सन् २०१५ मा राजस्थान रोयल्सले पहिलो पटक आईपीएलमा लगातार तीन खेलमा जित निकालेको थियो। अहिले १३ औं संस्करणमा आइपुग्दा त्यसैलाई दोहोर्याउने दाउमा पुगेको छ यो टिम। यसअघिका दुई खेलमा राम्रो प्रदर्शन गर्दै हातबाट गइसकेको खेललाई समेत आफ्नो पक्षमा ल्याएको राजस्थानले आज कोलकता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ। शारजहामा यसअघिका दुई खेलमा क्रमश २१६ र २२६ रन जोडेको राजस्थानले आज दुबइको ठूलो…
सिमकोट: नेपाल चीनबीच सीमा विवाद देखिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ को लिमीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ। नाम्खा–६ मा पर्ने लिमी लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल उपरीक्षक डीएसपी मोहन विष्टले जानकारी दिए। हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय…
काठमाडौं : प्रहरीले अपहरण गरेको अभियोगमा डेविट भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलवार साँझ उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। मलेसियमा बसेर गुन्डागर्दी गरेको तथा अपहरणको उजुरी परेपछि नेपाल आएको समयमा उनलाई नियन्त्रणमा लिएको व्यूरोका डीआइजी सहकुल थापाले बताए। 'पीडित परिवारले उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,' डीआइजी थापाले भने। डेविडले १५ लाख…
इण्डियन प्रिमियर लिग (आईपीएल) हेर्दै हुनुहुन्छ? रित्ता रंगशाला, दर्शकका फेक आवाज, एकपछि अर्का आक्रमक ब्याटिङ, सेलिब्रेसनको फरक माहोलजस्ता कुराहरु यस सिजनको आईपीएलका परिदृश्य हुन्। यसबाहेक अर्को फरक विषय हो, खेलाडीको फिटनेस। केही राम्रो फर्ममा भएकै खेलाडीहरु दौडनै आपत पर्ने गरी मोटाएको पनि देखिन्छ यस सिजनमा। आईपीएलको उद्घाटन खेलको दिन भारतीय हक्की टिमका पूर्व क्याप्टेनसमेत रहेका खेलाडी विरेन रसक्विन्हाले ट्वीट गरे :…
चितवनः चितवनमा थप १२ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा भएको परीक्षणमा १२ जनामा पोजेटीभ देखिएको हो। १सय ६३ वटा नमुना परीक्षण गर्दा १२ जनामा पोजेटीभ र बाँकी १ सय ५१ जनामा नेगेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमतिमध्ये ६ जना भरतपुर महानगरपालिकाका, राप्ती नगरपालिकाका १, खैरहनी ४ र कालिका नगरपालिका…
काठमाडौं : पहिरोले बन्द भएको तातोपानी नाका साढे तीन महिना पछि संचालनमा आउने भएको छ। सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली र चिनियाँ अधिकारीको टोलीबीच भएको छलफलमा नाका खोल्ने सहमति भएको हो। स्वास्थ्य मापदण्ड पूरा गरेर असोज १९ गतेबाट नाका संचालन गर्ने सहमति भएको तातोपानी भन्सार कार्यालयका प्रमुख अधिकृत लालबहादुर खत्रीले बताए। खासातर्फ सामान लोडअनलोड गर्न जाने चालक र…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भ्यालेन्सियाले रियल सोसिडाडमाथि जित निकालेको छ। एनोएटा स्टेडियममा भएको खेलमा भालेन्सियाले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा भ्यालेन्सियाका लागि म्याक्सिमिलिआनो गोमेज गोञ्जालेजले निर्णायक गोल गरे। उनले खेलको ७५ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै गएराति नै भएको अर्को खेलमा गेटाफेले रियल बेटिसमाथि ३-० को…
कारबाओ कप अन्तर्गत गएराति भएको खेलमा चेल्सी टोटेनहम हट्सपरसँग पराजित भएको छ। निर्धारित समयसम्म खेल १-१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। खेलमा अग्रता भने चेल्सीले बनाएको थियो। खेलको १९ औं मिनेटमा टिमो वार्नरले गोल गर्दा पहिलो हाफमा चेल्सी अगाडि रह्यो। दोस्रो हाफमा टोटेनहमले खेल बराबरीमा ल्यायो। खेलको ८३ औं मिनेटमा एरिक लामेलाले गोल गर्दा खेलको निर्णयका लागि पेनाल्टीमा…
काठमाडौं : नेपाली सेनाले जनताले छिटो लाभ प्राप्त गर्ने तथा सैनिक नागरिक सम्बन्धमा कोसेढुङ्गा सावित हुने कार्यक्रम कार्यन्वयनलाई पछिल्लो समय तीव्रता दिएको छ। स्थानीय आवश्यकता पहिचान गरी विकास, निर्माण र सामाजिक सेवाका कार्यक्रममार्फत सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले थोरै बजेटमा धेरै जनता लाभान्वित हुने कार्यक्रमलाई प्राथमिकतामा राखिएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए। सोही सन्दर्भमा सेनाले मोरङको धनपालथान गाउँपालिकाको दानावती…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आजको खेलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। शेख जायेद स्टेडियममा भएको खेलमा हैदराबादले १५ रनको जित निकाल्दै जारी सिजन पहिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। हैदराबादका लागि जोन्नी बेयरस्टोले सर्वाधिक ५३ रन बनाउँदा त्यस्तै कप्तान डेभिड वार्नरले ४५ रन जोडे। त्यस्तै…
इण्डियन प्रिमियर लिग अन्तर्गतको आजको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनाएको हो। हैदराबादका लागि जोन्नी बेयरस्टोले सर्वाधिक ५३ रन बनाउँदा त्यस्तै कप्तान डेभिड वार्नरले ४५ रन जोडे। त्यस्तै केन विलिमसनले ४१ रन बनाउँदा अब्दुल समद १३ रनमा अभिजित रहे। उता…
इण्डियन प्रिमियर लिग अन्तर्गतको आजको खेलमा दिल्ली क्यापिटल्सले टस जितेर हैदराबादलाई ब्याटिङको निम्ता दिएको छ। शेख जायेद स्टेडियममा हुन लागेको खेलमा दिल्लीले आफ्नो प्लेइङ ११ मा नेपाली स्पीन सन्दीप लामिछानेलाई राखेको छैन। यो सिजनमा फर्ममा देखिएको दिल्लीले खेलेका दुई खेलमा दुवैमा जित निकालेको छ भने हैदरावादले दुवैमा हार ब्यहोरेको छ। दिल्ली अंक तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद पुछारमा छ।…
आगामी महिनादेखि जापान एयरलाइन्सका विमानमा ‘लेडिज एण्ड जेन्टलमेन’ सम्बोधन हुने छैन। अक्टोबर १ देखि लैङ्गिकता नझल्कने गरी ‘सम्पूर्ण यात्रुहरू’ सम्बोधन गरिने भएको हो। खबर बारे जापान एयरलाइन्सको अङ्ग्रेजी भाषाको उद्घोष परिवर्न हुन लागेको हो। यसअघि जापानी भाषामा गरिने उद्घोष पहिलेदेखि लैङ्गिक हिसाबमा तटस्थ थियो। ‘यो सानो प्रयास हो। सबै जापानी यात्रुले अङ्ग्रेजी बुझ्दैनन्। त्यसैले उनीहरूका लागि यो प्रयासले अर्थ नराख्न…
बलिउड अभिनेता सोनु सुदलाई यूनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम (यूएनडिपी)ले अवार्ड प्रदान गरिएको छ। बलिउड हंगामाले जनाए अनुसार सोनुले लकडाउनका समयमा पुर्याएको योगदानहरूको सम्मान स्वरुप ‘स्पेसियल ह्युम्यानिटेरियन एक्सन अवार्ड’ दिइएको हो। कोरोना भाइरस महामारीको समयमा कलाकार सोनु सुद 'रील लाइफ हिरो' बने। राहत वितरणदेखि लकडाउन प्रभावितको उद्धारमा खटे उनी। उनले निम्न आय भएका जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति योजना समेत घोषणा गरेका छन्।…
काठमाडौं : कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्वर्गीय मनुजबाबु मिश्रको कृति ‘एकलानुभूति’ सार्वजनिक भएको छ। झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका मिश्रको निबन्ध संग्रह मंगलबार सार्वजनिक भएको हो। यसअघि नै प्रकाशित ६ वटा निबन्धसंग्रहबाट साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध ‘एकलानुभूति’मा सङ्गृहीत छन्। मिश्रका विभिन्न निबन्धसङ्ग्रहका फरकफरक अनुहारका रूपमा यो पुस्तक रहेको न्यौपानेले बताए। ‘एउटै मनुजबाबु मिश्रमा…
काठमाडौं : प्रहरीले ब्रोइलर कुखुराको चल्लालाई रङ लगाएर लोकल भन्दै बिक्री गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मंगलवार कलंकीबाट चार जनालाई नियन्त्रणमा लिएको वृत्तका डीएसपी अपिल बोहोरले जानकारी दिए। 'उनीहरुले सस्तोमा ब्रोइलर कुकुराको चल्ला ल्याउने अनि रंग लगाएर लोकल भन्दै महँगो मूल्य लिएर बिक्री गर्ने गरेको देखियो,' डीएसपी बोहोराले भने। प्रहरीले काठमाडौं जैसवाल पोल्ट्री सप्लायर्स संचालक प्रमेशिला देबी,…
काठमाडौं : पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानका लागि यसपटक छानिएका नामले चर्चित बन्दै गइरहेको पुरस्कार नराम्ररी विवादमा पर्यो। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले पुरस्कार स्थगित गरिसकेको छ। तर, सामाजिक सञ्जालमा यसबारे बहस भने चलिरहेकै छ। सञ्जिव उप्रेतीले पुरस्कार अस्वीकार गर्नुको कारण थियो, उनीसँगै मोदनाथ प्रश्रित पनि सम्मानित हुने सन्दर्भ। नेकपाको राजनीतिमा लामो समय सक्रिय रहेका साहित्यकार प्रश्रित शिक्षामन्त्रीसमेत रहिसकेका व्यक्ति हुन्। शारदा भुषालले…
काठमाडौं: करीब ४ सय वर्ष पुरानो इतिहास बोकेको लगं बहाः (लगन बहाल)को पुरातात्विक महत्वलाई अस्तित्वविहीन बनाउने प्रयासको आरम्भ भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको नाममा प्रताप मल्लकालिन इतिहासलाई नै अस्तित्वविहीन बनाउने गरी मुद्धामामिलाको थालनी भएको भन्दै लगनटोलबासीले ऐतिहासिक सम्पदा संरक्षणका लागि एकताबद्ध भई त्यस्ता चलखेललाई निष्क्रिय बनाइउने बताएका छन्। शिलखाना नमास्न माग गर्दै…
चिनियाँ अदालतले एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको छ। २५ जना विद्यार्थीहरूको खानामा विषाक्त पदार्थ मिसाएको आरोपमा सजाय सुनाइएको हो। जसमध्ये एक विद्यार्थीको मृत्यु भयो। गत वर्ष मार्च २७ मा हेनान प्रान्तको जियाओजुओ शहरको एक किन्डरगार्टेनमा विद्यार्थीहरूले बिहानको खाजा खाए। त्यसपछि नर्सरीका २३ जना विद्यार्थीहरू कोही वान्ता गर्न थाले कोही बेहोस भए। लगत्तै वाङ युन नामक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।…
काठमाडौं : मङ्गलवार बिहानै काठमाडौं उपत्यकाभित्रका सडकमा ट्राफिक प्रहरीको सक्रियता एकाएक अन्य दिनको तुलनामा बढी देखियो। उपत्यकाभित्रका तीन वटै जिल्लामा ट्राफिक प्रहरीले बाटोमा 'चेकिङ प्वाइन्ट' थापेर चेक गर्दा सडकमा जाम नै देखियो। काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञामध्ये निजी तथा सार्वजनिक सवारी साधनमाथि लगाइएको प्रतिबन्ध भने फुकुवा भएको छैन। जोरबिजोरका आधारमा सार्वजनिक तथा निजी सवारी साधन चल्न भनिएको छ। तर, यस्तो नियमलाई अटेर गर्दै सवारी…