काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अन्तिम रुप दिएका छन्। कार्यदलको प्रतिवेदनलाई परिमार्जन गरी २६ गतेका लागि तय भएको स्थायी कमिटी बैठकमा प्रस्ताव प्रस्तुत गर्ने तयारी छ। उक्त प्रस्ताव बुधबार स्थायी कमिटी सदस्यहरुलाई इमेलमार्फत् पठाइएको छ। २६ गतेको बैठकमा सुझाव दिन सक्नेगरि स्थायी कमिटी सदस्यहरुलाई पठाइएको हो। १५…
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ महामारीका कारण स्वास्थ्य प्रणाली र स्रोतमा अत्याधिक दबाब सिर्जना भएको बताएका छन्। विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समिति (दक्षिणपूर्वी एसिया) को ७३ औँ बैठकलाई सम्बोधन गर्दै ढकालले विश्वभर संक्रमितको संख्या बढ्दै गएका कारण सीमित स्रोत र साधनबाट काम गर्नु परेको बताए। ‘परीक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर सुदृढ गर्दा पनि बढ्दो संक्रमितहरूको…
काठमाडौँः जनजीवन कष्टकर बन्दै गएपछि स्थानीय प्रशासनले जारी निषेधाज्ञाको स्वरुप बदलेको छ। कोरोना जोखिम न्यूनीकरणका लागि भदौ ३ गते रातिदेखि उपत्यकामा निषेधाज्ञा जारी छ। स्थानीय प्रशासनहरुले निषेधाज्ञा भने भदौ ३१ गतेसम्म नै निरन्तरता दिएका छन्। तर, हालको स्वरुपमा निकै बदलिएको छ। के गर्न पाइन्छ? उपत्यकामा अब सवारी जोरबिजोरमा आधारित भएर सञ्चालनमा आउने छन्। १६ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन स्वास्थ्य…
काठमाडौँः प्रधान सेनापति पूर्णचन्द्र थापाले कोभिड १९ का लागि स्वास्थ्य सामाग्री खरिद् प्रक्रियाको विषयमा सैनिक मुख्यालय र विभागीय मन्त्रालयबीच कुनै मतभेद नरहेको प्रस्ट्याएका छन्। थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सरकारबाट प्राप्त म्यान्डेट अनुसार नै प्रक्रियागत रूपमा स्वास्थ्य सामाग्री खरिद् भएको जनाएका छन्। ‘जंगी अड्डा र रक्षा मन्त्रालयको बीचमा कुनै पनि ग्याप छैन भन्ने विषयमा प्रस्ट हुन म अनुरोध गर्दछु,’ कार्यकालको…
विराटनगर : विराटनगरको लर्ड बुद्ध कलेजले कक्षा ११ मा पढ्ने २ सय विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने आह्वान गरेको छ। न्यूरो हस्पिटलद्वारा सञ्चालित सो कलेजले चालु शैक्षिक सत्रमा शत प्रतिशत छात्रवृत्तिसहित २ सय विद्यार्थीलाई पढाउने कलेजका प्रबन्ध निर्देक राजेश भट्टराईले जानकारी दिए। छात्रवृत्तिको स्किमका लागि विद्यार्थीले एसईईमा ३ दशमलव ८५ वा सो भन्दामाथि जीपीएसहित उत्तीर्ण भएको हुनुपर्ने कलेजका प्रधानाध्यापक सरोज भट्टराईले…
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन्। आज मन्त्रालयमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग संयुक्त बैठकमा मन्त्री भट्टराईले भने, ‘आन्तरिकतर्फ दुईवटा मात्र टुइनटर जहाज भएको र त्ससले माग धान्न…
काठमाडौं : भदौ ३ गतेदेखि काठमाडौं उपत्यकाभित्र जारी भएको निषेधाज्ञा खुकुलो बनाइएको छ। पछिल्लो समय थप भएको निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिँदैछ। तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरु मंगलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्शपछि बुधवार निषेधाज्ञालाई खुकुलो बनाउने निर्णयमा पुगेका हुन्। ‘निर्णय भइसकेको छ। केही समयमा के केमा निषेध र फूकुवा हो सार्वजनिक गर्छौँ,’ जिल्ला प्रशासन कार्यालय…
काठमाडौं : बुधवार ६ जनाको कोभिड-१९ कारण मृत्यु भएको छ। ३ महिला र ३ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ३ सय १२ जनाको संक्रमणका कारण निधन भएको छ। कहाँ कहाँ भयो मृत्यु? बुधवार काठमाडौंका ८३ वर्षका महिला र ६७ वर्षका पुरुषको निधन भएको छ। यस्तै कास्कीमा ७३ वर्षीया महिलाको पनि संक्रमणका कारण मृत्यु भएको छ।…
काठमाडौं : पछिल्लो २४ घण्टामा ५१ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको ११ हजार १६७ नमुना परीक्षणका क्रममा ३३८ महिला र ७४३ पुरुषमा कोभिड -१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या ४९ हजार २९९ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित संख्या १५ हजार २५ रहेको…
बृहन्मुम्बई महानगरपालिकाले कंगना रनौतको घर रहेको भवनमा डोजर चलायो। बीएमसीले उक्त भवनको तल्लो तलाको शौचालय, पेटी, क्याबिन, पूजा कोठालगायत भाग अवैध ढंगले बनाएको भन्दै ती संरचना भत्काएको हो। कंगनाले यस कार्यलाई 'प्रजातन्त्रको मृत्यु' भएको बताएकी छिन्। जसबारे श्रृंखलावद्ध ट्वीट समेत गरिरहेकी छिन्। आफ्नो घरको कुनै पनि संरचना अवैध वा गैरकानूनी नभएको दाबी गररहेकी छिन्। यसैबीच उनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव बाल ठाकरेलाई सार्वजनिक चुनौती…
काठमाडौं : बुधवार १ हजार ८१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार १ सय ६७ जनाको पीसीआर गर्दा १ हजार ८१ जनालाई संक्रमण देखिएको जनाएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या १५ हजार २५ र जम्मा संक्रमित संख्या ४९ हजार २ सय १९ छ। आज ६ जनाको निधन भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। जम्मा मृतक संख्या…
काठमाडौं : काठमाडौंकी ८३ वर्षीया महिलाको मेघा अस्पतालमा निधन भएको छ। भदौ २० गते अस्पताल भर्ना भएकी कोभिड १९ संक्रमित महिलाका आज विहान निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
२०१९ मा विश्वमा पाँच वर्ष मुनिका बालबालिकाहरुको मृत्यु ५.२ मिलियनमा झरेको छ। यद्यपि कोभिड-१९ पान्डेमिकका कारण बाल तथा मातृ स्वास्थ्य सेवामा आएको अवरोधका कारण लाखौँ जीवन जोखिममा पारेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले जनाएको छ। युनिसेफ र डब्लुएचओ, संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागको जनसंख्या शाखा र विश्व बैंक समूहले जारी गरेको मृत्युदर अनुमानमा सन् २०१९ मा विश्वब्यापी पाँच वर्षमुनिको मृत्युदर…
सन् १९९० को दशकमा बलिउडमा प्रेमकथामा आधारित फिल्मको दबदबा थियो। बाजिगर, हम आपके हे कौन?, दिल वाले दुल्हनिया ले जायेंगे, आशिकीजस्ता सरल 'रोमान्टिक' मुभीको ट्रेन्ड ब्रेक गर्यो फिल्म 'रंगिला'ले। त्यस समय 'टपोरी लभ स्टोरी' बनाउने जोखिम मोलेका थिए निर्देशक रामगोपाल वर्माले। जसको दोस्रो हिन्दी फिल्म थियो यो। रंगिला एक मध्यमवर्गीय युवती मिलीको कथा हो। जो आफ्ना योजना र सपनाहरू पूरा…
बलिउड अभिनेत्री कंगना रनौत मुम्बई आउँदा विमानस्थलमा हंगामा भएको छ। शिवसेना र करणी सेनाका कार्यकर्ताले प्लेकार्डसहित नाराबाजी गरेका छन्। प्रहरीले भीड तितरवितर पारेको छ। कंगना हिमाञ्चलबाट चण्डीगढ हुँदै बुधवार दिउँसो मुम्बई विमानस्थलमा ओर्लिएकी हुन्। उनी आउने भएपछि शिवसेनाका कार्यकर्ता विरोध प्रदर्शन गर्न विमानस्थल पुगे भने करणी सेना उनको समर्थन तथा सुरक्षामा। दुबै संगठनका कार्यकर्ता मास्क विना कोभिड प्रोटोकल तोड्दै विमानस्थल…
मुलुकमा कोरोना भाइरसको सकस यति धेरै बढेको छ कि संक्रमितको संख्या र मृत्युको रफ्तार चासोभन्दा बाहिर हुन थालेका छन्। मृत्युको भय छ तर क्रमश: मानिसको संवेदना मर्दै गइरहेको छ। कोरोना संक्रमित नेपालीको सुरुतिरका मृत्युले जति मानिसलाई तरङ्गित बनायो, अहिले त्यो अवस्था छैन। दैनिक १० जनाको औसतमा मृत्यु भइरहँदा पनि मानिसहरुलाई चासो हुन छाडेको छ। न मानिसमा कोरोनाको संक्रमणको संख्याले नै…
काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले विपीको पदचिन्ह पहिल्याउने हो भने काँग्रेसको गुट प्रथा हटाउनुपर्ने बताएका छन्। विपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा काँग्रेसले आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले गुट हटाएर एकजुट भएमात्र राम्रो परिणाम आउनसक्ने बताए। 'उहाँको पदचिन्हमा हिँड्ने हो भने काँग्रेस एकजुट हुनपर्छ। गुट हटाउनुपर्छ। १४ औं महाधिवेशनपछि यो समाप्त पार्नुपर्छ। यसो गरेमा हामीलाई कसैले…
भारतीय रियालिटी सो 'कौन बनेगा करोडपति' (केबीसी)को नयाँ संस्करणमा प्रत्यक्ष दर्शक नहुने भएका छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निर्माण युनिटले सेटमा दर्शक जम्मा नगरेको हो। दर्शकलाई सम्बोधन गर्दै कार्यक्रम प्रस्तोता अमिताभ बच्चन भन्थे : 'देवियो और सज्जनों, तालियो की गडगडाहट के साथ स्वागत किजिए...।' यो पटक उनी र प्रतियोगी मात्र पर्दामा देखिने बीबीसी हिन्दीले जनाएको छ। यसका कारण कार्यक्रमको…
सुशान्तसिंह राजपुत मुद्दामा मुख्य आरोपी रिया चक्रवर्तीलाई मंगलवार गिरफ्तार गरेर १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ। नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ड्रग्स सेवन तथा ओसारपसारमा संलग्नता देखिएपछि उनीमाथि थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। रियालाई हिरासतमा राखेर अनुसन्धान भइरहेका बेला बलिउड कलाकार भने रियाको समर्थनमा उत्रिएका छन्। रियालाई न्याय र पितृ सत्तालाई तोडौं भन्ने क्याम्पेनमा कलाकारहरु उत्रिएका हुन्। मंगलवार रियालाई…
वीरगंज : बारा प्रहरीले दुई साताअघि १६५ किलो लागुऔषध गाँजा कारमा छोडेर भाग्ने चालकलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले मंगलवार कोल्हवी ५ सोनाभार टोलमा बस्ने २२ वर्षिय सनी भनिने गौरीशंकर चौधरीलाई पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। गत भदौ १५ गते कोल्हवी नगरपालिका वडा नं ९ श्रीपुरमा विहान साढे ४ बजे सशस्त्र प्रहरीको…