PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • शिव श्रेष्ठ र्‍याम्पमा

    शिव श्रेष्ठ र्‍याम्पमा

    काठमाडौं :  फिल्म 'एउटा यस्तो प्रेम कहानी' छायाँकन सकिएको छ। निर्माण टिमले प्रचारप्रसार पनि सुरु गरेको छ। हालै काठमाडौंमा सम्पन्न 'फेशन शो'मा फिल्मका अभिनेता शिव श्रेष्ठ र्‍याम्पमा हिँडे। उनी अन्य मोडलहरु र कलाकारसँगै र्‍याम्पमा हिँडेका थिए। फिल्म 'एउटा यस्तो प्रेम कहानी'मा अभिनेता श्रेष्ठको अभिनय रहेको छ।  फिल्म 'एउटा यस्तो प्रेम कहानी'लाई दिपेश सापकोटाले निर्देशन गरेका हुन्। फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी,…

    विस्तृतमा पढ्नुस्

  • चार शहरमा अनमोलको लाइभ प्रस्तुती

    चार शहरमा अनमोलको लाइभ प्रस्तुती

    काठमाडौं : युवास्टार अनमोल केसीले देशका चार प्रमूख शहरहरुमा लाइभ प्रस्तुती दिने भएका छन्। शनिवार आयोजक मोनिका इन्टरनेशनल ग्रूपले काठमाडौंमा कार्यक्रम गर्दै  'अनमोल साँझ २०१८'बारे जानकारी दिएको हो। भाद्र ९ गतेबाट शुरु हुने कार्यक्रमले नेत्रहिन महिला संघ नेपाललाई सहयोग गर्ने आयोजक टिमले जनाएको छ। कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुती दिनेछन्। कार्यक्रमको लागि आफुले पारिश्रमिक नलिएको अनमोलले बताए। अनमोलले पहिलो पटक…

    विस्तृतमा पढ्नुस्

  • रेल कसले बनाउँछ ? प्रधानमन्त्रीको जवाफ, ‘जोसँग पैसा छ उसैले बनाउँछ’

    रेल कसले बनाउँछ ? प्रधानमन्त्रीको जवाफ, ‘जोसँग पैसा छ उसैले बनाउँछ’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको बताएका छन्। चीन जानुभन्दा अघि आफूले गरेको प्रतिवद्धताभन्दा बढी उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ।  चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा अन्तराृष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिङपिङ उपयुक्त समयमा नेपाल आउने बताए।  प्रधानमन्त्री ओलीले नेपालसम्म रेल पुर्‍याउन चीन तयार रहेको बताउँदै फिजिविलिटी अध्ययनपछि लगानीको विषय टुङ्गो लाग्ने…

    विस्तृतमा पढ्नुस्

  • ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५ सुरु

    ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५ सुरु

    काठमाडौं : नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठानको आयोजनामा  नाट्य उत्सव सुरु भएको छ। बत्तिस पुतली स्थित शिल्पी थिएटरमा शुक्रबारबाट ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५ सुरु भएको हो। उत्सवमा नेपाल र भारतका ६ ओटा नाटक मञ्चन हुनेछन्।  संस्कृति मन्त्री रबिन्द्र अधिकारीले उत्सवको उद्घाटन गरेका थिए। मन्त्री अधिकारीले आफु नाटक प्रेमी भएको र नेपालमा नाटकसम्बन्धि कामहरु अझै निकै कम भएको बताए। प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली स्वदेश फर्किए

    प्रधानमन्त्री ओली स्वदेश फर्किए

    काठमाडौँः चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। ओली आइतबार बिहान करीब १०ः३० बजे स्वदेश फर्किएका हुन्। ओली स्वदेश फर्कँदा अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण उडान र अवतरण आधा घन्टाका लागि बन्द गरिएका थिए।  विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरुले स्वागत गरेका थिए। यस्तै विमानस्थलमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरु पुगेका थिए। राष्ट्रियसभा अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर सप्तरीमा एक जनाको मृत्यु

    चट्याङ लागेर सप्तरीमा एक जनाको मृत्यु

    राजविराजः सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला यादवलाई चट्याङ लागेको थियो। यस्तै केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी अर्की २५ बर्षीया रिन्कु यादव चट्याङ लागेर घाइते भएकी…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : जापान भर्सेस सेनेगल, पोल्याण्ड भर्सेस कोलम्विया

    प्रिभ्यू : जापान भर्सेस सेनेगल, पोल्याण्ड भर्सेस कोलम्विया

    रसिया विश्वकपमा खेल्ने समूहमध्ये चार फरक महादेशका टिम भएको दुई समूहमध्ये समूह एच पनि एक हो। आयोजक रसिया रहेको समूह ए मा उरुग्वे, इजिप्ट र साउदी अरेबिया छन्। यस समूहमा युरोप, एसिया, दक्षिण अमेरिका अफ्रिकाको टिम थिए। यस्तै समूह एचमा पनि यी चार वटै महादेहशको एक एक टिम छन्। यस समूहको पहिलो खेलमा जापानले कोलम्विया तथा सेनेगलले पोल्याण्डलाई पराजित गरेका…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रधानमन्त्री स्वदेश फर्कँदा आधा घन्टा विमानस्थल बन्द’

    ‘प्रधानमन्त्री स्वदेश फर्कँदा आधा घन्टा विमानस्थल बन्द’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आधा घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ। चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदैछन्। बिहान १० बजेपछि प्रधानमन्त्री विमानस्थल आइपुग्ने कार्यक्रम छ। प्रधानमन्त्रीको आमगनलाई लिएर बिहान ९ बजेर ४५ मिनेटदेखि १० बजेर १५ मिनेटसम्म विमानस्थल बन्द हुने प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।    अन्तर्राट्रिय र आन्तरिकतर्फ दुबैका उडान र…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    इटहरीः सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। अर्का एक जना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी सहायक निरीक्षक टङ्क न्यौपानेका अनुसार सदरमुकाम इनरुवामा मे १ ज १९८६ नम्बरको सवारीसाधनले को २३ प ४०९७ नम्बरको मोटरसाइकललाई ठक्कर…

    विस्तृतमा पढ्नुस्

  • कस्ता विद्यार्थीले कुन विषय पढ्न पाउँछन्, न्यूनतम १.६ जीपीए नल्याउनेले कक्षा ११ मा भर्ना नपाउने

    कस्ता विद्यार्थीले कुन विषय पढ्न पाउँछन्, न्यूनतम १.६ जीपीए नल्याउनेले कक्षा ११ मा भर्ना नपाउने

    काठमाडौँः माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा शनिबार सार्वजनिक भएको छ।  नतिजा सार्वजनिकसँगै विद्यार्थीहरूले कक्षा ११ का विषय छनोट सुरु गरेका छन्। ग्रेडिङ प्रणालीको नतिजा अनुसार विज्ञान समूहका विषय पढ्न विद्यार्थीले कम्तीमा जीपीए २.० ल्याउनु पर्नेछ। परीक्षा नियन्त्रण कार्यालयले यसअघि नै कक्षा ११ मा भर्नाका लागि न्यूनतम १.६ जीपीए अनिवार्य गरेको छ। सो समूहको नतिजा ग्रेडिङ प्रणाली सुरु भएयता हरेक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : इंग्ल्याण्डको नजर अन्तिम १६

    प्रिभ्यू : इंग्ल्याण्डको नजर अन्तिम १६

    रसिया विश्वकप अन्तर्गत समूह जी मा रहेका इंग्ल्याण्ड र पानामा आज साँझ ५:४५ बजे निज्नी नोभगोरोड स्टेडियममा भिड्दैछन्। पहिलो खेलमा कप्तान ह्यारी केनको अन्तिम समयमको गोलमार्फत ट्युनसियामाथि २-१ को जित हात पारेको इंग्ल्याण्ड लगातार दुई खेल्दै अन्तिम १६ मा स्थान बनाउने दाउमा छ। समूहको अर्को युरोपेली टोली बेल्जियमले लगातार दुई खेल जितिसकेकाले इंग्ल्याण्डले पनि जित हात पारे यी दुई एकआपसमा…

    विस्तृतमा पढ्नुस्

  • चीन भ्रमणबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

    चीन भ्रमणबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्। असार ५ गते चीन प्रस्थान गरेका ओली आज स्वदेश फर्कन लागेका हुन्। बिहान १० बजेर ३० मिनेटमा उनी विमानस्थल आइपुग्ने कार्यक्रम छ। चीन भ्रमणमा क्रममा चीनसँग रेलमार्ग लगायतका विषयमा सम्झौता भएका छन्। यस्तै, दुबै देशका निजी क्षेत्रबीच पनि लगानी आदानप्रदानका सम्झौता भएका छन्। यस्तै भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्ने विषयमा…

    विस्तृतमा पढ्नुस्

  • इन्जुरी टाइममा क्रुसले निर्णायक गोल गरेपछि जर्मनी स्वीडेनलाई हरायो, अन्तिम १६ को होड खुल्ला

    इन्जुरी टाइममा क्रुसले निर्णायक गोल गरेपछि जर्मनी स्वीडेनलाई हरायो, अन्तिम १६ को होड खुल्ला

    रसिया विश्वकपको पहिलो खेलमै मेक्सिकोसँग पराजित भएको विश्वविजेता जर्मनीले दोस्रो खेलमा पुनरागमन सहित स्वीडेनमाथि जित हात पारेको छ। समूह जी अन्तर्गत शनिवार भएको खेलमा १० खेलाडीमा झरेको जर्मनीले स्वीडेनलाई २-१ ले पराजित गर्दै जारी विश्वकपमा पहिलो जित हात पारेको हो। ८२औँ मिनेटमा जोरेमी बोएटेङले दोहोरो पहेँलो कार्ड पाएपछि जर्मनीले अ्नितम समय १० खेलाडीमा रहेर खलको हो।  पहिलो हाफमा एक गोलले…

    विस्तृतमा पढ्नुस्

  • लगातार दोस्रो जितपछि मेक्सिको अन्तिम १६ नजिक, हर्नान्डेजको ५०औँ गोल, दक्षिण कोरिया २-१ ले पराजित

    लगातार दोस्रो जितपछि मेक्सिको अन्तिम १६ नजिक,  हर्नान्डेजको ५०औँ गोल, दक्षिण कोरिया २-१ ले पराजित

    मेक्सिकोले समूह चरणमा लगातार दोस्रो खेल जित्दै रसिया विश्वकपको दोस्रो चरण नजिक पुगेको छ। समूह एफ अन्तर्गत शनिवार भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। पहिलो खेलमा विश्व विजेता जर्मनीलाई १-० ले स्तब्ध बनाएको मेक्सिकोले अब समूहको अन्तिम खेलमा स्वीडेनसँग खेल्नेछ। रोस्तोभ अन डोनमा भएको खेलमा मेक्सिकोका लागि कार्लोस भेलाले २६औँ मिनेटमा पेनाल्टीमार्फत…

    विस्तृतमा पढ्नुस्

  • एसईईको परीक्षाफल सार्वजनिक

    एसईईको परीक्षाफल सार्वजनिक

    भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार…

    विस्तृतमा पढ्नुस्

  • बेल्जियमको रवाफिलो जित, हाजार्ड र लुकाकुको दुई-दुई गोल

    बेल्जियमको रवाफिलो जित, हाजार्ड र लुकाकुको दुई-दुई गोल

    कप्तान एडेन हाजार्ड र रोमेलु लुकाकुले समान २ गोल गरेपछि बेल्जियमले रसिया विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा ट्युनिसियालाई ५-२ ले पराजित गरेको छ। बेल्जियमको लागि अर्को गोल मिचु बात्सुईले गरे। लुकाकुले पहिलो खेलमा पनि पानामा विरुद्ध दुई गोल गरेका थिए। विश्वकपको लगातार दुई खेलमा दुई-दुई गोल गर्ने लुकाकु सन् १९८६ मा म्याराडोनापछि पहिलो खेलाडी बनेका छन्। पहिलो खेलमा पानामालाई पराजित गरेको…

    विस्तृतमा पढ्नुस्

  • सुन प्रकरणः व्यवसायी सञ्जय खेतान  छानविन समितिको नियन्त्रणमा

    सुन प्रकरणः  व्यवसायी सञ्जय खेतान  छानविन समितिको नियन्त्रणमा

    काठमाडौँः सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा व्यवसायी सञ्जय खेतान पक्राउ परेका छन्। सरकारले गठन गरेको छानविन समितिले खेतानलाई कमलपोखरी क्षेत्रबाट शनिवार पक्राउ गरेको हो।  उनीहरु हिरासत महानरीय प्रहरी बृत गौशालमा राखिएको छ। नियन्त्रणमा लिएका खेतानले आफुलाई खेतान बताए पनि उनी प्रविण अग्रवाल हुन्।  तस्करीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले खेतानलाई नियन्त्रणमा लिइएको समितिका एक सदस्यले बताए। उनीमाथि सोधपुछको क्रम…

    विस्तृतमा पढ्नुस्

  • न्यूजिल्याण्डकी प्रधानमन्त्री ६ साता लामो सुत्केरी बिदामा

    न्यूजिल्याण्डकी प्रधानमन्त्री ६ साता लामो सुत्केरी बिदामा

    काठमाडौंः न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्याकिन्डा अर्डेर्नले ६ साताका लागि सुत्केरी बिदा लिएकी छिन्। उनले बिहीबार मात्र आफ्नो पहिलो सन्तानलाई जन्मदिएकी छन्। देशकै सबैभन्दा ठूलो सार्वजनिक अस्पताल अकल्याण्ड हस्पिटलमा उनले ७.३ पोण्डकी छोरीलाई जन्म दिएकी हुन्।  उनको अनुपस्थितीमा उपप्रधानमन्त्री विन्सटन पिटर्सले कार्यवाहक प्रधानमन्त्रीको रूपमा काम गर्ने छन्। अबको ६ साता उनले सुत्केरी बिदा लिने छिन्। उनी पहिलो महिला प्रधानमन्त्री हुन जसले सुत्केरी…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाका पूर्वप्रधानमन्त्रीको निधन

    सोल : दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ।  राजधानी सोलमा शनिबार ९२ वर्षको उमेरमा उनको निधन भएको उनका सहयोगीहरुले जनाएका छन्।    दक्षिण कोरियाको अनुदारवादी राजनीतिका शीर्ष र चर्चित नेताका रुपमा पिललाई लिने गरिन्छ।  पूर्वराष्ट्रपति द्वय किम योङ साम र किम डाय जुङसँगै सन् १९८० र १९९० को दशकमा उनले मुलुकका लागि…

    विस्तृतमा पढ्नुस्

  • विछोडिएका आफन्तको पुनर्मिलन गराउँदै दुई कोरिया

    विछोडिएका आफन्तको पुनर्मिलन गराउँदै दुई कोरिया

    सोल: दक्षिण कोरिया र उत्तर कोरियाले छुट्टिएर बस्न बाध्य भएका कोरियालीहरूलाई पुनः गराउन दुबै देशका अधिकारी तयार भएका छन्।  दुई कोरियाले आगामी अगस्टमा उनीहरूबीचमा पुनर्मिलन गराउने सहमति शुक्रबार गरेका हुन्।  कोरिया युद्धपछि छुट्टिएका आफन्तहरूको पुनः मिलनका लागि गत सन् २०१५ देखि नै विभिन्न प्रयास हुदै आएको थियो।  सन् १९५० देखि १९५३ सम्म भएको दुई कोरियाको युद्धपछि लाखौं कोरियालीका आफन्तहरु छुट्टा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell