विश्व नम्बर तीन डोमेनिक थियम युएस ओपनको च्याम्पियन बनेका छन्। उनले रोमाञ्चक फाइनल खेलमा जर्मनीका अलेक्जेन्डर ज्वेरेवलाई हराउँदै पहिलो पटक युएस ओपनको उपाधि जितेका हुन्। युएस ओपन जित्ने उनी पहिला अस्ट्रियाका खेलाडी हुन्। Get your hands on that trophy, Domi! 🏆@ThiemDomi | #USOpen pic.twitter.com/JbLap0uDyZ — US Open Tennis (@usopen) September 14, 2020 उनले फाइनलमा ज्वेरेवलाई २-६, ४-६, ६-४, ६-३, ७-६…
काठमाडौं : २० वर्षअघि श्रीमतीको हत्या गरेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ घर भएका अरुण कुमार रिजाल (सुनार)लाई पक्राउ गरेको परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। अरुणले २०५७ भदौ २६ राति साढे १० बजे काठमाडौंको चागलमा १८ वर्षीय दिलमाया सुनार आफ्नै डेरा कोठामा शंकास्पद मृत अवस्थामा फेला परेकी थिइन। प्रहरीले अनुसन्धानमा दिलमायाका श्रीमान…
इङ्ग्लयाण्ड र अस्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत गएराति भएको खेलमा इङ्ग्ल्याण्डले जित निकाल्दै सिरिजमा १-१ को बराबरी गरेको छ। सिरिजको पहिलो खेलमा १९ रनको पराजय भोगेको इङ्ग्ल्याण्डले दोस्रो खेलमा २४ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो। जसका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ४२ रन बनाउँदा जोए…
काठमाडौं : झापामा एक छोराले आफ्नै आमाको हत्या गरेका छन्। आइतवार राति करिब ८ बजे कमल गाउँपालिका वडा नम्वर ७ ठूलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेका हुन्। राति मदिरा सेवन गरे विवाद हँदा ५० वर्षीय मीरा ऋषिदेवलाई बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए। टाउको र खुट्टामा बन्चरोले प्रहार गर्दा…
काठमाडौ : पोखरामा थप १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १७ जनामा कोभिड पोजेटिभ देखिएको हो। पोखरा महानगरपालिका - ४ र १७ मा संक्रमण देखिएका सात जना भने नेपाल प्रहरीमा कार्यरत हुन्। त्यस्तै, पोखरा महानगरपालिका-८ का २१ वर्षीय महिलामा संक्रमण देखिएको छ जो पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन्। पोखरा महानगरपालिका- ३३ का २३…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भ्यालेन्सियाले लेभान्टेमाथि जित निकाल्दै सिजनको सुखद सुरुवात गरेको छ। मेस्टल्ला स्टेडियममा भएको खेलमा घरेलु टोलीले लेभान्टेमाथि ४-२ को शानदार जित निकालेको हो। लेभान्टेको जितमा गाब्रिय पौलिस्टा, माक्सिमिलिआनो गोमेज र मानु भल्लेजोले गोल गरे। अर्कोतर्फ लेभान्टेको लागि जोसे लुइस मोरालेसले दुबै गोल गरे। खेलको पहिलो मिनेटमा मोरालेसको गोलमा लेभान्टेले अग्रता बनाएको थियो। तर १२ औं…
काठमाडौं : चितवनमा थप २८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो। १ सय ७३ वटा नमुना परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमित हुनेहरुमा २ वर्षे बालकदेखि ९ जना महिलासमेत रहेका छन्। भरतपुर महानगरपालिकामा ११, कालिका नगरपालिकामा १०, रत्ननगर नगरपालिकामा १ र…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्स्परलाई हराउँदै एभर्टनले सिजनको सुखद सुरुवात गरेको छ। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा एभर्टनले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै लिगमा सुखद सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एभर्टनको जितका लागि डोमिनिक कालभेर्टले लेविनले निर्णायक गोल गरे। उनले खेलको ५५ औं मिनेटमा लुकास डिग्नेको पासमा गोल गर्दै लिगमा…
फ्रेन्च लिग वान अन्तर्गत गए राति भएको खेलमा साविक विजेतासमेत रहेको पीएसजीले सिजनमा लगातार दोस्रो पराजय ब्यहोरेको छ। पेरिस डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा घरेलु टोली १-० ले पराजित भएको हो। सन् १९८४/८५ यता पहिलो पटक पीएसजी सिजनको सुरुका दुई खेलमा पराजित भएको छ। मार्सेलीको जितमा फ्लोरेन थाउभिनले खेलको ३१ औं मिनेटमा निर्णायक गोल गरे। घरेलु मैदानमा पीएसजीले पराजय भोग्दै गर्दा…
इजरायलले दोस्रो चरणको लकडाउन सुरु गरेको छ। दैनिकजसो ४ हजारको हाराहारिमा संक्रमित फेला पर्न थालेपछि इजरायलले तीन साताका लागि लकडाउन घोषणा गरेको हो। प्रधानमन्त्री बेन्जामिन न्यातान्याहुले चर्को मूल्य चुकाउन परेको भए पनि लकडाउन आवश्यक रहेको बताएका छन्। यहुदीहरुको महत्वपूर्ण पर्वको समयमा लकडाउन भएको विषयलाई लिएर त्यहाँका एक मन्त्रीले राजीनामा नै दिएका छन्। त्यहाँको हाउजिङ मन्त्री याकोभ लिट्जमनले राजीनामा दिएका हुन्।…
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिएको छ। २४ घन्टामा विश्वभर ३ लाख ७ हजार ९ सय ३० जना मानिसमा संक्रमण देखिएको संगठनले जनाएको हो। डब्लुएचओका अनुसार एकै दिन ५ हजार ५ सयभन्दा धेरै मानिसले विश्वभरमा ज्यान गुमाएका छन्। यससँगै कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ। आइतवार साँझ भएको भेटमा स्थायी कमिटी बैठकले गरेको निर्णयको सर्कुलर जारी गर्ने विषयमा छलफल भएको हो। शुक्रवार सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिएको छ। तथापी पार्टी सञ्चालनका क्रममा ओलीसँग समन्वय गर्नुपर्ने निर्णय बैठकले गरेको थियो। उता, नेकपाको अन्तरिम विधानमा ओली प्रचण्डले छलफल…
काठमाडौँः काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त भएका छन्। शनिबार दिएको स्वाबको नतिजा आइतबार नेगेटिग आएको हो। परीक्षण नतिजा नेगेटिभ आएको र ४÷५ दिनपछि नियमित काममा खटिने शाक्यको सचिवालयले जनाएको छ। शाक्यलाई भदौ १५ गते संक्रमण पुष्टि भएको थियो। दुई सातामा उनी संक्रमण मुक्त भएका हुन्। शाक्य होटल सोल्टीको आइसोलेसनमा बसेका थिए।
विराटनगर: लोकसेवा आयोग प्रदेश १ ले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रथम वार्षिक प्रतिवेदन २०७६/२०७७ बुझाएको छ। आइतवार कर्मचारीलाई प्रतिवेदनको पुस्तिका पठाइ सन्चार माध्यमद्वारा प्रदेशलोक सेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले सो विषयमा प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराएका हुन्। प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ ३३ देखि ४१ सम्म ध्यानाकर्षण र सुझाव मात्र रहेको छ। विश्वव्यापी…
काठमाडौं: सरकारले एम्बुलेन्सको दुरुपयोग गरेको पाइमा तुरुन्त कारवाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले एम्बुलेन्समा बिरामी मात्रै बोक्न अनुरोध गरे। उनले एम्बुलेन्स सञ्चालन निर्देशिका अनुसार चल्न देशभरका स्वास्थ्य संस्थालाई अनुरोध गरेका छन्। एम्बुलेन्सको दुरुपयोग गरेको पाइएमा दर्ता खारेज गरिने मन्त्रालयको चेतावनी छ। उक्त संस्थाले त्यसपछि एम्बुलेन्स सञ्चालन समेत गर्न नपाउने मन्त्रालयको…
काठमाडौं: सरकारले असोज १ गते बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन असोज १ गते दीपावली मनाउन आग्रह गरेको छ। त्यही दिन साँझ ७ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले एक मिनेट मौनधारणा गर्न आग्रह गरे। 'साँझ ८ बजे दीपावली गरेर स्वास्थ्यकर्मीको मनोबल बढाउन…
बलिउड अभिनेत्री कंगना रनौत र शिवसेनाबीच आरोपप्रत्यारोप चलिरहेको छ। महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरे नै विवादमा तानिएका छन्। कंगना र शिवसेनाको ‘वार’का बीच अभिनेता अक्षय कुमारलाई पनि विवादमा तान्ने प्रयास गरिएको छ। शिवसेनाले आफ्नो मुखपत्र सामनामार्फत अक्षयको आलोचना गरेको हो। सुशान्तसिंह राजपुत प्रकरणमा लापरवाही भएको बताउँदै कंगना र शिवसेनाका प्रवक्ता सञ्जय राउतबीच आरोपप्रत्यारोप चल्यो। त्यसक्रममा कंगनाले मुम्बईको तुलना पाकिस्तान अधिनस्थ…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सचिवालय अन्तर्गत कोभिड-१९ स्वयम सेवा समूह गठन गरेका छन्। कोरोना नियन्त्रणमा सरकारको पहललाई सहयोग गर्न भन्दै श्रेष्ठले २४ सदस्यीय स्वयम सेवी समूह गठन गरेका हुन्। एक विज्ञप्ति जारी गर्दै उनले समूह गठन भएको जानकारी दिएका छन्। उपचार, मनोपरामर्श, विदेशमा रहेका नेपालीको घर फिर्ती लगायतका विषयमा समन्वय गर्ने श्रेष्ठले बताए। सरकारको कामलाई सफल बनाउन…
सिरहा : सिरहामा एक बालिकाको बलात्कार भएको छ। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका-३ बस्ने ४५ वर्षीय रामचन्द्र सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रामचन्द्रले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गर्न खोज्दा घटना प्रहरीसम्म पुगेको हो। घटना बाहिरिएसँगै रामचन्द्रले १० दिन अगाडि पनि बाख्राको गोठमा जबरजस्ती करणी गरेको तथ्य खुलेको छ। पीडित बालिकाले १० दिनअघि पनि…
काठमाडौ : नयाँ बस्ती पाटीटारस्थित घरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। खोटाङ घर भएर आरुबारीमा डेरा गरी बस्दै आएका ४१ वर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेका हुन्। उनी ट्रेकिङ गाइडका रुपमा काम गर्दै आएका थिए। प्रहरीले घटनाको अनुसन्धानको लागि एक महिलालाई समेत नियन्त्रणमा लिएको छ। उनी तिनै महिलाको कोठामा मृत अवस्थामा फेला परेका हुन्। राति मदिरा सेवन गरेपछि…