काठमाडौँ : एभरेष्ट प्रिमियर लिग इपीएल खेलिरहेको ललितपुर प्याट्रिओट्सका विदेशी खेलाडी सन्नी पटेललाई आयोजकले कारवाही गरेको छ। इपीएल अन्तर्गत मंगलवार काठमाडौँ कंगस ११ विरुद्धको खेलमा अम्पायरको निर्णयप्रति असन्तुष्ठि जनाएको भन्दै भारतीय खेलाडी पटेललाई कारवाही गरेको आयोजक इपीएल प्रालीले जनाएको छ। उनलाई खेलको नियमविपरित कार्य गरेको भन्दै आयोजकले म्याच फि को ७५ प्रतिशत जरिवाना लगाइएको छ। यस्तै उनको ३ अंक घटेको…
काठमाडौँ : कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काम गर्दै दुई दशक भन्दा बढी समय बिताएका बलदेव मण्डल लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। एभरेष्ट प्रिमियर लिग इपीएलको आयोजक संस्था इपीएल प्रालीले मंगलवार मण्डललाई उक्त अवार्ड प्रदान गरेको हो। मण्डलले २१ वर्षदेखि टीयू मैदानको ग्राउण्ड मेम्मबरको रुपमा काम गर्दै आएका छन्। उनलाई आयोजक इपीएल प्रालीका म्यानेजिङ डिरेक्टर आमिर अख्तरले लाइफटाइम अचिभमेन्ट…
इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को लागि मंगलवार भएको अक्सनमा भारतीय खेलाडीद्वय जयदेव उनाडकाट र बरुण चकरवर्ती सबैभन्दा महँगा खेलाडी बनेका छन्। जयदेवलाई राजस्थान रोएल्सले तथा बरुणलाई किंग्स ११ पञ्चावले समान ८ करोड ४० लाखमा खरिद गरेको हो। यस्तै पञ्जावले ७ करोड २० लाखमा खरिद गरेको इंगल्याण्डका अलराउण्ड साम कुरान विदेशीतर्फ महँगा बने। यसबाहेक दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिकाका कोलिन इनग्रामलाई…
काठमाडौं : नाजिर हुसेनको मुख्य भुमिका रहेको फिल्म 'कागजपत्र'को अफिसियल पोस्टर सार्वजनिक भएको छ। चेत्र ८ गतेदेखि प्रदर्शनमा आउने फिल्मका चार पोस्टरमा नाजिरसँगै शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक फिचर्ड छन्। अपिल बिष्ट फिल्मका निर्देशक हुन्। फिल्मको कथा अपिलले नै लेखेका हुन्। फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिलले बताए। फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत…
काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारलाई दिएको २ हप्ते अल्टिमेटम सकिएपछि आज प्रेस विज्ञप्ति जारी गर्दै अर्को दुई सातापछि माग पूरा नभए अनशन बस्ने जनाएका छन। संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा अध्यादेश अघि बढाउन केही समय लाग्ने जानकारी दिएपछि उनले दुई सातापछिका लागि अनशन सारेका हुन। दुई साताभित्र विधेयक पारित नगरिकन कुनै चलखेल गरे जुनसुकै बेला अनशन बस्नेसमेत उनले…
काठमाडौँ : सात वटै प्रदेशका उपसभामुखहरूले मर्यादा क्रम नमिलेको भन्दै गुनासो गरेका छन्। मर्यादा क्रममा आफूहरूलाई सचिवभन्दा पनि तल राखिएको भन्दै उनीहरूको गुनासो रहेको छ। चितवनमा आयोजित सात वटै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरूको भेला पछि काठमाडौँमा जम्मा भएका उपसभामुखहरूले मर्यादा क्रमका विषयलाई प्रधानमन्त्री र राष्ट्रपति समक्षसमेत उठाउने जनाएका छन्। आज सिंहदरबारमा उपसभामुखहरू र संसदीय मामिलाका पत्रकारहरुबीच भएको अन्तरक्रियामा उपसभामुखहरूले…
काठमाडौं : केहि समयअघि अभिनेता अनमोल केसी र अभिनेत्री सारा शिर्पालीको प्रेम सम्बन्धबारे फिल्म क्षेत्रमा चर्चा चलेको थियो। तर दुवैजनाले त्यसलाई हल्ला मात्र रहेको बताए। फिल्म 'पिँजडा ब्याक अगेन'मा अभिनय गर्दा अनमोलकी आमा सुस्मिता बोम्जनमार्फत अनमोलसँग मित्रता बढेको सारा बताउँछिन्। अनमोल र साराले आफूहरु 'राम्रो साथी' मात्रै भएको बताइरहेका छन्। मिडियामा दुवैबीच प्रेमसम्बन्ध रहेको हल्लाका बारे साराले हालै भनिन् 'अनमोल र मैले एकसाथ फिल्म नगरे पनि साथी…
काठमाडौं : फिल्मसँगै म्यूजिक भिडियोमा व्यस्त छिन् अभिनेत्री शिल्पा पोख्रेल। दर्शकले रुचाएको उनको पछिल्लो फिल्म 'मंगलम' हो। फिल्मबाट उनले दर्शकको सकरात्मक प्रतिक्रिया बटुलेकी थिइन्। अब उनी निखिल उप्रेतीको 'भिलेन'मा देखिँदैछिन्। दर्शकले उनलाई म्यूजिक भिडियोमा पनि रुचाएका छन्। उनी अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। १३ वर्षिया गायिका बिष्णा विश्वकर्माको स्वर रहेको 'सरर माया सरर' गीतमा शिल्पासँगै कलाकार रोहित रुम्बा फिचर्ड छन्।…
काठमाडौं : फिल्म 'जय श्री दाम' प्रदर्शनको तयारीमा छ। फिल्म पुस २० देखि प्रदर्शमा आउने छ। निर्माण टिम यतिखेर फिल्म प्रचार थालेको छ। टिमले पछिल्लो समय फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको थियो। फिल्ममा अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खवितडा र जेबिका कार्कीको मुख्य अभिनय छ। कमेडी जनारामा बनेको फिल्मलाई विप्लप उप्रेतीले निर्देशन गरेका हुन्। मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन…
काठमाडौं: पार्श्व गायनमा व्यस्त गायिका अन्जु पन्तले हालै नयाँ गीत सार्वजिनक गरेकी छिन्। 'तिमीलाई माया गर्छु'बोलको गीतको भिडियोमा उनी आफै फिचर्ड छिन्। टेक तामाङको शब्द रहेको गीतमा अर्जुन पोख्रेलले संगीत दिएका छन्। सान थापाको निर्देशनमा बनेको गीतको भिडियोमा राजिभ समरको कोरियोग्राफी र अनिल के. मानन्धरको छायाँकन छ। गीतलाई अन्जुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
काठमाडौं : थाइल्यान्डको बैंककमा भएको मिस युनिभर्समा फिलिपिन्सकी क्याट्रियोना ग्रेले ताज पहिरिँदा नेपाललाई प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटाले भने शीर्ष १० मा चित्त बुझाउनु पर्यो। विजेता ग्रेलाई पूर्व मिस युनिभर्स डेमिलेग नेलपेटर्सले ताज पहिराएसँगै प्रतियोगिताको ६७ औं संस्करण सकियो। साउथ अफ्रिकाकी सुन्दरी टमारिन ग्रीन फस्ट रनर्सअप र भेनेजुएलाकी सुन्दरी सेफानी गुटिरेज सेकेण्ड रनर्सअप घोषित भए। त्यस्तै ‘मिस नेपाल युनिभर्स १०१८’ मनिता देवकोटा…
काठमाडौं : प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध उजुरी आह्वान गरिएको छ। हिजो बसेको संसदीय सुनवाइ समितिको बैठकबाट प्रस्तावित प्रधान न्यायाधीशमाथि सुनवाइ सुरु भएसँगै समिति आज उजुरीको आह्वान गरेको हो। सर्वोच्च अदालतका न्यायाधीश जबरा मंसिर २७ गते संवैधानिक परिषद्बाट संसदीय सुनवाइका लागि सिफारिस भएका हुन्। न्यायाधीश जबरा प्रधान न्यायाधीश पदका लागि अनुपयुक्त लागेमा पुस ११ गतेसम्म कार्यालय समयभित्र जो कोहीले…
वैकल्पिक खेलाडी जेर्दान शाकिरीले दोस्रो हाफमा दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा आइतवार म्यानचेष्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। जितपछि १७ खेलबाट ४५ अंक जोडेको लिभरपुल म्यानेचष्टर सिटीलाई १ अंकले पछि पार्दै पहिलो स्थानमा उक्लेको छ। घरेलु मैदान एनफिल्डमा २७औँ मिनेटमा साडियो माजेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ३३औँ मिनेटमा जेस लिनगार्डले युनाइटेडका लागि बराबरी गोल फर्काए। पहिलो…
कप्तान लियोनल मेसीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले ला लिगामा १० खेलाडीमा झरेको लेभान्टेलाई ५-० ले पराजित गरेको छ। अवे मैदानमा लेभान्टेलाई फराकिलो अन्तरमा हारउन मेसीले तीन गोल गर्नुका साथै दुई गोलका लागि सहयोग समेत गरे। बार्सिलोनाको लागि मेसीको यो ४३औँ ह्याट्रिक हो। उनले एकै खेलमा ह्याट्रिक र दुई असिस्ट गरेको यो तेस्रो पटक हो। २०१० मा अल्मेरिया र २०११ मा ओसासुना…
काठमाडौँ : हिमालयन शेर्पाले ए डिभिजन लिगमा यस सिजन चौथो जित हात पार्दा एनआरटीको खराब प्रदर्शन जारी छ। लिग अन्तर्गत सोमवार भएको खेलमा शेर्पाले एनआरटीलाई १-० ले पराजित गर्यो। यस सिजन जितविहिन रहेको एनआरटीको यो लगातार आठौँ हार हो। उद्घाटन खेलमा आर्मीसँग बराबरी खेलेपनि एनआरटीले त्यसयता खेलेका सबै खेल हारेको हो। एन्फा कम्प्लेक्समा आज भएको खेलमा शेर्पालाई जित दिलाउन विश्वास…
लिग चरणमा ललित सर्वाधिक विकेट टेकर, सर्वाधि रन बनाउने शीर्ष दशमा नेपालबाट दिपेन्द्र मात्र काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को लिग चरणका सबै १५ खेल सकिएका छन्र साविक विजेता विराटनगर वारियर्स र काठमाडौँ किंग्स ११ बीच बज भएको खेलपछि लिग चरण सकिएको हो। अब प्लेअफ चरणको ४ खेल बाँकी छ। जसमा दुई क्वालिफायर्स, एक एलिमिनेटर र एक फाइनल…
काठमाडौँ : संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ। सोमवार भएको खेलमा फ्रेण्ड्सलाई ३-१ ले पराजित गर्दै संकटाले शीर्ष स्थानमो मनाङ समान २४ अंक जोडेको हो। समान अंक भएपनि संकटा गोल अन्तरमा पछि छ। मनाङले एक खेल कम खेलेको छ। हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा संकटालाई सिजनको आठौँ जित दिलाउन विदेशी खेलाडी एलोन म्याक्सवेल, एर्नेस्ट थम्पी…
जर्मन क्लब वायर्न म्युनिख र इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन लिग २०१८-१९ सिजनको अन्तिम १६ मै भिड्ने भएका छन्। युइएफले सोमवार सार्वजनिक गरेको अन्तिम १६ को ड्र अनुसार यी दुई क्लबले प्रिक्वाटरफाइनलमै आमनेसामने हुने भएका छन्। लिभरपुल गत सिजनको फाइनलमा रियल मड्रिडसँग पराजित भएको थियो। यस्तै वायर्नला२ पनि रियल मड्रिडले सेमिफाइनलमा हराएको थियो। यस्तै अर्को इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले फ्रेन्च…
काठमाडौं : काठमाडौँमा भइरहेको तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिगको च्याम्पियन बन्नेट टोलीले ट्रफीसँगै नगद २५ लाख पाउन भएका छन्। आयोजकले इपीएल प्रालीले सोमवार विज्ञप्तीमार्फत इपीएलको प्राइज मनी सार्वजनिक गरेको हो। तेस्रो संस्करणको इपीएललाई द बिगेष्ट नारा दिएको आयोजकले लिग चरणको खेलपछि मात्र प्राइजमनी सार्वजनिक गरेको हो। तर नारा जस्तो बिगेष्ट भने रहेन। गत वर्ष इपीएलको विजेता बनेको विराटनगर वारियर्सले नगद…
काठमाडौं : बलिउड अभिनेत्री मनीषा कोइराला लिखित संस्करात्मक पुस्तक ‘हिल्ड’को विमोचन नेपाल लिटरेचर फेस्टिभलमा हुने भएको छ। पुस ७ गते महोत्सवको पहिलो दिन पुस्तक ग्लोबल रिलिज हुने भएको हो। सोमबार पत्रकार सम्मेलन आयोजना गरी मनीषा कोइरालाले बुक रिलिज र नेपाली अनुवाद हुने बारे जानकारी दिएकी हुन्। उनले पुस्तकमा पाठेघरको क्यान्सरपछि जीवनमा आएका उताव चढावको कुरा समानेश बताइन्। भनिन्,’जीवन अमुल्य छ।…