टिभी कार्यक्रमका कलाकार जोडी स्टार क्यानन एण्ड बलका बबी बलको निधन भएको छ। ७६ वर्षको उमेरमा कोभिड-१९ को संक्रमणपछि निधन भएको हो। विहीवार उनका व्यवस्थापकले खबर सार्वजनिक गरेका हुन्। बलको स्वास प्रस्वासमा समस्या देखिए पछि ब्ल्याकपुल भिक्टोरिया अस्पतालमा उपचाररत् थिए। जारी विज्ञप्तीमा लेखिएको छ : हामीलाई लागेको थियो, छातीमा समस्या देखियो। तर, उनलाई कोभिड-१९ को संक्रमण रहेछ। बलले नट गोइङ आउट,…
काठमाडौं : नेपाली सर्ट फिल्म 'आइसक्रिम' अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट भएको छ। संगीता श्रेष्ठ निर्देशित 'अफ्रिका फिल्म फर इम्प्याक्ट फेस्टिभल २०२०'मा देखाइने भएको हो। फेस्टिभल नोभेम्बर ३ देखि ८ तारिखसम्म हुँदैछ। बाल यौन शोषणको विषय समेटेर बनाइएको फिल्म पहिलो दिन, नोभेम्वर ३ मा प्रदर्शन हुनेछ। कोरोना महामारीका कारण भर्चुअल्ली आयोजना हुन लागेको हो। ‘अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि…
युरोपा लिग अन्तर्गत गएराति भएको समूह ‘जे’ को खेलमा इङ्ग्लिस क्लब टोटेनहम बेल्जियन क्लब रोयल एन्टवेर्पसँग पराजित भएको छ। बोसुइलस्टेडियनमा भएको खेलमा घरेलु टोलीले टोटेनहममाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। एन्टवेर्पको जितमा लिओर राफेइलोभले निर्णायक गोल गरे। उनले खेलको २९ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै गएराति नै भएको समूह जे को अर्को खेलमा लास्कले लुडोगोरेट्सलाई ४-३ ले पराजित…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकता नाइट राइडर्स चेन्नइ सुपर किंग्ससँग पराजित भएको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा कोलकता ६ विकेटले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन जोडेको थियो। कोलकताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाए। त्यसबाहेक सुभमन गिलले २६ रन बनाउँदा दिनेश कार्तिक…
काठमाडौं : बंगलादेशसँग हुन गइरहेको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको बन्द प्रशिक्षण आजबाट शुरु भएको छ। बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि बिहीवारबाट दशरथ रंगशालामा एन्फाले प्रशिक्षण शुरु गराएको हो। यसअघि एन्फाले खेलाडीहरुलाई बुधवारसम्म उपस्थित हुन भनेको थियो। नेपाली टिमका स्वीडिस प्रशिक्षक योहान कालिन स्वीडेनमै रहेको र महामारीका कारण आउन नमिल्ने कारण देखाउँदै एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिएको छ।…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले चेन्नइ सुपर किंग्सलाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन जोडेको हो। कोलकताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाए। त्यसबाहेक सुभमन गिलले २६ रन बनाउँदा दिनेश कार्तिक २१ रनमा अभिजित रहे। त्यस्तै…
काठमाडौं: पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ। त्यस्तै ३ हजार ३८ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै देशभर कोभिड १९ पोजेटिभको सङ्ख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। अहिलेसम्म १ लाख २४ हजार ८ सय ६२ जना निको भइसकेका छन् भने…
फ्रान्सको नीस शहरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेका छन्। उनको हमलामा परी दुई जनाको ज्यान गएको बीबीसी जनाएको छ। घटनामा परी केही मानिस घाइते समेत भएका छन्। नीसका मेयर क्रिश्चियन एस्ट्रोसीका अनुसार घटनामा संलग्न एक व्यक्तीलाई पक्राउ गरिएको छ। भनेका छन्,'यो हमला आतंकवादको संकेत हो।' घटना नोट्रे-डैम ब्यासेलिकाको नजिकै भएको हो। नीस भूमध्य सागरको तटमा रहेको दक्षिणी फ्रान्सको एक प्रमुख शहर…
काठमाडौं : एक वर्षअघि 'हामी यस्तै त हो नी ब्रो' गीत'का कारण विवादमा मुछिएका भिटेन उर्फ समिर घिसिङ फेरि विवादमा तानिने भएका छन्। एक वर्षअघि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गीतमा उनले प्रहरीलाई डण्ठे सम्बोधन गरेकोदेखि अश्लील गाली गरेको भन्दै पक्राउ गरेको थियो। गीतमा उनले पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती भन्ने वाक्य समेत प्रयोग गरेकामा आपत्ति जनाइएको थियो। एकवर्षपछि उनले पुन: त्यस्तै अश्लिल शब्दहरू भरिएको गीत सार्वजनिक गरेका छन्।…
काठमाडौः नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कार्तिक २१ गते (शुक्रवार) दिउँसो १ बजेको लागि बैठक बोलाएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन ललितपुरमा बस्ने छ। यसअघि बोलाएको बैठक बिभिन्न कारणले पटक पटक स्थगित हँदै आएको छ। असोज १९ गतेका लागि बैठक डाकिएको थियो। तर सात जना केन्द्रीय सदस्यलाई कोरोना…
काठमाडौंः प्रहरीले दशैंको समयमा हुने चोरी नियन्त्रण गर्ने विशेष योजना बनाए पनि काठमाडौँका विभिन्न स्थानमा फाटफुट चोरी भएको देखिएको छ। दिउँसोको समयमा मानिस नभएको मौका छोपी कोठाभित्रको सामान तथा पैसा चोर्ने गरेका छन्। बुधवार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर ९ विजयचोकस्थित एक घरमा चोरी भएको छ। भक्तपुर सूर्य विनायक नगरपालिका-४ दधिकोट घर भएकी ४३ वर्षीया मन्दिरा थापा भण्डारीको कोठामा चोरी भएको…
काठमाडौंः नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गरेपछि ग्राहकले सोलारबाट उत्पादित विद्युत प्राधिकरणलाई बिक्री गर्न सुरु गरेका छन् । प्राधिकरणले गत साउन २८ बाट स्मार्ट मिटर जडान संचालनमा ल्याएपछि ग्राहकले आफ्नो घरमा जडान गरेको सोलारबाट उत्पादित विद्युत प्राधिकरणलाई बिक्री गर्न सक्ने भएका हुन्। यसअनुसार कुनै पनि सिंगल फेजका ग्राहकले आफ्नो घरमा भएको सोलारबाट आउने ऊर्जा दिउँसोको समयमा प्राधिकरणलाई बेच्न सक्नेछन् भने…
काठमाडौंः बाँके प्रहरीले १० जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। बुधवार राती बसपार्कस्थित कृष्णप्रसाद वलीको घरमा छापा मारेर १० जुवाडेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। नेपालगंज उप महानगरपालिका वडा नम्बर ४ बसपार्कमा रहेको वलीको घरमा जुवा तास खेलिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।…
काठमाडौः पोखरामा कोभिड १९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीया महिलाको बुधवार राति उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो। उनलाई कार्तिक ५ गते कोभिड १९ सङ्क्रमण भई आइसियुमा उपचार गराइरहेको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।
काठमाडौं : पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत कार्तिक दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ। कार्तिक १५ गतेदेखि उक्त साहसिक खेलहरू सुरु गर्न लागिएको हो। ५२५ मिटर लामो झोलुङ्गे पुलको बिच भाग। कालीगण्डकी नदिको ठीक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोला देखि पुलको उचाई…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह इ को खेलमा चेल्सीले क्रासनोदरमाथि सानदार जित निकालेको छ। क्रासनोदर स्टेडियममा भएको खेलमा चेल्सीले घरेलु टोलीममाथि ४-० को सहज जित निकालेको हो। खेलको ३७ औं मिनेटमा कलुम हुडसन ओडोइको गोलमा खेलमा अग्रता बनाएको चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा टिमो वेर्नरले चेल्सीको अग्रता दोब्बर बनाए। उनले ७६ औं मिनेटमा पेनाल्टीमार्फत…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह एचको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जर्मन क्लब आरबी आइपजिगमाथि सानदार जित निकालेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोलीले लाइपजिगमाथि ५-० को सानदार जित निकाले हो। युनाइटेडको जितमा मार्कस रासफोर्डले ह्याट्रिक पुरा गर्दा म्यासन ग्रीनउड र एन्थोनी मार्सियलले समान १/१ गोल गरे। घरेलु टोलीले खेलको २१ औं मिनेटमै ग्रीनउडको गोलमा अग्रता बनाएको…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘जी’ को खेलमा बार्सिलोनाले युभेन्टसमाथि जित निकालेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीलाई २-० ले हराएको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सी र ओस्माने डेम्बेलेले गोल गरे। बार्सलोनाले खेलको पहिलो हाफमै अग्रता बनाएको थियो। खेलको १४ औं मिनेटमा मेस्सीको पासमा डेम्बेलेले गोल गर्दा बार्सलोनाले खेलमा अग्रता बनाएको थियो। खेलको ८५ औं मिनेटमा…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बइ इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ। अबु धाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा मुम्बइले बेङ्ग्लोरलाई ५ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनायो। बेङ्ग्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ७४ रन बनाउँदा जोस फिलिपेले ३३ रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानको योगदान खास…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बइ इन्डियन्सलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अबु धाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनायो। बेङ्ग्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ७४ रन बनाउँदा जोस फिलिपेले ३३ रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानको योगदान खास उल्लेखनिय रहन सकेन। उता मुम्बइका…