काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा एक महिलाको मृत्यु भएको छ। ललितपुर निवासी ६६ वर्षीया कोरोना संक्रमित महिलाको बिहीवार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ। उनी गत मंगलवारदेखि नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचाररत थिइन्।
काठमाडौं : पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालाबाट गरीएको १० हजार ६४१ नमुना परीक्षणका क्रममा ४२८ महिला र ८१८ पुरुष गरी एक हजार २४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ। हाल १६ हजार २४१ सक्रिय संक्रमित रहेको मन्त्रालयका…
काठमाडौं : राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्रिय सभाको प्रतिष्ठा गिराउने काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। पद तथा गोपनियताको सपथ ग्रहणपछि गौतमले आफू यसको गरिमा बढाउनका लागि राष्ट्रिय सभामा आएको बताए। ‘म राष्ट्रिय सभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधान बमोजिम, राष्ट्रिय सभाको नियमावलीबमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु। मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि…
भारतमा रक्षामन्त्री राजनाथ सिंहले देशको हितमा जस्तोसुकै कदम उठाउन तयार रहेको बताएका छन्। पूर्वी लद्दाखसहित विभिन्न ठाउँमा चीनसँग देखिएको सीमा विवादबारे बिहीवार राज्यसभामा जानकारी गराउँदै रक्षामन्त्री सिंहले भने, ‘देश हितमा चाहे जतिसुकै ठूलो वा कडा कदम उठाउन परोस, भारत पछि हट्ने छैन। भारत न त आफ्नो शिर झुक्न दिन्छ न त अरुको शिर झुकाउन चाहन्छ।’ सिंहले भारत हरेक कदम उठाउन…
काठमाडौं : राजेशप्रसाद खत्री निर्देशित नेपाली सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयरक्रो)’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा देखाइने भएको छ। ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो। यससँगै यस वर्ष बुसनमा दुई नेपाली फिल्म छनोट भएको छ। यसअघि नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो। ‘वाइड एंगलः एसियन सर्ट फिल्म’ अन्तर्गत् प्रतिस्पर्धामा १०…
काठमाडौं: बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको विपद व्यवस्थापन परिषद्को बैठकले बाढी, पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुर्नस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो। मनसुन सुरु भएपछि नेपालमा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। सिन्धुपाल्चोक, कालिकोट, बागलुङ लगायतका जिल्लामा बाढी…
काठमाडौं: मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठक साढे २ बजे बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। १ बजेका लागि बैठक तय भएको भए पनि ढिलो गरी मात्रै सुरु भएको हो। आजको मन्त्रिपरिषद् नियमित बैठक भएको थापाले बताए। नियमित बैठक भएकाले नियमित एजेण्डामा छलफल भइरहेको उनको भनाई छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन अध्यक्ष पुष्पकमल दाहाल…
काठमाडौं : दुर्घटनामा परेर घाइते भएका ललितसिंह भण्डारीको आज मुख्य अपरेसन सम्पन्न भएको छ। अपरेसनपछि उनको अवस्था अहिले स्थिर रहेको क्रिकेट खेलाडी संघ नेपालले एक विज्ञप्तिमार्फत जनाएको छ। भण्डारीको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डे र उनको टिमले अपरेसन गरेको थियो। धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यको शपथ आजै लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेको जानकारी प्राप्त भएको संसद सचिवालयले जनाएको छ । गौतमलाई साँझ ४ बजे शपथ ग्रहण गराउने तयारी भएको संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए। गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शपथ ग्रहण गराउने छन्।…
अभिनेता जिम केरीले अमेरिकाका पूर्व उपराष्ट्रपति जोय विडेनको भूमिका निर्वाह गर्ने भएका छन्। एनबीसीमा प्रसारण हुने कमेडी टिभी सिरिज 'स्याटर्डे नाइट लाइभ'को विशेष अंकमा केरी विडेन बनेर प्रस्तुत हुन लागेका हुन्। विडेन नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रजातन्त्रिक पार्टीबाट डोनाल्ड ट्रम्पको प्रतिद्वन्द्वी हुन्। अक्टोबरदेखि स्याटर्डे नाइट लाइभको ४६ औं सिजन सुरु हुँदैछ। इन्डियन एक्सप्रेसले जनाए अनुसार जिम केरीसँगै…
टिकटकमा फ्लोअर्स बढाउन पाकिस्तानमा एक महिलाले आफ्नै पतिको मृत्युको फेक भिडियो हालेर भ्रम फैलाएकी छन्। भिडियोले टिकटकमा चर्चित रहेका उनका पतिको मृत्युको भ्रामक खबर फैलायो। टिकटक स्टारको नाम आदिल राजपुत हो। आदिलकी पत्नीले (नाम स्पष्ट छैन, पाकिस्तानी मिडियामा फराह राजपुत र हिना सलीम उल्लेख गरिएको छ) मृत्युको भिडियो राखिन्। आदिलको टिकटकमा २६ लाख फ्लोअर्स छन्। जियो न्यूजका अनुसार आदिल राजपूत…
काठमाडौं : नेपाली सर्ट फिल्म 'जुनुको जुत्ता' स्वीडेनको प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शनको लागि छानिएको छ। सन् १९८२ देखि निरन्तर हुँदै आएको 'उपसला सर्ट फिल्म फेस्टिभल'मा फिल्म देखाइन लागेको हो। निर्देशक केदार श्रेष्ठले फिल्म छनौट भएको बारे जानकारी दिएका हुन्। अक्टोबर १९ देखि सुरु हुने फेस्टिभल पाँच दिन लामो चल्नेछ। फेस्टिभलमा नेपालबाट छानिएको 'जुनुको जुत्ता' एउटा मात्र फिल्म हो। उक्त…
एक वर्षको लागि जापानको नेतृत्व सम्हाल्न आइपुगेका छन् 'अंकल रिवा'। 'रिवा' को अर्थ हो सुन्दर सद्भाव। जापानी सम्राटको शासनकाललाई जनाउन जापानमा हरेक सम्राटको काललाई यस्तै फरक नामले चिनिन्छ। २०१९ मे १ देखि जापानमा नयाँ युगको सुरु भयो 'रिवा युग'। दुई अक्षरको यो शब्दले 'सुन्दर भाग्य' र सान्ति अथवा सद्भाव जनाउँछन्। तत्कालिन मन्त्रिपरिदका मुख्य सचिव योशिहिडे सुगा तिनै व्यक्ति हुन् जसले २०१९…
बलिउड अभिनेत्री रकुलप्रीत सिंह दिल्ली उच्च अदालत पुगेकी छन्। बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु मुद्दामा ड्रग्स कनेक्सनको अनुसन्धानका क्रममा मुख्य अभियुक्त रिया चक्रवर्तीले आफ्नो नाम लिएको भन्दै सञ्चारमाध्यममा आइरहेको खबरहरु रोक्न माग गर्दै रकुलप्रीतले उच्च अदालतमा निवेदन दिएकी हुन्। निवदेनमा आफूविरुद्ध भइरहेको मिडिया कभरेज रोक्न रकुलले माग गरेकी छन्। ‘किन मेरो इमेज (व्यक्तित्व) खराब गर्ने प्रयास हुँदैछ?’ उनले प्रश्न…
काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। हिजो ४ सय ६९ जनाको थ्रोट स्वाब संकलन गर्दा ६९ जनामा पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानको माइक्रो बायोलोजी ल्याबमा भदौ ३१ गते संक्रमित भएका ५ सय ५० जनाको परीक्षण गर्दा ५ सय २७ जनामा रिपिट पोजेटिभ देखिएको थियो। अहिलेसम्म प्रतिष्ठानमा उपचार…
दीपक शर्मा - यो प्रश्न जसप्रति लक्षित छ उसप्रति पूरा जिम्मेवारी पूर्वक र आग्रहका साथ प्रश्न गरिएको हो यो। हुन त प्रश्नले संविधान र व्यवस्था नै कमजोर हुन्छ भन्ने ज्ञान बाँड्ने शासकको देशमा प्रश्न गर्नु पनि अपराध नै होला। तर, बचेखुचेको र कागजमै सही, लोकतन्त्र भएको देशमा यतिको प्रश्न गर्ने चेष्टा गरियो। र, यो प्रश्न सत्तालाई नभएकाले अरिंगालको डर पनि…
काठमाडौं : पछिल्लो समय अनुसन्धानमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको माग ह्वात् बढेको छ। जघन्य अपराधदेखि अन्य घटना तालिम प्राप्त कुकुरको अनुसन्धान सफल भएपछि कुकुरप्रतिको विश्वसनीयता झनै बढेको हो। काठमाडौँको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा कुकुरलाई एक वर्षसम्म तालिम दिने गरिन्छ। त्यसपछि अनुसन्धानमा खटाइने गरिन्छ। नेपाल प्रहरीमा सबैभन्दा धेरै जर्मन सेफर्ड जातका कुकुरहरु रहेका छन्। यो जातका कुकुर लागू औषध, हातहतियार, विस्फोटक…
काठमाडौः गण्डकी प्रदेशमा थप २३ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा २३ जनामा संक्रमण पुष्टी भएको हो। कास्कीमा ४, गोरखा २, बाग्लुङ् ४, तनहँ १ र नवलपरासीमा १२ जनामा संक्रमण देखिएको हो। पोखरा महानगरपालिका -१५ का २९ बर्षीय पुरुष र बाग्लुङ, बाग्लुङ नगरपालिकाका तिनैजना पुरुषहरु गरि ४ जना…
काठमाडौः चितवनमा कोभिड १९ संक्रमितको सङ्ख्या घट्दै गएको पछिल्लो तथ्याङकले देखाएको छ। बुधवार रातिसम्म थप २ सय ९९ वटा नमुना परीक्षण गर्दा ४ वटामा मात्र पोजेटीभ देखिएको हो। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षमा बाँकी २ सय ९५ वटा रिपोर्ट नेगेटीभ आएको प्रयोगशाला प्रमुख नीतु अधिकारीले जानकारी दिइन्। संक्रमतिमध्ये २ जना भरतपुर महानगरपालि र २ जना खैरहनी नगरपालिकाका रहेका…
इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको तीन खेलको ओडिआइ सिरिज अन्तर्गत गएराति भएको अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको छ। गएराति म्यान्चेस्टरमा भएको खेलमा इङ्ग्ल्याण्डलाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले सिरिज २-१ ले जितेको हो। टस जितेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३०२ रन बनायो। जेसन रोय र जोए रुटलाई शुन्य रनमै गुमाएको इङ्ग्ल्याण्डको सुरुवात राम्रो हुन सकेन।…