प्रसुन सिंह - म यो लेखमार्फत् आफ्नो विगतको रामकहानी लेखेर सहानुभूति बटुल्नु आएकी हैन। अझ “नारीमात्र महान पुरुष मुर्दावाद"भन्ने उग्र विचारको वकालत त विल्कुलै गर्न आएकी हैन। जिम्मेवार बाबुहरू प्रति मेरो अगाध श्रद्धा छ। एकल आमाका रुपमा मैले यो त्याग गरेँ र त्यो पापड बेलेँ भन्ने प्रचारबाजी पनि गर्नुछैन। खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ। त्यसैले आफ्नो भोगाइको जगमा उभिएर…
काठमाडौं: दुर्घटनामा परि घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीलाई क्याबिनमा सारिएको छ। क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सिप्यान)का अनुसार उनलाई हिजो क्याबिनमा सारिएको हो। त्यस्तै कोभिड महामारी चलिरहँदा उनीसँग भेटघाट डाक्टरहरुले सीमित गरेको सिप्यानले जनाएको छ। उनको असोज १ गते मुख्य सल्यक्रिया काठमाण्डौस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटलमा भएको थियो। भण्डारीको डा चक्रराज पाण्डे र उनको टिमले अपरेसन गरेको थियो। धनगढीबाट महेन्द्रनगर जाँदै गरेको…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा साबिक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ। रियल मड्रिड र रियल सोसिडाडबीच एनोएटा स्टेडियममा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो। रियल मड्रिडबाट चोटका कारण इडेन हजार्ड खेलेका थिएनन् भने गरिथबेल यसअघिनै इङ्ग्लिस क्लब टोटेनहम लोनमा पुगिसकेका छन्। सोसिडाडसँगको बराबरीमा सँगै मड्रिडले सिजनको पहिलो खेलमै अंक बाँड्न पुग्यो। त्यस्तै ला लिगा अन्तर्गत नै गएराति…
इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा साम्पडोरियामाथि जित निकाल्दै लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा साम्पडोरियामाथि ३-० को जित निकाल्दै लिगमा साविक विजेताले सुखद सुरुवात गरेको हो। युभेन्टसको जितमा डेजेन कुलुसेभ्स्की, लिओनार्दो बोनुस्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए। खेलको १३ औं मिनेटमै रोनाल्डोको पासमा कुलुसेभ्स्कीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा युभेन्टस…
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत हालै संघ संस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन्। कार्कीलाई खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतले पदवहाली गराएका हुन्। सो अवसरमा बस्नेतसहित आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपाली, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले कार्कीलाई बधाइ दिँदै कार्यकाल सफलताका…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा साविक विजेत लिभरपुलले चेल्सीलाई हराएको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई २-० ले हराएको हो। लिभरपुलको जितमार सार्डियो मानेले दुबै गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको थियो। पहिलो हाफको अतिरिक्त समयमा अन्द्रेस क्रिस्टेनसेन रातोकार्ड खादै बाहिरिँदा चेल्सी १० खेलाडीमा सीमित भएको थियो।…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले किंग्स ११ पञ्जाबलाई सुपर ओभरमा हराएको छ। दुबईमा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन जोडेको थियो। जसका लागि मार्कस स्टोइनिसले सर्वाधिक ५३ रन बनाउँदा कप्तान श्रेयस ऐयरले ३९ रन बनाए। त्यस्तै ऋषभ पन्तले ३१ रन जोडे। दिल्लीलाई औसत स्कोरमा समेट्न मोहम्मद सामीले ३ विकेट…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा टोटेनहम हट्स्परले साउथह्याम्टनमाथि फराकिलो जित निकालेको छ। सेन्टम्यारी स्टेडियममा भएको खेलमा टोटेनहमले साउथह्याम्टनमाथि ५-२ को रवाफिलो जित निकालेको हो। टोटेनहमको जितमा सन ह्युङ मिनले ४ गोल गर्दा ह्यारि केनले एक गोल गरे। उता साउथह्याम्टनका लागि ड्यानी इङ्ग्सले दोहोरो गोल गरे। खेलको ३२ औं मिनेटमा इङ्ग्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले किंग्स ११ पञ्जाबलाई १५८ रनको लक्ष्य दिएको छ। दुबइमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन जोड्यो। जसका लागि मार्कस स्टोइनिसले सर्वाधिक ५३ रन बनाउँदा कप्तान श्रेयस ऐयरले ३९ रन बनाए। त्यस्तै ऋषभ पन्तले ३१ रन जोडे। दिल्लीलाई औषत स्कोरमा समेट्न मोहम्मत…
बलिउड अभिनेत्री तापसी पन्नूले यौन दुर्व्यवहारको आरोप लागेका बलिउड निर्देशक अनुराग कश्यपलाई समर्थन गरेकी छन्। अभिनेत्री कंगना रनौतले त मिटुसँग जोडेर गिरफ्तारीको माग गरिरहेका बेला तापसीले अनुरागलाई सबैभन्दा ठूलो फेमिनिस्ट भन्दै प्रशंसा गरेकी छन्। बलिउडमा अनुरागले महिलावादी फिल्म बनाउँदै आएका छन्। कलाकार पायल घोषले अनुरागमाथि यौन शोषणको आरोप लगाएकी हुन्। उनले न्याय र सुरक्षाका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरबाट आग्रह…
इण्डियन प्रिमियर लिग अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स टस हारेर ब्याटिङमा उत्रँदै छ। दोस्रो दिनको खेलमा दिल्लीको प्लेइङ ११ मा नेपाली स्पीनर सन्दीप लामिछाने रहेका छैनन्। आइपीएलमा खासै राम्रो इतिहास नभएका यी टोलीहरु पहिलो खेलमा जित निकाल्दै सुरुवाती खेलबाटै सुखद सुरुवात गर्ने दाउमा हुनेछन्। दिल्लीका कप्तान श्रेयस ऐयर र पञ्जाबका कप्तान केएल राहुल पछिल्लो समय राम्रो लयमा देखिएका थिए। ऐयर र…
फ्रेन्च लिग वान अन्तर्गत आज भएको खेलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाइसमाथि शानदार जित निकालेको छ। एलिनाज रिभिएरामा भएको खेलमा घरेलु टोलीलाई ३-० ले हराउँदै जारी सिजन ४ खेल खेलेको पीएसजीले दोस्रो जित निकालेको हो। पीएसजीको जितमा किलियन एम्बाप्पे, एन्जेल डी मारिया र मार्क्विन्सहोसले गोल गरे। खेलको ३८ औं मिनेटमा एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए। उनलाई केफ्रेन…
काठमाडौं : अर्थशास्त्री, गीतकार एवं पूर्वराजदुत विश्वम्भर प्याकुर्यालको संस्मरण ‘आफैंलाई खोज्दा’ सार्वजनिक भएको छ। आइतवार भर्चुअल समारोह आयोजना गरी किताब लोकार्पण गरिएको हो। जीवनमा आफूले भोगेका सुखदुःख, उत्साह, उमङ्ग र पीडाहरूलाई पुस्तकमा लिपिवद्ध गरेको लेखक प्याकुर्यालले बताए। ‘मैले आफ्ना भोगाइलाई आफैंसँग किरिया खाएर जस्ताको तस्तै उतारेको छु’, उनले भने। विद्यार्थी जीवनका बेला एक्टिभिस्ट भएर जेल गएको। विद्यालयमा शिक्षण गरेकोदेखि विश्वविद्यालयमा लामो…
काठमाडौं : पछिल्लो २४ घण्टामा ४७ जिल्लामा कोभिड-१९ का थप संक्रमितहरु पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको ९ हजार ५८४ पीसीआर परीक्षणका क्रममा ४६९ महिला र ८५६ पुरुष गरी एक हजार ३२५ जनामामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। संक्रमण पुष्टि भएकामध्ये ७६७ जना उपत्यका हुन्। जुन पछिल्लो २४ घण्टामा नेपालमा पहिचान भएका…
काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले आन्दोलनका लागि तयार रहन सर्वसाधरणका लागि आह्वान गरेको छ। मोर्चाका अध्यक्ष सीपी गजुरेलले जारी गरेको वक्तव्यमा सरकार विदेशी शक्ति केन्द्रहरू दलाल पुँजीपति र विचौलियाको निर्देशनमा सञ्चालित भएको आरोप लगाइएको छ। 'मर्न आँटें उपचार पाउँ-भन्दा भन्दै सुत्केरी र कोभिङ-१९ का विमारीहरुको ज्यान गएका छन्,' वक्तव्यमा भनिएको छ, 'सास जान आँट्यो केही…
काठमाडौं : गण्डकी प्रदेशमा थप ३० जना कोभिड-१९ का संक्रमित पिहचान भएका छन्। स्वास्थ्य निर्देशनालय पोखराको पछिल्लो अपडेट अनुसार योसँगै गण्डकीमा संक्रमितको संख्या तीन हजार ४३८ पुगेको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पछिल्लो परीक्षणमा ३० जना संक्रमित पहिचान भएका हुन्। सक्रमण पुष्टि भएका मध्ये कास्कीका १३ जना छन्। जसमध्ये पोखरामा कार्यरत ६ जना प्रहरी कर्मचारीहरु रहेका छन्। त्यस्तै लमजुङका…
काठमाडौः प्रहरीले बालिका खड्कालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज मध्यान्हमा पेरिसडाँडास्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयबाट उनलाई नियन्त्रणमा लिएको हो। 'उहाँ कार्यालयमा नेता भेट्नु छ भन्दै जबर्जस्ती छिर्न खोजेपछि नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले भने। नेकपाको झण्डै छ महिना लामो किचलोपछि सचिवालय बैठक बसेको हो। मन्त्रिमण्डल पुनर्गठन, कार्यकारी अधिकारसहित पुष्पकमल दाहाल 'प्रचण्ड'लाई…
काठमाडौं : कोभिड-१९ संक्रमण भएका एक नेपाली सैनिकको मृत्यु भएको छ। रामेछाप घर भएका ३४ वर्षीय नेपाली सेनाको मृत्यु भएको हो। काठमाडौं उपत्यकाभित्र कार्यरत सैनिकको भदौ २९ गते उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। 'मृत्युपछि उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको हो,' प्रवक्ता पौडेलले भने। लामो समयदेखि ब्लड क्यान्सर भएर उनी नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार गराइरहेका…
इण्डियन प्रिमियर लिग अन्तर्गत शनिवार चेन्नइ सुपर किङ्स र मुम्बइ इण्डियन्स्बीच बन्द रंगशालामा खेल भयो। यति सम्मकी छक्का चौका हान्दा नाच्ने चियर लिडर्सहरु पनि स्टेडियममा उपस्थित थिएनन्। स्टेडियममा प्रत्यक्ष उपस्थित नभए पनि भर्चुअल माध्यमबाट उनीहरु जोडिएका थिए। ठूला स्क्रिनहरुमा। स्टेडियममा विकेट जाँदा या छक्का चौका आउँदाको लागि दर्शकहरुको आवाजको व्यवस्थापन गरिएको थियो। यतिमात्र होइन भर्चुअल दर्शकको समेत व्यवस्थापन गरिएको थियो स्टेडियममा।…
इण्डियन प्रिमियर लिग (आइपीएल) शनिवारबाट युएईमा सुरु भइसकेको छ। १३ औं सिजनको आइपीएलको दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र किङ्स ११ पञ्जाब आमनेसामने हुँदैछन्। दुई भारतीय युवा स्किपरहरुले नेतृत्व गरेको टिमबीचको खेल आज बेलुकी पौने ८ बजे सुरु हुने छ। खेल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्दै आएको छ। महामारीअघि दिल्लीका कप्तान श्रेयस ऐयर र पञ्जाबका कप्तान केएल राहुल राम्रो लयमा देखिएका…