PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

  • प्रम ओलीको मन्त्री र सचिवहरुलाई निर्देशन : साथीभाइ र कार्यकर्ता भन्दैमा अपारदर्शी काम गर्न नदिनुस् 

    प्रम ओलीको मन्त्री र सचिवहरुलाई निर्देशन : साथीभाइ र कार्यकर्ता भन्दैमा अपारदर्शी काम गर्न नदिनुस् 

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालीन सोच सहित अघि बढ्नु पर्ने बताएका छन्। मन्त्री तथा सचिवहरुलाई  सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका विषयमा आज सिंहदरबारमा निर्देशन दिँदै ओलीले देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताए।  प्रधानमन्त्रीओलीले जन अपेक्षा पूरा गर्न सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए। ‘यो…

    विस्तृतमा पढ्नुस्

  • कुलेखानी दोस्रोको जेनेरेटर बिग्रियो, ४६ मेगावाट मात्रै उत्पादन

    कुलेखानी दोस्रोको जेनेरेटर बिग्रियो, ४६ मेगावाट मात्रै उत्पादन

    काठमाडौं : ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट)को जेनेरेटरमा समस्या देखिएको छ। युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द छ।    ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ। कुलेखानी दोस्रोको…

    विस्तृतमा पढ्नुस्

  • सचिनका छोरा अर्जुन तेन्दुलकर राष्ट्रिय टिममा

    सचिनका छोरा अर्जुन तेन्दुलकर राष्ट्रिय टिममा

    भारतिय चर्चित क्रिकेटर सचिन तेन्दुल्करका छोरा अर्जुन तेन्दुल्कर भारतको यू-१९ राष्ट्रिय क्रिकेट टिममा अटाएका छन्। आगामी जुलाईमा श्रींलका टुरका लागि अर्जुनलाई टिममा राखिएको हो। अर्जुन सहितको टिमले श्रींलकामा ५ एक-दिवसीय र दुईवटा चारदिवसीय खेल खेल्नेछ। मास्टर ब्लास्टर सचिनले आफ्नो छोरो राष्ट्रिय टोलीमा पर्नु उनको लागि कोशेढुङ्गा साबित भएको प्रतिक्रिया दिएका छन। चर्को मिडियाबाजी एकातिर भएपनि प्रशिक्षकहरु अर्जुनले राम्रो प्रदर्शन गर्नेमा…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा बुद्धि तमाङका - 'चङ्गा' र 'मट्टी माला'

    फ्राइडे रिलिजमा बुद्धि तमाङका - 'चङ्गा' र 'मट्टी माला'

    काठमाडौं: यो साता शुक्रबार प्रदर्शनमा कलाकार बुद्धि तमाङका दुइ फिल्म छन् - 'चङ्गा' र 'मट्टी माला'। किशोर भण्डारी ‘डिट्ठासाब’को निर्देशनमा बनेको फिल्म 'चङ्गा' कमेडी विधाको फिल्म हो। फिल्ममा बुद्धिसँगै कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा लगायतको अभिनय छ। रेश्मा तिमिल्सिना फिल्मकी निर्मात्री हुन्।फिल्ममा निर्देशक भण्डारीकै कथा रहेको छ। त्यस्तै कमेडी विधामा बनेको बुद्धि अभिनित अर्को…

    विस्तृतमा पढ्नुस्

  • दाङमा यात्रुबाहक बस दुर्घटनाः एक जनाको मृत्यु, ३१ जना घाइते

    दाङमा यात्रुबाहक बस दुर्घटनाः एक जनाको मृत्यु, ३१ जना घाइते

    तुलसीपुरः जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सो दुर्घटनामा परी ३१ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनपुरका पाँच वर्षीय बालक मुरली मोहमद रहेका छन्। घाइतेमध्ये १५…

    विस्तृतमा पढ्नुस्

  • धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

    धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

    लहानः सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमती ३५ वर्षीया सविता यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। घटनास्थलमा हत्या गर्न प्रयोग भएको घरेलु हतियार भेटिए पनि हत्यामा संलग्न परमेश्वर फरार भएकाले…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा एआइजीको दरबन्दी कटौतीः 'नेपाल प्रहरीमा पाँच र सशस्त्रमा दुई दरबन्दी सिफारिस'

    प्रहरीमा एआइजीको दरबन्दी कटौतीः 'नेपाल प्रहरीमा पाँच र सशस्त्रमा दुई दरबन्दी सिफारिस'

    काठमाडौँ: गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी पदमा पाँच जनाको दरबन्दी सिफारिस गरेको छ। त्यस्तै सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दी दुईमात्र सिफारिस भएको छ। दुबै प्रहरीमा एआइजीको दरबन्दी कटौतीको सिफारिस भएको हो। नेपाल प्रहरीमा प्राविधिकसहित १६ दरबन्दी रहेकोमा घटाएर ५ जनामात्र कायम गर्न सिफारिस भएको छ। यस्तै सशस्त्रमा ११ दरबन्दी रहेकोमा अब २ जनामात्र सिफारिस भएको छ। गृह मन्त्रालयले संघीय…

    विस्तृतमा पढ्नुस्

  • बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु

    बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु

    बझाङः बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तलकोट गाउँपालिका–३, बस्टीकी ४५ वर्षीया मीरा रोकाया र सोही गाउँकी ३२ वर्षीया जुनकिरी चँदारा रहेका छन्। बिहीबार साँझ ६ः३० बजे सो घटना भएको प्रहरीले जनाएको छ। जडीबुटी पहुँचमार्ग सडकखण्ड अन्तर्गतको बस्टी भन्ने ठाउँमा ग्याबिन जाली भर्ने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • बिमा समिति अध्यक्षको पद विवादमाः सर्वोच्चले मुद्दामा अन्तरिम दिएन तर अग्राधिकार दियो

    बिमा समिति अध्यक्षको पद विवादमाः सर्वोच्चले मुद्दामा अन्तरिम दिएन तर अग्राधिकार दियो

    काठमाडौँः नियुक्ति भएको १५ महिनापछि बिमा समिति अध्यक्षको योग्यताको प्रश्नले अदालतमा प्रवेश पाएको छ। नियुक्तिको १५ महिनापछि अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले अध्यक्षको न्यूनतम योग्यता नपुगेको भन्दै जेठ १४ गते रिट दायर गरेका थिए।  सरकारले २०७३ पुस १४ गते समिति अध्यक्षमा चिरञ्जीवि चापागाईँलाई नियुक्त गरेको थियो। सार्वजनिक पद धारण गरेको व्यक्तिको योग्यताको प्रश्न भन्दै सर्वोच्चले उक्त विषयलाई सार्वजनिक सरोकारको विषय मानेको छ।…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपअघि वार्मअप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल र उरुग्वे विजयी

    विश्वकपअघि वार्मअप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल र उरुग्वे विजयी

    रसिया विश्वकप सुरुअघिको वार्म अप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल, उरुग्वे विजयी भएका छन्। इंग्ल्याण्डले कोस्टारिकालाई २-० ले पराजित गरेको हो। थ्री लायन्सका लागि मार्कोस रासफोर्ड र  ड्यानी वेलब्याकले एक-एक गोल गरे। यस्तै पोर्चुगलले अल्जेरियालाई ३-० ले हरायो। गोन्सालो गुएडेसले २ तथा ब्रनो फर्नान्डेजले १ गोल गरे। यस्तै उरुग्वेले उज्वेकिस्तानलाई ३-० ले पराजित गर्‍यो। उरुग्वेका लागि लुइस सुवारेज, डे अरासकेएटा र जोस गिमिनेजेले…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

    भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

    नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन्। केही हप्ता अघि चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरि चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन फिङलाई भेट्न लागेका हुन्। त्यतिवेला उनीहरुबीच भएको भेटवार्ताका क्रममा सीमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो। विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन…

    विस्तृतमा पढ्नुस्

  • राजविराजमा विद्युत चोरी गर्ने २३ जना पक्राउ

    राजविराजमा विद्युत चोरी गर्ने २३ जना पक्राउ

    राजविराजः विद्युत् चोरी नियन्त्रण अभियान अन्तर्गत विद्युत् चोरीको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण सिंहले बताए। पक्राउ परेकाको साथबाट छ वटा विद्युत् मिटर, दुईवटा एलइडी टिभी, चार थान पानी तान्ने मोटर बरामद गरी…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोट गोल्डकप : पोखरा-११ लाई हराउँदै पुलिस फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त

    नुवाकोट गोल्डकप : पोखरा-११ लाई हराउँदै पुलिस फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त

    नुवाकोट : पोखरा-११ लाई पेनाल्टी सुटबउटमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ। बट्टारस्थित खेल मैदानमा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले पोखरालाई पेनाल्टीसुटआउटमा ३–२ गोल अन्तरले हरायो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो। पेनाल्टीमा पुलिसका तर्फबाट सुमन लामा, अभिषेक रिजाल र तेज तामाङले गोल…

    विस्तृतमा पढ्नुस्

  • हाइजम्पमा प्रभुको कीर्तिमान

    हाइजम्पमा प्रभुको कीर्तिमान

    काठमाडौं : प्रदेश ५ का प्रभु थारुले दशौँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत छात्र हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बिहीवार कायम गरेका छन् युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा प्रभुले १.७६ मिटर जम्प गरे। यसअघि उक्त कीर्तिमान नरेश चौधरीको नाममा थियो। नरेशले २०७१ सालमा भएको राष्ट्रपति रनिङ शिल्डमै १.७३ मिटरको कीर्तिमान बनाएका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय महिला क्लब लिग भलिबल : न्यू डायमण्ड र आर्मी सेमिफाइनलमा

    काठमाडौं : चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा बिहीवार दोहोरो जित निकाल्दै शिवम् न्यू डायमण्डले सेमिफाईनलमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वरस्थित खेप कभर्डहलमा भएको पहिलो खेलमा न्यू डायमण्डले पद्मोदय युवा क्लबलाई २५–९,२५–७, २५–१९ को सोझो सेटमा हरायो। डायमण्डले दोश्रो खेलमा चिरपरिचित प्रतिद्धन्दी एपीएफलाई २५–१६,२५–२०,१७–२५, २५–१६ को सेटमा स्तब्ध बनायो। एपीएफ र डायमण्डले लिग चरणमा ५ खेलबाट समान…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप खेल्नेमध्ये आयोजक रसिया फिफा वरीयतामा सबैभन्दा तल, नेपाल ३ स्थान माथी उक्लियो

    विश्वकप खेल्नेमध्ये आयोजक रसिया फिफा वरीयतामा सबैभन्दा तल, नेपाल ३ स्थान माथी उक्लियो

    रसियामा फिफा विश्वकप फुटबल सुरु हुनु एक साता अघि फिफाले विश्व फुटबलको वरीयता सार्वजनिक गरेको छ। विश्वकपअघि फिफाले जारी गरेको नयाँ वरीयतामा आयोजक रसिया विश्वकप खेल्नेमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेको छ। यसअघि रसिया ६६औँ वरीयतामा थियो साउदी अरेबिया भन्दा अगाडी थियो। तर फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा रसियामा ७०औँ स्थानमा झरेको छ। सावित विजेता जर्मनी शीर्ष स्थानमा यथावत रहँदा ब्राजिल…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा मस्जिदमा गोली हानी चार जनाको हत्या

    अफगानिस्तानमा मस्जिदमा गोली हानी चार जनाको हत्या

    खोस्त (अफिगानिस्तान) : अफगानिस्तानको पूर्वीप्रान्त खोस्तमा अवस्थित एक मस्जिदमा प्रार्थनाका लागि बसेका भक्तजनमाथि बन्दुकधारीले गरेका गोली प्रहार गर्दा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ।   यस गोली काण्डमा चार सर्वसधारणको मृत्यु हुनुको साथै अन्य पाँच जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छन्।  खोस्त प्रान्तको मनदोजायी जिल्लाको लालमायी इलाकाको कमाल खिल मस्जिदमा बुधबार साँझ आतङ्ककारी समूहले गोली प्रहार गरेका थिए। …

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डका घरवेटी शारदा अधिकारीको नाम पनि पुग्यो गृह मन्त्रालय

    प्रचण्डका घरवेटी शारदा अधिकारीको नाम पनि पुग्यो गृह मन्त्रालय

    भक्तपुर : जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ । गृहमा पठाएको नामावलीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट निर्माण ब्यवसायी शारदा अधिकारी पनि परेका छन्। शारदा अधिकारीले कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत् शैलुङ्ग कन्स्ट्रक्सनबाट निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखेर गृह…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा रौनियार तेस्रो

    अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा रौनियार तेस्रो

    अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा रौनियारलाई  जिते तेस्रो पुरस्कार यूरोपेली कमिसनस्थित अन्तर्राष्ट्रिय साझेदारी र विकास सम्बन्धी निर्देशनालयले आयोजना गरेको अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो उपाधी जितेका छन्।  नेपालस्थित डयान्चर्च एड नामक अन्तर्राष्ट्रिय गैरसरकारी कार्यालयमा कार्यरत उनले बेल्जियमको ब्रसेल्समा आयोजित समारोहमा पुरस्कार ग्रहण गरे।  "दीर्घकालीन उर्जामा माहिला सशक्तिकरण" विषयक प्रतियोगितमा पेरु र फ्रान्सका सहभागीले क्रमशः प्रथम र दोस्रो पुरस्कार प्राप्त गरेका…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री ब्याक हुँदा पनि सेयर बजार ओरालोतिरै!

    अर्थमन्त्री ब्याक हुँदा पनि सेयर बजार ओरालोतिरै!

    काठमाडौं : साताको अन्तिम दिन बिहीबार शेयरबजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जको कारोवार मापक सुचक २३.९७ अंकले घटेर १२५८.७८ अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३ अंकले घटेर २६४.९० अंकमा झरेको छ। बोनस र पूँजीगत लाभकर विवादपछि खुलेको शेयर बजार बुधबार दोहोरो अंकले बढेको थियो तर बिहीबार त्यसले निरन्तरता पाएन। बिहीबार कारोवारको सुरुवातमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell