PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • ५ करोड ६७ लाख हिनामिना गरी फरार रहेका एक सहकारीका प्रबन्धक पक्राउ

    ५ करोड ६७ लाख हिनामिना गरी फरार रहेका एक सहकारीका प्रबन्धक पक्राउ

    काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २१ न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार उनलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई सोमवार ललितपुर वडा नम्बर २३ धापाखेलबाट लुकीछिपी बसेको अवस्थामा प्रकाउ गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • नवलपुरका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु

    नवलपुरका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु

    काठमाडौं : नवलपुरको देवचुली नगरपालिका-१ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलवार भरतपुर अस्पतालमा मृत्यु भएको छ। मिर्गौला फेल भई डायलासिस गराइरहेका उनको मंगलवार साँझ ५:३० वजे मृत्यु भएको हो। बुधवार कोरोना संक्रमण पुष्टि भएका उनमा खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार आइसीयूमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर समेत उपचार गरिएको थियो। स्वाथ्यकर्मीको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा कोरोना संक्रमित महिलाको आइसीयूमा उपचारका क्रममा मृत्यु

    पोखरामा कोरोना संक्रमित महिलाको आइसीयूमा उपचारका क्रममा मृत्यु

    काठमाडौं: कास्कीको पोखरामा कोभिड १९ संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १० निवासी ७३ वर्षीया महिलाको मंगलवार अपराह्न मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहायक प्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए। संक्रमित महिलालाई सोमवार मात्रै आइसीयूमा राखेर उपचार भइरहेको थियो। महिलाको निधनसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मर्नेको संख्या…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट: ४६ जिल्लामा थप ९०२ संक्रमित पहिचान, थपिएका मध्ये ३३ प्रतिशत बढी काठमाडौंका  

    कोभिड-१९ अपडेट: ४६ जिल्लामा थप ९०२ संक्रमित पहिचान, थपिएका मध्ये ३३ प्रतिशत बढी काठमाडौंका  

    काठमाडौं :  पछिल्लो २४ घण्टामा ४६ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको १० हजार ६११ नमुना परीक्षणका क्रममा ३०७ महिला र ५९५ पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा प्रदेश १ मा…

    विस्तृतमा पढ्नुस्

  • सुशान्तसिंह राजपुत प्रकरण : रिया चक्रवर्ती पक्राउ

    सुशान्तसिंह राजपुत प्रकरण : रिया चक्रवर्ती पक्राउ

    बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा मुख्य अभियुक्त मानिएकी अभिनेत्री रिया चक्रवर्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले नियन्त्रणमा लिएको छ। ड्रग्स सेवन तथा ओसारपसारमा उनको संलग्नता देखिएपछि एनसीबीले मंगलवार अपराह्न नियन्त्रणमा लिएको हो। ड्रग्स सेवनसहित कैयौ आरोपमा तीन दिनयता उनीमाथि एनसीबीले सोधपुछ पनि गरिरहेको छ। आज रियाले आफूले सुशान्तको दबाबमा गाँजा र केही केमिकल्सहरु सेवन गरेको वयान दिएसँगै उनलाई नियन्त्रणमा लिइएको…

    विस्तृतमा पढ्नुस्

  • ड्रग्स प्रकरणमा नयाँ खुलासा, सुशान्तलाई दोष लगाउँदै रियाले स्वीकारिन् अभियोग

    ड्रग्स प्रकरणमा नयाँ खुलासा, सुशान्तलाई दोष लगाउँदै रियाले स्वीकारिन् अभियोग

    सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणको अनुसन्धान ड्रग्स ओसारपसार तर्फ केन्द्रीत भएको छ। सुरुमा सीबीआईले आत्महत्या हो कि हत्या हो भन्ने विषयमा प्रेमिका रिया चक्रवर्तीमाथि अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा ड्रग्सको कनेक्सन देखिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पनि छानविन अगाडि बढाएको छ। ड्रग्स ओसारपसारमा संलग्नता देखिएपछि मुख्य अभियुक्त रियाका भाई शोविकलाई एनसीबीले नियन्त्रणमा लिइसकेको छ। रियासँग निरन्तर सोधपुछ जारी छ। मंगलवारको…

    विस्तृतमा पढ्नुस्

  • नक्कली प्रेस पास बनाएर बेच्नेलाई प्रहरीले सार्वजनिक गर्‍यो

    नक्कली प्रेस पास बनाएर बेच्नेलाई प्रहरीले सार्वजनिक गर्‍यो

    काठमाडौः प्रहरीले नक्कली प्रेस कार्ड छापेर बिक्री गरेको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बागबजारबाट कालिका प्रिन्टका तीन जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सुस्ता बर्दघाट नगरपालिका वडा नम्बर १३ घर भएका ३५ वर्षीय लक्ष्मण न्यौपाने, बर्दिया राजापुर नगरपालिका वडा नम्बर १० घर भएका २३ वर्षीय श्रीराम खड्का, नवलपुरासी सुस्ता पुर्व कावासोती नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभामा वामदेवलाई सिफारिस नगर्न विवेकशील दलको माग

    राष्ट्रिय सभामा वामदेवलाई सिफारिस नगर्न विवेकशील दलको माग

    काठमाडौं : विवेकशील नेपाली दलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित नगर्न माग गरेको छ। प्रतिनिधिसभाको चुनावमा हारेका उम्मेद्वारलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयप्रति ध्यानाकर्षण भएको सो दलले जनाएको छ। विज्ञप्ति निकाल्दै गौतमलको सिफारिसले राष्ट्रिय सभाको गरिमा घटाउने बताएको हो। 'राष्ट्रिय सभामा दश प्रतिशत भन्दा बढी सदस्यहरू कुनै न कुनै पछिल्लो निर्वाचनमा पराजित पात्रहरू जम्मा हुनुले…

    विस्तृतमा पढ्नुस्

  • कंगनाविरुद्ध देशद्रोहको मुद्दा चलाउन शिवसेनाले दियो उजुरी

    कंगनाविरुद्ध देशद्रोहको मुद्दा चलाउन शिवसेनाले दियो उजुरी

    बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध देशद्रोहको मुद्दा चलाउन माग गर्दै शिवसेनाले प्रहरीमा उजुरी दर्ता गराएको छ। शिवसेनाको आइटी सेलले मुम्बईको ठाणेस्थित श्रीनगर पुलिस स्टेशनमा कंगनाविरुद्ध उजुरी दर्ता गराएको हो। कंगनामाथि मुम्बईको तुलना पाकिस्तान अधिनस्थ कश्मीर (पीओके)सँग तुलना गरेको भन्दै राजद्रोहको मुद्दा चलाउन उजुरीमा माग गरिएको छ। सुशान्तसिंह राजपुत मुद्दामा शिवसेना नेतृत्वको महाराष्ट्र सरकारमाथि कंगनाले लगातार निष्पक्षताको प्रश्न उठाएपछि शिवसेनाका नेता कार्यकर्ताहरु…

    विस्तृतमा पढ्नुस्

  • सीमाको समस्या : नेपालभित्रको धानबालीमा भारतीयले भैंसी चराए, धपाउन गएका नेपाली कुटपिटमा मारिए

    सीमाको समस्या : नेपालभित्रको धानबालीमा भारतीयले भैंसी चराए, धपाउन गएका नेपाली कुटपिटमा मारिए

    काठमाडौं : नेपालको सीमामा भारतीय पक्षसँग रोटीबेटीको मात्र सम्बन्ध छैन। कहिलेकाहीँ हुने विवादले ज्यान समेत लिने गरेको छ। केही दिनअघि नेपालभित्र भारतीय नागरिकले धानबारीमा भैंसी चराएको विवादमा कुटपिट हुँदा एक जना नेपालीको मृत्यु भएको छ। आइतवार सप्तरी डाक्नेश्वरी नगरपालिका ६ कटैयाका ३५ वर्षीय रामदेव यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। के भएको थियो? डाक्नेश्वरी नगरपालिका ६ कटैया दशगजामा ३५ वर्षीय रामदेव…

    विस्तृतमा पढ्नुस्

  • विद्युतीय रेल मार्गको ठेक्का रद्दको यस्तो छ अन्तर्कथा : प्रविधिक कारण भन्दै पछिन्यो विभाग

    विद्युतीय रेल मार्गको ठेक्का रद्दको यस्तो छ अन्तर्कथा : प्रविधिक कारण भन्दै पछिन्यो विभाग

    काठमाडौं : रेल विभागले पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत इनरुवा-काकडभिट्टा खण्डको ट्र्याक बेड बिछ्याउनका लागि निकालेको दुवै ठेक्का रद्द गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयमा तीन साता अल्झिएपछि पनि पुनः ठेक्का प्रक्रिया अघि बढाउने मनस्थितिमा रहेका विभागका अधिकारीहरू स्थगित गरिनुलाई 'प्राविधिक कारण' भनिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हुँदै निर्माण हुने रेलमार्गको ठेक्का सुरूमै विवादित बनेको थियो। विरोध…

    विस्तृतमा पढ्नुस्

  • १० दिनदेखि रिपोर्ट पर्खिँदापर्खिँदै मृत्यु, निधनपछि कोभिड-१९ पुष्टि, संक्रमित छोराले दिए दागबत्ती

    १० दिनदेखि रिपोर्ट पर्खिँदापर्खिँदै मृत्यु, निधनपछि कोभिड-१९ पुष्टि, संक्रमित छोराले दिए दागबत्ती

    काठमाडौं : सोमवार बिहान पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष बनारसी बर्माको मृत्यु भयो। केही समय अघिदेखि सुगर र उच्च रक्तचाप र किड्नीका विरामी रहेका बर्मालाई एक्कासी स्वास्थ्यमा जटिलता आएपछि परिवारले अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भयो। उनका जेठा छोराको पनि १५ दिन अगाडि कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। १३ गते ट्रेसिङ मार्फत् परिवारका सबै सदस्यको स्वाब संकलन गरिएको नेपाल पत्रकार…

    विस्तृतमा पढ्नुस्

  • कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट निधन

    कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट निधन

    साउथ इण्डियन (तेलुगू) फिल्म उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट निधन भएको छ। रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्लामा मंगलवार ७४ वर्षको उमेरमा निधन भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ। जयप्रकाश कमेडी र क्यारेक्टर कलाकारका रुपमा तेलुगू सिनेमामा निकै चर्चित थिए। जयप्रकाश रेड्डीले फिल्म 'ब्रह्मपुत्रुडु' बाट सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका थिए। त्यसअघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर…

    विस्तृतमा पढ्नुस्

  • नेसन्स लिगमा आज राति फ्रान्स र क्रोएसिया भिड्दै, कोरोना संक्रमण भएका एम्बाप्पेले खेल गुमाउने

    नेसन्स लिगमा आज राति फ्रान्स र क्रोएसिया भिड्दै, कोरोना संक्रमण भएका एम्बाप्पेले खेल गुमाउने

    फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले आज राति हुने क्रोएसियाविरुद्धको खेल गुमाउने भएका छन्। सोमवार कोरोना पुष्टी भएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रेन्च स्टाइकर एम्बाप्पेले युइएफए नेसन्स लिग अन्तर्गत क्रोएसियाविरुद्धको खेल गुमाउने भएका हुन्। फ्रेन्च फुटबल फेडेरेसनले सोमबार उनलाई कोरोना संक्रमण भएको बताएको थियो। लगत्तै उनलाई फ्रेन्च टिमबाट आइसोलेट गरेको बताइएको छ। फ्रान्सले आजराति क्रोएसियाविरुद्ध पेरिसमा खेल्दैछ। २१ वर्षे एम्बाप्पे पीएसजीबाट…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पले रोयटर्सका संवाददातालाई भने : मास्क खोल्नुस्

    ट्रम्पले रोयटर्सका संवाददातालाई भने : मास्क खोल्नुस्

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा जारी पत्रकार सम्मेलनकै बीच एक जना पत्रकारको मुखबाट मास्क हटाउन भने पनि पत्रकारले उनको माग स्वीकारेनन्। 'त्यो तपाईँले झिक्नै पर्छ। झिकिहाल्नुस् त,' रोयटर्सका ह्वाइट हाउस संवादलाता जिफ मासनलाई ट्रम्पले निर्देशन दिए। 'तपाईँ म भन्दा कति फिट टाढा हुनुहुन्छ?' प्रश्न गर्दा ट्रम्प चिढिएको प्रष्ट देखिन्थ्यो। कोभिड १९ को संक्रमणबाट बच्नका लागि सामाजिक दुरीबारे व्याख्या गर्दै ट्रम्पले…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा कोभिड १९ को कारण मृत्यु हुनेको सङख्या २०, संक्रमित २ हजार ६ सय

    गण्डकी प्रदेशमा कोभिड १९ को कारण मृत्यु हुनेको सङख्या २०, संक्रमित २ हजार ६ सय

    काठमाडौं: गण्डकी प्रदेशमा कोभिड १९ संक्रमितको सङख्या २ हजार ६ सय १२ पुगेको छ। मंगलवार बिहान थप ११ जनाका संक्रमण पुष्टी भएको हो। भरतपुर अस्पताल चितवन र चितवन मेडिकल कलेज  चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जना संक्रमितहरु थपिएका हुन्। त्यस्तै कास्की जिल्ला  अन्नपुर्ण-१ निवासी ६३ वर्षिया महिलाको भाद्र २१ गते…

    विस्तृतमा पढ्नुस्

  • चर्को आलोचनापछि रेलको ठेक्का भयो रद्ध

    चर्को आलोचनापछि रेलको ठेक्का भयो रद्ध

    काठमाडौं : मुआब्जा लगायतका विषयलाई नसुल्ट्याई १८ वटा कम्पनी सहभागी हुन पाउनेगरी अगाडि बढेको पूर्व पश्चिम रेलमार्गको ठेक्का रद्ध भएको छ। ठेकेदार पोस्ने नियतका काकडभिट्टा-इनरुवा खण्डमा रेल मार्गकका लागि टेन्डर आह्वान भएपछि चर्को आलोचना भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रकृया पूरा नभई ठेक्का अगाडि बढाइएको थियो। आज रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले पत्रिकामा विज्ञापन प्रकाशित गर्दै रेलमार्गको…

    विस्तृतमा पढ्नुस्

  • चीन र भारतबीच फेरि सीमाकै विषयमा तनाव

    चीन र भारतबीच फेरि सीमाकै विषयमा तनाव

    नयाँ दिल्ली : रुसको राजधानी मस्कोमा दुई देशका रक्षामन्त्रीबीच भेट भएको दुई दिनपछि र विदेशमन्त्री स्तरको वार्ताका लागि दुई दिन बाँकी रहँदा भारत र चीनबीच फेरि तनावका दृष्यहरु देखिएका छन्। सोमवार राति चिनियाँ जनमुक्ति सेनाले भारतमाथि गम्भीर आरोप लगाउँदै भनेको छ - अबैध रुपमा पाओ पर्वत हुँदै घुसपैठ भइरहेको छ। 'यी संवेदनशील रुपमा भएका सैनिक उक्सावट हो... असाध्यै खराब प्रकृतिका,'…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्डसमाथि इटलीको संघर्षपूर्ण जित

    नेदरल्याण्डसमाथि इटलीको संघर्षपूर्ण जित

    युइएफए नेसन्स लिग अन्तर्गत गएराति भएको समूह ए को खेलमा नेदरल्याण्डलस् माथि इटलीले संघर्षपूर्ण जित निकालेको छ। एम्स्टरडम एरेना स्टेडियममा भएको खेलमा घरेलु टोलीमाथि इटलीले १-० को संघर्षपूर्ण जित निकालेको हो। इटलीको जितमा निकालो बरेल्लाले निर्णायक गोल गरे। उनले पहिलो हाफको अतिरिक्त समयमा सिरो इमोबाइलको पासमा बरेल्लाले गोल गरेको थिए। त्यस्तै समूह ए कै अर्को खेलमा पोल्याण्ड बोस्निया एण्ड हर्जगोभनियामाथि…

    विस्तृतमा पढ्नुस्

  • भाइरल ‘माइ लर्ड’ भिडियोलाई संगीत दिए अल्मोडाले, सामाजिक सञ्जाल प्रयोगकर्ताले लगाए चोरीको आरोप

    भाइरल ‘माइ लर्ड’ भिडियोलाई संगीत दिए अल्मोडाले, सामाजिक सञ्जाल प्रयोगकर्ताले लगाए चोरीको आरोप

    काठमाडौं : संगीतकार अल्मोडा राना उप्रेतीले बुटवलका धनबहादुर थापा ‘बब्लु’ ले बन्जी जम्प गरेको भिडियोमा संगीत भरे। उक्त भिडियो केही महिना यता सामाजिक सञ्जालमा ‘माइ लर्ड’ क्याप्सनसहित भाइरल भएको थियो। बन्जी गर्दा डराएका उनी ‘भगवान’लाई सम्बोधन गर्दै माइ लर्ड भन्दै चिच्याउँछन्। उक्त भिडियोमा अल्मोडाले बिट थपेका छन् र रियाक्ट पनि गरेका छन्। अल्मोडाको आधिकारिक सञ्जालहरूमा राखिएको भिडियोमा मिश्रित प्रतिक्रिया छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell