काठमाडौः रक्तचन्द तस्करीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बौद्धबाट सोमबार पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले २१ किलो ९ सय ग्राम रक्तचन्दन समेत बरामद गरेको छ। उनीहरुले रक्तचन्दलाई डम्बरुमा हालेर तस्करी गर्ने गरेको खुलेको छ।'डम्बरुभित्र रक्तचन्दन हाल्ने अनि अर्को ठाउँमा पठाउने गरेको देखिन्छ।' एक प्रहरी अधिकृतले भने। प्रहरीले बौद्धको डम्बरु बनाउने उद्योगबाट उनीहरुलाई नियन्त्रणमा…
अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी फोब्सको सर्वाधिक कमाइ गर्ने फुटबलरको सूचिमा शीर्षस्थानमा आएका छन्। फोर्बसले सोमवार जारी गरेको सूचीमा १२६ मिलियन डलर कमाइ गर्दै बार्सिलोनाका स्टार खेलाडी मेस्सी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलरमा परेका हुन्। त्यस्तै सूचिको दोस्रो स्थानमा पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डो रहेका छन्। उनको कमाइ ११७ मिलियन डलर छ। मेस्सी कुल आम्दानीमा ९२ मिलियल तलबबाट र ३४…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले ब्राइटनमाथि सानदार जित निकालेको छ। फाल्मर स्टेडियममा भएको खेलमा घरेलु टोली ब्राइटनलाई ३-१ ले हराउँदै चेल्सीले प्रिमियर लिगमा सुखद सुरुवात गरेको हो। पहिलो हाफमा चेल्सीले १ गोलको अग्रता बनाएको थियो। ब्राइटनका गोलकिपर म्याट रायनले फउल गरेपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै चेल्सीले खेलमा अग्रता बनाएको थियो। खेलको २१ औं मिनेटमा जोर्गिन्होले चेल्सीलाई…
पूर्वी भूमध्यसागरमा पछिल्लो समय टर्की र फ्रान्सबीच विवाद बढ्दै गएको छ। दुबै देशका राष्ट्रपति आरोप प्रत्यारोपमा उत्रिएका छन्। १० अगस्टमा पूर्वी भूमध्यसागरमा ग्यासको भण्डार खोज्ने ओरुक रीज जहाज पठाएर टर्कीले विवाद सुरु गरेको उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सदस्य राष्ट्रले बताउँदै आएका छन्। साथै युद्धक जहाज पनि पठाएको टर्कीले आफ्नो मिसनलाई तीनले बढाएको सदस्य राष्ट्रको दावी छ। तर यी दावीलाई…
काठमाडौं : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएको छ। उपकुलपति गिरीले जिम्मेवारी निर्वाह गर्ने क्रममा सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै पनि आफू कोरोना संक्रमित भएको बताएका छन्। संक्रमणबाट हतोत्साहित नभई हाल आफ्नै निवासमा लक्षणविहीन अवस्थामा आइसोलेसनमा सुरक्षित साथ बसिरहेको उनले जानकारी दिएका छन्। ‘प्रतिष्ठानका दैनिक कार्यहरु यहीँबाट सञ्चालित हुनेछन् भने तत्काल आईपर्ने समस्याहरु मेरो…
काठमाडौँ: चासोका साथ हेरिएको नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको नियुक्तिको विषय सोमबार पनि मन्त्रिपरिषद्को एजेण्डा बनेन। आजको मन्त्रिपरिषद् बैठकमा नियुक्तिसम्बन्धी प्रस्ताव पेस भएको थिएन। ऊर्जा मन्त्रालय स्रोतका अनुसार प्रस्ताव लगिएको थिएन। बैठकपछि एक मन्त्रीले नियुक्तिबारे कुनै निर्णय नभएको बताए। उनले विभागीय मन्त्रालयबाट प्रस्ताव नआएको पनि बताए। जनस्तरबाट यसअिघकै प्रबन्ध निर्देशक कुलमान घिसिङलाई दोहोर्याउन माग छ। तर, कुलमानका केही गतिविधिका कारण विभागीय मन्त्री…
काठमाडौँः साइप्रसमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन्। गैरआवसीय नेपाली संघ साइप्रसका अनुसार आइतबार दिउँसो ५ बजे लारनास्थित लिभादिया भन्ने स्थानमा मीना तामाङले आत्महत्या गरेको त्यहाँको प्रहरीले पुष्टि गरेको छ। काभ्रे घर भएकी मृतक तामाङ १४ महिनाअघि मात्रै साइप्रस पुगेकी थिइन्। उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन। साइप्रसमा आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि उनको शव नेपाल फर्काइने एनआरएनए साइप्रसले…
काठमाडौं : मन्त्रिपरिषद्को नियमित बैठक अहिले बसिरहेको छ। बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबारे निर्णय गर्न सक्ने बताइएको छ। प्राधिकरणका सीईओ कुलमान घिसिङको कार्यकाल आइतवार सकिएको छ। उनी दोहोरिन सक्ने सम्भावना छ। त्यस्तै, नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना पनि रहेको छ। नेकपाको भदौ १८…
काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ निवासी ६४ वर्षीय महिलाको उपचारका क्रममा सोमवार मृत्यु भएको हो। उनले सोमवार नै लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा पीसीआर परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखिएको थियो। उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या रहेको र उपचारको क्रममा सोमवार दिउसो २:३५ बजे मृत्यु भएको अस्पतालले…
पाकिस्तानमा कोरोना महामारीबीच स्कुलहरु भोलिबाट खुल्दैछन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक ट्वीट गर्दै भोलिबाट लाखौं बच्चाहरुलाई विद्यालयमा स्वागत गर्ने घोषणा गरेका हुन्। ‘हामी भोलि लाखौं बच्चाहरुलाई विद्यालयमा पुन: स्वागत गर्नेछौं। हरेक बच्चा ज्ञान प्राप्त गर्न सुरक्षित रुपमा विद्यालय जाने हाम्रो प्राथमिकता र सामुहिक दायित्व हो,’ प्रधानमन्त्री खानले ट्वीटमा लेखेका छन्, ‘कोभिड १९ को सन्दर्भमा सार्वजनिक स्वास्थ्य नियमहरुको अनुरुप स्कुलमा स्वास्थ्य…
काठमाडौं : सर्वोच्च अदालतले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्चले सोमवार निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२)(ख) बमोजिम अल्पकालिन अन्तरीम आदेश जारी गरिएको जनाएको छ। माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए प्रमाणसहित १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखितजवाफ…
बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले एसिड पीडितका लागि नयाँ कानुन ल्याउने नेपाल सरकारको निर्णयलाई स्वागत गरेका छन्। नयाँ निर्णयका लागि बच्चनले अभियन्ता उज्जवल थापाको प्रशंसा गरेका छन्। बच्चनले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा एसिड पीडितका लागि थापाले गरेको कडा परिश्रमको प्रशंसा गरेका हुन्। एसिड पीडितका लागि नयाँ कानुन बनाउने निर्णयलाई उनले थापाको कडा परिश्रमको परिणाम भनेका छन्। T 3659 - -…
काठमाडौं : पछिल्लो २४ घण्टामा ५१ जिल्लामा कोभिड-१९ का संक्रमितहरुको पहिचान भएको छ। देशभरका प्रयोगशालाबाट भएको १० हजार ८७८ परीक्षणका क्रममा ३९९ महिला र ७७१ पुरुष गरी एक हजार १७० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये ३९ हजार…
काठमाडौं : एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको विषयमा प्रहरीले पक्राउ गरेकामध्ये एक जनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ। जिल्ला अदालत काठमाडौंले गायक ग्याल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन निर्णय गरेको हो। त्यस्तै बाँकी ८ जनालाई भने धरौटीमा रिहा गर्न निर्देशन दिएको छ। 'अदालतको आदेशअनुसार हामीले पूर्पक्षमा पठाइसकेका छौं।' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौंरले भने। गायक तामाङले 'मंगोल…
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुन: नियुक्तिको माग गर्दै कलाकारहरुले ‘ब्ल्याक आउट’ अभियान चलाएका छन्। कुलमानको नियुक्तिका लागि सरकारलाई दबाब दिनका लागि आजबाट हरेक साँझ बत्ती निभाएर ऐक्यबद्धता जनाउन कलाकार दीपकराज गिरीले आह्वान गरेका हुन्। कलाकारहरुको ‘ब्ल्याक आउट’ अभियानलाई धेरैले समर्थन गरेका छन्। सम्बन्धित समाचार कुलमान घिसिङको पक्षमा कलाकारहरु, कसले के भने? कलाकार गिरीले सोमवार फेसबुकमार्फत आह्वान गरेका…
काठमाडौं : प्रत्येक पटक प्रहरी महानिरीक्षक (आइजी) फेरिएसँगै देशभरका प्रहरी कार्यालयहरुमा पनि नयाँ आइजीको फोटो फेरिन्थ्यो। यसपटक भने प्रहरी कार्यालयहरुमा नयाँ आइजीको फोटो फेर्नैपर्ने बाध्यात्मक परम्परा तोडिएको छ। प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले सबै कार्यालयमा महानिरीक्षकको फोटो राख्न निर्देशन नदिएसँगै यो परम्परा तोडिएको हो। नभए महानिरिक्षक नियुक्ती हुन साथ प्रहरी प्रधान कार्यालय नक्सालले सबै कार्यालयलाई फोटोको साइज तोकेर पत्रचार गरी नयाँ आइजीको फोटो झुन्ड्याउन निर्देशन दिने…
काठमाडौं : नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धाका लागि छानिएको छ। सोमबार भर्चुअल प्रेसमिटमार्फत् बुसानले यस वर्षको लाइनअप सार्वजनिक गरेको हो। सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ बुसानको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको हो। यो सेक्सन सबैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतिस्पर्धा हो। नेपालसँगै विभिन्न देशका १० फिल्म छनोट भएका छन्। कुनै पनि…
माइक्रोसफ्टले अमेरिकाका लागि टिकटकको अधिकार किन्ने प्रस्ताव अस्वीकृत भएको छ। योसँगै ओर्याकललाई उक्त सर्वाधिकार किन्ने बाटो खुलेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर १५ सम्ममा टिकटकको अमेरिकी सर्वाधिकार बेच्न वा बन्द गर्न निर्देशन दिएका छन्। माइक्रोसफ्टले विज्ञप्तीमा लेखेको छ : 'आइतबार बाइट डान्सले हामीलाई टिकटकको अमेरिकी सर्वाधिकार नबेच्ने जानकारी दियो। हामी विश्वस्त थियौं कि हाम्रो प्रस्तावले टिकटक प्रयोगकर्ता एवं राष्ट्रिय सुरक्षाका…
काठमाडौं: दुर्घटनामा परेका क्रिकेट खेलाडी ललित भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। आइतवार दुर्घटनामा परेका भण्डारीको सिटी स्क्यान गर्दा टाउकोमा चोट नदेखिएको उपचाररत डाक्टरलाई उदृत गर्दै क्यानले जनाएको छ। त्यस्तै उनको अवस्था अहिले सामान्य रहेको तर हातखुट्टामा भने चोट लागेको क्यानले जनाएको छ। उपचारको क्रममा भण्डारीको उपचार प्रकृयामा प्रदेश क्रिकेटका अधिकारीहरुले समन्यव गरिरहेको क्यानले जनाएको छ।…
काठमाडौं : शान्ति सेनामा जान लागेका नेपाली सेनाका केही जवानमा कोभिड १९ संक्रमण पुष्टि भएको छ। केही जवानहरुमा कोभिड १९ पोजेटिभ देखिएपछि आज लिबियाका लागि तय गरिएको उडान स्थगित गरिएको छ। काभ्रेपाल्चोकको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरेर क्वारेन्टाइनमा रहेका केही जवानहरुलाई कोभिड पोजेटिभ देखिएको नेपाली सेनाले जानकारी दिएको छ। उनीहरुमा कोभिड पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका अन्यको पनि परीक्षण गर्ने…