काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षण र उपचार निशुल्क गर्न सरकारसँग माग गरेको छ। सांसद विकास कोष र दशैं भत्ता खारेज गरेर पनि जनतालाई निशुल्क स्वास्थ्य सेवा दिनुपर्ने कांग्रेसको माग छ। 'सांसद विकास कोष, दशैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य थियो। कर्तव्य आत्मसात गरेर कार्य गर्न चेतावनी दिँदै नेपाली कांग्रेस कोरोना परीक्षण…
काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सबै सांसदहरुको दशैं भत्ता कोरोना रोकथाम तथा उपचारमा खर्च गर्न संसद सचिवालयमा पत्र पठाएको छ। कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा भत्ता पठाइदिन कांग्रेसका तर्फबाट पत्र प्राप्त भएको संसद सचिवालयले जनाएको छ। नेपाली कांग्रेस संसदीय दलले भत्ता नलिने निर्णय गरेको हो। सचिवालयले बिहीवार नै सांसदहरुलाई दशैंको भत्ता वापतको रकम बैंक खतामा पठाएको थियो। महामारीका बेला सांसदहरुलाई…
काठमाडौं : विभिन्न सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमहरुमा कर्फ्यु लाग्ने भन्दै आएको सूचना गतल र तथ्यहीन भएको गृह मन्त्रालयले जानकारी दिएको छ। सुरक्षा संवेदनशीलतलाई जोडेर कर्फ्यु लगाइने भन्ने हल्ला भएपछि गृह मन्त्रालय सोमवार सुचना जारी गर्दै यस्ता हल्लाहरु निराधार, गलत भएको जानकारी दिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जारी गरिएको सुचनामा भनिएको छ, 'उक्त सुचना तथ्यहीन, भ्रामक, निराधार र…
काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण ठप्प फिल्म क्षेत्रका कार्यहरू बिस्तारै सुरु हुन थालेका छन्। आइतवार फिल्म ‘चोर र पुलिस’ युनिट छायाँकनका लागि फ्लोरमा निस्कियो। कालिञ्चोकमा छायाँकन शुभारम्भ भएको हो। जसका लागि फिल्म युनिट काठमाडौंबाट हेलिकप्टर लिएर त्यहाँ पुग्यो। आरएल लामाको निर्देशन रहने फिल्ममा अभिनेत्री कविता राय, निर्देशक लामा स्वयंको मुख्य अभिनय रहने छ। पहिलो दिन…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दशैं भत्ता फिर्ता गरेका छन्। कोभिड महामारीका बेला सांसदहरुले दशैं भत्ता लिएको भनेर चौतर्फी आलोचना भइरहेका बेला सांसद विष्टले संघीय संसद सचिवालयमा चेकमार्फत फिर्ता गरेको जानकारी दिएका छन्। उनले दशैं खर्चका नाममा दिन लागिएको सुविधा वापतको रकम थोरै भए पनि सर्वसाधारण जनताको उपचार र राहतमा सहयोग गर्न पनि सुझाव दिएका…
युरोपेली देशहरूमध्य कोरोना भाइरसका कारण सर्वाधिक प्रभावित इटालीमा संक्रमणको नयाँ चरण सुरु भएको छ। कोभिड-१९ संक्रमण र संक्रमणकै कारण ज्यान गुमाउनेहरूको संख्या बढेपछि इटालीमा संक्रमण नियन्त्रणका लागि नयाँ प्रावधानहरू जारी गरिएको छ। प्रधानमन्त्री ज्यूसेप्पे कोन्टेले लकडाउन अबको उपाय नभएकाले जारी गरिएका प्रावधानहरूलाई कडाईका साथ लागू गर्नुपर्ने बताए। उनले मेयरहरूलाई आफ्नो क्षेत्र राती ९ बजेदेखि बन्द गर्ने अनुमति घोषणा गरेका छन्।…
काठमाडौं: समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कोरोना भाइरस संक्रमण उपचार खर्च आफै व्यहोर्ने सरकारी निर्णयको आलोचना गरेका छन्। नेता भट्टराईले सरकार आसेपासेलाई कमिसन र भत्ता बाँड्न मात्रै लागिरहेको भन्दै यस्तो सरकार किन चाहियो भनी प्रश्न समेत गरेका छन्। उनले ट्वीटरमा रिमुभ केपी ओली ह्यासट्याग नै चलाएका छन्। कोरोना उपचारखर्च आफै व्यहोर!वेहोस भए मात्रै अस्पताल जाऊ!वेरोजगार श्रमिक रूॅदै गाऊॅ…
चीन यतिबेला गरिबी निवारणको अन्तिम युद्धमा जुटिरहेको छ। शनिवार विश्वले २८ औं अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउँदै गर्दा चीनले सातौं राष्ट्रिय गरिबी राहत दिवस मनायो। गरिवी निवारणको यो अभियान चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी जिनफिङको प्रत्यक्ष नेतृत्वमा अगाडि बढिरहेको छ। चिनियाँ नेतृत्वले सन २०२० लाई गरिबी निवारणको समय सीमा तोकेर अगाडि बढिरहेको…
काठमाडौं : अदालतले अपहरण मुद्दामा सजाय सुनाएका फरार एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) टोलीले झापा मेचीनगर नगरपालिका वडा नम्बर १२ बस्ने ३८ वर्षीय नरेश मेचेलाई नियन्त्रणमा लिएको हो। मेचेलाई प्रहरी टोलीले आइतवार नयाँ बसपार्कमा रहेको होटल काठमाडौंबाट समातेको व्यूरोका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। २०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाललाई हतियार देखार डर त्रासमा पारी…
काठमाडौंः इण्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले आइतवार राति विराटनगर महानगरपालिका वडा नम्बर १६ भट्टीमोड ३७ वर्षीय पुरुषोत्तम साहको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। साह सहित प्रहरीले ३५ वर्षीय मन्जित साह र २८ वर्षीय अपजर अलीलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट प्रहरीले २८ हजार रुपैयाँ समेत बरामद गरेको…
काठमाडौं : नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संक्रमित गन्ने बाहेक केही नगर्ने जानकारी गराउन सरकारलाई सूझाव दिएका छन्। स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयलाई लिएर टिप्पणी गर्दै नेता थापाले भनेका छन् - हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस् 'सरकार स्वयम संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ।' थापाले…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले दशैं भत्ता फिर्ता गरेका छन्। कोभिड महामारीका बेला भत्ता लिएको भन्दै सांसदहरुको आलोचना भइरहेका बेला प्रकाशमानले पनि फिर्ता गर्ने जानकारी गराएका हुन्। सोमबार विज्ञप्ति जारी गर्दै नेता सिंहले भत्ता फिर्ता पार्टीका सबै सांसदलाई आग्रहसमेत गरेका छन्। एकातिर जनतालाई पीसीआर परिक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई…
काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको छ। सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका २० का ७८ वर्षीय पुरुषको कोभिड १९ संक्रमणकै बीच मृत्यु भएको हो। आज बिहान ३ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए। उनका अनुसार असोज १९ गते अस्पताल भर्ना भएका…
काठमाडौं : सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज ( केएममी) अस्पतालबाट एक जनाले हाम फालेर आत्महत्या गरेका छन्। आज बिहान करिब ८ बजेर ४० मिनेटमा अस्पतालको तेस्रो तलाबाट खसेर २६ वर्षीय युवक रोशन खड्काको मृत्यु भएको हो। 'आज बिहानको घटना हो। अहिले मृत्यु भएको जानकारी आइसकेको छ,' महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र कुमार बस्नेतले भने। सोलुखुम्बु घर भएका खड्का परिवार काठमाडौंको…
काठमाडौं : भक्तपुर सल्लाघारीमा अहिले बिहानैदेखि मानिसको चहलपहल देखिन्छ। कारण एउटै हो- च्याङग्रा तथा खसीबोका किन्न। तर पहिलेका दशैंमा झैं मानिस मानिसको भिड छैन। कोभिड १९ संक्रमणका कारण मानिसहरु कमै किन्न पुगेका छन्। बिक्रिमा सबैभन्दा धेरै च्याङ्ग्रा नै देखिन्छ। हिमाली जिल्लाहरुबाट च्याङग्रा बिक्रीको लागि ल्याएइको छ। त्यस्तै पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, झापा लगायत जिल्लाबाट खसीहरु बिक्रीमा राखिएको छ। यसपटको दशैंमा…
काठमाडौंः खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दशैंको लागि खसीबोका बिक्री गर्दैछ। बजार मूल्य भन्दा किलोमा सय रुपैयाँ सस्तोमा खसीबोका बेच्ने भएको छ। आजबाट कम्पनीले थापाथली कार्यालयबाट खसीबोका बिक्री थाल्नेछ। कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले जिउँदो खसीबोका किलोको ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय भएको जानकारी दिइन्। निजी क्षेत्रले जिउँदो खसीबोका किलोको ६ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ।…
काठमाडौं : कार्तिक ३ गते बिहानसम्म गण्डकी प्रदेशमा थप ५६ जनामा कोभिड १९ पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५६ जना संक्रमित भेटिएका हुन्। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जिल्लाका ३५ जनामा संक्रमण देखिएको हो। तनहुँका ९ जना, बाग्लुङका २ जना र बाँकी…
मोरङः आजबाट मोरङ निषेधाज्ञा लागू गरिएको छ। दशैंको चहलपहल बढेसँगै पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुन्। त्यस्तै झापा र सुनसरीमा भने एकदिनअघिबाट नै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेका हुन्। प्रदेश १ को सबैभन्दा बढी संक्रमित देखिएको जिल्ला मोरङमा आजदेखि कार्तिक १५ गते राती १२:०० बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ। चाडपर्व र परम्पराका नाममा…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले मुम्बईलाई दोस्रो सुपर ओभरमा हराएको हो। टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। मुम्बईका लागि क्विन्टन डिककले सर्वाधिक ५३ रन जोड्दा क्रुनाल पाण्ड्याले ३४ रन बनाए। त्यस्तै,…
काठमाडौं : कोभिड-१९ को परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ। सरकारले असशक्त, असहाय एक महिला, जेष्ठ नागरिक, स्वास्थ्यकर्मी सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायत बाहेक अरुले आफ्नै खर्चमा कोराना परिक्षण गर्नुपर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार असशक्त, असहाय एक महिला, जेष्ठ नागरिक, स्वास्थ्यकर्मी सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायतले कोरोना बिमा गरेको भए उनीहरुको…