काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो मौसममा कोभिड-१९ को महामारी बढ्दै जाने पुर्वानुमान अनुसार सबै पृतनाहरुलाई आवश्यक पूर्वतयारी गर्नको लागि निर्देशन दिएका छन्। तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’को समापन गर्दै प्रधानसेनापति थापाले सम्बन्धित सरोकारवाला निकायहरुसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्न पृतनाहरुलाई निर्देशन दिएका हुन्। उनले महामारीको समयमा आफ्नो फौज र तिनका परिवारहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन, संक्रमण भइहालेमा उचित…
बजारभन्दा सस्तोमा किन्न पाइने भएपछि सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली बिक्री केन्द्रमा खसीबोका किन्नेको भीड लागेको छ। बजारभन्दा एक सय रुपैयाँ सस्तो मूल्यमा पाउने भएपछि बिक्री केन्द्रमा उपभोक्ताको भीड लागेको हो। धेरै भीड भएपछि कर्मचारीलाई व्यवस्थापनमै समस्या परेको छ। कम्पनीले उपभोक्तालाई छुटसहित सहुलियतमा उपलब्ध गराउन जिउँदो खसीबोका प्रतिकेजी ५५० रुपैयाँ मूल्य राखेको छ। कम्पनीले खसीबोका हेटौंडा र…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको उपचारका क्रममा आर्थिक रुपले विपन्न देखिए सरकारले नै खर्च बेहोर्ने बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले सबै नागरिको उपचार सरकारले नगर्ने निर्णय यथावत नै रहेको जानकारी दिए। उनले कोरोना नियन्त्रणको अग्रपंक्तिमा खटिएका, जेष्ठ नागरिक र आर्थिक रुपले विपन्नको मात्रै सरकारले उपचार गर्ने दोहोर्याए। उनले सबै नागरिकको जीवन रक्षाका…
काठमाडौं: पछिल्लो २४ घण्टामा थप तीन हजार ९३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएकोछ। देशभरका प्रयोगशालामा भएको १३ हजार ८६१ जनाको परीक्षण गर्दा औषतमा ४.४८ जना मध्ये एक जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये ५५ प्रतिशत संक्रमित उपत्यकामा मात्र पहिचान भएका छन्। काठमाडौं उपत्यकामा एक हजार ७०२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौं जिल्लामा…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलवार आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा खड्काले सो कुरा बताएका हुन्। ‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ। देशको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा…
काठमाडौं : नेपाली फिल्म ‘महानगर’ २६ औं कोलकाता फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको छ। मोहन राई निर्देशित फिल्म 'दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा' (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धामा छानिएको हो। आउँदो नोभेम्बर ५ तारिखदेखि १२ तारिखसम्म हुने कोलकाता फिल्म फेस्टिभल भर्चुअल्ली हुँदैछ। मोहन राईकै कथा रहेको महानगरमा कर्मा, मेनुका प्रधान, जीवन बराललगायत कलाकारहरूको अभिनय रहेको छ।
बलिउड बादशाह शाहरुख खानले गर्लफ्रेण्डसँग डेटिङ जाँदा कुटाई खाएको घटना स्मरण गरेका छन्। कपिल शर्माको च्याट शोमा शाहरुखले गर्लफ्रेण्डका कारण दिल्लीमा आफू कुटिएको खुलासा गरे। शाहरुखले बताएअनुसार उनी एकपटक दिल्लीमा एक युवतीसँग डेट गरिरहेका थिए। त्यसैक्रममा युवतीलाई आफ्नी गर्लफ्रेण्ड भनेर चिनाउँदा केही युवाहरुले उनीमाथि कुटपिट गरेका थिए। शाहरुखले यो पनि बताए कि ती युवाहरुले शाहरुखकी ती युवती गर्लफ्रेण्ड नभई उनकी…
काठमाडौं : मन्त्रिपरिषदको बैठक ४ बजे सुरु हुँदैछ। बैठक बालुवाटारमा बस्न तयारी भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 'बैठक सुरु हुँदैछ। बैठकमा संक्रमितको उपचारबारे भएको निर्णय हुनेबारे अहिले नै केही भन्न मिल्दैन,' उनले भने। मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो। कोभिड-१९ का सबै संक्रमितको उपचार सरकारले नगर्ने निर्णयको चर्को आलोचना भइरहेको छ। यसबारेमा आजको मन्त्रिपरिषद बैठकमा…
सुर्खेतः सुर्खेतमा कोभिड १९ सङ्क्रमण भएका थप एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का ८६ वर्षीय महिलाको मङ्गलवार दिउँसो १ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। जनस्वास्थ्य सेवा कार्यालयको समन्वय र नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिरहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। ज्वरो र खोकीको लक्षण देखिएको उनलाई असोज…
काठमाडौं : साझा पार्टी र विवेकशील नेपालीले एकिकरण गर्ने निर्णय गरेका छन्। दुबै पार्टीले एकताका लागि भएको वार्ताको निष्कर्ष सहितको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो। आज विज्ञप्ति जारी गर्दै प्रतिवेदन केन्द्रीय कमिटीमा पेश भइसकेको र अब एकता प्रक्रिया सुरु हुने उल्लेख गरिएको छ। आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आ-आफ्नो पार्टीको संघिय/केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गरेको जनाएको…
सन् १९९५ को अक्टोबर २० देखि प्रदर्शनमा आयो फिल्म 'दिलवाले दुल्हनियाँ ले जाएंगे। (डिडिएलजे)' मंगलवार फिल्म प्रदर्शनको २५ औं वर्ष पुगेको छ। उक्त खुशी फिल्मका मुख्य कलाकारहरू शाहरुख खान र काजोलले ट्वीटरमार्फत् साटेका छन्। उनीहरूले ट्वीटसँगै फोटो पनि फिल्मका पात्रहरूको राखेका छन्। र नाम पनि राज मल्होत्रा र सिम्रन राखेका छन्। 25 years!!! Filled with gratitude towards you for loving…
काठमाडौं : प्रहरीले अपहरणमा परेकी ८ वर्षीय बालिकाको उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुर अन्तर्गत रहेका डीएसपी मित्रबन्धु शर्माको टोलीले सोमवार राति साढे ७ बजेतिर अपहरणमा परेकी बालिकाको उद्धार गरेको हो। बारा सिम्रौनगढ नगरपालिका १ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मनकामना चोकस्थित बस्ने गुड्डी साहकी ८ वर्षीय छोरी अपहरणमा परेकी थिइन्। प्रहरीले अपहरणमा संलग्न तीन…
काठमाडौं : नेपाली काँग्रेसका प्रवक्ता तथा नेता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रश्न राखेका छन् - 'उपचार गर्दिन' सरकारले भन्दा जवाफमा जनताले 'कर तिर्दिन' भने कसरी धान्ने? सरकारले कोरोनाको उपचार निशुल्क गर्दै आएकोमा अब त्यसमा परिमार्जन गर्दै आफैँ उपचार गराउन भनेको छ। त्यसको चौतर्फी आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा कर नतिर्न आह्वानसमेत हुन थालेको छ। 'उपचार निशुल्क गर्न घोषणा…
टाउकोको पछिल्लो भाग जोडिएर जन्मिएका जुम्ल्याह दिदी बहिनी 'एक'बाट 'दुई' भएर घर फर्किएका छन्। उनीहरूको गत वर्ष फेब्रुअरीमा ग्रेट ओर्मोन्ड स्ट्रिट अस्पताल, लण्डनमा शल्यक्रिया भएको थियो। एक वर्षपछि उनीहरू पाकिस्तानस्थित घर फर्किएका हुन्। जुम्ल्याहा दिदी बहिनी सफा र मर्वाको तीनवटा ठूला शल्यक्रिया भए। उनीहरूले कुल ५० घण्टाभन्दा बढी अपरेशन थिएटरमा बिताए। उनीहरूकी आमा जाइनाब बिबीले बीबीसीसँग आफ्ना छोरीहरू पुन: घर…
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारसँग गैर जिम्मेवारपूर्ण निर्णय फिर्ता लिन माग गरेका छन्। आम मानिसमा आतंक फैलाउने गरी कोभिड १९ को नि:शुल्क उपचार बन्द गरेको भन्दै उनले सरकारको आलोचना गरेका हुन्। मुलुक कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै विरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो…
काठमाडौं : राजनराज सिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ। उनको स्वर, शब्द र संगीतमा 'जाउँ माया जाउँ' बोलको गीत सार्वजनिक भएको हो। स्वरमा उनलाई एलिना चौहानले साथ दिएकी छिन्। सोमवार यूट्युब रिलिज गरिएको गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन्। त्यस्तै विशाल महराको कोरियोग्राफी रहेको छ। भिडियोमा प्रेमका लागि शहरी सुख त्यागेर गाउँ फर्कने प्रेम जोडीको कथा देखाइएको छ। कलाकारहरू…
काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। बुटवल उप-महानगरपालिका ११ का ४१ वर्षकी एक महिलाको मंगलवार बिहान ५:१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। सोमवार कोभिड-१९ संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पतालमा सघन उपचार कक्षमा भर्ना भएकी उनमा ज्वरो, मधुमेह र स्वासप्रश्वासमा देखिएको अस्पतालले जनाएको…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता सकिएको छ। बालुवाटारमा भएको भेटमा प्रचण्डले कर्णालीमा देखिएको पार्टी विवादलाई केन्द्रबाट हस्तक्षप नगर्न ओलीलाई आग्रह गरेका छन्। प्रचण्डले प्रदेश कमिटी अन्तर्गत नै समस्या समाधान गर्न प्रस्ताव राखेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 'कर्णालीको विवादमा केन्द्रबाट हस्तक्षप नगरी उतै मिलाउनुपर्छ भनेर अध्यक्षले प्रस्ताव…
कैलालीः शनिवार देखी बेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव फेला पारेको छ। दुई दिनपछि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो। सँगै गस्तमा गएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको आइतवार शव भेटिएको थियो। शनिवार रातिदेखि बेपत्ता भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको…
काठमाडौं : कैलालीको धनगढीमा गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको शव भेटिएपछि अनुसन्धानले तस्कर समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको निष्कर्ष निकालेको छ। शनिवार रातिदेखि बेपत्ता भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको आइतवार बिहान नेपाल भरत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो। विकको घाँटीमा काटिएको छ।…