काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। त्यस्तै सोही अवधिमा १३ जना कोभिड १९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै देशभर संक्रमितको मृत्यु हुने सङ्ख्या ८४२ पुगेको छ। शनिवार २ हजार ८४६ जना संक्रमण मुक्त…
काठमाडौंः प्रहरीले आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक युवकलाई नियन्त्रणमा लिएको छ। दाङ बंगलाचुलि नगरपालिका वडा नम्वर २ स्थित पाखापानी बस्ने २२ वर्षीय बिरबहादुर विकलाई नियन्त्रणमा लिएको हो। शुक्रवार राति छोरो बिरबहादुरले सामान्य विषयमा विवाद हुँदा ४५ वर्षीय बाबु बलाराम विकलाई कुटपिट गरि घरको तलाबाट खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकरी दिए। घटनाको थप…
काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण यसपटक दशैंको माहोल पहिलाभन्दा अलि भिन्न छ। तर काठमाडौंलाई दशैंको रमझमले छाडेको छैन। फूलपातीदेखि सार्वजिनक विदा भएसँगै धेरैजसो परिवारसँगै दशैं मनाउने मुडमा छन् यसपाला। पहिला झै साथीभाइ, आफन्त भेला भएर दशैं मनाउन हुने समय नभएकाले पनि घरमै रमाउने प्रयासमा छन् सबै। दशैं सुरु भएसँगै घरघरमा विभिन्न परिकार बन्ने गर्छन्। त्यसमध्ये एक हो खसीको मासु।…
अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएसँगै दैनिक संक्रमण दरमा वृद्धी भएको छ। बीबीसीका अनुसार त्यहाँ शुक्रवार मात्र ८३ हजार १० जनामा संक्रमण पुष्टि भएको हो। अमेरिकी सर्जन जनरल जेरोम एडम्सले अस्पतालमा भर्ना हुनेको संख्या बढ्दो रहेको बताए। उचित स्वास्थ्य सेवाका कारण संक्रमणपछि मर्नेको संख्या भने कम भइरहेको छ। विश्व स्वास्थ्य संगठनले पनि उत्तरी गोलार्धका देशहरूमा संक्रमणको जोखिम उच्च रहने…
काठमाडौंको थापाथलीबाट वाग्मती नदीमाथि बनाइएको पुल तरेर ललितपुरको कुपण्डोल पुग्दा सडकका दायाँबायाँ हरिया रंगले पोतिएको देखिन्छ। यसरी हरियो रंगले छुट्याएको भाग साइकल लेन हो। त्यसैले हरियो लेनमा साइकलको चित्र समेत बनाइएको छ। महानगरलाई साइकल सिटी बनाउने अवधारणासहित साइकल यात्रीहरूलाई सहज बनाउन साइकल लेन बनाइएको हो। हाललाई निश्चित क्षेत्र छुट्याएर साइकल लेन बनाइएको हो। भित्री शहरमा सडक सानो भएकाले त्यहाँ भने…
बलिउड स्टार शाहरुख खानले २ हजार थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) सहयोग गरेका छन्। एसिड अट्याक पीडितहरूका लागि काम गर्दै आएको उनकै संस्था मियर फाउन्डेसनमार्फत् छत्तिसगढका कोभिडविरुद्धका फ्रन्टलाइनरलाई उपलब्ध गराएका हुन्। छत्तिसगढका क्याबिनेट सदस्य टिएस सिंह दियोले ट्वीटरमार्फत् शाहरुखलाई धन्यवाद व्यक्त गरेका छन्। लेखेका छन् : फ्रन्टलाइन योद्धाहरूका लागि पीपीइ उपलब्ध गराएकोमा शाहरुख खान र मियर फाउन्डेसनलाई हृदयदेखि धन्यवाद। यहाँको…
भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को नेसनल इन्स्टिच्यूट अफ भाइरोलोजीसँग मिलेर भारत बायोटेकले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको छ। बीबीसी हिन्दीका अनुसार कम्पनीले उक्त भ्याक्सिन आगामी वर्षको जुनसम्म उपलब्ध हुने बताएको छ। कम्पनीका शीर्ष अधिकारीका अनुसार त्यसका लागि सरकारको अनुमति आवश्यक रहेको जानकारी बीबीसी हिन्दीलाई दिए। भारत बायोटेककले देशका १२ देखि १४ राज्यका २० हजार मानिसमा भ्याक्सिनको ट्रायल गर्नेछ। हाल…
सुडानले इजरायलसँगको सम्बन्ध सामान्य बनाउने सम्झौता भएको छ। दुई देशबीचको शान्ति सम्झौताबारे यी दुई देश र अमेरिकाले संयुक्त विज्ञप्ती जारी गरेको छ। लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद प्रायोजित गर्ने देशको अमेरिकी सूचीबाट सुडानलाई हटाएका छन्। सूचीमा रहुन्जेल सुडानले अमेरिकाको आर्थिक एवं अन्य सहयोग पाएको थिएन। यसअघि संयुक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँग शान्ती सम्झौता गरेका थिए। यी दुई पहिलो…
काठमाडौं : काठमाडौं महानगरपालिकाकाले आफ्नो केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने नीतिलाई निरन्तरता दिएको छ। महानगर प्रमुखको पदभार ग्रहण गरेसँगै मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन एउटै शैली र स्वरुपमा सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। महानगरपालिकाको पहिलो नगरकार्यपालिकाको बैठकले पनि सोही निर्णय…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को महामारीका कारण देश अनिश्चयको अवस्थामा रहेको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै ओलीले अझै कोभिड-१९ को संक्रमण बढ्नस क्ने बताएका हुन्। उनले कुन बेला को संक्रमित भएर स्वास्थ्य बिग्रने हो पत्तो नभएको बताएका छन्। 'विश्वव्यापी महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित गरेको छ । यस घडीमा हामी, परिवारमा सँगै भएकाहरु पनि परपर बस्न बाध्य…
काठमाडौं : कोरोना महामारीबीच फ्रन्टलाइनमा रहेर बिरामीको सेवा गर्ने दुई डाक्टरको प्रेम म्यूजिक भिडियोमार्फत् देखाइएको छ। सुगम पोखरेल र कबिता श्रेष्ठको स्वर रहेको 'निदाउँके सपनीमा' बोलको गीतको भिडियो यूट्युब रिलिज भएको हो। गीतमा रमेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत रहेको छ। भिडियोमा ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत र मोडल रेश्मा घिमिरेको अभिनय रहेको छ। गीतको भिडियोले फ्रन्टलाइनमा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। आज अपरान्ह ४ बजेर २५ मिनेटमा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। कुन विषयमा उनले सम्बोधन गर्ने भन्नेबारे अहिले केही खुलाइएको छैन। 'सम्बोधनकै क्रममा थाहा हुन्छ। दशैंको शुभकामनाका लागि हो या अरु नै विषयमा हो भन्नेबारे,' उनले भने। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद फेरि चुलिएका बेला ओलीले…
वाल्ड डिज्नीको कार्टुन 'स्नो ह्वाइट एण्ड सेभेन ड्राफ'की मुख्य कलाकार मार्ज च्याम्पियनको निधन भएको छ। हलिउड रिपोर्टरका अनुसार मार्जले एक सय १ वर्षको उमेरमा लस एन्जलस्थित घरमा उनको मृत्यु भएको हो। उनी एम्मी अवार्ड विजेता समेत हुन्। सन् १९७५ मा टिभी फिल्म 'क्वीन अफ द स्टारडस्ट बलरुम'मा गरेको कोरियोग्राफीका लागि अवार्ड जितेकी थिइन्। सन् १९१९ मा जन्मिएकी मार्जले १४ वर्षको…
काठमाडौंः चितवनमा थप २४ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा २४ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। १ सय ४६ वटा नमुना परीक्षण गर्दा २४ वटा पोजेटीभ देखिएको हो। सक्रमित मध्ये १० जना भरतपुर महानगरपालकिका, ५ जना कालिका नगरपालिका, ३ जना राप्ति नगरपालिका, खेरहनी नगरपालिकामा ४, रत्ननगरनगरपालिकामा १ र एक जना भने…
काठमाडौं : फिल्म 'चिलगाडी' बन्ने भएको छ। कोरोना भाइरसका कारण फिल्म क्षेत्रमा जारी प्रतिबन्धबीच फिल्म घोषणा गरिएको हो। युवा पुस्ता केन्द्रित फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन्। निर्देशक समाजका महासचिव समेत रहेका जनकदिप पराजुलीले फिल्म निर्देशन गर्नेछन्। र, सागर प्रधानले खिच्नेछन्। सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने ‘चिलगाडी’मा नाजिर हुसेन अनुबन्धित भएका छन्। फिल्मका लागि अभिनेत्री चुनिएकी छैनन्। छायाँकनका लागि…
काठमाडौं : बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलीफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रवार आफ्नो मुलुक फर्किएका छन्। कोभिड १९ को विश्वव्यापी संक्रमणसँगै धराशायी बनेको पर्यटन क्षेत्रमा 'हाइ प्रोफाइल' भ्रमण र आरोहणले अर्थपूर्ण भूमिका राखेको छ। विश्वपर्यटन क्षेत्रमा सुधार आएलगत्तै नेपाललाई यसलाई 'क्यास' गर्ने सम्भावना पनि छ। ३७ दिनको अवधिमा सोलुखुम्बुको लोबुचे र गोरखाको मनास्लु हिमाल आरोहण…
काठमाडौं: प्रहरीले नक्कली नोटको कारोबार गरेको अभियोगमा बिहिवार एक जनलाई पक्राउ गरि सार्वजनिक गर्यो। चितवनको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले मकवानपुर राक्सीराङ् ८ बस्ने २६ बर्षीय जीतबहादुर लोप्चनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले एक हजार दरका ३ सय २१ थान नक्कली नोट समेत बरामद गरेको थियो। उनले नक्कली नोट खाजा पसल देखि अन्य ठाउँमा दिएको खुलेको थियो। पछिल्ला दशैंको ट्रेन हेर्ने…
काठमाडौः भारत आन्द्रा प्रदेश घर भई काठमाण्डौ स्यमम्भु स्थित डेरा गरि बस्ने एक युवकको पोखरामा शंकास्पद मृत्यु भएको छ। मनमोहन मेडिकल कलेज काठमाण्डौमा अध्ययन गर्ने वर्ष २५ को किशोर कुमारको बिहिवार राति मृत्यु भएको हो। साथीहरुसँग पोखरा घुम्न पुगेका किशोर अचानक बिरामी भएको भन्दै साथीहरुले ११ बजे अस्पताल पुर्याएका थिए। त्यसको ५ मिनेटमा नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकरी…
काठमाडौंः चितवनमा कोभिड १९ सङ्क्रमित थप एक पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-७ बस्ने ५७ वर्षीय पुरुष उपचारको क्रममा बिहीबार राति १० बजे १५ मिनेटमा मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ। असोज २६ गते कोभिड १९ सङ्क्रमण भएका उनी होम आइसोलेसनमा बस्दै आएका थिए। बिहीबार राति ज्वरो सहित श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए।
काठमाडौंः यसपटकको दशैंमा काठमाडौं उपत्यकाबाट घर फर्किने मानिसको सङ्ख्यामा निकै कमी देखिएको छ। कोभिड १९ सङ्क्रमणको कारण सप्तमीको अघिल्लो दिन अर्थात् बिहीबार पनि खासै घर फर्किने मानिसको सङ्ख्यामा वृद्धि भएन। दुई चारदिनको तुलनामा बिहिवार भने बसपार्कमा केही बढी यात्रु भने देखिएका थिए। बिहीबार काठमाडौं उपत्यकाभित्रका विभिन्न नाकाबाट २६ हजार ५४६ जना मानिसले उपत्यका छोडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाएको छ।…