इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबादमाथि कोलकता नाइट राइडर्सले ७ विकेटको सानदार जित निकालेको छ। शेख जायद स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो। १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकताले १८ ओभर सकिँदा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङ गरेको हैदराबादका…
जर्मन बुण्डेसलिगा अन्तर्गत आज सम्पन्न खेलमा बोरुसिया डर्टमण्डले आउग्सबर्गसँग अप्रत्यासित हार ब्यहोरेको छ। डब्लुडब्लुके एरेनामा भएको खेलमा घरेलु टोलीले डर्टमण्डलाई २-० ले हराएको हो। आउग्सबर्गको जितमा फिलिक्स उडुओखइ र ड्यानियल कालिग्युरीले क्रमश खेलको ४० र ५४ औं मिनेटमा गोल गरे। ६ हजार दर्शकका बीच भएको खेलमा बुण्डेसलिगाको महारथी मध्येको मानिने डर्टमण्ड पराजित भएको हो। यद्यपि खेलको ८० प्रतिशत समय बल…
इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज जारी खेलमा सनराइजर्स हैदराबादले कोलकता नाइट राइडर्सलाई १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४२ रन जोड्यो। हैदराबादका लागि मनिष पाण्डेले अर्शतकीय पारि खेल्दै सर्वाधिक ५१ रन बनाउँदा कप्तान डेभिड वार्नरले ३६ बनाउँदा ऋद्धिमान शाह ३० रनमा रनआउट भए। उता कोलकताका…
राजु आचार्य- एक वर्षअघि मेरो घर नजिकै बगैँचामा रहेको धूपीको सानो बोटमा जुरेली चराको चिचिर बिचिर धेरै सुनिन थाल्यो। मैले प्रायः देखिने जुरेली चरालाई खासै वास्ता गरिनँ। धूपीको रुख नजिकै पुग्दा त्यो जुरेली अली जोडले कराउँथ्यो। छिटो छिटो यता र उता उड्थ्यो पनि। यही कारणले मलाई अलि चासो लाग्यो। सानो धूपीको रुखका हाँगा र मसिना पात पन्छाएर भित्रपट्टि हेरेँ। सुकेका…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटोनमाथि संघर्षपूर्ण जित निकालेको छ। फाल्मेर स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई ३-२ ले हराउँदै युनाइटेडले प्रिमियर लिगको जारी सिजनमा पहिलो निकालेको हो। खेलको ४० औं मिनेटमा ब्राइटोनले खेलमा अग्रता बनाएको थियो। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै नेएल मउपेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। तर ब्राइटनको अग्रता धेरै बेर भने टिकेन।…
काठमाडौँः बझाङको मस्टा गाउँपालिकामा बलात्कारपछि हत्या गरिएको भनिएकी सम्झना विक प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ। अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई कारबाहीको माग गरेका हुन्। १२ वर्षीय विकको शव मन्दिरमा भेटिएको थियो। शरीरमा चोटपटक लागेको अवस्थामा शव भेटिएको थियो। नेविसंघले बलात्कारजस्तो गम्भीर अपराधका घटना बढिरहेको भन्दै सजायका लागि कडा कानुनी व्यवस्थाको पनि माग गरेको…
काठमाडौं: नेपाली सेनाले अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटनाको छानबिन शुरु गरेको छ। शान्ति स्थापनार्थ त्यहाँ तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृत छानबिन शुरु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। सेनाले बिहीवार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको…
काठमाडौँः ललितपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। काठमाडौँकी ४३ वर्षीय महिलाको उपचारका क्रममा सुमेरु अस्पतालमा मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार असोज ५ गते ती महिलालाई अस्पताल भर्ना गरिएको थियो। असोज ९ गते मृत्यु भएको हो।
काठमाडौं : भरतपुरस्थति चितवन मेडिकल कलेजमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। कैलाली गोदावरी नगरपालिका वडा नं. १ का ३० वर्षका युवाको उपचारका क्रममा मृत्यु भएको मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। शुक्रवार मृगौलासम्बन्धी दिर्घरोग र श्वास प्रश्वासमा समस्या आए पछि भर्ना भएका युवकको उपचारका क्रममा शुक्रवार राती ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालमा…
चितवनः चितवनमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए। उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो। उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु…
काठमाडौः खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी थालेको छ। यसका लागि कम्पनीले आपूर्तिकर्तालाई काठमाडौंसम्म ढुवानीका लागि दरभाउको सिलबन्दी बोलपत्रका लागि आवेदन खुलाएको छ। खाद्यले खसीबोका र च्याड्ग्रा गरी कुल तीन हजार चौपाया दसैंका लागि खरिदको योजना बनाएको छ। जसमध्ये १४ सय च्याङ्ग्रा र १६ सय खसीबोका ल्याउन लागिएको हो। यसका लागि खाद्यले ६ करोड…
काठमाडौः चितवनमा थप ८ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोभिड पोजेटीभ देखिएको हो। शुक्रवार १ सय २४ वटा नमुना परीक्षण गर्दा ८ जनामा पोजेटीभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमण देखिएका भरतपुर महानगरपालिकाका १ जना, राप्ती नगरपालिकाका ५ जना र रत्ननगरपालिकाका २ जना रहेका छन्।
पाल्पा : रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ। गए राति थप दुई जनाको शव भेटिएको हो। शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए। घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उहाँकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए। शुक्रबार दिउँसो कृष्णमाया गाहा,…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा दिल्ली क्यापटिल्सले चेन्नइ सुपरकिंग्सलाई ४४ रनले हराएको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रन जोडेको थियो। जसका लागि पृथ्वी शले ६४ रनको अर्शतकीय पारी खेल्दै दिल्लीको स्कोर उकासेका थिए। त्यसबाहेक ऋषभ पन्तले अभिजित ३७ रन बनाउँदा शिखर धवन ३५ रनमा र कप्तान…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा दिल्ली क्यापटिल्सले चेन्नइ सुपरकिंग्सलाई १७६ रनको लक्ष्य दिएको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रन जोडेको हो। दिल्लीका लागि पृथ्वी शले ६४ रनको अर्शतकीय पारी खेल्दै दिल्लीको स्कोर उकासेका थिए। त्यसबाहेक ऋषभ पन्तले अभिजित ३७ रन बनाउँदा शिखर धवन ३५ रनमा र…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा दिल्ली क्यापटिल्स टस हारेर ब्याटिङमा उत्रँदै छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा चेन्नइले टस जितेर दिल्लीलाई ब्याटिङको निम्ता दिएको हो। त्यस्तै चेन्नइविरुद्धको खेलमा दिल्लीको अन्तिम ११ मा नेपाली स्पीनर सन्दीप लामिछाने अटाएका छैनन्। जारी सिजनमा चेन्नइको यो तेस्रो खेल हो भने दिल्लीको दोस्रो खेल हो। यसअघिका खेलमा चेन्नइले पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई हराएको…
काठमाडौं : रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० निवासी ७२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रवार मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल (कोरोना विशेष अस्पताल धागो कारखाना)मा उनको शुक्रवार दिउँसो २ः४५ मा मृत्यु भएको अस्पतालले जनाएको छ। ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका उनलाई शुक्रवार नै अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरसहितको सघन कक्षमा उपचार भइरहँदा उनको मृत्यु भएको अस्पतालको भनाइ छ। उनमा मिर्गौलासम्बन्धी समस्या…
जनकपुरधाम : धानको न्यूनतम मूल्य निर्धारण सम्बन्धमा संघ र प्रदेश सरकारबीच छलफल भएको छ। संघीय कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भएको हो। सो क्रममा धानको न्यूनतम मूल्य निर्धारण गरी सरकारी स्तरबाटै धान खरिद गर्ने गरी योजना निर्माणका लागि प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव तयार गरी संघीय मन्त्रालयमा…
काठमाडौँः लोक सेवा आयोगले कोरोनाका कारण रोकिएका परीक्षाहरु कात्तिकबाट पुनः सञ्चालन गर्ने भएको छ। आयोगले प्रथम चरणको लिखित परीक्षा सञ्चालन भइसके पनि दोस्रो चरणको रोकिएका परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। आयोगको निर्णय अनुसार शाखा अधिकृत वा सो सरहका अन्य सेवा÷समूहको परीक्षा कात्तिक १८ गतेबाट हुनेछ। यस्तै, नायब सुब्बा वा सो सरहको परीक्षा मंसिरमा गर्ने आयोगको निर्णयमा उल्लेख छ। आयोगले…
विराटनगर: घरको छतबाट खसेर १३ वर्षीय बालिकाको मृत्यु भएको छ। झापाको विर्तामोड-५ स्थित एक घरको चार तलामाथि छतबाट खसेर १३ वर्षीया कृतिका भण्डारीको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बिहीवार राती १० बजे खाना खाइसकेपछि घरको छतमा गई छतबाट तल भुईमा हेर्ने क्रममा अचानक लड्दा उनी गम्भीर घाइते भएकी थिइन्। तत्काल उपचारका लागि लैजाँदै गर्दा बाटोमै…