काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पछिल्ला विवादबारे सचिवालय बैठकमा छलफल गरेर निकास निकाल्नुपर्ने बताएका छन्। शनिवार बालुवाटरमा भएको भेटमा दुई अध्यक्षबीच रअ प्रमुख सामन्त गोयल र प्रधानमन्त्रीबीचको भेट, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव लगायतका विषयमा छलफल भएको थियाे। प्रचण्डले यी विषयमा सचिवालय बैठकमा छलफल गर्नुपर्ने प्रस्ताव राखेको…
किंग्स ११ पञ्जाबका ब्याट्सम्यान क्रिस गेल जरिवानामा परेका छन्। गएराति भएको राजस्थान रोयल्सविरुद्धको खेलमा शतक बनाउन १ रनले चुकेका गेलले आउट भएपछि रिसाएर ब्याट फ्याकेकाले जरिवानामा परेका हुन्। उनले आचार संहिता विपरित ब्यवाहार गरेको भन्दै आईपीएलले म्याच फिसको १० प्रतिशत जरिवान गराएको हो। देब्रेहाते ब्याट्सम्यान गेलले गएरातिको खेलमा सातौं छक्का प्रहार गर्दै टी २० मा १००० औं छक्का पुरा गरेका…
इण्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजन रोमाञ्चक बन्दै गएको छ। यसपटक प्रतियोगिताको शीर्ष चारमा कुनकुन टिम पर्ने हुन् भनेर ५० खेल सकिइसक्दा पनि निर्क्योल हुन सकेको छैन। यसपटक मुम्बइ इण्डियन्स मात्र यस्तो टिम हो जसले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। त्यस्तै अन्तिम तीनका लागि दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर बलियो देखिएका छन्। त्यस्तै चौथो स्थानका लागि तीन टिमको…
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि एक महिना लामो लकडाउन गर्ने तयारीमा छन्। यस वर्षको क्रिस्टमसअघि खुकुलो पार्ने गरी लकडाउनको योजना बनाइएको हो। बीबीसीका अनुसार सोमवार ‘स्टे एट होम अर्डर’ लागू हुँदैछ। उक्त अवधिभर स्कूल, कलेज र विश्वविद्यालय ठप्प रहन्छ। बेलायतमा कोभिड-१९ संक्रमणका कारण मृत्युदर बढ्दो छ। जुन महामारी पहिलो चरणमा फैलँदाभन्दा दोब्बर अर्थात् दैनिक ४ हजार…
महेन्द्रनगरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो। दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता…
काठमाडौँः महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली ठाउँमा गुर्जोको बिरुवा रोपेको छ। आज बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल लगायतको प्रहरी टोलीले एक कार्यक्रम गर्दै गुर्जो रोपेको हो। १ हजार ५ सय वटा गुर्जोको बिरुवा रोपेको एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए। त्यस्तै आजै मात्रै उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोको बिरुवा रोपिएको…
काठमाडौँः भक्तपुरमा हाते ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान भक्तपुर सुर्यबिनायक नगरपालिका ८ दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटना परि घाइते भएका ५० वर्षीय राम सुवालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भई र चालक सहित पल्टँदै जाँदा ट्याक्टरको फाली (जोत्ने…
अभिनेत्री काजल अग्रवालले गौतम किट्चुलुसँग विवाह गरेकी छिन्। शुक्रवार मुम्बईमा पारिवारिक जमघटबीच विवाह भएको हो। वैवाहिक समारोह कोभिड-१९ नियन्त्रणका लागि जारी निर्देशन पालन गर्दै र सुरक्षा मापदण्ड अपनाउँदै सम्पन्न भएको फस्टपोस्टले जनाएको छ। काजलको फ्यान पेजमार्फत् विवाहका तस्विरहरू सार्वजनिक भएका छन्। ३५ वर्षीया काजल तेलेगु, तामिल र हिन्दी भाषाका फिल्महरूमा काम गरेकी छिन्। सन् २००४ देखि हालसम्म अभिनयमा सक्रिय उनले…
विश्वभरका हजारौं मुस्लिमहरू फ्रान्स विरोधी प्रदर्शनमा निस्किएका छन्। मुस्लिम धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशमा फ्रान्सका सामान प्रतिबन्ध लगाउनेदेखि फ्रान्सेली प्रधानमन्त्रीको पुतला जलाउनेसम्मका कार्य भइरहेका छन्। फ्रान्सको एक पत्रिकामा पैगम्बर मोहम्मदको कार्टुन छापिएपछि धर्ममाथिको प्रहार भन्दै विवाद सुरु भएको हो। फ्रान्स धर्मनिरपेक्ष देश हो। तर, उक्त कार्टुनकै कारण एक शिक्षकले ज्यान गुमाए। लगत्तै फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले इस्लाम धर्मबारे विवादस्पद् बयान दिए।…
अमेरिकामा पछिल्लो २४ घण्टामा सर्वाधिक दैनिक संक्रमण दर देखिएको छ। शुक्रवार मात्रै ९४ हजार मानिसमा संक्रमण पुष्टि भएको हो। विहीवार ९१ हजारमा संक्रमण देखिएको थियो। महामारी सुरु भएयताकै उच्च दैनिक संक्रमण दर थियो त्यो। जोन होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म ९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। नोभेम्बर ३ तारिखमा हुने राष्ट्रपति निर्वाचनको प्रचार प्रसार भइरहेको छ। विभिन्न सार्वजनिक कार्यक्रम…
फोटो सेयरिङ एप इन्स्टाग्रामको लाइभ फिचरमा परिवर्तन हुन लागेको छ। एप अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने बनाइँदै छ। हाल एक घण्टा मात्रै लाइभ गर्न मिल्छ। थप गरिएको सेवा इन्स्टाग्रामका विश्वका सबै प्रयोगकर्ताहरूले उपयोग गर्न पाउँछन्। यस फिचरले सांगीतिक एवं अन्य प्रयोगात्मक भिडियो प्रसारण गर्न चाहनेहरूलाई फाइदा हुने बताइएको छ। विशेषगरी कलाकार, योग गर्नेहरूलगायतले फिचर प्रयोग गर्ने कम्पनीको विश्वास छ।…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई १२१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको हो। बेङ्ग्लोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन बनाउँदा एबि डि भिलियर्सले २४ रन बनाए। त्यस्तै वासिङ्टन सुन्दरले १४ रन बनाउँदा…
इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले राजस्थान रोयल्सलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन बनाएको हो। पञ्जाबका लागि उत्कृष्ट ब्याटिङ गरेका क्रिस गेलले सर्वाधिक ९९ रन बनाउँदा शतक बनाउनबाट १ रनले चुके। त्यस्तै कप्तान केएल राहुलले ४६ रन बनाउँदा निकोलस पुरन २२…
काठमाडौं : कोरोनाका कारण मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सिल गरिएको छ। धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सिल गरिएको हो। बिहीवार कोरोना संक्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बीचमै रहेको कब्रस्तानमा गाडेको थियो। त्यसपछि कोरोना संक्रमतिको शव मानव बस्ती नजिकै…
काठमाडौं : नेपाल तरुण दलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई कोभिड-१९ को संक्रमणबाट जोगिने उपकरणहरु सहयोग गरेको छ। संक्रमितको उपचारमा खटिने स्वास्थ्यकमर्मीका लागि तरुण दलले मास्क, पीपीई, फेस सिल्ड लगायतका उपकरण उपकरणहरू उपलब्ध गराएको हो। दलका तर्फबाट विज्ञप्ति जारी गर्दै ६८ औं स्थापना दिवसमा सहयोग गरिएको उल्लेख छ। ४ हजार थान मास्क, ३० थान पीपीई र ५२ थान फेस सिल्ड सहयोग गरिएको हो। 'कोभिड–१९…
चान्सलर एन्जेला मार्केलले जर्मनीमा दोस्रो चरणको लकडाउन घोषणा गरिन्। यस चरणमा सार्वजनिक कार्यक्रम, सभा सम्मेलन एवं बार, रेस्टुरेन्ट, थिएटर, कन्सर्ट हल, जिम र ट्याटू पार्लरहरू बाध्यात्मक रुपमा बन्द गरिएको छ। लकडाउन अवधिमा विद्यालय र केयर सेन्टरहरू भने खुलै रहने बताइएको छ। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले पनि नयाँ चरणको लकडाउनमा शैक्षिक संस्थाहरू बन्द नगर्ने बताए। आयरल्याण्डले पनि यस महिनाको सुरुवातमै राष्ट्रव्यापी…
अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्नेहरू सक्रिय छन्। चुनावी प्रचार प्रसारबीच त्यहाँ कोरोना भाइरस संक्रमणको दर पनि बढ्दो छ। समूदाय स्तरमा बढ्दो संक्रमणका कारण मतदान कसरी सुरक्षित बनाउने भन्ने विषय पनि चुनौतिपूर्ण बनेको छ। पछिल्लो २४ घण्टामा कोलोराडोमा मात्र २ हजार संक्रमित देखिए। ६ हजार ४ सय भन्दा बढी इलिनोइसमा र हजार जना संक्रमित न्यू मेक्सिको। यो संख्या सबै राज्यका…
वीरगंज : बाराको सुवर्ण गाउँपालिका वडा न. २ कबहीगोठमा भएको झडप बारे छानबिनका लागि स्थानीय प्रशासनले समिति गठन गरेको छ। बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको निर्देशनमा सुरक्षाअधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद यावदको संयोजकत्वमा बारा प्रहरी, बारा सशस्त्र प्रहरी र अनुसन्धान कार्यालयका गरी चार सदस्यीय छानबिन समिति गठन भएको हो। समितिले एक साता भित्रि घटनामाथि…
विहीवार फ्रान्सको नीस शहरको एक चर्चमा चक्कु हमला भयो। घटनामा दुई महिला र एक पुरुषगरी तीन जना मानिस मारिए। त्यहाँका राष्ट्रपति इमान्यूएल म्याक्रोले घटनालाई 'इस्लामी आतंकवादी हमला'को संज्ञा दिएका छन्। उनले फ्रान्स जातीय आतंकवादको अघि नझुक्ने बताएका छन्। उनले जनतालाई धैर्य र एकता कायम राख्न समेत अपिल गरेका छन्। दुई साता नबित्दै फ्रान्समा दोस्रो पटक आतंक मच्चिएको हो। चर्चमा चक्कु…
काठमाडौंः पोखरामा कोभिड १९ सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ। बाग्लुङ गल्कोट नगरपालिका ३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार साँझ ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आइसियुमा राखेर उपचार भइहरेको थियो। कार्तिक ७ गते उनलाई कोभिड १९ पोजेटिभ देखिएको पुष्टी भएको थियो। यससँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमण भएका मानिसको…