काठमाडौंः कलाकार मनोज गजुरेललाई कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ। कलाकार गजुरेलले फेसबुकमा आफूलाई कोभिड १९ पोजेटिभ देखिएको जानकारी दिएका छन्। सोमबार आफूलाई पोजेटिभ आएको रिपोर्ट आएको बताएका छन्। उनले फेसबुकमा लेखका छन्,' भर्खरै प्राप्त रिपोर्ट अनुसार मेरो शरीरमा कोभिड १९ पोजेटिभ देखिएको छ। गत हप्ता दाजुलाई अस्पताल लाने र ल्याउने गरेको थिएँ। गत बिहीबार सामान्य टाउको दुख्यो। शुक्रवार ९८° को…
तुलसीपुरः दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन्। खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकता नाइट राइडर्समाथि किंग्स ११ पञ्जाबले ८ विकेटको सानदार जित निकालेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। कोलकताका लागि शुभमन गिलले सर्वाधिक ५७ रन जोड्दा कप्तान इयोन मोर्गनले ४० रन बनाए। त्यस्तै लोकिइ फ्रेगुइन २४ रनमा अभिजित…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पञ्जाबलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको हो। कोलकताका लागि शुभमन गिलले सर्वाधिक ५७ रन जोड्दा कप्तान इयोन मोर्गनले ४० रन बनाए। त्यस्तै लोकिइ फ्रेगुइन २४ रनमा अभिजित…
काठमाडौंः दशैंमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी विशेष सुरक्षा योजना लागु गरेको छ। सादा पोसाकमा समेत प्रहरी परिचालन गरिरहेको छ। काठमाडौंमा चोरी, लुटपाट र होहल्ला नियन्त्रण गर्ने विशेष योजना लागु गरेको छ। तर काठमाडौंमा जघन्य प्रकृतिका अपराध नभएपछि फाटफुट चोरी भएको प्रहरीको दाबी छ। ' जघन्य प्रकृतिका अपराध भएका छैनन्। बिहानको समयमा घर तथा कोठामा हुने चोरीका सूचना भने आइरहेका…
९ वर्षअघिको कुरा हो। गायक सुगम पोखरेल दशैं विशेष कार्यक्रमको शिलशिलामा अमेरिका पुगेका थिए। त्यो वर्ष दशैं त्यस्तै भयो। परिवारबाट पर, न टीका-जमरा न आशिर्वाद। कार्यक्रमको रमझम र साथीहरूसँगै रहेर पनि केही खल्लो महसुस गरे उनले। विशेषगरी विराटनगर घरमा हुँदाका दिनहरू खुब सम्झिए। यादहरू बिच हर्षोल्लास चल्दै थियो अमेरिकामा। एक्लै हुँदा केही शब्द कोरे : वर्षमा दिनमा लै लै हर्षका…
दशैंको आगमन मंगल धुनले संकेत गर्छ। मंगल धुनसँगै यस पर्वको कामना विशेष गीत संगीतले पनि बेग्लै रौनक थप्छ। कामना र पर्वसँग जोडिएका कथा, व्यथा समेटेर वा दशैंको महत्वको वखानसहित गीतहरू सार्वजनिक भएका छन्। जुन गीतले दशैंमा आउने याद, सिर्जना गर्ने अवस्था, माहोलको कुरा भन्छ। दशैं विशेष दश गीतहरु जसले दशैंको माहोललाई सांगीतिक बनाउँछ। दशैं आयो फिल्म मुग्लानको गीत 'दशैं आयो'लाई…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले आर्सनलमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियमा भएको खेलमा घरेलु टोली आर्सनल १-० ले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा लेस्टरले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो। लेस्टरको जितमा जेमी भर्डेले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरे। त्यस्तै गएराति नै भएको अर्को खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको एभर्टन साउथह्याम्टनसँग…
बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युसँग जोडिएको लागुऔषध दुर्व्यसनी तथा ओसारपसार प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले टेलिभिजन कलाकार प्रीतिका चौहानसहित ५ जनालाई पक्राउ गरेको छ। प्रीतिका र एक अन्य आरोपीलाई न्यायिक हिरासतमा राख्ने अदालतले आइतवार एनसीबीलाई अनुमति दिएको छ। उनीहरुमाथि अब ८ नोभेम्बरसम्म न्यायिक हिरासतमा अनुसन्धान हुनेछ। यसअघि एनसीबीले लागुऔषध मुद्दामा २३ जनालाई पक्राउ गरिसकेको छ। एनसीबीले कलाकार प्रीतिका र उनको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ललितपुर खोकनास्थित सिकालीका देवता खलकले आइतबार सिकाली जात्राको प्रसाद हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका हुन्। शनिवार बिहान खोकनाका स्थानीयले प्रधानमन्त्री ओलीका साथै राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए। तर, स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद…
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। त्यस्तै ३ हजार ३३६ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। पछिल्लो समय थपिएको संक्रमितको सङ्ख्यासँगै देशभर कोभिड १९ संक्रमितको सङख्या १ लाख ५८ हजार ८९ पुगेको छ। जसमध्ये अहिलेसम्म १ लाख ८ हजार ३३४ जना निको भइसकेका छन्। ४५ हजार ५७२ जना अझैं…
मुम्बई प्रहरीमा 'विद्रोह'को खबर प्रसारण गरेको रिपब्लिक टेलिभिजन च्यानलविरुद्ध मुद्दा परेको छ। मुम्बई पुलिसले टेलिभिजनको सम्पादकीय समूहका ४ जनाविरुद्ध एनएम जोशी नगर पुलिस स्टेशनमा मुद्दा दर्ता गराएको हो। मुम्बई पुलिसका उप निरीक्षक शशीकान्त पवारको उजुरीका आधारमा नगर प्रहरीले रिपब्लिकका डेपुटी एडिटर शवन सेन, च्यानलका कार्यकारी सम्पादक निरंजन नारायणस्वामी, डेपुटी न्यूज एडिटर सागरिका मित्रा र एंकर शिवानी गुप्ताविरुद्ध मुद्दा दर्ता गरेको…
काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दशैंमा हुने जमघट र ओहोर–दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्ने भन्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परिवार–परिवार बीचमा सामान्य जमघटसहित मनाउन आग्रह गरेका छन्। दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन्। ‘बडा दसैँमा हुने जमघट र ओहोर–दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्छ। त्यसैले स्वास्थ्य सुरक्षा मापदण्डको पालना…
काठमाडौं : बजारमा कुभिण्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ। कोभिड संक्रमणको जोखिमका कारण मठमन्दिरहरु सर्वसाधारणका लागि बन्द छन्। नवरात्रीमा मन्दिर गई कुभिण्डोको विधिपूर्वक पूजाआजा गरी देवीदेवतालाई चढाउने चलन छ। तर, भक्तालुहरुका लागि मठमन्दिरमा पूजाआजा गर्न रोक लगाइएपछि यस वर्षको दशैंमा कुभिण्डोको माग घटेको हो। कुभिण्डो खासगरी नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्न र नवमीको दिन पशु बलि…
काठमाडौं : भक्तपुरमा एक युवकको हत्या गरेको अभियोगमा दुई जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर नगरपालिका इँटापाको भन्ने ठाउँमा ३५ वर्षीय भारतीय नागरिक शाहिद हुसेनको हत्या भएको थियो। भारतको उत्तर प्रदेश घर भइ लामो समयदेखि भक्तपुरमा बस्दै आएका हुसेनको शनिवार राति हत्या भएको हो। प्रहरीले हत्याको अभियोगमा उत्तर प्रदेश घर भएका सलमान खान र सानु अन्सारीलाई नियन्त्रणमा लिएको छ। उनीहरुले…
काठमाडौं : भक्तपुरमा एक युवकको हत्या भएको छ। भक्तपुर नगरपालिका कालोपाटी नजिकै ३५ वर्षीय भारतीय नागरिक सहिद हुसेनको हत्या भएको हो। भारतको उत्तर प्रदेश घर भइ लामो समयदेखि भक्तपुरमा बस्दै आएका हुसेनको शनिवार राति नै हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ। 'हामीलाई आज बिहान करिब ७ बजेतिर जानकारी आएको थियो। तर शवको प्रकृति हेर्दा राति नै हत्या गरेको देखिन्छ', महानगरीय…
काठमाडौंः ललितपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-४ नख्खुस्थित सडकमा बा.८ च १५८१ नम्बरको कारले को.२९ प ५०६२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो। ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१४ थसिखेल बस्ने सिरहा घर भएका २८ वर्षीय एलु घलेको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका घलेको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको…
कंचनपुरः प्रहरीले आमाको हत्या गरेको अभियोगमा एक छोरालाई पक्राउ गरेको छ। पुनर्वास नगरपालिका ३ सुकुम्बासी बस्तीकी साठी वर्षीया पार्वती वादीको शनिबार राति हत्या भएको थियो। हत्याको अभियोगमा प्रहरीले ३० वर्षीय पप्पु वादीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँगै टाउकामा बञ्चराले हिर्काएर हत्या गरेको बताएका छन्। घाइते भएकी…
बलिउड गायिका नेहा कक्कडले प्रेमी रोहनप्रीत सिंहसँग विहे गरेकी छन्। दिल्लीस्थित शिख समुदायको प्रसिद्ध ठाउँ गुरुद्वारमा उपस्थित भएर नेहा र रोहनले शनिवार सात फेरा लिएका हुन्। नेहा र रोहनको विहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मेहेन्दी र डान्सका तस्विर सामाजिक सञ्जालमा छाएका छन्। इण्डियन आइडलकी जज समेत रहेकी नेहा विहेको विषयलाई लिएर बेला बेला चर्चामा रहने गरेकी थिइन्। इण्डियन आइडलको…
काठमाडौं : सुन्धारास्थित मुसफिर मदिनी मस्जिद तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रत्नकाजी महर्जनको समूहले मस्जिद तोडफोड गरेको भन्दै नियन्त्रणमा लिएको हो। त्यस्तै तोडफोड गर्न प्रयोग भएको डोजरका चालकलाई समेत नियन्त्रणमा लिएको छ। 'मस्जिद भएको ठाउँमा नै डोजेर चलाएको देखियो। त्यसैले नियन्त्रणमा लिएका हौं,' एसएसपी श्याम ज्ञवाली भने। धरहराको पछाडि करिब ६ आनाको क्षेत्रफलमा मस्जिद रहेको…