काठमाडौं : ललितपुरमा कोभिड-१९ संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ। भदौ १७ गतेदेखि ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको शुक्रवार राति ९ बजेर ४५ मिनेटमा मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ। त्यस्तै आज बिहान कोभिड संक्रमण भइर उपचार गराइरहेका काठमाडौंका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। भदौ १९…
काठमाडौं : पोखरामा कोभिड-१९ संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-५ का ४५ वर्षीया महिलाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको हो। पोखरा महानगरपालिकास्थित फिस्टेल अस्पतालमा राति मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ। त्यस्तै गण्डकी प्रदेशमा थप ३८ जनामा…
काठमाडौं : ललितपुरको मेघा अस्पतालमा कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। मृत्यु भएका व्यक्ति भक्तपुरका हुन्। ३८ वर्षका उनको आज बिहान ७:४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी हिजोमात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए।
इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको तीन खेलको ओडिआइई सिरिज अन्तर्गत गएराति भएको खेलमा अस्ट्रेलियाले जित निकालेको छ। म्यानचेस्टरमा भएको सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डमाथि १९ रनको जित निकाल्दै सिरिजमा सुखद सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९४ रन बनाएको थियो। जसका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रन बनाउँदा मिचेल मार्सले ७३ तथा मार्कस स्टोइनिसले…
कोरोना भाइरसको संक्रमण फैलिएसँगै सुरु भएको लकडाउनमा सक्रिय रहे बलिउड अभिनेता सोनु सुद। उनले प्रवासी मजदुर लागि सहयोग पुर्याए। पैदल हिँडेर घर फर्किरहेकाहरूलाई प्लेन, बस र रेलमार्फत् पठाउने, रासन वितरणदेखि अलपत्र परेकाहरूको उद्धार गरे। देशमा मात्र नभएर विदेशमा अल्झिएका भारतीय विद्यार्थीलाई समेत देश फर्काए। अब सुदले शिक्षा क्षेत्रमा सहयोग पुर्याउने भएका छन्। स्कूल, कलेजका विद्यार्थी भर्चुल क्लासमार्फत पढिरहेका छन्। तर,…
काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा गरेका लापरबाही उपर छानबिन गर्न माग गरेका छन्। भ्रष्टाचार काण्डमा छानबिन गरेर दोषीउपर कारबाही गर्न अख्तियार चुकेको भन्दै पौडेलले देशमा भइरहेका ब्रम्हलुट रोक्ने काममा अख्तियारको ढिलासुस्ती र लापरबाही चर्चामा रहेको समेत आरोप लगाएका छन्। आयल निगमको जग्गा खरिद् प्रक्रियामा भएको अनियमितताको विषय तामेलीमा राखेको खबर सार्वजनिक भएपछि नेता पौडेलले विज्ञप्ति जारी गर्दै…
इजराइल र खाडी देश बहराइनले कुटनीतिक सम्बन्ध सामान्य बनाउन ऐतिहासिक समझौता गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त शान्ति सम्झौता बारे घोषणा गरे। यसअघि यूनाइटेड अरब एमिरेट्सले इजराइलसँग शान्ति सम्झौता गरेको थियो। राष्ट्रपतिले ट्वीटरमा लेखेका छन्,’बहराइन ३० दिनको अन्तरालमा इजराइलसँग शान्ति सम्झौता गर्ने दोस्रो अरब देश हो।‘ Another HISTORIC breakthrough today! Our two GREAT friends Israel and the Kingdom of…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा साढे दुई महिनादेखि देखिएको अन्तर्विरोध लगभग सकिएको छ। आन्तरिक विवादपछि अलमलिएको स्थायी समिति बैठक साढे दुई महिनापछि टुंगिएको छ। प्रधानमन्त्रीको राजीनामा मागबाट उत्कर्षमा पुगेको विवाद अध्यक्षद्वयको कार्यविभाजनमा सकिएको छ। केही पदीय भागबन्डा र शक्ति सन्तुलनबाट आवरणमा विवाद सकिएको छ। स्थायी समितिमा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्वयको सहमतिमा असतुष्टि पनि जनाएका छन्। असार १० गतेदेखि…
विराटनगर : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सुनसरीको रामधुनी-५ झुम्काका ४३ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रवार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। शुक्रवार नै प्रतिष्ठानको ल्याबमा उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। रिपोर्ट पोजिटिभ आएपछि उनलाई जिल्ला अस्पताल सुनसरीबाट शुक्रवार नै रिफर गरिएको थियो। उनी विगत १ वर्षदेखि…
अन्तर्राष्ट्रिय टिभी रियालिटी सो ‘हु वान्ट्स टु बि अ मिलिनियर?’ को १४ वर्षको इतिहासमा पहिलो पटक १० लाख पाउन्ड विजेता बनेका छन् डोनाल्ड फियर। ५७ वर्षीय डोनाल्डले उक्त पुरस्कार राशी जितेका हुन्। डोनाल्डले जेरेमी क्लार्कसनले सोधेका थिए : ‘सन् १७१८ मा भएको ब्याटल अफ त कोस्टमा कुन समुद्री डाकुको निधन भएको थियो?’ १५ औं प्रश्नमा ‘फिफ्टी फिफ्टी” लाइफ लाइन प्रयोग…
विराटनगरः विराटनगरस्थित कोशी अस्पताल कोभिड उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ग्रामथान गाउँपालिका की ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देलले जानकारी दिए। सिग्देलका अनुसार ती महिला उपचारका लागि बिहीबार कोशी अस्पतालमा भर्ना भएकी थिइन्। बिहीबार नै स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएपछि थप उपचारका लागि कोभिड…
काठमाडौँः भक्तपुरमा एक घरभित्र तीन जनाको शव फेला परेको छ। मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको हो। साँझ करिब ५ बजेतिर घरभित्र तीन जना मृत अवस्थामा देखेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए। साढे तीन तलाको घरभित्र प्रत्येक तलामा रहेको कोठामा श्रीमान-श्रीमती र उनीहरुको छोराको शव फेला परेको थियो। घरमा…
अफगान सरकार र तालिबानबीच पहिलो शान्ति वार्ता हुने भएको छ। तोकिएभन्दा महिनौ पछाडि शनिवार कतारमा वार्ता सुरु हुन लागेको छ। उक्त वार्ता फेब्रुअरीमा अमेरिकी-तालिबानबीच सुरक्षा सम्झौता भएपछि हुने भनिएको थियो। तर, तालिवानी समूहका केही बन्दी कैदमा रहेको विवादका कारण वार्ता रोकिएको थियो। बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले उक्त शान्ति वार्ता उद्घाटन गर्दैछन्। त्यसैले यस बैठकलाई ऐतिहासिक भनिएको छ। बैठकका लागि…
काठमाडौं : कोरोना भाइरसका कारण चितवनमा एक ६१ वर्षीय वृद्धको मृत्यु भएको छ। राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रवार साँझ ७ वजे भरतपुर अस्पतालमा मृत्यु भएको हो। गत बुधवार कोरोना संक्रमण पुष्टि भएका उनमा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीवार आइसीयूमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर समेत उपचार…
काठमाडौँः उच्च अदालत जनकपुरको वीरगंज इजलासले अर्चुअल माध्यमबाट अभियुक्तको म्याद थप गर्ने कार्यको थालनी गरेको छ। कोरोना जोखिमका कारण अदालतमा भीड कम गर्ने रणनीति अनुसार यसअघि नै मातहतका अदालतलाई सर्वोच्चले म्याद थपमा वैकल्पिक विधि प्रयोग गर्न निर्देशन दिएको थियो। वीरगंज इजलासले शुक्रबार राजस्व चुहावट अभियोगका दुई अभियुक्तको अर्चुअल माध्यमबाट म्याद थप गरेको हो। न्यायाधीशद्वय डिल्लीराज आचार्य र कृष्णबहादुर थापाको संयक्त इजलासले…
काठमाडौं : गुल्मीको धुर्कोट गाउँपालिकाले कृषकका विभिन्न कृषि उपजहरुको संकलनका लागि मूल्य निर्धारण गरेको छ। गाउँपालिका र ‘आर्थिक समृद्धिको लागि ग्रामिण कृषि उद्यमशीलता’ बुटवलबीच भएको सम्झौता अनुसार ग्रामिण किसानहरुद्वारा उत्पादित कृषि उपजहरु तोकिएको दरमा संकलन गरी संस्थाले खरिद गर्ने बताइएको छ। गाउँपालिका भित्रका इच्छुक किसान, कृषि समूह, कृषि फर्महरुबाट कृषि विकाश शाखाले तोकेको ठाउँमा कृषि उपज संकलन गर्न सक्ने गाउँपालिकाले सूचना…
काठमाडौं : विदेशबाट फर्किएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट दिइने सवारी अनुमति पत्र (पास) किर्ते गरी ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोर्खा आरुघाट गाउँपालिका वडा नम्बर १० घर भई हाल काठमाडौंको कपुरधारा बस्ने २७ वर्षीय विश्वप्रकाश अधिकारी रहेका छन्। विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले उनलाई टोखा नगरपालिका वडा नम्बर ७ तिलिंगेटारबाट पक्राउ गरेको…
काठमाडौं : पछिल्लो २४ घण्टामा ४६ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। हालसम्म सबैभन्दा धेरै पछिल्लो २४ घण्टामा संक्रमित पहिचान भएका हुन्। २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ७०१ परीक्षणका क्रममा ४६३ महिला र ९९१ पुरुष गरी १ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमण पुष्टि…
बलिउड संगीतकर्मी एआर रहमानलाई आयकर विभागले कर छलीको आरोप लागाएको छ। विभागले मद्रास उच्च अदालतमार्फत् रहमानलाई पत्र समेत पठाएको हो। संगीतकर्मीले कमाइको ३ करोड ४७ लाख आफ्नै सहयोगार्थ कोषमा पठाएर आयकर छलेको विभागको आरोप छ। टाइम्स अफ इन्डियाले जनाएअनुसार आयकरको आइटी विभागले रहमानको सन् २०११ र २०१२ को कर दाखिला शंकास्पद् पाएको थियो। विभागका अनुसार उनले बेलायती टेलिकम कम्पनी, लिब्रा…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मार्क सिट’ विद्यार्थीका लागि प्रेसर सिट र अभिभावकका लागि प्रेस्टिज सिट बनेको भन्दै यसलाई हटाउनु पर्ने बताएका छन्। आज २१ औं शताब्दीको शिक्षा विषयमा भारतका शिक्षकहरुसँग भर्चुअल कुराकानी गर्दै मोदीले नयाँ शिक्षा नीति भारतको नयाँ आशा र आवश्यकताको पूर्तिको माध्यम भएको भन्दै पछिल्ला वर्षहरुमा धेरै मेहनत गरिरहेको बताए। ‘विद्यार्थीहरुका लागि मार्कसिट प्रेसरसिट र परिवारका लागि प्रेस्टिज सिट…