नेपालगन्ज : नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो मेला आठौँ राष्ट्रिय खेलकुद प्रदेश ५ मा सञ्चालन भइरहेको छ। चैत २७ गतेबाट सुरु भएको आठौँ खेलकुदको औपचारिक उद्घाटन भोली बेलुका नेपालगन्ज रंगशालमा राष्ट्रपतिले गर्नेछन्। आठौँ राष्ट्रिय खेलकुद सुरु भएको आज आठौँ दिन हो। आजबाट तीन चर्चित खेलहरु फुटबल, क्रिकेट र भलिबल सुरु हुँदैछ। भलिबल नेपालगन्जस्थित खजुरामा रहेको भलिबल एकेडेमीमा बिहानैदेखि सुरु भएको…
काठमाडौँः प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको आज संसदीय सुनुवाइ हुँदैछ। चैत ११ गते संवैधानिक परिषदले थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव थपलियालाई सरकारले प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले थपलियालाई बुधबार दिउँसो २ बजे सुनुवाइका लागि बोलाएको छ। थपलियाको सुनुवाइपछि आजै राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको सुनुवाइ…
लोकेश राहुलको अर्धशतक अनी कप्तान रविचन्द्रन आश्विनको अलराउण्ड प्रदर्शनमा किंञग्स एलेभेन पञ्जावले इण्डियन प्रिमियर लिग २०१९ (आइपीएल) मा राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ। चण्डीगढस्थित घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा १८२ रन बनाएको थियो। १८३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको राजस्थानले २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १७० रन बनाउन सक्यो। पञ्जावका…
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान फड्को मारेको छ। नेपाल भन्दा अगाडि रहेको युएई जिम्बावेसँगको चार खेलको एकदिवसीय सिरिजमा पराजित भएपछि त्यसको फाइदा नेपाललाई पुगेको हो। चार खेलको सिरिज जिम्बावेले ४-० ले क्लिन स्वीप गरेको हो। आइसीसीले जारी गरेको नयाँ वरीयतामा युएईलाई पछि पार्दै नेपाल १४औँ स्थानमा उक्लेको हो। टी २० मा पनि नेपाल…
कप्तान लिओनल मेसीले क्वाटरफाइनल दोस्रो लेगमा दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडलाई समग्रमा ४-० ले पराजित गर्दै बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा गएराति भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले इंग्लिस क्लब युनाइटेडलाई ३-० ले पराजित गरेको हो। यसअघि युनाइटेडको मैदानमा भएको पहिलो लेग बार्सिलोनाले १-० ले जितेको थियो। दोस्रो लेगमा बार्सिलोनालाई सहज जित दिलाउन मेसीले १६औँ र…
दोस्रो लेगमा युभेन्ट्समाथि २-१ को पुनरागमन जित हात पारेको अयाक्स युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा बराबरी खेलेको डच क्लब अयाक्सले युभेन्ट्सको मैदानमा भएको दोस्रो लेग जित्दै समगमा ३-२ को जित हात पारेको हो। दोस्रो लेगमा एक गोलले पछि परेर पनि पुनरागमन गर्दै अयाक्सले दुई गोल गर्यो। घरेलु मैदानमा २८ औँ मिनेटमा क्रिस्टियानो…
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ सुजना लोहनीले स्वर्ण जितेकी छन्। एक खेल अगावै सुजनाले स्वर्ण पक्का गरेकी हुन्। सुजनाले नवौं चरणको खेल खेल्न बाँकी छ। अन्य पदकको भने टुंगो लाग्न बाँकी छ। खुलामा आठौं चरणको खेल सकिँदा प्रहरीका पुरुषोत्तम चौलागाईं, आर्मीका सचिन महर्जन र प्रहरीका मनीष हमालले समान ६.५–६.५ अंक जोडेका छन्। प्रहरीका प्रहरीका मदनकृष्ण कायश्थको ६ अंक…
काठमाडौँ : एसियन एथ्लेटिक्स च्याम्पियनसिपको २३औं संस्करणमा सहभागी हुन २ नेपाली खेलाडी बिहीबार कतारको दोहा प्रस्थान गर्ने भएको छ। अप्रिल २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा अजितकुमार यादवले ५ हजार मिटर दौड तथा सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन्। सोही प्रतियोगिताका दौरान हुने कोंग्रेसमा सहभागी हुन राजीवविक्रम शाह पनि टोलीसंगै दोहा जाँदैछन्।
दाङ : नेपालका नम्बर एक खेलाडी दिदीभाई नङ्खशल देवी तामाङ र रत्नजित तामाङ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०औं ब्याडमिन्टन राष्ट्रिय प्रतियोगिताको महिला तथा पुरुष एकलतर्फ क्वाटरफाईनलमा प्रवेश गरेका छन्। सेनाकी नङ्खशलले सेनाकै गिता राईलाई २१-११, २१-११ को अन्तरले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएकी हुन्। यस्तै सेनाकै प्रतिनिधित्व गरेका भाई रत्नले पुलिसका पूर्ण बहादुर थापालाई २१-११, २१-७ ले पराजित गर्दै दोश्रो…
नेपालगन्ज : २०७५ साल चैत २७ गतेबाटै केही खेलका स्पर्धाहरु सुरु भएपनि आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन २०७६ साल बैशाख ५ गते हुँदैछ। प्रदेश ५ मा भएरहेको बृहुत खेल मेलाको यहि बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको हो। नेपाली खेलकुद र खेलाडीको लागि बहुप्रतिक्षित र प्रतिष्ठित मानिएको यस खेल मेलामा यस पटक सात प्रदेश, तीन…
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १६औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ। प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए। एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो। स्कोरअन्तरका आधारमा आर्मी अगाडि रह्यो। आर्मीबाट पुरुषमा जंगबहादुर सारु, पवन श्रेष्ठ र शिव बराम तथा महिलामा…
काठमाडौं : प्रदर्शनको तयारीमा रहेको बलिउडको प्रतीक्षित फिल्म 'कलंक' बुधबार नेपाल प्रदर्शनमा नआउने भएको छ। चलिचित्र विकास बोर्डले सेन्सर स्वीकृती नदिएपछि 'कलंक'को प्रदर्शन रोकिएको वितरक मनोज राठीले जानकारी दिए। राठीले बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईको फिल्म यात्रा हलमा प्रदर्शनरत भएकाले बलिउड फिल्म रोक्न खोजेको आरोप लगाए। यसले वितरकलाई घाटा हुने राठीको दाबी छ। उता, बोर्ड अध्यक्ष भट्टराईले भने वितरकले सेन्सरका लागि कुनै निवेदन…
काठमाडौं : सर्वोच्च अदालतको पूर्ण पाठ आएलगत्तै सरकारले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ। अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो। ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको हो। एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर…
काठमाडौँ : सन्दीप लामिछानेले नेपालको सिनियर राष्ट्रिय क्रिकेट टिममा डेब्यू गरेको आज तीन वर्ष पूरा भएको छ। आज भन्दा ठीक तीन वर्षअघि कीर्तिपुरस्थित टीयू इन्टरनेशनल ग्राउण्डमा वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सिपमा नामिबिया विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेका थिए। यस अवधीमा सन्दीपले विश्वका धेरै मैदानमा खेले। धेरै स्टार खेलाडीसँग, धेरै स्टारको विकेट लिए। नेपाललाई पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सहयोग गरे।…
काठमाडौँ : यही अप्रिल २१ देखि २८ तारिखसम्म हंगेरीको बुढापेस्टमा हुने विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। खेलाडी र पदाधिकारीसहित च्याम्पियनसिपमा सहभागिता जनाउने ८ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवन राम श्रेष्ठले मंगलवार बिदाइ गरे। च्याम्पियनसिपमा नेपालबाट राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठसहित बिनेश खनिया, दिक्षा तामाङ, स्वेच्छा नेम्वाङ र…
काठमाडौं : नेपालमा छायाँकन गरिएको बलिउड फिल्म 'इन्डियाज मोस्ट वान्टेड'को टिजर सार्वजनिक गरिएको छ। निर्माण युनिटले पोखरामा फिल्मको छायाँकन गरेको थियो। पछिल्लो समय यो फिल्ममा नेपाली कलाकारको पनि अभिनय रहने चर्चा थियो। टिजरमा बलिउड अभिनेता अर्जुन कपुरसँगै पुलिसको वर्दीमा नेपाली कलाकार देख्न सकिन्छ। रवि गिरीलगायत अन्य नेपाली कलाकार टिजरमा फिचर्ड छन्। सत्य घटनामा आधारित फिल्मको टिजरमा पोखराका दृश्य पनि देख्न सकिन्छ। राजकुमार…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिमाल–पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानको घोषणा गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी जागरण अभियान अभियानको घोषणा गर्दै केन्द्रीय तहका नेताहरु स्थानीय तहसम्म पुग्ने जनाइएको छ। विभिन्न १४ बुँदे उद्देश्य राखी घोषणा भएको अभियान तीन चरणमा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। सरकारको अधिनायकवाद देखि मधेशको माग पूरा गराउने लगायतको एजेण्डा…
काठमाडौं: पछिल्लो समय युवा दर्शक माझ वेब सिरिज लोकप्रिय बन्दै गएको छ। त्यसैले पनि वेब सिरिज निर्माण/निर्देशन बढ्न थालेको छ। यही वैशाख १५ गतेदेखि अर्को नयाँ वेब सिरिज 'डियर लभ' प्रशारणमा आउने भएको छ। निर्माण टिमले हालै सरिजको ट्रेलर पनि सार्वजनिक गरेको थियो। रुबुशा क्रियटिभ वर्कसको ब्यानरमा निर्माण भएको सिरिजमा रविन बोगटीको पटकथा तथा संवाद छ। सरिज युवा दर्शक लक्षित हुने…
काठमाडौं: जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'वीर बिक्रम २'को नयाँ गीत सार्वजनिक भएको छ। पछिल्लो समय 'पिरतीको मिठो तिर्सना'बोलको गीतबाट चर्चा कमाएको फिल्म निर्माण टिमले 'वाचा'बोलको गीत सार्वजनिक गरेको हो। संचारकर्मी नरेश भट्टराईले लेखेको गीतमा गायिका दीपा लामा र तारा प्रकाश लिम्बुको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटी फिचर्ड छन्। गीतको कोरियोग्राफी कविराज…
काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत मंगलवार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गर्यो। ब्याटिङमा नेपालका कप्तान रोहित पौडेलले कप्तानी इनिङ्स खेल्दा प्रतीष जिसीले विष्फोटक ब्याटिङ गरे। बलिङमा नेपाली स्पिनरहरु पवन सर्राफ, कुशल मल्ल, सूर्य तामाङले उत्कृष्ट प्रदर्शन गरे। यी तीन खेलाडीले ६ विकेट लिए। यस्तै नेपाली टिमको मुख्य फास्ट बलर कमल सिंह ऐरीले १ विकेट मात्र…