PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • राजस्थानले हैदराबादलाई दियो १ सय ५५ रनको लक्ष्य

    राजस्थानले हैदराबादलाई दियो १ सय ५५ रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा राजस्थान राेयल्सले सनराइजर्स हैदराबादलाई १५५ रनकाे औशत लक्ष्य प्रस्तुत गरेकाे छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएकाे राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमउँदै १५४ रन जाेडेकाे हाे। राजस्थानका लागि सञ्जु सामसनले ३६ रन जाेड्दा बेन स्टाेकले ३० रन बनाए। त्यस्तै त्यस्तै रियान परागले २० रन बनाउँदा राेबिन उथप्पा र…

    विस्तृतमा पढ्नुस्

  • एड सेरनले प्रयोग गरेका सामान 'अक्सन'मा

    एड सेरनले प्रयोग गरेका सामान 'अक्सन'मा

    पप स्टार एड सेरनले आफ्ना व्यक्तिगत् सामानहरू सहयोगार्थ 'अक्सन'का लागि उपलब्ध गराएका छन्। ती सामानमा उनले हातले लेखेका गीतहरू समेत रहेका छन्। उनको ठाउँ सफ्फ्लोकका युवाहरूलाई सहयोग गर्न ती सामान दिएका हुन्। जिविज नामक संस्थाले इप्सविचको एक खेल मैदान पुनर्निर्माण गर्दैछन्। सोही कार्यको लागि सेरनले सहयोग पुर्‍याएका हुन्। बीबीसीका अनुसार मैदान विशेष शिक्षा र सेवा आवश्यक भएका बालबालिकाहरूका लागि बनाइन लागेको…

    विस्तृतमा पढ्नुस्

  • ३६३७ जना कोभिड-१९ का संक्रमित थपिए, उपत्यकामा मात्र ४२ प्रतिशत बढी

    ३६३७ जना कोभिड-१९ का संक्रमित थपिए, उपत्यकामा मात्र ४२ प्रतिशत बढी

    काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट १५ हजार २५५ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यो २४ घण्टामा औषतमा हरेक ४.२ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको देखिन्छ। संक्रमण पुष्टि भएका मध्ये ४२.६७ प्रतिशत काठमाडौं उपत्यकाका…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण, लक्षण भने छैन

    पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण, लक्षण भने छैन

    काठमाडौं : पूर्व सञ्चार मन्त्री एवं नेकपाका नेता गोकुल बास्कोटालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ। बास्कोटाले ट्वीटरमार्फत आफू र श्रीमतीलाई संक्रमण देखिएको जानकारी दिएका हुन्। बास्कोटाले आफूमा संक्रमणको कुनै लक्षण नरहेको उल्लेख गरेका छन्। श्रीमती तारा मानन्धरलाई भने लक्षण देखिएको उनले बताएका छन्। दुवै छोराको रिपोर्ट भने नेगेटिभ आएको बास्कोटाको ट्वीटमा उल्लेख छ। मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के…

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरी र दरबार हाइस्कुलको पुनर्निर्माण महानगरकै अवधारणा अनुरुप : मेयर शाक्य

    रानीपोखरी र दरबार हाइस्कुलको पुनर्निर्माण महानगरकै अवधारणा अनुरुप : मेयर शाक्य

    काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माणको काम काठमाडौँ महानगरपालिकाले लिएको अडान र अवधारणा अनुरुप नै सम्पन्न भएको बताएका छन्। ‘रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न गर्ने कार्यलाई धेरैले असम्भव भनेका थिए। तर, त्यो असम्भव कामलाई हामीले सम्भव बनाएका छौँ,’ महानगरको ५२ औँ नगरकार्यपालिकाको बैठकलाई सम्बोधन गर्दै मेयर शाक्यले भने, ‘महानगरको जिम्मेवारीभित्र रहेका यी दुइटा…

    विस्तृतमा पढ्नुस्

  • रअका प्रमुखसँग प्रधानमन्त्रीको भेट आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत : भीम रावल

    रअका प्रमुखसँग प्रधानमन्त्रीको भेट आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत : भीम रावल

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखसँग प्रधानमन्त्रीको भेट आपत्तिजनक भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्तकुमार गोयलबीच बुधवार राती बालुवाटारमा भेट भएको थियो। भेटमा नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • चुच्चेपाटीबाट गैंडाको खाग सहित शिक्षक समातिए

    चुच्चेपाटीबाट गैंडाको खाग सहित शिक्षक समातिए

    काठमाडौंः गैंडाको खाग सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चुच्चेपाटीबाट सुनसरी इनरुवा नगरपालिका वडा नम्वर ७ घर भएका ४९ वर्षिय राजेन्द्र रिजाललाई नियन्त्रणमा लिएको हो। उनलाई खाग बिक्री गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकरी दिएको छ। प्रहरीले एक थान खाग समेत बरामद गरेको छ। उनी पेशाले शिक्षक हुन्।

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा अधिकारीले भने : रूस र इरानसँग अमेरिकी मतदाताहरूको जानकारी छ

    सुरक्षा अधिकारीले भने : रूस र इरानसँग अमेरिकी मतदाताहरूको जानकारी छ

    अमेरिकाका राष्ट्रिय सुरक्षा अधिकारीहरूले रूस र इरानले अमेरिकी मतदाताहरू बारे जानकारी लिएको बताएका छन्। आउँदो नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपति चुनावका मतदाता प्रभावित पार्ने काम भइरहेको अधिकारीहरूको दावी छ। बुधवार आयोजित प्रेस सम्मेलनमा मतदाताहरूलाई गतल सूचना प्रवाह दिनका लागि रुस र इरानबाट सम्पर्कको कोसिस भएको बताइयो। बीबीसीका अनुसार प्रजातान्त्रिक पार्टीका मतदाताहरूलाई इरानबाट केही धम्किपूर्ण इमेलसमेत आएको छ। त्यहाँको नेशनल…

    विस्तृतमा पढ्नुस्

  • चार्डपर्व सँगै नक्कली नोटको धन्दा : गाँजा बिक्री गर्दा नक्कली नोट!

    चार्डपर्व सँगै नक्कली नोटको धन्दा : गाँजा बिक्री गर्दा नक्कली नोट!

    काठमाडौं : प्रहरीले नक्कली नोटको कारोबार गरेको अभियोगमा एक जनलाई पक्राउ गरेको छ। चितवनको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले मकवानपुर राक्सीराङ् ८ बस्ने २६ बर्षीय जीतबहादुर लोप्चनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले एक हजार दरका ३ सय २१ थान नक्कली नोट समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिए। कसरी समातिए? कार्तिक ४ गते चितवन राप्ती नगरपालिका वडा नम्बर…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा थप दुई जना संक्रमितको मृत्यु

    रुपन्देहीमा थप दुई जना संक्रमितको मृत्यु

    काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका एक जना र अर्घाखाँची पाणेनीका एक जना रहेका छन्। तिलोत्तमा नगरपालिका ४ का ८१ वर्षका पुरुषको बिहीवार बिहान १२:७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। कात्तिक १ गते कोभिड-१९ को संक्रमण पुष्टि भइ १ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको…

    विस्तृतमा पढ्नुस्

  • अध्याँरोमै सिकाली जात्राको तयारी : कोरोनाको त्रासले रोकेन पर्व

    अध्याँरोमै सिकाली जात्राको तयारी : कोरोनाको त्रासले रोकेन पर्व

    कोरोना भाइरसको संक्रमणका कारण यसपटक अधिकांश चाडपर्वहरु प्रभावित बने। दशैं लागे भए पनि पहिला झै माहौल छैन।  यता दशैं नमनाउने ललितपुरको खोकनालाई भने जात्रा मनाउन कोरोना भाइरसले रोकेन। दशैको छैटौं दिन खोकनामा मुख्य जात्रा हुन्छ। त्यसैको तयारीमा आज बिहानै सिकाली चौरमा खोकनाबासी पुगेर पूजा गरे।  घटस्थापनाको दिन देशैभर जमरा राखेर देवी दुर्गाको पुजा गरिँदा खोकनामा भने सिकाली जात्राको रौनक सुरु…

    विस्तृतमा पढ्नुस्

  • जुवामा २ लाख २७ हजार रुपैयाँ हारेपछि लुटिएको नाटक !

    जुवामा २ लाख २७ हजार रुपैयाँ हारेपछि लुटिएको नाटक !

    काठमाडौं : बुधवार राति ८ बजेतिर प्रहरीको सय नम्बरमा एउटा फोन आयो। फोनमा एक जना पुरुषले आफ्नो पैसा लुटिएको जानकारी दिए। ट्रक चालक समेत रहेका उनले रातिको समयमा केही युवाले ट्रक रोकेर पैसा लुटेको जानकारी गराए। लुटिएको अमाउन्ट पनि धेरै थियो - २ लाख २७ हजार रुपैयाँ। प्रहरीले राति नै टोली लुटेराको खोजी थाल्यो। महानगरीय प्रहरी परिसर भक्तपुर र लोकल प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • कोलकताको फितलो ब्याटिङ, बेङ्ग्लोरले पायो ८५ रनको झिनो लक्ष्य

    कोलकताको फितलो ब्याटिङ, बेङ्ग्लोरले पायो ८५ रनको झिनो लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताको ब्याटिङ लाइन सुरूबाटै जम्न सकेन। र, निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रनमा सीमित भएको हो। जारी सिजनमा यो सबैभन्दा सानो चुनौती हो। कोलकताका लागि कप्तान इयोन मोर्गनले…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी निरीक्षकको खुल्ला प्रतिस्पर्धामा प्रथम हुनेलाई ‘स्व. कुलानन्द स्मृति सर्वप्रथम पुरस्कार’ प्रदान गरिने

    प्रहरी निरीक्षकको खुल्ला प्रतिस्पर्धामा प्रथम हुनेलाई ‘स्व. कुलानन्द स्मृति सर्वप्रथम पुरस्कार’ प्रदान गरिने

    काठमाडौं : प्रहरी निरीक्षकको खुल्ला प्रतिस्पर्धामा प्रथम हुने उम्मेदवारलाई ‘स्व. कुलानन्द स्मृति सर्वप्रथम पुरस्कार’ प्रदान गरिने भएको छ। सो पुरस्कारको लागि नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ‘स्व. कुलानन्द स्मृति अक्षय कोष’को स्थापना गरिएको बताइएको छ। पूर्व गर्भनर डा चिरञ्जीवी नेपालले आफ्ना बुबा स्वा. कुलानन्द ठाकुर नेपालको स्मृतिमा सो कोषको स्थापना गरेका हुन्। स्व. कुलानन्द ठाकुर २०१५ सालमा भएको प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • हालसम्मकै उच्च संख्यामा संक्रमित र मृतक पनि : नयाँ केस थपियो ५७४३, ज्यान गुमाउनेको संख्या २६

    हालसम्मकै उच्च संख्यामा संक्रमित र मृतक पनि : नयाँ केस थपियो ५७४३, ज्यान गुमाउनेको संख्या २६

    काठमाडौं : गएको २४ घन्टामा ५ हजार ७ सय ४३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा धेरै हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २० हजार १ सय १८ को पीसीआर परीक्षण गरिएको जानकारी दिए। हालसम्म नेपालमा १ लाख ४४ हजार ८ सय ७२ संक्रमित रहेका छन्। बुधवार २६ जना संक्रमितको मृत्यु भएसँगै…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा घर फर्किने घटे : दैनिक औसत २२ हजार जनाले काठमाडौं उपत्यका छोड्दा, भित्रिने १५ हजार

    दशैंमा घर फर्किने घटे : दैनिक औसत २२ हजार जनाले काठमाडौं उपत्यका छोड्दा, भित्रिने १५ हजार

    काठमाडौं : सामान्य अवस्था भएको भए यतिखेर काठमाडौं उपत्यकाबाट घर फर्किने मानिसको लर्को हुन्थ्यो। अग्रिम बुकिङ खुलेका टिकट काउन्टर र बसमा मानिसको भिडभाड। तर कोभिड १९ सङ्क्रमणको कारण यसपटकको दसैँ सुनसान छ। काठमाडौं उपत्यका छोड्ने मानिसको सङ्ख्या पनि पहिलेको दशैको तुलनामा झन्डै १ चौथाइ पनि छैन। गएका वर्षका दशैंमा सप्तमीभन्दा दुई दिनअघि करिव १ लाख मानिसले उपत्यका छोड्थे। शुक्रवार फूलपाती तर घर…

    विस्तृतमा पढ्नुस्

  • पेस्तोलसहित एक जना पक्राउ

    पेस्तोलसहित एक जना पक्राउ

    तनहुँः अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन्। प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिगएको प्रहरी  टोलीले दुई थान पेस्तोलसहित उनलाई घरबाट मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले…

    विस्तृतमा पढ्नुस्

  • धरानमा एक संक्रमित महिलाको मृत्यु

    धरानमा एक संक्रमित महिलाको मृत्यु

    काठमाडौं : धरानमा थप एक कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सुनसरी गडी ४ की महिलाको बुधवार बिहान ९ बजे मृत्यु भएको अस्पतालका सह-प्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए। मंगलवार कोभिड-१९ को संक्रमण पुष्टि भएकी ती महिला प्रतिष्ठानको कोभिड अस्पतालमा मंगलवार नै भर्ना भएकी थिइन्। योसँगै अस्पतालमा ६९ जना कोभिड-१९ संक्रमितको मृत्यु भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलको जारी सिजनमा शिखर धवनले बनाए लगातार दोस्रो शतक

    आईपीएलको जारी सिजनमा शिखर धवनले बनाए लगातार दोस्रो शतक

    इण्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा शिखर धवनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। दिल्ली क्यापिटल्सका लागि उनले लगातार दोस्रो शतक प्रहार गरेका छन् भने लगातार चौँथो अर्धशतक प्रहर गरे। मंगलवार उनले किंग्स ११ पञ्जाबविरुद्ध शतक प्रहार गरेका हुन्। उनले ६१ बलमा ३ छक्का र १२ चौकाको मद्दतले १०६ रन बनाए। खेलमा उनी अभिजित पनि रहे। यसअघि उनले शनिवार भएको चेन्नइ सुपर…

    विस्तृतमा पढ्नुस्

  • शिखर धवनको शतकमा दिल्लीले पञ्जाबलाई दियो १ सय ६५ रनको लक्ष्य

    शिखर धवनको शतकमा दिल्लीले पञ्जाबलाई दियो १ सय ६५ रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले किंग्स ११ पञ्जाबलाई १ सय ६५ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन जोडेको हो। दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। तर उनीबाहेक दिल्लीका अन्य ब्याट्सम्यान चल्न नसक्दा पञ्जाबले औशत चुनौति पाएको हो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell