काठमाडौँः सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले काठ व्यवसायीसँग अवैध रुख कटानमा संलग्न भएको, कीर्ते कागजात सदर गरेको तथा कीर्ते कार्ययोजना स्वीकृत गरेको अभियोगमा सरकारका आठ वन अधिृतलाई कारबाहीको सिफारिस गरेको छ। अख्तियारको दुरुपयोगमा संलग्न रहेको भन्दै उपसमितिले कारबाहीका लागि सिफारिस गरेको हो। उपसमितिको प्रतिवेदन समितिमा पेस भइसकेको छ। सरकारका तर्फबाट तयार पारिएको अध्ययन प्रतिवेदन समेत हेरेर थप…
इण्डियन प्रिमियर लिग अन्तर्गत किंग्स ११ पञ्जाव र रोयल च्यालेन्जर बेङ्ग्लोरबीच प्रतिस्पर्धा जारी छ। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबका लागि कप्तान केएल राहुलले ब्याटिङमा कीर्तिमान कायम गरेका छन्। उनले सचिन तेन्दुलकरको आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाएको रेकर्ड तोडेका हुन्। तेन्दुल्करले यो रेकर्ड ६३ इन्निङसमा पुरा गरेका थिए भने राहुलले यो ६०औं इन्निङमा पुरा गरे। छिटो २ हजार रन बनाउने खेलाडीको…
अस्ट्रेलियन पूर्व क्रिकेटर डिन जोन्सको ५९ वर्षको उमेरमा निधन भएको छ। विभिन्न टिमहरुको प्रशिक्षकसमेत रहिसकेका उनी कमेन्टेटर पनि थिए। उनले अस्ट्रेलियाका लागि टेस्ट र वान डे क्रिकेट पनि खेलेका थिए। उनको मुम्बइमा हार्ट अट्याकका कारण निधन भएको हो। उनी इण्डीयन प्रिमियर लिगको कमेन्ट्री प्यानलमा पनि थिए। ८० दशकको अन्त्यतिर र ९० को दशकको सुरुतिर उनलाई विश्वको उत्कृष्ट ब्याट्स्म्यानका रुपमा चिनिने…
काठमाडौँः सर्वोच्च अदालतले गोरखापत्र दैनिकको सम्पादक चयन विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। विनियमावली विपरीत सम्पादकीयको जिम्मेवारी दिएको भन्दै प्रबन्ध सम्पादक हरिकला अधिकारीले दायर गरेको रिटमा अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको हो। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले माग दाबी अनुसार आदेश जारी गर्ने वा नगर्ने छलफलका लागि असोज १४ गते दुवै पक्षलाई बोलाएको हो। गोरखापत्र संस्थान व्यवस्थापनले साउन १६ गते…
काठमाडौं : खेतीयोग्य जग्गाको खण्डीकरण खुला गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय असोज २० गतेसम्मका लागि कार्यान्वयन नहुने भएको छ। सर्वोच्च अदालतले यसअघिको आफ्नै आदेश र सरकारको निर्णय समेत अध्ययनपछि मात्र दुवै पक्षसँग छलफल गर्ने आदेश गरेपछि तत्काल निर्णय कार्यान्वयन रोकिएको हो। यसअघि भदौ २९ गतेको आदेश अनुसार बिहीवार दुवै पक्षलाई छलफलमा बोलाइएको थियो। तर, प्रधानन्यायाधीश चोलेन्द्र…
काठमाडौं : दुई वर्षभन्दा बढी समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन रहेको वाइड बडी खरिदको छानबिन प्रक्रियामा सार्वजनिक लेखा समितिले पुनः चासो राखेको छ। खरिद प्रक्रियाको अनुसन्धानको लामो समय बिते पनि कुनै परिणाम नदेखिएको भन्दै समितिले अख्तियारसँग प्रगति विवरण माग गर्ने निर्णय गरेको हो। समितिले प्रारम्भिक छानबिनमा खरिद प्रक्रिया पारदर्शी नभएको र अनियमितता देखिएको भन्दै थप अनुसन्धान गर्न अख्तियारलाई सिफारिस…
काठमाडौं: निर्माता संघका अध्यक्ष एवं निर्देशक आकाश अधिकारीले बिहीवार नयाँ फिल्मको घोषणा गरेका छन्। सौगात मल्लको प्रमुख भूमिका रहनेगरी द स्काई मुभिज प्रालिको ब्यानरमा निर्माण हुने नयाँ फिल्मको घोषणा गरिएको हो। फिल्मको नाम भने सार्वजनिक गरिएको छैन। फिल्मको शुटिङ तिहारपछि सुरु हुने निर्देशक अधिकारीले जानकारी दिएका छन्। यो फिल्मको कथा अधिकारीले नै लेखेका हुन्। फिल्मका सौगातका अलावा, लोकप्रिय अभिनेता शिव…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनगर्ठनका बारेमा छलफल भएको छ। बिहीवार दिउसाे अध्यक्षद्बीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। ‘मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुराकानीको सुरुवात भएको छ,' सापकोटाले भने। गत आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न विकल्पमा छलफल गरेको थियो। बैठकमा सबै मन्त्री फेर्ने, दुई वर्ष पुरा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन्। दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। उनले छलफलको विषयबारे जानकारी भने नभएको बताए। तथापि, मन्त्रिपिरषद् पुनर्गठन, संवैधानिक नियुक्ति, पार्टी एकताका बाँकी कामका विषयमा कुराकानी हुन सक्ने स्रोतले बतायो। यी विषयमा आइबार र मंगलवार बसेको सचिवालय…
काठमाडौं : गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टिकरण सोधेको छ। नेपाल-चीन सीमाबारे बोलेको भन्दै हमाललाई बुधवार २४ घण्टे स्पष्टिकरण सोधिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी भवन बनाएपछि उक्त क्षेत्रको निरीक्षण तथा ११ नम्बर पिल्लरको खोजीमा गएका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले आफ्नो अनुपस्थितिमा हमाललाई जिम्मेवारी दिएका थिए।…
काठमाडौं : अविरल वर्षासँगै स्याङ्जामा विभिन्न ठाउँमा पहिरो जाँदा मर्नेको संख्या ८ जना पुगेको छ। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार पहिरोबाट १० जनाको परिवार रहेको घर पुरिएको वालिङ १४ को तामादीमा थप चार जनाको शव फेला परेको छ। यसअघि यहाँ ३ जनाको शव फेला परेको थियो। वालिङमा मात्रै मर्नेको संख्या ७ पुगेको छ। एक जनाको भने जिवितै उद्धार गरेर…
काठमाडौं : स्याङ्जामा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै जिल्लाका दुई ठाउँमा पहिरो जाँदा ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार कालिगण्डकी ४ गौतम टोलका एक जना र वालिङ १४ तमादीमा ३ जनाको मृत्यु भएको हो। तमादीमा ५ जना वेपत्ता छन्। कालीगण्डकीमा राती २ बजे घरमाथिबाट पहिरो खसेर गौतम टोलका १८…
नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार पार भएको छ। पछिल्ला १३ दिनमा १५ हजार भन्दा धेरैको मृत्यु भएपछि बुधवार भारतमा मृत्यु हुनेको संख्या ९० हजार माथि पुगेको हो। बुधवार भारतमा ८६ हजार ८ सय २५ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्। सेप्टेम्बरका २३ दिनमा भारतमा २० लाख ४४ हजार ५ सय ७०…
नयाँ दिल्ली : भारतको रेलवे राज्यमन्त्री तथा भारतीय जनता पार्टीका सांसद सुरेश अँगाडीको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमित उनको हिजो बुधवार मृत्यु भएको हो। भारतमा केन्द्र सरकारका मन्त्रीकै कोभिड १९ का कारण मृत्यु भएको यो पहिलो घटना हो। हिजो साँझ ८ बजे उनको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। उनको एम्सको ट्रमा सेन्टरमा मृत्यु भएको हो। 'कोभिड १९…
वासिङ्टन डीसी : जोन्सन एन्ड जोन्सनले बुधवार कोभिड १९ विरुद्धको खोप परीक्षणको तेस्रो चरणमा पुगेको जनाएको छ। दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि तेस्रो चरणमा प्रवेश गरेको बुधवार जानकारी दिइयो। तेस्रो चरणमा ६० हजार मानिसमा यसको प्रयोग हुनेछ। जोन्सन एन्ड जोन्सन र अमेरिकाको नेसनल इन्स्टिच्युट फर हेल्थका अनुसार विश्वका विभिन्न मुलुकका २ सय ठाउँका ६० हजारभन्दा धेरै स्वयमसेवीमा यसको क्लिनिकल…
इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको अबुधाबीस्थित शेख जायेद स्टेडियममा भएको आजको खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। मुम्बईले कोलकातालाई ४९ रनले हराएको हो। १९६ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४६ रन मात्रै बनाउन सक्यो। कोलकाताविरुद्ध मुम्बईका बलरहरु हाबी हुँदा कोलकाताले लक्ष्य भेट्टाउन सकेन। मुम्बईका ट्रेन्ट बोल्टले पहिलो ओभर नै…
इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत अबुधाबीस्थित शेख जायेद स्टेडियममा जारी आजको खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको हो। मुम्बईको लागि रोहित शर्माले महत्वपूर्ण ८० रनको पारी खेले। उनले ५४ बल खेल्दै ६ छक्का र ३ चौका…
काठमाडौं: सरकारले हुम्लामा चीनले घर बनाएको स्थान चीनकै भएको बताएको छ। सरकारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चीनले यसअघि घर बनाएकै स्थानमा थप घर बनाएको र त्यो भूमि उसकै भएको बताएका हुन्। हुम्लाको लिमी उपत्यकामा चीनले घर बनाएको समाचार सम्प्रेषण भएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले जिल्ला प्रशासन कार्यालय हुम्लाको टोलीले अनुगमन गरेको बताए। टोलीले थप तथ्य ल्याउने…
विराटनगर : धनकुटामा एक नाबालिकाको घरले पुरिएर मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका-९ नब्बरका धनबहादुर लिम्बुकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको हो। लिम्बुको ढुङ्गा माटो र टिनको छानो भएको घर थियो। बुधवार अत्यधिक वर्षाका कारण घर भत्किदा सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। बाबु धन बहादुर सामान्य घाइते भएका छन्। साथै…
काठमाडौँः सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री नबनाउन आदेश जारी गरेको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई मुद्दामा अन्तरिम आदेश जारी हुने वा नहुने टुंगो नलागेसम्म कुनै पनि संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको हो। रिट निवेदकले गौतमलाई मन्त्रीको जिम्मेवारी दिन लागिएको भन्दै सो समेत रोक्न माग गरेका थिए। साथै अदालतले गौतमको राष्ट्रियसभा सदस्यमा योग्यता पुगेको वा…