इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ। पहिलो खेलमै साविक विजेता मुम्बइ इण्डियन्सलाई हराउँदै लिगमा सुखद सुरुवात गरेको चेन्नइ अनुभवी खेलाडीले भरिएको छ। अझ पहिलो खेलमा निकालेको जितले आत्मविश्वास पनि बढाउने नै भयो। अर्कोतर्फ विदेशी खेलाडीहरु निर्भर देखिएको राजस्थान रोयल्सको अवस्था फरक…
काठमाडौं : प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार असोज महिनादेखिको तलब र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको छ।
विश्व नम्बर १ नोभाक जोकोबिचले इटालियन ओपनको उपाधि जितेका छन्। यसअघि युएस ओपनमा 'डिस्क्वालिफाइ' भएका जोकोबिचले अर्जेन्टिनी खेलाडी डिएगो स्वार्चमेनलाई हराउँदै इटालियन ओपनको उपाधि जितेका हुन्। सामाजिक दुरी कायम गर्दै १००० जना दर्शक फाइनल खेलमा उपस्थित थिए। जहाँ सर्बियन खेलाडी जोकोविचले फाइनलमा स्वार्चमेनलाई ७-५, ६-३ को अन्तरले हराए। 'म एकदमै खुशी छु,' जोकोविचले भने, 'यो महान हप्ता एकदमै चुनौतीपूर्ण पनि…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वुल्भरह्याम्टनलाई हराउँदै म्यानचेस्टर सिटीले सुखद सुरुवात गरेको छ। मोलिन्युक्स स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई ३-१ ले हराउँदै सिटीले लिगमा सुखद सुरुवात गरेको हो। खेलको २० औं मिनेटमा सिटीले अग्रता बनाएको थियो। केभिन डी ब्रुइनलाई वुल्भसका रोमेन सेइसले फउल गरेपछि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेलमा अग्रता बनाएका थिए। त्यस्तै ३२ औं मिनेटमा फिल…
इण्डियन प्रिमियर लिग अन्तर्गत दुबईमा सम्पन्न गएरातिको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको छ। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। बेङ्ग्लोरका लागि ओपनर देबदत्त पार्डिकलले सर्वाधिक ५६ रन जोड्दा एबि डि भिलर्सले ५१ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, आरोन फिन्चले २९ तथा कप्तान बिराट कोहलीले १४ रन जोडे। उता…
इण्डियन प्रिमियर लिग अन्तर्गत दुबईमा जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई १६४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। बेङ्लोरका लागि ओपनर देबदत्त पार्डिकलले सर्वाधिक ५६ रन जोड्दा एबि डि भिलर्सले ५१ रनको अर्धशतकीय पारी खेले। पाडिक्कलले आईपीएलको डेब्यु म्याचमै अर्धशतक प्रहार गरेका हुन्। त्यस्तै आरोन फिन्सले…
काठमाडौं : राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (मुअक) र आयकर समेतबाट राजस्व छलेको अभियोगमा चार फर्मविरुद्ध मुद्दा दायर गरेको छ। विभागले आइतवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। चार फर्म र तीन अभियुक्तबाट विभागले २५ करोड ५७ लाख ९७ लाख ६८ रुपैयाँ बिगो दावी गरेको छ। विभागले काठमाडौंका प्लान सप्लायर्स, विग प्लान ब्याग उद्योग, यस्तै भक्तपुरको एपी ट्रेड…
काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक रहेको भन्दै शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप तुरुन्त बन्द गर्न माग गरेको छ। नेविसंघले विश्वविद्यालयलाई प्राज्ञिक र शैक्षिक उन्नयनको थलो नभई कार्यकर्ता भर्ती केन्द्रका रुपमा विकास गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ। नेविसंघले उपकुलपतिले शैक्षिक सुधारमा ध्यान केन्द्रित गर्नुको सट्टा सत्ताको चरम दुरुपयोग गर्दै नेविसघंका नेता कार्यकर्तालाई झुठा मुद्दा लगाएर…
काठमाडौं: हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताव र सवारी ईजाजत पत्रको सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको ट्राफिक महाशाखाले अन्त्य गरेको छ। अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस बनाउन सक्नेछन्। ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दै प्रहरी प्रधान…
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र पाकिस्तानबीच साँस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावना रहेको बताएकी छन्। पाकिस्तानका राजदूत मजहर जावेदसँग सोमवार शीतल निवासमा भएको विदाई भेटमा राष्ट्रपति भण्डारीले छिमेकी मित्रराष्ट्रका रुपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधै उच्च महत्व दिँदै आएको बताइन्। कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत जावेदलाई राष्ट्रपति भण्डारीले बधाई पनि दिएकी थिइन्। भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध…
काठमाडौं: जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई नेपालगंज ल्याई पुर्याइएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त पन्तले उनी आफ्नै खर्चमा नेपालगन्ज गएको जानकारी दिए। जिल्लामा उपचार गर्न पनि कठिन हुने र पहिला पनि झडप भएकोले केसीलाई उनको टोलीले नेपालगञ्ज लगेको डीआईजी पन्तले बताए। जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एयरपोर्टसम्म अस्पतालको एम्बुलेन्स र त्यहाँबाट जहाजमार्फत नेपालगञ्ज गएको जानकारी दिए। उनले अब काठमाडौंमै…
काठमाडौं : जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा जटिलता देखिनसक्ने चिकित्सकले बताएका छन्। केसीलाई प्रहरीले असोज ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको भए पनि हालसम्म उनले उपचार गर्न मानेका छैनन्। उपचार गर्न नमानेपछि उनको स्वास्थ्य अवस्थामा जटिलता आउनसक्ने भन्दै अस्पतालले सचेत गराएको छ। विज्ञप्ति जारी गर्दै अस्पतालले उपचार सहज हुने स्थानमा स्थानान्तरण गर्न सुझाव दिएको छ। केसीले जाँच गर्न नदिएकाले उनको प्रेसर,ज्वरो,…
भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो। सांसद बैठकको अवधि विधेयक पारित गर्नकै लागि बढाएपछि विपक्षी सांसदले संसदका उपसभापति हरिवंशविरुद्ध नाराबाजी गरेका थिए भने उपसभापतिको आसननजिकै गएर रुक बुक च्यातेर माइक पनि तोडफोड गरेका थिए। परिस्थितिलाई नियन्त्रणमा लिन मार्शल बोलाउनु परेको थियो। विपक्षी…
इण्डियन प्रिमियर लिग (आईपीए) अन्तर्गत तेस्रो खेलमा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र सनराइजर्स हैदराबाद भिड्दै छन्। आज साँझ पौने ८ मा सुरु हुने खेलमा बिराट कोहलीको कप्तानीमा रहेको बेङ्ग्लोर र डेबिट वार्नरको कप्तानीमा रहेको हैदराबाद आमनेसामने हुनेछन्। सन् २०१६ मा हैदरबादमा बेङ्ग्लोरलाई हराउँदै आईपीएलको उपाधि जितेको थियो। त्यसअघि सन् २००९ मा पनि हैदराबादले आईपीएलको उपाधि जितेको थियो। यद्यपि त्यतिबेला टिमको…
कलाकार एवं सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान निरन्तर अगाडि बढिरहेको बताएका छन्। जन्मदिनको अवसरमा आइतवार राती फेसबुक लाइभमार्फत धुर्मुसले विषम परिस्थितिमा पनि निरन्तर अभियानमा जुटिरहेको जानकारी गराएका हुन्। ‘यहाँहरुको श्रद्धा र सदभावको कारणले यो परिस्थितिमा पनि निरन्तर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान अगाडि बढिरहेको छ। यो राष्ट्रको, नेपालीहरुको श्रद्धाको अभियान हो।…
कावासोतीः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन्। ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको…
काठमाडौं : झण्डै ६ महिनाको निषेधपछि आजबाट आन्तरिकतर्फका निजी वायु सेवा कम्पनीहरुले व्यवसायिक उडान गर्दैछन्। भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत ११ गतेदेखि लकडाउन गरेको वायुसेवालाई संचालन गर्न दिने निर्णय गरेको थियो। निजी वायुसेवा कम्पनीले कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सुरक्षित तरिका अपनाएमा मात्र यात्रुलाई सेवा दिनेछन्। कोभिड संक्रमणका लक्षण देखिएका र संक्रमितलाई भने विमानमा यात्रा गर्न निषेध गरिएको छ।…
१५८ रनको लक्ष्य पछ्याउँदै गरेको टिमको अवस्था कुनैबेला ५५/५ को थियो। फेरि एकजना ब्याट्सम्यानको उत्कृष्ट पारीका कारण अन्तिम दुई बलमा १ रनको आवश्यकताको स्थिति बन्न पुग्यो। तर, अन्त्यमा दुई बलमा रन जोड्न नसक्दा पराजय। यो सिनारियो हो किंग्स ११ पञ्जाब र दिल्ली क्यापिटल्सको गएरातिको खेलको। जसमा सुपर ओभरमा गएर दिल्लीले खेल जित्यो। यद्यपि, सामाजिक सञ्जालमा पञ्जाबका समर्थकदेखि लिएर दिग्गज क्रिकेटरहरु…
काठमाडौं : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्वर ४ सहारे घर भएका ५८ वर्षीय पुरुषको आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले जानकारी दिए। मृतक पुरुष कैदीबन्दी हुन्। उनलाई उपचारका लागि सुर्खेतबाट बाँके कारागारमा पठाइएको थियो। उनमा भदौ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल भर्ना गरिएको…
नयाँ दिल्ली : भारतमा मन्त्री र सांसदको तलब भत्ता कटौती सम्बन्धी विधेयक दुवै संसदबाट पारित भएको छ। गत शुक्रवार माथिल्लो सदन राज्यसभाबाट पारित भएको ‘मन्त्रीहरुको तलब भत्ता (संशोधन) विधेयक २०२०’ लाई आइतवार मध्यरातिसम्म चलेको तल्लो सदन लोकसभाले पारित गरेको हो। कोभिड १९ को महामारीका कारण स्रोतको अभावलाई मध्यनजर गर्दै सरकारले मन्त्री र सांसदहरुको तलब र भत्तामा कटौती गर्नेगरी विधेयक ल्याएको थियो।…