PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • कोभिड-१९ अपडेट: ५३ जिल्लामा थपिए १२४६ संक्रमित, काठमाडौं जिल्लामा मात्र ४० प्रतिशत

    कोभिड-१९ अपडेट: ५३ जिल्लामा थपिए १२४६ संक्रमित, काठमाडौं जिल्लामा मात्र ४० प्रतिशत

    काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ५३ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालाबाट भएको ११ हजार १४४ नमुना परीक्षणका क्रममा ४०२ महिला र ८४६ पुरुष गरी एक हजार २४६ जना संक्रमित पहिचान भएका हुन्। योसँगै नेपालमा संक्रमित संख्या ५० हजार नाघेको छ। नेपालमा हालसम्म ५० हजार ४ सय ६५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…

    विस्तृतमा पढ्नुस्

  • ह्यान्डबल संघले गरायो १ सय १९ जनाको कोरोना बीमा

    ह्यान्डबल संघले गरायो १ सय १९ जनाको कोरोना बीमा

    काठमाडौं: नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरि १ सय १९ जनाको कोरोना बीमा गराएको छ। विश्वमा महामारीको रुपमा कोरोना फैलिए सँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना बीमा गराएको हो। अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आई.एच.एफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना विमा गरिएको संघका महासचिब सन्देश रेग्मीले जानकारी दिए। ‘हामीले पहिलो…

    विस्तृतमा पढ्नुस्

  • रेमडिसिभिर थेरापीबाट उपचार गराइरहेका कोभिड-१९ को संक्रमितको मृत्यु

    रेमडिसिभिर थेरापीबाट उपचार गराइरहेका कोभिड-१९ को संक्रमितको मृत्यु

    काठमाडौं : चितवनमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ६२ वर्षका एक पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। अस्पतालमा १८ गते स्वासप्रस्वास सम्बन्धि जटिल समस्या भई भाइरल निमोनिया तथा एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडएस) को अवस्थामा भर्ना भएको र उनमा २२ गते कोभिड-१९ को…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट खेलाडीहरुले पाए २०१९ को तलब, हरेकलाई सेन्ट्रल कन्ट्रयाक्टमा दश हजार बढी

    नेपाली क्रिकेट खेलाडीहरुले पाए २०१९ को तलब, हरेकलाई सेन्ट्रल कन्ट्रयाक्टमा दश हजार बढी

    काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट खेलाडीहरुलाई सन् २०१९ को तलब पठाएको छ। क्यानका अनुसार सेन्ट्रल कन्ट्रयाक्टमा भएको भन्दा खेलाडीहरुले १० हजार बढी तलब पाएका हुन्। यसअघि अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले खेलाडीको सूचि मागेपछि क्यानले खेलाडीको विवरण पठाएको थियो। यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा पनि खेलाडीको पारिश्रमिक आइसीसीले नै उपलब्ध गराउँदै आएको थियो। २०१८ मा आइसीसीले दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकूद…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालको नयाँ भवनका लागि लिपनीविर्ताबासी जग्गा दिन सहमत

    नारायणी अस्पतालको नयाँ भवनका लागि लिपनीविर्ताबासी जग्गा दिन सहमत

    वीरगंज : नारायणी अस्पताल वीरगंजको स्तरोन्तीको लागि अर्को भवन निर्माण कार्यको लागि वीरगंज–२१ लिपनीतिर्वाका जनता सहमत भएका छन्। वीरगंजको छपकैयामा ४ विगाहा क्षेत्रफलमा अवस्थित नारायणी अस्पतालको संरचनाले अगामी दिनमा सेवा तथा कामलाई धान्न नसक्ने देखिएपछि अस्पताल विकास समितिले वीरगंजमै अर्को ठाउँमा करिब ५ विगाहा भन्दा बढि जग्गाको खोजी गरिरहेको छ। सोही अनुरुप वीरगंज, लिपनीविर्ताको विपश्यना ध्यान केन्द्र परवानीपुरको दक्षिणमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल २०२० को 'एन्थम'लाई चोरीको आरोप, र्‍यापरले मागे क्रेडिट

    आइपीएल २०२० को 'एन्थम'लाई चोरीको आरोप, र्‍यापरले मागे क्रेडिट

    इण्डियन प्रिमियर लिग (आइपीएल) को २०२० सिजनको एन्थमलाई चोरीको आरोप लागेको छ। उसै पनि यसपटक कोरोनाका कारण ‘न्यु नर्मल’ मा हुन लागिरहेको आइपीएल चर्चा र विवादमा छ। कहिले स्थगित हुने, कहिले नयाँ मिति तोक्ने, टाइटल स्पोन्सरको विवाददेखि सम्पूर्ण खेल युएईमा हुने र बायो बबल बनाउनेलगायतका विषयमा आइपीएल चर्चामा छ। Hey guys, @IPL has plagiarised my song “Dekh Kaun Aaya Waapas”…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा खुकुलो भएपछिको काठमाडौं (भिडियो)

    निषेधाज्ञा खुकुलो भएपछिको काठमाडौं (भिडियो)

    काठमाडौं : सरकारले तेस्रो पटकसम्म थप गरेको निषेधाज्ञा बिहीवारदेखि खुकुलो भएको छ। व्यापार व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाएपछि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। निजी तथा सार्वजनिक यातायत जोरबिजोर नम्बरका आधारमा चल्ने मापदण्ड तय भएको छ। बिहान सडकमा सार्वजनिक यातायात कमै देखिए पनि निजी सवारीको चाप बढेको छ। जोरबिजोर भनिए पनि रिङरोड क्षेत्रमा बाइक तथा निजी सवारीको चाप देखियो। आज बिजोर दिन…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका सडकमा भिड, यात्रु कम भए पनि गुडे बस

    उपत्यकाका सडकमा भिड, यात्रु कम भए पनि गुडे बस

    काठमाडौं : भदौ ३ गतेदेखि काठमाडौं उपत्यकाभित्र रोक लगाइएका निजी तथा सार्वजनिक सवारी साधन आजबाट सडकमा गुड्न थालेका छन्। सवारी सडकमा गुडेपछि चाप बढेको छ। तर, सार्वजनिक  सवारीमा भने यात्रुको चाप कम देखिन्छ। निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोर बिजोर प्रणाली अन्तर्गत चल्न पाउनेछन्। जोर नम्बर प्लेट भएका सवारीले जोर गतेका दिन र बिजोर नम्बर प्लेट भएका सवारीले बिजोर…

    विस्तृतमा पढ्नुस्

  • एसिड आक्रमणका पीडितसँग छलफल गर्दै प्रधानमन्त्री ओली

    एसिड आक्रमणका पीडितसँग छलफल गर्दै प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका पीडितहरुसँग छलफल गर्दैछन्। अहिले ११ बजेका लागि छलफल गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। ‘उपलब्ध हुने जति पीडितलाई बोलाइएको छ, थापाले भने। प्रधानमन्त्री ओलीले गत भदौ १६ गते एसिड आक्रमणमा परेकी वीरगंजकी मुस्कान खातुनसँग भेट गरेका थिए। मुस्कानसँगै बालुवाटार पुगेका अभियन्ताहरुले एसिड आक्रमणका दोषी उम्किन नदिन पहल…

    विस्तृतमा पढ्नुस्

  • कंगना रनौतमाथि महाराष्ट्र सरकारको अर्को एक्सन

    कंगना रनौतमाथि महाराष्ट्र सरकारको अर्को एक्सन

    बलिउड अभिनेत्री कंगना रनौतको घरमा डोजर लगाएको महाराष्ट्र सरकारले उनीमाथि अर्को एक्सन लिएको छ। सुशान्तसिंह राजपुत प्रकरणमा कंगना र शिवसेनाबीच आरोपप्रत्यारोप चलिरहेका बेला शिवसेनाका अध्यक्ष उद्धव ठाकरेको नेतृत्वमा रहेको महाराष्ट्र सरकारले कंगनाको ड्रग्स कनेक्सनबारे जाँच सुरु गरेको हो। यसअघि महाराष्ट्र सरकारले बृहन्मुम्बई महानगरपालिकामार्फत कंगनाको घर रहेको भवनमा डोजर चलाएको थियो। बीएमसीले उक्त भवनको तल्लो तलाको शौचालय, पेटी, क्याबिन, पूजा कोठालगायत…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राजदूतको ट्विटरबाट अश्लिल भिडियोमा फेव !

    चिनियाँ राजदूतको ट्विटरबाट अश्लिल भिडियोमा फेव !

    राजदूतको अफिसियल ह्यान्डलबाट पोर्नोग्राफिक क्लिपमा 'लाइक' भएको विषयलाई लिएर बेलायतमा रहेको चिनियाँ दूतावासले ट्विटरलाई गहन अनुसन्धान गर्न भनेको छ। अश्लिल सामग्रीमात्र होइन राजदूत लिउ साओमिङको ट्विटर ह्यान्डलबाट चिनियाँ कम्युनिस्ट पार्टीको आलोचना गरिएका सामग्रीमा पनि 'फेभ' गरिएको भेटिएको छ। अधिकारीहरुले चीन विरवधी तत्वले नियोजित रुपमा राजदूत लिउको ट्विटर अकाउन्डमाथि आक्रमण गरेको आरोप लगाएका छन्। यसैलाई लिएर दूतावासले ट्विरलाई अनुसन्धानका लागि भनेको…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा किशोरीलाई भारत लैजाँदै गर्दा ६ जना समातिए

    मध्यरातमा किशोरीलाई भारत लैजाँदै गर्दा ६ जना समातिए

    रौतहट : नेपाली एक किशोरीलाई ललाइ फकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो। बीआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरी सहित सात जना भारततर्फ गइरहेका…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्‍याएर बन्धक बनाउने दुई जना समातिए

    अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्‍याएर बन्धक बनाउने दुई जना समातिए

    काठमाडौं : मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले ललितपुर उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३२ वर्षीय रवि भन्ने रिकेश महर्जन र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नम्बर ९ बस्ने २२ वर्षीया कमला लामालाई पक्राउ गरेको हो। उनीहरुले २०७६ साउन दुई महिलालाई अमेरिका लैजाने भनी काठमाडौंबाट मलेसिया हुँदै फिलिपिन्सको मनिलासम्म लगेर शरीरिक तथा मानसिक यातना…

    विस्तृतमा पढ्नुस्

  • शरणार्थी शिविरमा आगोको प्रभाव : ७० प्रतिशत थिए अफगानी, ७० नै देशका नागरिक छतविहीन

    शरणार्थी शिविरमा आगोको प्रभाव : ७० प्रतिशत थिए अफगानी, ७० नै देशका नागरिक छतविहीन

    ग्रिस यतिखेर आगलागीका कारण प्रभावित भएका हजारौं आप्रवासीको लागि छतको व्यवस्था गर्न जुटेको छ। लेसबोस टापुमा क्षमताभन्दा बढीको बसोबास रहेको क्याम्प आगोले ध्वस्त भएको छ। मोरिया क्याम्पमा एक्कासी आगो लागेपछि उनीहरुको लागि बसोबासको व्यवस्था मिलाउन कठिन भइरहेको छ। ग्रिक अधिकारीका अनुसार क्याम्पमा १३ हजार आप्रवासी बसोबास गर्थे। उनीहरुलाई अस्थायी रुपमा नजिकै रहेका पानि जहाजमा राखिएको छ भने केहीलाई एथेन्सबाट मगाइएको…

    विस्तृतमा पढ्नुस्

  • नझुक्किनु होला, कायमै छ पुरानो नियम : क्यालेन्डर हेर्ने, सवारी चलाउने

    नझुक्किनु होला, कायमै छ पुरानो नियम : क्यालेन्डर हेर्ने, सवारी चलाउने

    काठमाडौं : निषेधाज्ञाका कारण भदौ ३ गतेदेखि काठमाडौं उपत्यकाभित्र रोक लगाइएका निजी तथा सार्वजनिक सवारी साधन आज (बिहीवार)बाट सडकमा गुड्न पाउने भएका छन्। तर, यसरी गुड्ने निजी तथा सार्वजनिक सवारी साधनमा शर्त भने लागू गरिएको छ। निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोर बिजोर प्रणाली अन्तर्गत चल्न पाउनेछन्। जोर नम्बर प्लेट भएका सवारीले जोर गतेका दिन र बिजोर नम्बर प्लेट भएका सवारीले बिजोर गतेका…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा दुई बालकसहित थप ४९ जनामा कोभिड १९ संक्रमण, प्रहरीदेखि नर्ससम्म थपिए

    गण्डकी प्रदेशमा दुई बालकसहित थप ४९ जनामा कोभिड १९ संक्रमण, प्रहरीदेखि नर्ससम्म थपिए

    काठमाडौं : गण्डकी प्रदेशमा थप ४९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। गण्डकी प्रदेशका कास्की, बाग्लुङ, तनहुँ, स्याङजा, नवलपरासी र पर्वत जिल्लामा कोभिड संक्रमित थपिएका हुन्। सबैभन्दा धेरै कास्की जिल्लाको पोखरा महानगरपालिकामा १९ जना संक्रमित थपिएका हुन्। बाग्लुङमा ९, तनहँमा ३, स्याङ्जामा १२, पर्वतमा १ र  नवलपरासीमा ५ जना संक्रमित थपिएका हुन्। नवलपरासीमा थपिएका दुई जना भने २ वर्षीय र ४…

    विस्तृतमा पढ्नुस्

  • ३ सय  १९ नमुना परीक्षण गर्दा १४ जनामा कोभिड-१९

    ३ सय  १९ नमुना परीक्षण गर्दा १४ जनामा कोभिड-१९

    काठमाडौं : चितवनमा थप १४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ। बुधवार रातिसम्म भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा भएको परीक्षणमा थप १४ जनामा पोजेटिभ देखिएको हो। बुधवार रातिसम्म थप ३ सय १९ नमुना परीक्षण भएको थियो। यसरी संक्रमित देखिनेमा भरतपुर महानगरपालिका १३ जना र रत्ननगर नगरपालिकाका १ जना रहेका छन्। संक्रमितमध्ये ७ जना महिला रहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • ९ लाख जनाको ज्यान लिइसक्यो कोभिड-१९ ले

    ९ लाख जनाको ज्यान लिइसक्यो कोभिड-१९ ले

    विश्वव्यापी रुपमा कोभिड-१९ बाट मृत्यु हुने मानिसको संख्या ९ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार आज बिहानसम्म मृत्यु हुने संक्रमितको संख्या ९ लाख २ सय ३९ पुगेको हो। सबैभन्दा धेरै संक्रमित रहेको मुलुक अमेरिकामा मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै छ। विश्वविद्यालयको तथ्याङ्क अनुसार त्यहाँ मृत्यु हुने संक्रमितको संख्या १ लाख ९० हजार ७ सय ६३ दर्ता…

    विस्तृतमा पढ्नुस्

  • दैनिक एक लाख संक्रमितको नजिक भारत

    दैनिक एक लाख संक्रमितको नजिक भारत

    नयाँ दिल्ली : बुधवार भारतमा थप ९५ हजार ९ सय ५० जना कोभिड १९ का संक्रमित पहिचान भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतका राज्यहरुबाट हिन्दुस्तान टाइम्सले संकलन गरेको तथ्याङ्कका अनुसार भारत हरेक दिन १ लाख संक्रमित पहिचान हुने मुखैमा छ। अमेरिकामा सबैभन्दा धेरै संख्यामा संक्रमित पहिचान हुँदा त्यो ८० हजारभन्दा तल नै थियो। तर, भारतले सबै रेकर्ड तोडिसकेको छ। ब्राजिललाई…

    विस्तृतमा पढ्नुस्

  • लचिलो निषेधाज्ञाको आज पहिलो दिन : शैक्षिक संस्था ठप्पै, व्यापार-व्यवसायलाई राहत

    लचिलो निषेधाज्ञाको आज पहिलो दिन : शैक्षिक संस्था ठप्पै, व्यापार-व्यवसायलाई राहत

    काठमाडौं : लामो समयको लकडाउन र त्यसपछि जारी निषेधाज्ञाले असहज अवस्था भोगिरहेका उपत्यकाका सर्वसाधारणले आजबाट केही खुकुलो महसुस गर्न पाउँदैछन्। उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुपलाई केही लचिलो बनाएका छन्। आजदेखि लागू भएको यस चरणको निषेधाज्ञा भदौ ३१ गतेसम्म जारी रहने छ। निषेधाज्ञाका कारण करिब सुनसान रहेको सडकमा आजदेखि चहलपहल बाक्लो हुनेछ। यद्यपि जोर विजोर प्रणाली लागू भएकाले सडकमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell