामा मात्रै १ हजार ६९८ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। जुन कुल संक्रमितको ५७.७१ प्रतिशत हो। जसमध्ये काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
काठमाडौं : नेपाल कोभिड-१९ संक्रमणको खराब मुलुकहरुको सूचीमा फड्को मार्दै अगाडि बढेको छ। २१७ देश तथा क्षेत्रहरुमा संक्रमण पुष्टि भएको मध्ये नेपाल ३५ औं स्थानमा पुगेको छ। कोभिड-१९ संक्रमणको आउटब्रेक इपिसेन्टर चीन हुँदै जापान, एसियाका युएई, कतार, ओमानलगायतका देशहरुलाई पछाडि पार्दै ३५ औं स्थानमामा उक्लिएको हो। पछिल्लो २४ घण्टामा थप दुई हजार ९४२ जनामा संक्रमण पुष्टि हुँदा संक्रमितको संख्या एक…
६५ वर्षीय महावीर पुन सानै थिए। त्यस समय हरेक वर्ष उनको जीवनमा बहार आउथ्यो। नयाँ लुगाको बास्नासँगै। त्यो दिन दशैं वा चाडपर्व विशेष भने हुँदैनथ्यो। किनकि नयाँ कपडा किन्न बजार धाउनु पर्थ्यो। बजार अर्थात् पोखरा। गाडी नचल्ने त्यस समयमा उनको गाउँ म्याग्दीको नागीबाट पोखरा पुग्न पैदल तीन दिन लाग्थ्यो। त्यसैले उनका बुवा पेनसन झिक्न पोखरा पुगेको मौकामा सन्तानका लागि नयाँ…
काठमाडौं : अष्ट्रियामा एक नेपाली महिलाले आफ्ना तीन सन्तानको हत्या गरेकी छन्। स्थानीय अनलाइनले जनाए अनुसार ३१ वर्षकी ती नेपाली महिलाले आफ्ना तीन सन्तानको हत्या गरेकी हुन्। ३ र ९ वर्षका दुई छोरी र ८ महिनाका छोराको उनले हत्या गरेकी हुन्। पहिलो अटोस्पी रिपोर्टले उनीहरुको हत्या भएको देखाएको हो। ९ वर्षकी छोरीलाई सिरानीले घाँटी र मुख दबाएर हत्या गरिएको खुलेको…
काठमाडौं : कवि असीम सागरको नयाँ कविता कृति सार्वजनिक भएको छ। पुस्तक ‘क’ औपचारिक कार्यक्रमबिना लोकार्पण गरिएको हो। असीम सागर साधारण नेपाली जनताका कवि रहेको पत्रकार एवम् कवि रूपेश श्रेष्ठले बताए। उनका कविताले सडकका नागरिकको कथा भन्ने उनको भनाइ छ। ‘देखेर र भोगेर कविता लेख्नुमा ठूलो अन्तर हुन्छ। असीम सागरको कविता संग्रह ‘क’ मा भोगेर लेखेका कविता छन्,’ उनले भने,…
काठमाडौंः बर्षेनि दशैंमा भेडा-च्याङ्ग्रा र खसी-बोका बेच्दै आएको सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो पटक च्याङ्ग्रा नबेच्ने भएको छ। चीनबाट भेडा-च्याङ्ग्रा नभित्रिएको र स्वदेशी महंगो भएको भन्दै खसीबोका मात्रै बेच्ने भएको हो। सहुलियत दरमा बिक्री गर्नका लागि खरिद गरेका एक हजार वटा खसीबोकामध्ये २०५ वटा काठमाडौं आइपुगेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले बताए। उनका अनुसार कम्पनीले सोमबारदेखि खसीबोका बिक्री…
युरोपमा कोरोना भाइरस संक्रमणको त्रास पुन: एक पटक बढेको छ। जसका लागि विभिन्न देशहरूले संक्रमण नियन्त्रणका लागि नयाँ रणनीतिहरू अपनाएका छन्। शनिवार रातीदेखि फ्रान्सको पेरिससहित ८ शहरमा कर्फ्यू जारी भएको छ। अन्य देशहरूले पनि सार्वजनिक ठाउँहरूमा भिड कम गर्नका लागि फरक निर्देशनहरू दिएका छन्। बीबीसीमा जनाइए अनुसार पोल्यान्डमा विहीवारदेखि नै राजधानी वार्ससहित संक्रमण बढी भएका ‘रेड जोन’हरूमा स्कूल र जिम…
विश्वनाथ रिजाल- असोज २९ गते बिहीवार ओखलढुंगामा २२ वटा बाँदर एकैपटक मृत अवस्थामा फेला परे। मानव बस्तीबाट १ किलोमिटर भन्दा कमको दुरी र डिभिजन वन कार्यालय ओखलढुङ्गाबाट १२ किलोमिटरको दुरी रहेको सिद्धिचरण नगरपालिका – ५, सानिटारमा २२ वटा बाँदर डुबेर मरेको घटनाका बारेमा सामाजिक संजालमा सकारात्मक र नकारात्मक दुवै मिश्रित प्रतिक्रियाहरु आइरहेका छन्। कसैले बाँदर पानीमा आफै डुबेर मर्दैन त्यो…
मकवानपुर : मकवानपुरको थाहा नगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति कार्य शुरु भएको छ। चन्द्रागिरि नगरपालिका–४ र ७ मा हाल चार किलोमिटर क्षेत्रमा चट्टान फोरी सडकलाई फराकिलो गर्ने काम भइरहेको छ। थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरका अनुसार उक्त सडकमा ढल निर्माणका साथै ग्राभेल हाल्ने काम…
काठमाडौं : नेपाली भाषामा आफ्ना कुराहरु लेख्न प्रयोग गरिने लोकप्रिय मोबाइल एप्लिकेशन ‘हाम्रो नेपाली किबोर्ड’ले दशैं विशेष स्टिकरहरु सार्वजनिक गरेको छ। दशैं, तिहार तथा छठ लगायतका नेपालीका ठूला चाडपर्वहरुलाई ध्यानमा राख्दै एपमा आकर्षक स्टिकरहरु थप गरिएको हो। यससँगै हाम्रो किबोर्डका प्रयोगकर्ताले पर्वीय उल्लासको यस विशेष समयमा खोजेजस्तो नेपालीपन समेटिएका मौलिक स्टिकरहरु प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार चाडबाड सम्बन्धी नयाँ स्टिकर…
शनिवार रातिबाट सुरु भएको कर्फ्युका कारण पेरिस र सँगैका आठ शहरुहरुका सडक सुनसान देखिएका छन्। कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्न थालेपछि रात्रिकालीन कर्फ्युको घोषणा गरिएको थियो जुन आजबाट लागू भएको छ। युरोपको कोभिड १९ हटस्पटमध्येको एक हो फ्रान्स जहाँ फेरि ह्वात्तै संक्रमितहरुको संख्या बढ्न थालेको छ। कोरोनाको कहर सम्हाल्नका लागि रात्रिकालीन कर्फ्युको आदेश गरिँदा त्यो विवादित पनि बन्न पुगेको छ।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्। रावलले आइतवार ट्वीट गर्दै आफ्नो खातामा रकम आएको जानकारी पाएको र उक्त रकम कट्टी गर्न मञ्जुरी रहको समेत बताएका छन्। सांसदहरुले भत्ता लिन नहुने भन्नेमा समर्थन पनि जनाएका छन्। 'खातामा भत्ताको रकम…
काठमाडौं : नविन बैंकका कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोभिड १९ पोजेटिभ पुष्टि भएको छ। सीइओ शाहले फेसबुक मार्फत् आफुलाई कोभिड १९ भएको जानकारी दिएका छन्। पहिलो पटक गत बुधवार आफूले गन्ध थाहा नपाएर परीक्षण गर्दा नेगेटिभ आएको थियो। उनी त्यसपछि आइसोलेसनमा नै रहेका थिए किनकि उनमा कोभिड १९ का संकेतहरु थिए। फेरि चिकित्सको सल्लाह अनुसार शनिवार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो। उनी…
काठमाडौं : गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी स्याङ्जामा ५ जना, तनहुँमा १५ जनामा संक्रमण देखिएको छ। त्यसैगरी चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ५ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको हो। सबैभन्दा धेरै संक्रमित नवलपरासीमा देखिएका छन्। त्यहाँका…
काठमाडौं : उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भिरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। शनिवार राती १ बजेतिर भैरहवाबाट कटारी हुँदै ओखलढुंगा मानेभन्ज्याङ्क जान लागेको बा २० प ७१७१ नम्वरको जीप दुर्घटना भएको हो। दुर्घटनामा परि चालक सहित अन्य तीन जना भने घाइते भएका छन्। मृत्यु हुनेमा मानेभन्ज्याङ्का ४५ वर्षीय रामबहादुर सार्की र कर्ने सार्कीको भने सनाखत भइसकेको छ। 'पाँच…
काठमाडौं : केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को टोलीले पछिल्लो समय केही पुराना घटनाका अभियुक्तहरुलाई खोजी गरिरहेको छ। सोही क्रममा टोलीले शुक्रवार ११ वर्षअघि ललितपुरमा आफ्नै सहकर्मीको हत्या गरी फरार रहेका दुई जना अभियुक्तलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा मकवानपुर भीमफेदी नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय भीमसेन घागा मगर र ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन्। उनीहरुलाई बाँके नेपालगञ्ज उपमहानगरपालिका…
स्पेनिस ला ला लिगा अन्तर्गत गएराति भएका खेलमा सदाबहार उपाधि दाबेदार मानिने बार्सिलोना र रियल मड्रिड दुवै पराजित भएका छन्। गएरातिको खेलमा रियल मड्रिड क्याडिजसँग पराजित पराजित भयो। स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा घरेलु टोली क्याडिजसँग पराजित भएको हो। क्याडिजको जितमा एन्थोनी लोजानोले १६ औं मिनेटमा निर्णायक गोल गरे। त्यस्तै, आज राति भएको अर्को खेलमा बार्सिलोना गेटाफेसँग स्तब्ध भयो।…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी साउथ ह्याम्टनसँग बराबरीमा रोकिएको छ। स्टाफोर्ड ब्रिजमा भएको खेलमा अन्तिम समयमा अग्रता जोगाउन नसक्दा घरेलु टोली साउथ ह्याम्टनसँग ३-३ को बराबरीमा चित्त बुझाउन बाध्य भयो। टिमो वेर्नरको गोलमा चेल्सीले खेलको १५ औं मिनेटमै अग्रता बनाएको थियो खेलको २८ औं मिनेटमा वेर्नरकै गोलमा चेल्सीले अग्रता दोब्बर बनायो। उता साउथ ह्याम्टनका लागि ड्यानी इङ्सले…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नाइ सुपर किंग्सलाई पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले चेन्नाइलाई ५ विकेटले हराएको हो। १८० रनको लक्ष्य पछ्याएको दिल्लीले एक बल बाँकी छँदा ५ विकेट गुमाएर लक्ष्य भेट्यायो। दिल्लीका लागि शिखर धवनले शतकीय पारी खेले। उनले जोडेको १०१ रन दिल्लीको जितका लागि महत्वपूर्ण रह्यो। त्यस्तै, मार्कस स्टोइनिसले…