बारा : बारा,परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा रहेको नेपाल राष्ट्रिय अधारभूत विद्यालयमा ३५ लाखको विद्यालय भवन निर्माण कार्य सुरु भएको छ। चाचान समुहको चैनपुरमै सञ्चालित नारायणी आयल रिफाइनरी उद्योग प्रालिकको ३५ लाख सहयोगमा दुई तल्ले ४ कोठे भवन निर्माण थालिएको हो। उद्योगका प्रबन्धक बाकेलाल साहले भवनको शिलान्यास गरे। विद्यालय व्यवस्थापन समिति र उद्योग प्रशासन मिलेर भवनको कार्य अगामी ३…
वीरगंज : नेकपा नेता मुकेश चौरसियाको हत्याविरुद्ध नेकपा कार्यकर्ताहरुले पर्साको सदरमुकाम वीरगंजमा प्रदर्शन जारी राखेका छन् पर्सा। हत्याको छैटौँ दिनसम्म प्रहरीले हत्या प्रकराणमा जाहेरी दर्ता नगर्दा पीडित परिवारजनसहित नेकपा नेता तथा कार्यकर्ताहरूले विहान ११ बजेदेखि १२ बजे सम्म धर्ना दिएका हुन्। बुधवारनै हत्यारालाई कारवाही गर, पापा वन मुर्दावाद लगायत नारा लगाउँदै पीडित पक्षले पर्साको जिल्ला प्रशासन कार्यालयमा सिडिओ आस्मान तमाङ…
काठमाडौंः मङ्गलवारबाट काठमाडौं उपत्यकाभित्रिनेको सङ्ख्या केही बढेको छ। दशैं मनाउन घर गएकाहरू काठमाडौं उपत्यका छिर्ने मानिसको सङ्ख्या बढेको हो। मङ्गलवार मात्र १५ हजार २ सय १२ जना मानिस काठमाडौं उपत्यका छिरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। जसमा ३ हजार ५ सय ६१ वटा सवारी साधन काठमाडौं उपत्यका प्रवेश गरेका हुन्। फूलपातीको दिनपछि काठमाडौं उपत्यका आउने मानिसको सङ्ख्यामा कमी आएको…
'धर्मविहीन राज्य' फ्रान्सको सरकारी धर्म हो। 'धर्मनिरपेक्षता' नै त्यहाँको राष्ट्रिय विचारधारा मानिन्छ। फ्रान्सको राजनीतिमाथि नजर राख्ने डोमिनिक मोइसीले उक्त विचारधारामाथि टिप्पणी गर्दै भनेको थियो – धर्मबाट मुक्ति (लाइसिटे) माथिकाहरूले थोपरिदिएको प्रथा हो। हाल उक्त शब्द लाइसिटे चर्चामा छ। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले इस्लाम धर्मबारे विवादस्पद् बयानपछि शब्दमाथि प्रश्न उठेको हो। एक फ्रान्सेली शिक्षकले पैगम्बर मोहम्मदको कार्टुन छापेको थियो। उक्त कार्टुनको…
काठमाडौंः पोखरामा थप ७९ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ७९ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। सबैभन्दा धेरै पोखरा महानगरपालिका वडा नम्बर ९ मा एक महिला सहित १४ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै वडा नम्बर २७ मा १२ जना, वडा नम्बर ६ मा ११ जना पोजेटिभ आएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण…
अभिनेत्री प्रियंका चोपडा नयाँ बलिउड फिल्ममा देखिने टुंगो लागकको छ। फिल्म ‘टेक्स्ट फर यू’का लागि अनुबन्धित भएकी हुन्। फिल्ममा उनी आउटल्यान्डर स्टार साम ह्यूगन र पाँच पटक ग्र्यामी अवार्ड विजेता केलिन डियोनसँग देखिने छिन्। जिम स्ट्राउसले उक्त फिल्म निर्देशन गर्दैछन्। यसअघि प्रियंका हलिउड फिल्म ‘बे वाच’, ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’मा अभिनय गरेकी थिइन्। डेडलाइनका अनुसार टेक्स्ट…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले तोकेको मितिमा तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको नेकपा पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए। 'हाललाई बैठक स्थगित भएको छ। तयारी नपुगेको लगायतका विषय छन्,' उनले भने। एक महिना पछि मङ्सिर १५ देखि १७…
बीबीसीले धावक अस्कर पिस्टोरियसमाथि बनेको डकुमेन्ट्रीको ट्रेलर हटाएको छ। उनको हत्या काण्डको पीडित रिभा स्टिनक्याम्पको नाम उल्लेख नगरेको भन्दै आलोचना भएपछि उक्त ट्रेलर हटाइएको हो। बीबीसीको प्रेस कार्यालयले मंगलवार ‘द ट्रायल अफ अस्कर पिस्टोरियस’को ट्रेलर मंगलवार सार्वजनिक गरेको थियो। लगत्तै सन् २०१३ मा मारिएकी रिभाको नाम भिडियो र ट्वीट कतै पनि नजनाइएको भन्दै आलोचना भयो। ‘ट्रेरलले पारेको असरका कारण दु:खी…
काठमाडौंः नेपाली केबल तथा सेटेलाइट च्यानल अपरेटरहरुले आजबाट इन्डियन प्रिमियर लिग (आइपीएल) को प्रशारण गर्ने भएका छन्। सरकारले कात्तिक ८ गतेबाट लागु गरेको क्लिन फिड (विदेशी विज्ञापनरहित) का कारण अवरुद्ध बनेको स्टार स्पोर्टसको एउटा च्यानलको प्रशारण आजबाट सुरु भएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए। यो च्यानलको प्रशारण एसडी गुणस्तरणमा मात्रै उपलब्ध हुने आचार्यले जानकारी दिए। डिभाइन स्ट्रिम नेटवर्क प्रालिले…
काठमाडौः कैलालीको गौरीगंगा नगरपालिका-६ स्थित कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय भक्त बहादुर शाही, ३६ वर्षीय रंग साउँद, ४२ वर्षीय राम बहादुर साउँद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीर बहादुर साउँद रहेका छन्। गोप्य सूचनाको आधारमा मंगलवार राति सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी…
काठमाडौंः तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ। कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए। मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत थिए। मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘बी’ को खेलमा स्पेनिस महारथी रियल मड्रिड जर्मन क्लब मोन्चेनग्लाडबाखसँग बराबरीमा रोकिएको छ। बोरुसिया पार्क मैदानमा भएको खेलमा मड्रिड घरेलु टोलीसँग २-२ को बराबरीमा रोकिएको हो। खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। ग्लाडबाखका लागि ३३ औं मिनेटमा मार्कस थुरमले गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा १ गोलले अघि रहेको घरेलु टोलीका लागि थुरमले…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘सी’को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब मार्सेलीमाथि सजह जित निकालेको छ। स्टेड भेलोड्रोममा भएको खेलमा सिटीले मार्सेलीमाथि ३-० को सहज जित निकालेको हो। सिटीको जितमा फेरन टोरेस, इल्के गुन्डोगन र रहिम स्ट्रलिङले समान १/१ गोल गरे। खेलको १८ औं मिनेटमा टोरेसको गोलमा अग्रता बनाएको सिटी पहिलो हाफमा एक गोलले अघि रह्यो।…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि सानदार जित निकालेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले दिल्लीमाथस ८८ रनको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २१९ रन बनाएको थियो। हैदराबादका लागि ऋद्धिमन शाहले सर्वाधिक सर्वाधिक ८७ रन बनाउँदा कप्तान डेभिड…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई २२० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २१९ रन बनाएको हो। हैदराबादका लागि ऋद्धिमन शाहले सर्वाधिक सर्वाधिक ८७ रन बनाउँदा कप्तान डेभिड वार्नरले ३४ बलमा ६६ रन जोडे। त्यस्तै…
काठमाडौः पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ। सोही समयमा ३ हजार १ सय ६८ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै देशभर अहिलेसम्म कोभिड १९ सङ्क्रमितको सङ्ख्या १ लाख ६० हजार ४ सय पुगेको छ। जसमध्ये ४० हजार ६ सय ८१ जना उपचाररत छन् भने १ लाख…
काठमाडौं: कार्तिक ८ गते भक्तपुरको भक्तपुर नगरपालिका २ ईटापाकोको प्लानिङ स्थित नरकटघारी खोल्सामा एक ३५ वर्षीय भारतीय नागरिक शाहिद हुसेन मृत अवस्थामा फेला परे। भारतको उत्तर प्रदेश घर भइ लामो समयदेखि भक्तपुरमा बस्दै आएका हुसेनको शनिवार राति हत्या भएको प्रहरीको अनुसन्धानमा देखिएपछि प्रहरी अभियुक्तको खोजी र हत्याको कारण पत्ता लगाउनु जुट्यो। शव फेला परेको केही घण्टा बित्न नपाउँदै उत्तर प्रदेश…
काठमाडौं: नेपाल र बंगलादेशबीच हुने भनिएको दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन्। नेपाली टिमका स्वीडिस प्रशिक्षक योहान कालिन स्वीडेनमै रहेको र महामारीका कारण आउन नमिल्ने कारण देखाउँदै एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी महर्जनलाई दिएको हो। नेपाली टिमका लागि किरण श्रेष्ठ सहायक प्रशिक्षक र विकास मल्ल गोलकिपिङ प्रशिक्षक रहने छन्। एन्फाका अनुसार खेलाडीहरु बुधवारसम्म ट्रेनिङका लागि…
काठमाडौंः सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिए। विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा…
काठमाडौंः सरकारले कात्तिक ७ गते मध्यरातबाट क्लिन फिड (विदेशी विज्ञापनरहित) लागु गरेपछि यसको प्रभाव देखिन थालेको छ। क्लिन फिडका कारण चर्चित कार्टुनदेखि समाचार च्यानलहरुले नेपालमा आफ्नो प्रसारण बन्द गरेको सूचना स्थानीय केबल तथा सेटलाइट अपरेटरहरुलाई पठाएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए। ‘कात्तिक ८ गतेबाट कार्टुन नेटवर्क, सीएनएन इन्टरनेशनल, पोगो र वार्नर ब्रदर्स नामका च्यानलको प्रसारण नेपालमा अनिश्चितकालका लागि बन्द…