यमुना पोख्रेल - हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ ले मानिसको जनजीवन मा निकै ठूलो असर पारेको छ। यसको असर विश्वका विकसित मुलुकदेखि लिएर विकाशील तथा अविकसित मुलुकहरु सम्म रहेको छ। नेपालमा पनि यसको सिकार बनेको छ। कोरोना भाइरस रोक्थाम को लागी नेपाल सरकारले २०७६ साल चैत्र ११ गते देखि सुरु गरेको लकडाउन विभिन्न चरणबाट अघि…
काठमाडौः बाँकेमा कोभिड १९ संक्रमित एक पुरुषको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका वडा नम्वर २१ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भदौ २० गते भेरी अस्पताल नेपालगंजमा भर्ना गरिएको थियो। २१ गते उनको नुमुना परीक्षण गर्दा कोभिड १९ पोजेटीभ देखिएको थियो। फोक्सोमा निमोनिया भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा शनिवार राति ११ बजेर ४५ मिनेटमा…
काठमाडौः चितवनमा थप ८ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ। शुक्रवार नमुना संकलन गरेर भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोभिड पुष्टी भएको हो। २ सय ७४ वटा नमुना परीक्षण गर्दा ८ वटामा पोजेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमण देखिएकामध्ये ७ जना भरतपुर महानगरपालिका र १ जना नवलपुरको गौंडाकोट २ का पुरुष…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता त्यहाँको सर्वोच्च अदालतमा महिला न्यायाधीशन नै ल्याउने बताएका छन्। न्यायाधीश रुथ बेडर गिन्सवर्गको निधनपछि अमेरिकी राजनीतिमा उनका 'सक्सेसर'को विषयलाई लिएर राजनीति गर्माएको छ। अमेरिकामा राष्ट्रपतीय निर्वाचनको केही सातामात्र बाँकी रहँदा न्यायाधीश गिन्सवर्गको ८७ वर्षको उमेरमा शनिवार निधन भएको थियो। ट्रम्पका प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार जोइ बिडनले न्यायाधीश नियुक्तिका लागि चुनावसम्म कुर्नुपर्ने बताएका छन्। तर, ट्रम्प…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले वेस्टहमलाई हराएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले वेस्टहममाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो। आर्सनलको जितमा अलेक्जेन्डर लाकाजेट र इड्डी न्केटियले गोल गरे भने वेस्टहमका लागि मिचेल एन्टोनियोले सान्त्वना गोल फर्काए। खेलको २५ औं मिनेटमा औबमेयाङको पासमा लाकाजेटले आर्सनललाई अग्रता दिलाएका थिए। तर ४५ औं मिनेटमा वेस्टहमका एन्टोनियोले गोल गर्दै खेल…
सुनिल प्रजापति - स्थानीय तह प्रजातन्त्रको जग हो। जनताको सबैभन्दा नजिकको संस्था हो। जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तह हो। त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ र स्थानीय तह बलियो भएमा नै जनता बलिया हुन्छन्। जनआन्दोलन र संविधान निर्माणको बेला स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरणबारे निकै चर्चा भयो। स्वायत्तता र विकेन्द्रीकरणको राम्रोसँग कार्यान्वयन भएको…
जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा मुन्छेनग्लाडबाखमाथि सहज जित निकाल्दै बोरुसिया डर्टमण्डले बुण्डेसलिगामा सुखद सुरुवात गरेको छ। वेस्टफलेनस्टेडियोनमा भएको खेलमा घरेलु टोली डर्टमण्डले मुन्छेनग्लाडबाखमाथि ३-० को जित दर्ता गर्दै लिगमा सुखद सुरुवात गरेको हो। डर्टमण्डको जितमा अर्लिङ ब्रउट हल्याण्डले दोहोरो गोल गर्दा १७ वर्षे जियोभान्नी रेयनाले एक गोल गरे। खेलको ३५ औं मिनेटमा रेयनाले टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग पराजित भएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ गोलअन्तरले पराजित भएको हो। क्रिस्टल प्यालेसको जितमा विलफ्रड जाहाले दोहोरो गोल गर्दा एन्ड्रोस टाउनसेन्डले १ गोल गरे। यता घरेलु टोलीका लागि डोनी भान डि बीकले सान्त्वना गोल गरे। खेलको सातौं मिनेटमै क्रिस्टल प्यालेसले टाउनसेन्डको गोलमा अग्रता बनाएको थियो। पहिलो…
काठमाडौं : अनशनरत डा गोविन्द केसीलाई उपचारका लागि भन्दै प्रहरीले जबर्जस्ती अस्पताल लगेको छ। चिकित्सकहरुको सुझाव नमानेपछि डा केसीलाई प्रहरीले राति ९ वजे अस्पताल पुर्याएको केसीको अभियानका समर्थक महेन्द्र कार्कीले बताए। केसी जुम्लामा अनशनरत छन्। पछिल्लो ६ दिनदेखि केसी अनशनमा छन्। केसीलाई कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लगिएको हो। उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको कार्कीले बताए। उनको रक्तचाप उच्च रहेको कार्कीको…
इङ्गलिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा लिड्स युनाइटेडले फुलहममाथि संघर्षपूर्ण जित निकालेको छ। एल्लान रोड स्टेडियममा भएको खेलमा घरेलु टोली लिड्सले फुलहममाथि ४-३ को संघर्षपूर्ण जित निकालेको हो। लिड्सको जितमा हेल्डर कोस्टाले दुई गोल गर्दा मटेउसज् क्लिन्च र प्याट्रिक बामफोर्डले एक गोल गरे। उता दर्बिलो चुनौती दिउको फुलहमका लागि अलेक्सेन्डर मिट्रोभिचले दुई गोल गर्दा बबी रेइडले एक गोल गरे।…
इण्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स पराजित भएको छ। अबुधाबीमा सम्पन्न खेलमा मुम्बई चेन्नाइ सुपर किंग्ससँग ५ विकेटले पराजित भयो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। खराब सुरुवात गरेको चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। सुरुमै दुई विकेट गुमाएर दबाबमा रहेको चेन्नाईको इनिङ्ग्स अम्बाती रायडु र फाफ डु…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा एभर्टनले वेस्टब्रुममाथि सहज जित निकालेको छ। गुडिसन पार्क स्टेडियममा भएको खेलमा एभर्टनले ५-२ गोल अन्तरले हराएको हो। एभर्टनको जितमा डोमिनिक कालभेर्ट-लेविनले ह्याट्रिक गर्दा जेम्स रोड्रिगेज र माइकल केनले समान १/१ गोल गरे। उता वेस्टब्रुमका लागि ग्राडी डियानगाना र माथिउस पेरेइराले गोल फर्काए। पहिलो हाफको अतिरिक्त समयमा किइरन गिभ्स रातो कार्ड खाँदै बाहिरिँदा वेस्टब्रुम…
आजबाट इण्डियन प्रिमियर लिग (आईपीएल) शुरु भएको छ। आज भएको उद्घाटन खेलमा मुम्बई इण्डियन्स र चेन्नइ सुपर किंग्स खेलिरहेका छन्। आबुधावीमा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो। मुम्बइका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्विन्टन डिककले ३३, किरोन पोलार्डले १८, सूर्यकुमार यादवले १७, हार्दिक पाण्ड्याले १४ तथा कप्तान रोहित शर्माले १२…
विराटनगर : विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन्। नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिवार विराटनगरमा भर्चुअल कार्यक्रम गरी उक्त पुरस्कार विरतण गरेको हो। पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख माधव घिमिरे र न्युज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई प्रदान गरिएको हो। पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ। कार्यक्रमका प्रमुख अतिथि…
जनकपुरधाम : कोरोना महामारीको समयमा अन्य रोगका बिरामीहरु उपचार सेवाबाट वञ्चित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले शनिवार जनकपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। महामारीसँग जुधिरहेका सर्वसाधारण जनतालाई विभिन्न सहयोग तथा परामर्शका निम्ति प्रतिष्ठानले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२३ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो। शनिवार आयोजना गरिएको सो स्वास्थ्य शिविरमा २ सय ५४ जना बिरामीले…
काठमाडौः चितवनमा आज थप एक कोभिड १९ संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा रौतहट चन्द्रपुर नगरपालिका–९ की ५१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। उनका अनुसार निमोनिया तथा शरीरमा अक्सिजनको कमि भई भदौ २८ गते महिला अस्पतालमा भर्ना भएकी थिइन्। उनमा २९ गते कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको थियो। कोभिड सघन उपचार…
काठमाडौं : पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १/१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। मृत्यु हुनेमध्ये सर्लाहीका ६० वर्षका पुरुष छन्। पाटन अस्पतालमा उपचारका लागि भदौ २६ गते भर्ना भएका उनको शुक्रवार मृत्यु भएको हो। त्यस्तै मृत्यु हुनेमा ललितपुरका २ महिला…
काठमाडौंः गण्डकी प्रदेशमा थप १५ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप १५ जना कोभिड पोजेटीभ देखिएको हो। नवलपरासी (ब.सु.पू)मा ११ जना, पर्वतमा २ जना,स्याङजामा १ जना र पर्वतमा १ जनामा कोभिड १९ संक्रमण देखिएको हो। पर्बतको, कुश्मा नगरपालिकाका ३५ वर्षीय पुरुष नेपाल सेनामा कार्यरत हुन्। त्यस्तै हुप्सेकोट-५ का ३७ बर्षीय महिला स्वास्थ्य…
काठमाडौंः चितवनमा पछिल्लो केही दिनयता कोभिड १९ संक्रमणका बिरामी घट्दै गएका छन्। विभिन्न आशंकामा परीक्षण गरिएका नमुनामा कोभिड संक्रमित मानिसको सङख्या कम देखिएको हो। शुक्रवार परीक्षण गरेकाल ३ सय १७ वटा नमुनामध्ये ५ वटामा मात्र कोभिड १९ पोजेटीभ देखिएको छ। बाँकी ३ सय १२ वटा नेगेटीभ आएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमित देखिएकामध्ये…
आजबाट युएईमा इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं सिजन सुरु हुँदैछ। आज पहिलो म्याच डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स र चेन्नइ सुपर किंग्सबीच अबुधावीमा हुनेछ। आईपीएलको इतिहासमा यी दुई टोलीले चौथो पटक ओपनिङ म्याच खेल्दैछन्। पछिल्लो पटकको ओपनिङ म्याचमा सन् २०१८ मा चेन्नइले मुम्बइमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो। १० नोभेम्बरमा फाइनल खेल हुने गरी ८ टिमले १४/१४ म्याच…