काठमाडौं : चितवनमा थप एक जना कोभिड १९ संक्रमित पुरुषको मृत्यु भएको छ। मकवानपुर हेटौडा उप महानगरपालिका न्युरेनी बस्ने ७८ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालले जानकरी दिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि बिहीवार राति १० बजे उनी चितवन मेडिकल कलेजबाट भरतपुर अस्पताल भर्ना भएका थिए। स्वासप्रस्वासमा जटिल समस्या तथा निमोनिया देखिएका पुरुषकालाई कोभिड आइसियुमा भर्ना गरेर राखिएको अस्पतालले जानकारी दिएको छ।…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि सहज जित निकालेको छ। बलाइडोस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को जित निकालेको हो। बार्सिलोनाको जितमा अंशु फाटी र सेर्जी रोबेर्टोले गोल गर्दा सेल्टा भिगोका लुकास ओलाजाले आत्माघाती गोल गरेका थिए। खेलको ११ औं मिनेटमै काउन्टिनोको पासमा फाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। यो सँगै १७ वर्षे…
काठमाडौं : भदौको अन्तिम साता ४२ वर्षीय शम्भु महतो मारिए। कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा डेरा गरी बस्दै आएका उनलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ७ भाजंगलका आफ्नै घरवेटी प्रेमकृष्ण महर्जनले आग्लो प्रहार गरेर हत्या गरेका थिए। घरभाडा र पानीको विषयमा मनमुटाव हुँदा महतोलाई घरबेटीले आग्लोले हानेर हत्या गरेका हुन्। प्रहरीले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ। हत्या अभियोगमा घरबेटी प्रेमकृष्ण…
राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना नजिकका सहयोगी होप हिक्सलाई कोभिड १९ पोजेटिभ देखिएको छ। उनी टेलिभिजन डिबेटका लागि राष्ट्रपति ट्रम्पसँगै एयर फोर्स वनबाट यात्रा गरेकी थिइन्। उनी राष्ट्रपति ट्रम्पसँग हेलिकप्टर मरिन वानमा पनि सँगै रहेको ह्वाइट हाउस संवाददातालाई उदृत गर्दै बीबीसीले जनाएको छ। ३१ वर्षीया उनी कोरोना भाइरस संक्रमित हुने ट्रम्पका सबैभन्दा नजिककी व्यक्ति हुन्। उनलाई क्लेभल्यान्डमा एयर फोर्स वानबाट बाहिर…
राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना नजिकका सहयोगी होप हिक्सलाई कोभिड १९ पोजेटिभ देखिएको छ। उनी टेलिभिजन डिबेटका लागि राष्ट्रपति ट्रम्पसँगै एयर फोर्स वनबाट यात्रा गरेकी थिइन्। उनी राष्ट्रपति ट्रम्पसँग हेलिकप्टर मरिन वानमा पनि सँगै रहेको ह्वाइट हाउस संवाददातालाई उदृत गर्दै बीबीसीले जनाएको छ। ३१ वर्षीया उनी कोरोना भाइरस संक्रमित हुने ट्रम्पका सबैभन्दा नजिककी व्यक्ति हुन्। उनलाई क्लेभल्यान्डमा एयर फोर्स वानबाट बाहिर…
काठमाडौं : चितवनमा थप २५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशामा बिहीवार गरिएका १ सय ७२ वटा परीक्षणमध्ये २५ वटा पोजेटिभ आएको हो। संक्रमितमध्ये १ जना महिला भने अर्धाखाँचीकी रहेकी छिन्। बाँकी भने चितवनका नै हुन्। संक्रमित देखिनेमा १३ वर्षीय बालिका समेत भएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले किंग्स ११ पञ्जाबलाई पराजित गरेको छ। शेख जायेद स्टेडियम अबुधावीमा भएको खेलमा मुम्बईले पञ्जाबलाई ४८ रनले हराएको हो। जितसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो। पञ्जाबका लागि निकोलक पुरनले ४४ तथा मयंक अग्रवालले…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा मुम्बइ इण्डियन्सले किंग्स ११ पञ्जाबलाई १९२ रनको लक्ष्य दिएको छ। शेख जायेद स्टेडियम अबुधावीमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको हो। मुम्बइका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाउँदा किइरोन पोलार्ड र हार्दिक पाण्ड्याले आक्रामक ब्याटिङ गरेर अभिजित रहँदै क्रमश २०…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले क्यानको बोर्ड बैठकले गरेको खेलाडी वर्गीकरणको निर्णयलाई लिएर क्यानलाई सात दिने स्पष्टीकरण सोधेको छ। राखेपले वर्गीकरण चित्त नबुझ्दो भएको भन्दै क्रिकेट खेलाडी संघ (सिप्यान) र खेलाडीहरुले नै दिएको निवेदनका आधारमा क्यानलाई सात दिनभित्र स्पष्टीकरण दिन भनेको हो। ‘नेपाल क्रिकेट संघ (क्यान)को यहि असोज ६ गते चितवनमा भएको साधारण सभाले पुरुष/महिला क्रिकेट खेलाडीहरुको वर्गीकरण गरेको…
काठमाडौं : म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने पसल संचालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कलंकी र बाफल क्षेत्रमा सञ्चालित दुई पसलमा म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ म्याद राखेर बिक्री गरेको पाइएपछि गोदाम सिल गरिएको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका १४ कलंकी लिङ्करोडमा रहेको आयन डिस्ट्रिब्युटर्स प्रालि र बाफलमा रहेको उक्त कम्पनीको गोदाम सिल गरिएको छ। सोही नजिक रहेको…
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण पुष्टी भएको छ। अघिल्लो हप्ता चितवनमा बोर्ड बैठकबाट फर्किएका प्याकुरेल र चन्दलाई कोरोना संक्रमण भएको क्यानले जनाएको हो। क्यानका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। र, क्यानले उनीहरुसँग सम्पर्कमा आएकाहरुलाई क्वारेन्टिमा बस्नसमेत आग्रह गरेको छ। President of the Cricket Association of Nepal (CAN) Chatur Bahadur…
काठमाडौं : सरकारले डा निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। बिहीवारको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। त्यस्तै, आजको बैठकले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ। त्यस्तै, बैठकले पूर्वमुख्य सचिव लोक दर्शन रेग्मीलाई बेलायत र पूर्व अर्थमन्त्री डा युवराज खतिवडलाई अमेरिकाका लागि राजदूत नियुक्त गर्ने निर्णय…
काठमाडौं : सरकारले डा गोविन्द केसीलाई अनशन तोड्नका लागि आग्रह गरेको छ। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै अहिले अनसन बस्न उपयुक्त समय नभएको बताए। ‘देश यत्रो संकटमा छ। कोरोनाका विरुद्ध जनतालाई जोगाउने अभियानमा जाँदै गर्दा आज मात्रै हामीले एक चिकित्सकलाई गुमाएका छौं। एकातिर चिकित्सकहरु, सुरक्षाकर्मीहरु जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागि रहनु भएको छ,’ उनले भने। प्रवक्ता ज्ञवालीले…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कम्युनिस्टहरुको एउटै पार्टी बनाउनुपर्ने बताएका छन्। बिहीवार विभिन्न समूहबाट नेकपा प्रवेश गरेका नेता-कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले कम्युनिस्टहरु एक हुन आग्रह गरे। ‘ढिलो छिटो अब कम्युनिस्टहरु छलफल, बहस एउटै पार्टीभित्र बसेर गर्न सक्छन्, सकिन्छ र सक्नुपर्छ,’ उनले भने। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा…
काठमाडौं : पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का थप संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालमा भएको १२ हजार ४४४ नमुना परीक्षणका क्रममा ६२८ महिला र एक हजार २८३ पुरुष गरी एक हजार ९११ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। २४ घण्टामा भएको कुल परीक्षणको १५.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको…
काठमाडौं : लेखक विजय कुमारको दोस्रो कृति ‘सम्बन्धहरू’ सार्वजनिक भएको छ। विहीवारदेखि नेपालमा रहेका पाठकका लागि उपलब्ध पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो। जीवनको अस्थायीपनको किताब हो, सम्बन्धहरू। अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति। ‘खुसी’का लागि मदन पुरस्कारप्राप्त लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो।…
काठमाडौं : रुपन्देहीका थप तीन जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। जिल्लाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोभिड अस्थायी विशेष अस्पतालमा उपचारका क्रममा एक वृद्धको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका ८ का ८० वर्षका पुरुषको बुधवार राति उपचारका क्रममा मृत्यु भएको हो। कोभिड-१९ संक्रमण पुष्टि भई असोज १२ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचाप, स्वासप्रस्वास सम्बन्धी समस्या तथा…
काठमाडौं : नेपालमा पहिलो पटक विवादमा आएको मृत्यु भएका कोभिड १९ संक्रमितको पोष्टमार्टम भएको छ। असोज ३ गते वीर अस्पतालमा उपचारका क्रममा ६३ वर्षीय रुपन्देहीको सिद्धार्थनगर नगरपालिका रामलखन जयसवालको शवको पोष्टमार्टम भएको हो। त्रिवि शिक्षण अस्पताल टिचिङमा उनको पोष्टमार्टम भएको हो। उनी ज्यान मार्ने मुद्दामा ८ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गर्दै थिए। असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा…
काठमाडौं : सुर्खेतमा आफ्नो कोठामा मृत फेला परेकी एक महिलामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। असोज १३ गते साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का कोठागरी बस्ने भेरीगंगा १ की ३५ वर्षकी महिला कोठामा मृत फेला परेकी थिइन्। भित्रबाट ढोका बन्द भएको अवस्थामा १३ गते साँझ ४ बजे प्रहरीले उनको शव निकालेको थियो। शबलाई प्रदेश अस्पतालमा लगी स्वाब परीक्षण गर्दा १४…
यौन दुर्व्यवहारको आरोपमा मुम्बई प्रहरीले बलिउड निर्देशक अनुराग कश्यपमाथि सोधपुछ गरेको छ। अनुराग विहान वर्सोवा थानामा सोधपुछका लागि पुगेका थिए। अनुरागमाथि कलाकार पायल घोषले यौन दुर्व्यवहारको आरोप लगाउँदै उजुरी दिएकी छन्। उनकै उजुरीका आधारमा आज अनुरागको वयान लिइएको हो। सोधपुछसँगै पीडित पायललाई मेडिकल परीक्षण गर्न कपुर अस्पताल लगिएको छ। अनुरागसँग सोधपुछ भइरहँदा पीडित पायलले ट्वीटरमार्फत न्याय मिल्ने आशा व्यक्त गरेकी…