काठमाडौं : गण्डकी प्रदेशमा थप ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। कास्कीमा ३१ जना,गोरखामा १८, तनहँमा ३ र नवलपरासी (ब.सु.पू.)मा १५ जनामा कोभिड पोजेटिभ देखिएको हो।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६७ जना संक्रमण देखिएको हो। संक्रमण देखिएका सबै मानि कन्ट्र्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन्। पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३…
युइएफए नेशन्स कप अन्तर्गत गएराति भएको खेलमा समूह डी को खेलमा स्पेनले युक्रेनमाथि फराकिलो जित निकालेको छ। स्पेनको स्टेडियो अलफ्रेडो डी स्टेफानोमा भएको खेलमा स्पेनले ४-० को फराकिलो जित निकालेको हो। स्पेनको जितमा सर्जियो रामोसले दोहोरो गोल गर्दा अंशु फाटी र फेर्रन टोरेसले समान १/१ गोल गरे। फाटीले गोल गरेसँगै ९५ वर्षपुरानो स्पेनको राष्ट्रिय कीर्तिमान तोडिदैँ सबैभन्दा कम उमेरमा गोल…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बहुदलीय जनवाद (जबज) वा प्रचण्ड पथ दुवैका पक्षमा कुरा गर्नु पार्टी एकताको स्पिरिटविरुद्ध हुने बताएका छन्। आफू जबजको विरोधी नभएको बताउँदै प्रचण्ड दुवै सिद्धान्तमा आधारित भई समाजवादमा आधारित सिद्धान्त अवलम्वन हुने पनि बताए। जनता टेलिभिजनसँगको अन्तर्वार्तामा प्रचण्डले आफूले जबज मानेको भन्ने कतिपयमा भ्रम रहेको बताए। उनले भने, ‘मैले २१…
जनकपुरधाम : जनकपुर विकास समितिका अध्यक्ष जितेन्द्र पासवानले पछिल्लो समय प्रदेश २ मा बढ्दै गइरहेको दलितमाथिको अत्याचारप्रति सरकार गम्भीर नबनेको आरोप लगाएका छन्। कुनै पनि सरकार दलितहरुको अधिकारप्रति गम्भीर नहुँदा अत्याचार बढेको पासवानको आरोप छ। उनले दलितहरुलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरिदै आएको भन्दै कुनै पनि सरकारले दलितहरुको जीवनस्तर उकास्न नसकेकोप्रति आक्रोश व्यक्त गरे। उनले भने, ‘हामी अब सहन…
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नयाँ घर खोज्न थालेको बताएका छन्। ललितपुरको खुमलटारमा शारदा अधिकारीको घरमा भाडामा बस्दै आएका प्रचण्डको नाम घरबेटीसँग जोडिँदै आएको छ। ठेकेदार घरबेटीका हरेक काममा प्रचण्ड जोडिने गरेका छन्। तर ती काममा आफ्नो कुनै साइनो नभएको प्रचण्डको दाबी छ। जनता टेलिभिजनसँगको कुराकानीमा प्रचण्डले घरबेटीले गर्ने कामबारे आफूलाई थाहा नहुने भन्दै…
बलीवुड अभिनेत्री कंगना रनौत र शिवसेना नेता तथा राज्य सभा सांसद संजय राउत बीच विवाद चर्कदो छ। संजयले आफूविरुद्ध टिभी च्यानलमार्फत् आपत्तिजनक शब्द प्रयोग गरेको आरोप कंगनाको छ। उनले ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै संजयलाई जवाफ दिएकी छिन्। संजयले आफूमाथि शोषण गरेको र आफू उनलाई माफ नगर्ने बताएकी छिन्। ‘देशमा हरेक घण्टा महिलाको बलात्कार हुन्छ। शोषण हुन्छ। एसिड आक्रमण हुन्छ।…
काठमाडौं : रातो मछिन्द्रनाथको रथयात्रा गर्ने क्रममा बिहीवार ललितपुर महानगरपालिकाका मेयरको घाँटी रेटिदिन्छु भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर-१३ कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्य रहेका छन्। ललितपुर पुल्चोकमा रथ तान्ने क्रममा भएको झडपमा ढुङ्गामुढा गर्ने, भिडलाई उत्तेजित गराएको तथा मेयरको घाँटी रेटिदिन्छु भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले…
काठमाडौँः कृषि सामाग्री कम्पनीले लिमिटेडले प्रतिवद्धता अनुसारको समयमा युरिया मल ल्याउन नसक्ने दुई सप्लायर्ससँगको सम्झौता रद्द गरेको छ। कम्पनीले उनीहरुको धरौटी समेत जफत गरेको छ। मल आयात गरेको कुनै विश्वसनीय आधारसमेत पेस गर्न नसकेको भन्दै कम्पनीले दुबैसँगको सम्झौता तोडेको हो। दुई ठेकेदारसँग गरी ९ करोडभन्दा बढी धरौटी समेत जफत गरिएको छ। कम्पनीले सम्झौता अनुसार मल नल्याएको भन्दै शैलुङ इन्टरप्राइजेट र हनिको…
बेलायतमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। त्यहाँको सरकारी तथ्याङ्कका अनुसार यो मे २२ यताको सर्वाधिक दैनिक संक्रमण संख्या हो। बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले विशेषगरी युवाहरूमा संक्रमण फैलनुले आफ्नो ध्यानाकर्षण गराएको बताए। उनले हरेक उमेर समूहकाले सामाजिक दूरी कायम गर्नु पर्ने बताए। भने,’उमेर जति भए पनि यदी संक्रमित हुनुन्छ भने तपाईंले…
काठमाडौं: काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ। भदौ २१ गतेसम्म उपत्यकामा कूल ८ हजार २५४ जनामा संक्रमण पुष्टि भइसकेको छ। ललितपुरमा ९१९ जना र भक्तपुरमा ७११ जनामा संक्रमण देखियो छ। भदौ महिनामा मात्रै ६ हजार दुई सयभन्दा बढी संङ्क्रमित उपत्यकामा थपिएका छन्। संक्रमण फैलिन सक्ने भन्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा लागू गरेका छन्। भाद्र ३…
इन्डियन प्रिमियर लिग (आइपिएल) को खेल तालिका सार्वजनिक भएको छ। कोरोना जोखिमका कारण पटक–पटक सारिएको आइपिएल सेप्टेम्बर १९ मा दुबईमा सुरु हुँदैछ। कोरोनाका कारण आइपिएलका सम्पूर्ण खेलहरु पहिलोपटक देशबाहिर हुन लागेका हुन्। सन् २०१४ मा पनि लिग चरणका केही खेल दुबईमा नै भएका थिए। सार्वजनिक खेल तालिका अनुसार पहिले खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्सबीच हुनेछ। दोस्रो…
काठमाडौं : कोभिड-१९ को विषयमा सरकारले राष्ट्रिय मार्गचित्र बनाउन प्रमुख विषेशज्ञ डा महेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मार्गचित्र निर्धारण गर्न समिति गठन गरेको जानकारी दिएका हुन्। प्रवक्ता गौतमले स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई कोरोना नियन्त्रणका लागि स्वयंसेवकका रुपमा खटाउने निर्णय भएको बताए। संक्रमण बढ्दै गएपछि अस्पतालमा स्वास्थ्यकर्मी तथा चिकित्सकको अभाव हुने…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड-१९ अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले यस्तो निर्णय गरेको हो। वीर अस्पतालमा हाल दुवै कोभिड र नन-कोभिड बिरामीको उपचार हुँदै आएकोमा अब कोभिड-१९ संक्रमितको मात्र उपचार हुनेछ। वीर अस्पतालका नियमित सेवाहरु भने अब राष्ट्रिय ट्रममा सेन्टरबाट उपलब्ध गराउने बैठकले निर्णय गरेको छ। त्यस्तै, अर्थ मन्त्रालयले…
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म उपत्यकामा ८ हजार ३३७…
जनकपुरधाम : धनुषामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको धनुषाधाम नगरपालिका ७ किसानपुरका अन्दाजी ४२ वर्षीय मोहिता सदाको आइतबार दिउँसो करिब १ बजे खेतबाट घर फर्किरहेको बेला चट्याङ लागेर घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए। चट्याङ लागेर मृत्यु भएका सदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ।
काठमाडौं : अघिल्लो साता कोरोना संक्रमण पुष्टि भएका नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी जीतबहादुर केसीको स्वास्थ्यप्रति खेलाडी संघले चासो देखाएको छ। आज केसीको अवस्था बुझ्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट केसीको घर पुगेका थिए। सामाजिक दुरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिए। ७२ वर्षे केसीले संक्रमण भए पनि आफूलाई…
बैतडीका दुई महिने शिशु शिवांश अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ। संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’मा चर्चीत गायक निशान भट्टराई स्वर दिएका छन्। जन्मिएको १४ औँ दिनदेखि विरामी परेका सिवांशलाई महेशले दक्षिण भारत चेन्नईको डा. रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए। नेपालमा एक महिनासम्म आइसियुमा राखेर उपचार गर्दा…
भारतको केरलामा कोभिड १९ संक्रमित युवतीको बलात्कार भएको छ। अचम्म त के छ भने उनलाई अस्पतालसम्म पुर्याउन आएका एम्बुलेन्स चालकले नै एकान्त ठाउँमा लगेर बलात्कार गरेका हुन्। घटना दक्षिण केरलास्थित पठानमथिट्टा जिल्लाको अरममुला इलाकामा शनिवार राती भएको हो। अभियुक्त चालकलाई प्रहरीले गिरफ्तार गरिसकेको छ। प्रहरीका अनुसार एम्बुलेन्समा दुई संक्रमित थिए। एउटालाई चालकले बाटोमै उतारिदिए। अनि एम्बुलेन्सलाई सुनसान ठाउँमा लगेर संक्रमित…
काठमाडौं : नेपाल प्रहरीका एक डीआइजीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजी घनश्याम अर्याललाई कोभिड-१९ पोजेटिभ देखिएको हो। 'आज बिहान पोजेटिभ रिपोर्ट आएको हो। उहाँ एकदम फिट एण्ड फाइन हुनुहुन्छ,' गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले भने। डीआइजी अर्यालको कन्ट्याक्ट ट्रेसिङको आधारमा कोभिड परीक्षण गरिएको थियो। पछिल्लो समय नेपाल प्रहरीमा कोरोना संक्रमण बढिरहेको…
काठमाडौं : गोरखामा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोभिड-१९ को संक्रमण रहेको पुष्टि भएको छ। गोरखा नगरपालिका-७ की ७६ वर्षकी महिलाको शनिवार दिउसो ४:३० बजे गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। अचेत अवस्थामा अस्पताल ल्याइएकी उनलाई आईसीयुमा राखेर उपचार गर्ने क्रममा ब्रेन ह्यामरेज भएका कारण मृत्यु भएको थियो। कोभिड-१९ परीक्षणका लागि यसअघि नै उनको कन्ट्र्याक्ट ट्रेसिङका क्रममा स्वाब लिइएको…