बाँके : ज्वाइँ हत्याको अभियोगमा ससुरासहित ५ जना पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारसहित ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते…
काठमाडौः बाग्लुङमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। रातिदेखि परेको पानीको कारण पहिरो खस्दा जैमिनी नगरपालिका-५ बिनामारे बस्ने निलकण्ठ पौडेलको घर माथीबाट बाँसको झाङसहितको पहिरो आई घर पुरिँदा दुई जनाको मृत्यु भएको हो। आन्दाजी ७५ वर्षीय जाल्पादेवी पौडेल घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै घरमा बस्दै आएका ७ जनामध्ये निलकण्ठ पौडेल सामान्य घाईते भएको र बाँकीको अवस्था…
काठमाडौं : शुक्रवार मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र मृत फेला परेका एकै परिवारका तीन जनाको शवको पोष्टमार्टम सकिएको छ। शनिवार भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा कुकुर सहित तीन जनाको पोष्टमार्टम गरिएको हो। शुक्रवार आफ्नै घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय सुशान्त (छोरा) मृत अवस्थामा फेला परेका थिए। त्यस्तै घरमा पालेको कुकुर…
भारतका गृहमन्त्री अमित शाह अस्पताल भर्ना भएका छन्। कोभिड १९ संक्रमणलाई जितेका शाहलाई फेरि श्वासप्रश्वासमा समस्या देखिएपछि शनिवार राती नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको इण्डिया टुडेले जनाएको छ। कोरोना संक्रमणमुक्त भए पनि गृहमन्त्री शाहलाई श्वासप्रश्वासमा समस्या देखिएको हो। चिकित्सकहरुले शाहलाई केही समय अस्पतालमै राख्नुपर्ने सुझाव दिएका छन्। चिकित्सकहरुको निगरानीमै उनको उपचार चल्नेछ। शाहलाई एम्सको कार्डियो न्यूरो टावरमा भर्ना गरिएको छ।…
नयाँ दिल्ली : भारतमा कोभिड १९ को संक्रमितको संख्या बढ्ने रफ्तार कायमै छ। सेप्टेम्बरको सुरुका १२ दिनमा भारतमा १० लाखभन्दा धेरै संक्रमित थपिएका छन्। साथै यही १२ दिनमा मर्ने मानिसहरुको संख्या पनि चर्कै छ। यसबीचमा १३ हजार ८२ जनाले ज्यान गुमाए। शनिवार भारतमा ९५ हजार २ सय ४९ नयाँ केस थपिए। त्यससँगै विगतका १२ दिनमा संक्रमितको संख्या १० लाख ६५…
काठमाडौं : गण्डकी प्रदेशमा नेपाली सेना सहित थप ३२ जनामा कोभिड १९ संक्रमण भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका ३२ जना संक्रमण देखिएको हो। यसरी संक्रमण देखिएकामध्ये १६ जना नेपाली सेना रहेका छन्।| लमजुङ सुन्दरबजार-९ का १६ जना सेनामा कोभिड १९ पोजेटिभ देखिएको हो। त्यस्तै, संक्रमण देखिएका पोखरा महानगरपालिका-१६ का…
काठमाडौं : सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ मा गए राति खसेको पहिरोमा परी कम्तिमा २८ जना मानिस बेपत्ता भएका छन्। दुई जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म प्राप्त जानकारी अनुसार २८ घर पहिरोमा परेका छन्। राति पहिरो गएकाले मानिसहरु घर पुरिँदा बेपत्ता भएका हुन्। नागपुजे र भीरखर्कमा पहिरोले ठूलो क्षति पुर्याएको हो। सभामुख अग्नि…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एथलेटिक क्लबमाथि ग्रानडाले जित निकाल्दै लिगमा सुखद सुरुवात गरेको छ। लस कारमेनेस स्टेडियममा भएको खेलमा एथ्लेटिक क्लबले २-० को रोमाञ्चक जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ग्रानडाले दुबै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४९ औं मिनेटमा एन्जेल मोन्टोरोको पासमा यान्जेल हेरेराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो…
प्रा. हरिशरण उपाध्याय - केही पूर्वापर सम्बन्ध हिन्दु धर्मभित्र छुवाछुत प्रथा छ कि छैन? मांसाहार गर्न हुन्छ कि हुँदैन? आदि विषयबारे व्यापक बहस हुने गर्छ। पक्ष भन्छ, हिन्दुधर्म भित्र छुवाछुत प्रथा छैन र मांसाहार निषिद्ध छ। विपक्ष भन्छ, छ। विपक्षका तर्कहरू सामान्यरुपले हेर्दा सबल लाग्छन्। विपक्षले मनुस्मृति आदि गरिएका ग्रन्थहरूका केही उदाहरणहरूलाई ल्याएर त्यहाँभित्र विभेदका अनेक प्रसंगहरू र मांसाहार गर्न…
च्याम्यियन्स लिग पछिको केही समय विश्वफुटबल क्षेत्र मेस्सीमय बन्यो। कारण थियो बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले क्लब छाड्ने चर्चा। अरु बेला पनि मेस्सीका बारेमा यस्ता हल्ला चलिरहने भए पनि यसपटक चाहीँ मेस्सी आँफैले क्लब छाड्ने मनस्थितिमा आफू पुगेको क्लबलाई औपचारिक जानकारी गराएका थिए। तर सबैकुरा सोचेजस्तो भएन। र, रिलिज क्लजको विवाद लम्बिँदै जाँदा मेस्सी बार्सिलोनामै एक सिजन बिताउँन राजी भए।…
अरूण नेपाल - कोरोना महामारीका बीच पछिल्लो समय पढाउने शैलीमा ब्यापक परिवर्तन भएको छ। चैत महिनासम्म कक्षामा प्रवेश गरेर पढाइरहेका हामी अहिले भर्चुअल कक्षामा विद्यार्थीको उपस्थितिको दायरा कसरी बढाउने भनेर अगाडि गइरहेका छौं। अध्यापन गराइरहेका छौं। यसैबीच भदौ २५ गतेदेखि २७ गतेसम्म नेपालका अंग्रेजी शिक्षकहरूको साझा संगठन नेपाल टिचर्स ल्याङ्ग्वेज एसोसिएसन् (नेल्टा)ले कोभिड १९ को विषम परिस्थितिमा समेत अन्तर्राष्ट्रिय सम्मेलन…
नाओमी ओसाकाले बेलारुसकी खेलाडी भिक्टोरिया अजारेन्कालाई हराउँदै युएस ओपनको उपाधि जितेकी छिन्। २२ वर्षे जापानी खेलाडी ओसाकाले १-६, ६-३, ६-३ ले अजारेन्कालाई हराउँदै दोस्रो पटक युएसओपनको उपाधि जितेकी हुन्। पहिलो सेटमा १-६ ले पछि परेकी ओसाकाले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेकी हुन्। खेल जितेसँगै भावुक बनेकी ओसाका विस्तारै कोर्टमा सुतेर न्युयोर्कको आकाशलाई नियालेकी थिइन्। Take it all in, @naomiosaka.#USOpen pic.twitter.com/7SLODlepn7…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साबिक विजेजा लिभरपुलले नयाँ सिजनको आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोली लिभरपुलले १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लिड्स युनाइटेडमाथि ३-० को संघर्षपूर्ण जित निकालेको हो। खेलको चौथो मिनेटमै मोहम्मद सलाहले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर १२ औं मिनेटमै लिड्सले खेल बराबरीमा…
दुई वर्षदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको नेपाली सेनाको एक जहाज नारायणहिटी दरबार संग्रहालयमा पुर्याइएको छ। विमानस्थलबाट सडकमार्ग हुँदै उक्त जहाज संग्रहालय पुर्याइएको हो। पूर्व राजा र राजपरिवारका सदस्यहरुले प्रयोग गरेको नेपाली सेनाको एनए–२० एभ्रो जहाज दुई वर्षदेखि विमानस्थलमा थन्किएको थियो। उक्त जहाज सर्वसाधरणको अवलोकनका लागि खुला गर्नेगरि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा संग्रहालय पुर्याइएको हो। जहाज साँझ करिब ७…
काठमाडौँ: शनिबार साँझ राजधानीको सडकमा अनौठो दृश्य देखियो। कोरोना कहरबीच सवारीसाधन पातलिएको सडकमा जहाज गुड्यो। गाडी गुड्ने सडकमा जहाज गुडेपछि सर्वसाधरण पनि आश्चर्यमा परे। जहाज गुडाउने कार्यको ट्राफिक व्यवस्थापनमा सडकमा प्रहरी खटिएका थिए। त्रिभुवन विमानस्थल हुँदै तिनकुने बानेश्वरको रुटबाट जहाजलाई नारायणहिटी दरबार संग्रहालय लगिँदैछ। जहाज सर्वसाधरणको अवलोकनका लागि संग्राहलयमा राख्न लागिएको हो। विमानस्थल कार्यालय स्रोतका अनुसार शुक्रबारमात्र नेपाली सेनाले जहाज…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा आर्सनलले फुलहमलाई हराउँदै सुखद सुरुवात गरेको छ। क्राभेन कटेज स्टेडियममा भएको खेलमा घरेलु टोली फुलहमलाई ३-० ले हराउँदै आर्सनलले सिजनको सुखद सुरुवात गरेको हो। आर्सनलको जितमा अलेक्जेन्ड्रे लाकाजेट, गाब्रियल र पियरे एम्रिक औबुमेयाङले गोल गरे। खेलको ८ औं मिनेटमै लाकाजेटले आर्सनललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको आर्सनलका लागि…
जनकपुरधाम : महोत्तरीको लोहारपट्टी नगरपालिकामा गेरुका मेला यस वर्ष भने नलाग्ने भएको छ। कोरोना महामारीको जोखिम भएकोले तीन वर्षमा पर्ने मलमासमा लाग्ने गरेको गेरुका मेला यस वर्ष नलाग्ने भएको हो। हिन्दु धर्मावलम्बीको शास्त्रीय विधि र परम्परा अनुसार प्रत्येक तीन वर्षमा पर्ने मलमास अगामी असोज १ गतेदेखि ३० गतेसम्म रहने भएको छ। लोहारपट्टी नगरपालिका-४ खुट्टा पिपराढीस्थित पवित्र स्नानको रुपमा रहेको गेरुकाधामको…
काठमाडौः पछिल्लो २४ घण्टामा ४९ जिल्लामा कोरोना भाइरसका नयाँ संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा परीक्षण गरिएका १० हजार १७६ नमुना मध्ये ४१६ महिला र ७८५ पुरुष गरी एक हजार २०१ जनामा संक्रमण पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा ५३ हजार १२० जनामा संक्रमण पहिचान भएको छ। हालसम्म ३७ हजार ५२४ जना संक्रमित…
जनकपुरधाम : मोहर्रमका लागि बनाइएको दाहाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि जनकपुरधामको रुपैठामा दुई समूहबीच झडप भएको छ। हिन्दु र मुस्लिम समुदायका केही युवाहरुबीच झडप भएको हो। केही दिन अगाडी एक हिन्दु युवाले दाहाको फोटो सामाजिक सञ्जालमा शेयर गरे लगत्तै मुस्लिम समुदाय सोही विषयलाई लिएर आक्रोशित भएको बताइएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा भएको सो विवादमा शनिबार दूबै…
काठमाडौं : रुपन्देहीमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत् रुपन्देही ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुष र देवदह नगरपालिका वडा नम्वर ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। ४० वर्षीय पुरुषको शनिवार बिहान १२ बजेर ३० मिनेटमा लुम्बिनी प्रादेशिक अस्पतालका मृत्यु भएको हो। उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनको पिसिआर परीक्षण गर्दा…