इण्डियन प्रिमियर लिग आईपीएलमा आज रोयल च्यालेन्जर बेङ्ग्लोर्स र मुम्बइ भिड्दै छन्। दुबै टिमले जारी सिजन एक जित र एक हार ब्यहोर्दै २ अंक जोडेका छन्। उद्घाटन खेलमा चेन्नइसँग पराजित भएको मुम्बइले दोस्रो खेलमा कोलकता नाइटराइडर्सलाई हराएको थियो। त्यस्तै पहिलो खेलमा सनराइजर्स हैदराबादलाई हराएको बेङ्ग्लोरले दोस्रो खेलमा किंग्स ११ पञ्जाबसँग पराजित भएको थियो। मुम्बइ र बेङ्ग्लोर आज साँझ पौने ८ बजे…
इनरुवा : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए। चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।…
काठमाडौं : चितवनमा थप ५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएका १ सय २६ वटा परीक्षणमध्ये ५ वटामा पोजेटिभ देखिएको हो। बाँकी १ सय २१ वटामा नेभेटिभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमण देखिएका पाँचै जना रत्ननगर नगरपालिकाका रहेका छन्। तीन जना महिला र दुई जना पुरुषमा कोभिड पोजेटिभ देखिएको हो।
काठमाडौं : चितवनमा एकैदिन सशस्त्र प्रहरी बलको दुई वटा बोर्डर आउट पोस्ट (बीओपी)स्थापना गरिएको छ। चितवनको माडी नगरपालिका वडा नम्बर १ गर्दिस्थित केदारेश्वर प्राबि र सोही नगरपालिका वाड नम्बर ९ स्थित राइडांडा प्रथमिक बिद्यालयमा बीओपी स्थापना गरिएको हो। मर्ज भएपछि खाली रहेका बिद्यालयमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी दीपक कुमार थापाले जानकार दिए। असोज ११ गते सशस्त्र प्रहरि बल वाग्मती प्रदेश मुख्यालय नम्बर ३…
फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेइमस् माथि सहज जित निकालेको छ। रेइमसको घरेलु मैदानमा भएको खेलमा पीएसजीका माउरो इकार्डी चम्किँदा पीएसजीले २-० को जित निकालेको हो। खेलको नवौ मिनेटमा पीएसजीले खेलमा अग्रता बनाएको थियो। किलियन एम्बाप्पेको पासमा इकार्डीले पीएसजीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको पीएसजीका लागि दोस्रो हाफमा पनि एम्बाप्पेकै…
इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस र रोमा बराबरीमा रोकिएका छन्। स्टेडियो ओलम्पियोमा भएको खेलमा युभेन्टस र रोमा २-२ को बराबरीमा रोकिएका हुन्। खेलमा युभेन्टसका लागि रोनाल्डोले दोहोरो गोल गर्दा रोमाका लागि जोर्डन भेरेटआउटले दोहोरो गोल गरे। रोमाका लागि ३१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै भेरेट आउटले अग्रता दिलाएका थिए। उता युभेन्टसका लागि रोनाल्डोले पनि पेनाल्टी मार्फतनै खेल…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले भिल्ला रियलमाथि फराकिलो जित निकाल्दै लिगमा सुखद सुरुवात गरेको छ। क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ४-० को सानदार जित निकालेको हो। बार्सिलोनाको जितमा अंशु फाटीले २ गोल गर्दा लियोनल मेस्सी १ गोल गरे। १ गोल भने भिल्ला रियलले आत्माघाती गरेको थियो। खेलमा सबै गोलहरु पहिलो हाफमै भएका थिए। खेलको १५ औं…
इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा लेस्टरसिटीले म्यानचेस्टर सिटीमाथि सानदार जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा लेस्टर सिटीले ५-२ घरेलु टोलीमाथि रवाफिलो जित निकालेको हो। लेस्टरको जितका लागि जेमी भार्डीले ह्याट्रिक गरे भने जेम्स म्याडिसन योउरी टाइलेमन्सले १/१ गोल गरे। खेलमा अग्रता भने म्यानचेस्टर सिटीले लिएको थियो। रियाद महरेजको गोलमा खेलको चौथो मिनेटमै घरेलु टोलीले अग्रता बनायो।…
काठमाडौं : आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि भएको छ। आइतवार गरिएको कोभिड १९ परीक्षणमा रिपोर्ट पोजेटिभ आएको उपाध्यक्ष ढकालले जानकारी दिएका छन्। कोभिड पोजेटिभ देखिए पनि आफ्नो स्वास्थ्यमा कुनै पनि समस्या नभएको ढकालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेका छन्।
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा किंग्स ११ पञ्जाबमाथि राजस्थान रोयल्सले ४ विकेटले जित निकालेको छ। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबका ओपनरद्वय मयंक अग्रवाल र कप्तान के एल राहुलको साझेदारी जम्दा पञ्जाबले ठूलो स्कोर बनाउन सकेको थियो। पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२३ रन बनाएको थियो। पञ्जाबका लागि अग्रवालले सर्वाधिक ५० बलमा १०६ रन जोड्दा कप्तान राहुलले…
जर्मन बुण्डेसलिगा अन्तर्गतको आज भएको खेलमा साविक विजेतासमेत रहेको बायर्न म्युनिख पराजित भएको छ। रेहिन नेक्कर एरेनामा भएको खेलमा घरेलु टोलीले बायर्नमाथि ४-१ को सानदार जित निकालेको हो। होफेनहाइमको जितमा इरमिन बिकाकचिच, मुनास दब्बुर र आन्द्रेज क्रमारिकले गोल गरे। बायर्नको लागि जोसुवा किममिचले सान्त्वना गोल गरे। खेलको १६ औं मिनेटमै बिकाकचिचको गोलमा होफेनहाइमले खेलमा अग्रता बनाएको थियो। २४ औं मिनेटमा…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा किंग्स ११ पञ्जाबले राजस्थान रोयल्सलाई २ सय २४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको प ञ्जाबका ओपनरद्वय मयंक अग्रवाल र कप्तान के एल राहुलको साझेदारी जम्दा पञ्जाबले राम्रो स्कोर बनाउन सक्यो। पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२३ रन बनाएको हो। पञ्जाबका लागि अग्रवालले सर्वाधिक ५० बलमा १०६ रन जोड्दा…
काठमाडौं : क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले चितवनमा बसेको बैठकबाट गरिएको खेलाडी वर्गीकरणको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेको छ। सिप्यानले बैठकका निर्णयहरुले सकारात्मक र सुधारात्मक सन्देश दिए पनि क्रिकेट खेलाडीबाट खेलाडी वर्गीकरणका क्रममा गुनासो आएकोले त्यसमा पुनर्विचार गर्न आग्रह गरेको हो। सिप्यानको विज्ञप्तिमा तीनवटा विषयमा ध्यानकर्षण गराइएको छ। जसमा पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर वर्गीकरण गर्नुपर्ने, विभेदको अनुभुति हुने वातावरणलाई…
काठमाडौं : पछिल्लो २४ घण्टामा ४८ जिल्लामा कोभिड-१९ का नयाँ संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५२४ महिला र एक हजार ४९ पुरुष गरी एक हजार ५७३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। जुन पछिल्लो २४ घण्टामा भएको परीक्षणको १५.५३ प्रतिशत हो। पछिल्लो २४ घण्टामा १० हजार…
काठमाडौः बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको हत्या अभियोगमा नियन्त्रणमा लिएका युवकमाथिको अनुसन्धानले घटनामा थप दुइस्ट ल्याएको छ। प्रहरी अनुसन्धानामा १८ वर्षीय राजेन्द्र बोहोराले यसअघि पनि बलात्कार गरेको खुल्न आएको छ। बोहोराले बलात्कार गरे पनि गाउँमा नै भेला गरेर घटना मिलाएको खुलेको हो। युवक बोहोराले साउन २९ गते एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको खुलेको छ। साँझ…
काठमाडौं: नेपाली सेनाका प्रमुख प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन्। प्रधानसेनापति निवासको भान्छामा कार्यरत एक जना सदस्यमा शनिवार कोभिड १९ संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम थापाले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेल्फ क्वारेन्टाइन गरेको जंगी अड्डाले जनाएको छ।
काठमाडौं : बर्दियामा कोभिड-१९ संक्रमणपछि होम आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु भएको छ। गुलरिया नगरपालिका वडा ७ का ५० वर्षीय पुरुषको उपचारको लागि भेरी अस्पतालमा लैजाने क्रममा शनिवार मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ। योसँगै बर्दियामा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ४ पुगेको छ। निज मृतक फोक्सोको क्यान्सरको विरामी रहेको कार्यालयले जनाएको छ। क्यान्सरको उपचार गराएर भारतको दिल्लीबाट असोज १…
काठमाडौः प्रहरीले अबैधरुपमा भित्रिएको सुन सहित दुई जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय त्रिभुबनबस्ती कञ्चनपुरको संयुक्त टोलीले शनिवार करिब आधा किलो सुन सहित दुई जनालाई समातेको हो। पक्राउ पर्नेहरूमा डोटी के.आई. सिह गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेल रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ४ सय ४० ग्राम सुन…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ। बेनिटो भिल्लामारिन स्टेडियममा भएको खेलमा रियल मड्रिडले ३-२ ले खेल आफ्नो पक्षमा पारेको हो। खेलको १४ औं मिनेटमा करिम बेन्जेमाको पासमा फेड्रेरिको भालभर्डेले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए। तर ३५ औं मिनेटमा बेटिसले खेल बराबरीमा ल्यायो। एइसा मण्डीले गोल गर्दै खेल बराबरीमा ल्याए।…
इङग्लिस प्रिमियर लिग (इपीएल) अन्तर्गत गएराति भएको खेलमा चेल्सी वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ। द हावथ्रोन्स स्टेडियममा भएको खेलमा पहिलो हाफमा चेल्सीले दोस्रो हाफमा पुनरागमन गर्दै घरेलु टोलीसँग बराबरी खेलेको हो। खेलको चौथो मिनेटमै वेस्टब्रुमले खेलमा अग्रता बनाएको थियो। म्याथ्युस परेइराको पासमा कलुम रोबिन्सनले घरेलु टोलीलाई अग्रता दिलाए। रोबिन्सले नै खेलको २५ औं मिनेटमा पनि दोस्रो गोल थपे। त्यसको २…