PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • काठमाडौंमा बिहानी निन्द्रा ब्युँझाउने गरी भएको भूकम्पको केन्द्र सिन्धुपाल्चोक

    काठमाडौंमा बिहानी निन्द्रा ब्युँझाउने गरी भएको भूकम्पको केन्द्र सिन्धुपाल्चोक

    काठमाडौं : काठमाडौं ब्युझाउने गरी भएको भूकम्पको क्षमता ६ म्याग्नेच्युड रहेको छ। भूकम्प मापन केन्द्रले बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दिएको हो।  भूकम्पको केन्द्रविन्दु भने सिन्धुपाल्चोकको राम्चे रहेको मापन केन्द्रले जनाएको छ।  भूकम्पको धक्क उपत्यकाका साथै चितवन, पोखरा लगायतका जिल्लामा समेत महसुस गरिएको थियो।  २०७२ सालमा गोरखा र सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भएका भूकम्पले ठूलो क्षति बेहोरेको थियो नेपालले।  भूकम्प…

    विस्तृतमा पढ्नुस्

  • झिसमिसेमै काठमाडौंमा भूकम्प, आत्तिएकाहरु निस्किए घर बाहिर

    झिसमिसेमै काठमाडौंमा भूकम्प, आत्तिएकाहरु निस्किए घर बाहिर

    काठमाडौं : बुधवार बिहान सबा ५ बजे काठमाडौंमा भूकम्पको महसुस भएको छ। भूकम्पसँगै मानिसहरु घरबाट बाहिर निस्किएका छन्। लामो समयको अन्तरालमा काठमाडौंमा भूकम्पको झड्का महसुस भएको  छ।  Felt #earthquake (#भूकम्प) M4.9 strikes 63 km NE of #Kathmandu (#Nepal) 8 min ago. Please report to: https://t.co/sSIwk7bLgy pic.twitter.com/tNprjsegrQ — EMSC (@LastQuake) September 15, 2020

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल टिमका मुख्य प्रशिक्षकमा कोरोना पुष्टि, श्रीमती र छोरामा पनि संक्रमण

    महिला बास्केटबल टिमका मुख्य प्रशिक्षकमा कोरोना पुष्टि, श्रीमती र छोरामा पनि संक्रमण

    काठमाडौं : नेपाली महिला बास्केटबल टिमका मुख्य प्रशिक्षक विकाश शाहीलाई कोरोना संक्रमण भएको छ। उनीसहित उनकी श्रीमती र छोरामा पनि कोरोना देखिएको छ। पौडीको ओलम्पियन समेत रहेकी उनकी श्रीमती नयना शाक्यले आफूहरुमा कोरोना संक्रमण भएको पुष्टि सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्। केही समयअघि एकजना स्टोर होल्डरलाई कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङमा आफुहरुले कोरोना परीक्षण गराएको र त्यतिबेला रिपोर्ट नेगेटिभ आएको…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा लेखनाथ कोइराला नियुक्त

    विद्युत प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा लेखनाथ कोइराला नियुक्त

    काठमाडौँः नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा लेखनाथ कोइराला नियुक्त भएका छन्। ऊर्जामन्त्री वर्षमान पुनले वरिष्ठ उपकार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन्। अहिले प्राधिकरणको माउ संस्थामा कार्यरत उपकार्यकारी निर्देशकहरुमध्ये वरिष्ठताका आधारमा सबैभन्दा सिनियर कोइराला प्राधिकरणको अर्थ निर्देशनालयका प्रुमख समेत हुन्। यसअघि ऊर्जामन्त्रीले मन्त्रालयका सहसचिव नवीनराज सिंह र मधु भेटवाललाई निमित्त निर्देशक बनाउन पनि छलफल गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त, पाउनेछन् मन्त्री सरह सुविधा

    युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त, पाउनेछन् मन्त्री सरह सुविधा

    काठमाडौँः सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले खतिवडालाई मन्त्री सरह सेवा सुविधा दिनेगरि सल्लाहकार नियुक्त भएको जानकारी दिए।  कार्यकाल नथपिएपछि खतिवडाले यही भदौ २० गते मन्त्रीबाट बिदा पाएका थिए। यसअघि पनि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे कार्यरत छन्।  यस्तै, मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँका सिक्का प्रचलनमा ल्याउन…

    विस्तृतमा पढ्नुस्

  • भारतमा सिनेमा घर सञ्चालनमा ल्याउन माग, मार्चदेखि ९ हजार करोड घाटा भएको दावी

    भारतमा सिनेमा घर सञ्चालनमा ल्याउन माग, मार्चदेखि ९ हजार करोड घाटा भएको दावी

    भारतमा सिनेमा घरहरू पुन: सञ्चालनमा ल्याउन माग गरिएको छ। मल्टिप्लेक्स संघ इन्डियाले गत मार्चदेखि हालसम्म पीभीआर, इनोक्स र सिनेपोलिस चेनका हल सञ्चालकहरूलाई ९ हजार करोड भारतीय रुपैयाँ घाटा भएको भन्‍दै उक्त माग गरेको हो। संघका अनुसार उल्लेखित चेनका हलहरूमा मात्रै प्रत्यक्ष रुपमा २ लाख कर्मचारी छन्। मंगलवार संघले सरकारसँग तत्काल हल पुन: खोल्ने अनुमतिको माग गरेको छ। विज्ञप्तीमा लेखिएको छ…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट : ५२ जिल्लामा थप संक्रमण पुष्टि, उपत्यकामा थपिए ६७६ संक्रमित, काठमाडौंमा ४ को मृत्यु

    कोभिड-१९ अपडेट : ५२ जिल्लामा थप संक्रमण पुष्टि, उपत्यकामा थपिए ६७६ संक्रमित, काठमाडौंमा ४ को मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५२ जिल्लामा कोभिड-१९ का थप संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालाबाट गरिएको १० हजार ३७५ नमुना परीक्षणका क्रममा महिला ४४६ र एक हजार १३ पुरुष गरी एक हजार ४५९ जना संक्रमित पहिचान भए छन्। योसँगै नेपालमा कोभिड-१९ संक्रमण पुष्टि हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये ४० हजार ६३८ संक्रमण मुक्त भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • भाइबर स्टिकरमा 'मह जोडी'

    भाइबर स्टिकरमा 'मह जोडी'

    'मह जोडी'को भाइबर स्टिकर प्याक उपलब्ध भएको छ। मेसेजिङ एवं कलिङ एप भाइबरसँगको सहकार्यमा मह संचारले उक्त प्याक सञ्चालनमा ल्याएको हो। स्टिकरहरूमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विभिन्न फिल्म एवं टेलिफिल्ममा निर्वाह गरेको चरित्रको चित्र छ। चित्रसँगै रोचक अनि ठट्यौली शैलीका संवादहरू पनि छन्। कलाकार हरिवंश आचार्यले फेसबुकमार्फत् उक्त जानकारी दिएका छन्। लेखेका छन् : 'तपाईंहरूले मन पराउनु भएका…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवसायीलाई मुख्यमन्त्री राईले भने, ‘सवारी चलाउँदा स्वास्थ्यसम्बन्धी सजगता अपनाउनुस्’

    यातायात व्यवसायीलाई मुख्यमन्त्री राईले भने, ‘सवारी चलाउँदा स्वास्थ्यसम्बन्धी सजगता अपनाउनुस्’

    विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीसँग छलफल गरेका छन्। आगामी असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने संघीय सरकारको निर्णयपछि मुख्यमन्त्री राईले मङ्गलबार यातायात क्षेत्रका सरोकारवाला निकायसँग भर्चुअल छलफल गरेका हुन्। मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीका अनुसार लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालासँग छलफल…

    विस्तृतमा पढ्नुस्

  • भारतद्वारा दुई हजार भाइल रेमडेसिभिर औषधि सहयोग, परराष्ट्रमन्त्री ज्ञवालीलाई हस्तान्तरण

    भारतद्वारा दुई हजार भाइल रेमडेसिभिर औषधि सहयोग, परराष्ट्रमन्त्री ज्ञवालीलाई हस्तान्तरण

    काठमाडौं: भारत सरकारले कोभिड १९ संक्रमणविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। मंगलवार भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरे। कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधि हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ। अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा…

    विस्तृतमा पढ्नुस्

  • बलिउडको ड्रग्स कनेक्सनबारे संसदमा बोल्दा जया बच्चन विवादमा, कंगनाको पनि असन्तुष्टि

    बलिउडको ड्रग्स कनेक्सनबारे संसदमा बोल्दा जया बच्चन विवादमा, कंगनाको पनि असन्तुष्टि

    बलिउड अभिनेत्री एवं समाजवादी पार्टीकी सांसद जया बच्चनले ड्रग्सका नाममा बलिउडलाई बद्नाम गर्ने षडयन्त्र भइरहेको बताएकी छन्। मंगलवार राज्यसभामा बोल्दै जयाले ड्रग्स छानविनका नाममा विश्वमै नाम कमाएको बलिउड उद्योगलाई बद्नाम गर्ने षडयन्त्र चलिरहेको बताएकी हुन्। ‘मनोरञ्जन उद्योगले हरेक दिन ५ लाख मानिसलाई प्रत्यक्ष रोजगार दिँदै आएको छ। देशको आर्थिक स्थिति ठीक छैन। वेथितिजन्य मुद्दाबाट ध्यान हटाउन हामी कलाकारको प्रयोग गरिँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • एकै घरका तीन जनाको मृत्यु : दुई जनामाथि धारिलो हतियारको प्रयोग भएको देखायो पोस्टमार्टमले

    एकै घरका तीन जनाको मृत्यु : दुई जनामाथि धारिलो हतियारको प्रयोग भएको देखायो पोस्टमार्टमले

    काठमाडौं : भक्तपुरमा एकै घरका तीन जनाको मृत्यु हुँदा दुई जनामाथि धारिलो हतियार प्रयोग भएको देखिएको छ। शुक्रवार मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा घरभित्रै एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका थिए। गएको शुक्रवार आफ्नै घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय सुशान्त (छोरा) मृत अवस्थामा फेला परेका हुन्। सम्झना र सुशान्तमाथि…

    विस्तृतमा पढ्नुस्

  • हिजो हेलिकप्टरबाट ल्याइयो क्रिकेटर भण्डारी, दुर्घटनामा परेका उनको सहयोगका लागि सिप्यानले माग्यो सहयोग

    हिजो हेलिकप्टरबाट ल्याइयो क्रिकेटर भण्डारी, दुर्घटनामा परेका उनको सहयोगका लागि सिप्यानले माग्यो सहयोग

    काठमाडौं : सडक दुर्घटनामा घाइते भएका नेपाली राष्ट्रिय टिमका सदस्य ललितसिंह भण्डारीलाई सहयोग गर्न इच्छुकका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आग्रह गरेको छ। आज एक विज्ञप्ति निकाल्दै सिप्यानले क्रिकेट प्लेयर्स एसोसिएसनको सेञ्चुरी बैङ्कमा रहेको खातामा सहयोग गर्न सक्ने जनाएको छ। सुरुमा धनगढीमा उपचार गराएका भण्डारीलाई त्यसपछि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको थियो। थप उपचारका लागि भण्डारीलाई सोमवार दिउँसो हेलिकोप्टरबाट…

    विस्तृतमा पढ्नुस्

  • विवादमा नफर्किने ओली-प्रचण्डको प्रतिवद्धता, गुटबन्दी गर्नेलाई कारबाही गर्ने

    विवादमा नफर्किने ओली-प्रचण्डको प्रतिवद्धता, गुटबन्दी गर्नेलाई कारबाही गर्ने

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा कुनै प्रकारको गुटबन्दी नगर्न निर्देशन दिएका छन्। शुक्रवार सम्पन्न स्थायी कमिटी बैठकको निर्णयहरु समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा गुटबन्दी गर्नेलाई विधान वमोजिम कारबाही गर्ने उल्लेख छ। ‘आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्ने, गुटबन्दीपूर्ण क्रियाकलाप नगर्ने, गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र…

    विस्तृतमा पढ्नुस्

  • हत्या अभियोगमा एक युवक समातिए

    हत्या अभियोगमा एक युवक समातिए

    विराटनगर: मोरङको बेलबारी नगरपालिकामा हत्या गरि  फरार एक जना पक्राउ परेका छन्। बेलबारी नगरपालिका वडा नम्बर ५ तेलकुडी बस्ने ३० वर्षिय विनय कुमार सरदार प्रकाउ गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले सरदारलाई सोमवार बेलुका ८:३० बजे सुनसरी बराहक्षेत्रबाट प्रकाउ गरिएको कार्यालयका डिएसपी मानबहादुर राईले जानकारी दिए। राईका अनुसार पक्राउ परेका सरदार गत भदौ १२ गते…

    विस्तृतमा पढ्नुस्

  • बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा २६ जनामा देखियो संक्रमण

    बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा २६ जनामा देखियो संक्रमण

    काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा २६ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ। प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा भएको परीक्षणमा १ हजार ४३ नमुना भने नेगेटिभ देखिएको हो। आज बिहान ८ बजे प्रतिष्ठानले जारी गरेको नोट अनुसार अहिलेसम्म त्यहाँ २६ जना संक्रमितको मृत्यु भइसकेको छ भने ६ सय ७३ जना उपचार पछि ठीक भएर घर फर्केका छन्।

    विस्तृतमा पढ्नुस्

  • सरकारको प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई, तत्कालै विभागीय मन्त्री नआउने

    सरकारको प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई, तत्कालै विभागीय मन्त्री नआउने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन्। तत्कालका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो। अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्तामा आफूलाई तोकिएको ज्ञवालीले जानकारी दिए। 'तत्कालका लागि मैले सररकाका काम कारवाही सार्वजनिक गर्ने जिम्मेवारी पाएको छु,' उनले भने। सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी भने अहिले प्रधानमन्त्री मातहत नै रहेको छ। विभागीय मन्त्री आउन…

    विस्तृतमा पढ्नुस्

  • इटली ओपन खेल्न पुगेका जोकोविचले भने : गल्तीबाट ठूलो पाठ सिकेँ

    इटली ओपन खेल्न पुगेका जोकोविचले भने : गल्तीबाट ठूलो पाठ सिकेँ

    विश्व नम्बर १ टेनिस खेलाडी नोबाक जोकोविचलाई युएस ओपनमा गरेको गल्तीले पछुतो भइरहेको बताएका छन्। क्वाटर फाइनलको खेलमा पछि पर्दैगर्दा आवेगमा आएर लाइन वुमनलाई बलले हानेपछि उनी नियमानुसार प्रतियोगिताका लागि ‘अयोग्य’ ठहरिए र प्रतियोगिताबाट बाहिरिए। स्पेनका राफेल नाडाल र स्वीजरल्याण्डका रोजर फेडररले सहभागिता नजनाएको उक्त ग्राण्ड स्लाममा जोकोविचलाई १८ औं ग्राण्ड स्लाम जित्ने राम्रो अवसर हुन सक्थ्यो तर त्यसबाट उनी…

    विस्तृतमा पढ्नुस्

  • गोकुल, यती र ओम्नीलाई चोख्याउने मान्छेको खोजीमा हुनुहुन्छ इमानदार प्रधानमन्त्री : खतिवडा

    गोकुल, यती र ओम्नीलाई चोख्याउने मान्छेको खोजीमा हुनुहुन्छ इमानदार प्रधानमन्त्री : खतिवडा

    काठमाडौं : नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले 'गोकुल बास्कोटा, यति समूह र ओम्नीलाई चोख्याउने व्यक्तिको खोजीमा' प्रधानमन्त्री ओलि रहेको आरोप लगाएका छन्। 'सरकारले आफूलाई काम गर्न जे सजिलो हुन्छ त्यही गर्ने हो,' हिजोको मन्त्रिपरिषदको बैठकलाई लिएर नेता खतिवडाले ट्विटरमा लेखेका छन्, 'अहिले देशमा वामदेवको आवश्यक पर्‍यो अनि उहाँलाई माननीय बनाउन राष्ट्रपतिकहा सिफारिस।' उनले कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा पुन नियुक्तिको…

    विस्तृतमा पढ्नुस्

  • अदालतले ६ दिन कैद सुनाएका पुरुष समातिए

    अदालतले ६ दिन कैद सुनाएका पुरुष समातिए

    काठमाडौः बैंकिङ कसुर मुद्धामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले कास्की रुपा गाउँपालिका वडा नम्वर ५ देउराली घर भएका ५७ वर्षीय केश बहादुर गुरुङलाई नियन्त्रणमा लिएको हो। गुरुङलाई गतै चैत १० गते उच्च अदालत पाटनले बैकिङ कसुर मुद्धामा पाँच लाख जरिवाना र ६ दिनको कैद सजाय सुनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell