काठमाडौँ : सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। चुडामणि उप्रेती गोरेको बयानका आधारमा अनुसन्धान गर्दै जाँदा गोरेका सहयोगी भनिएका रामकुमार तिवारी पक्राउ परेका हुन्। प्रहरीले तिवारीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। काभ्रे घर भएका तिवारीलाई दक्षिण कोरियाबाट फर्किँदै गर्दा पक्राउ गरिएको हो। सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका गोरे सहित ३१ जनालाई जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षको…
काठमाडौं : वैदेशिक रोजगारीमा मलेसिया पठाउने नाममा ठगी गर्दै आएका थप चार जना मेडिकल व्यवसायी धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतको आदेशमा ४ जना व्यवसायी धरौटी बुझाएर रिहा भएका हुन्। मंगलबार धरौटी बुझाएर रिहा हुनेमा निमीकुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्थी र ईश्वर भण्डारी रहेका छन्। अदालतको आदेश अनुसार तिवारीले १५ लाख रुपैयाँ, भण्डारीले २ लाख ५० हजार रुपैयाँ र…
काठमाडौं: नि:सन्तान दम्पत्तीको कथामा बन्ने फिल्म 'प्रसाद'मा अभिनेता निश्चल बस्नेत अनुबन्धित भएका छन्। यसअघि विपिन कार्की र नम्रता श्रेष्ठ फिल्ममा अनुबन्धित भएका थिए। दिनेश राउतले फिल्मलाई निर्देशन गर्ने भएका हुन्। फिल्मको पृथक भुमिकामा कलाकार आवश्यक भएपछि निश्चललाई लिएको निर्माण टिमले जनाएको छ। असार १ देखि छायाँकनमा जाने तयारीमा रहेको प्रसादलाई सुशील पौडेलले लेखेका हुन्। सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको 'प्रसाद'मा…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डा. राजन भट्टराईले काठमाडौंसम्म चिनियाँ रेल चीनकै अनुदानमा आउने बताएका छन्। उनले नेपालको स्रोतले रेल काठमाडौं सम्म ल्याउन सम्भव नभएको भन्दै चीनले अनुदानमा रेलमार्ग बनाइदिएमात्र काठमाडौंसम्म चिनियाँ रेल आउने बताए। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट तथा परराष्ट्र मामिलाका जानकार भट्टराईले केरुङ काठमाडौं रेलमार्ग निर्माणका लागि चिनियाँ पक्षसँग…
काठमाडौं : जेठ १३ गते धनगढीमा रहेको आइएमइका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गर्ने मुख्य योजनाकार सहित पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य योजनाकार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय राजकुमार चौधरीसहित पाँच जनालाई सार्वजनिक गरेको हो। प्रहरीले सार्वजनिक गरेकामा ३० वर्षीय उग्रसेन राना, २७ वर्षीय कल्लु राना, रामप्रवेश…
काठमाडौं : प्रधानमन्त्री कप वान डे क्रिकेट अन्तर्गत समूह ए को अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई पराजित गर्दै समूह विजेता बनेको छ। विभागीय भिडन्तमा आर्मीले एपीएफलाई ७० रनले पराजित गरेको हो। २२९ रनको लक्ष्य पछ्याएको एपीएफले ३२.५ ओभरमा सबै विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो। जितपछि आर्मी समूह ए को ४ वटै खेल जित्दै विजेता बन्दा ३ खेलमा…
काठमाडौं: तीन नेपाली फिल्मका पोस्टर सार्वजनिक भएका छन्। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मका पोस्टर सार्वजनिक गरेका हुन्। श्रावण ११ गते प्रदर्शन हुने फिल्म 'ची मुसी ची' को पोस्टरमा फिल्मका मुख्य कलाकार सुनिल क्षेत्री, सुशान्त कार्की र अलिशा शर्मा फिचर्ड छन्।म्यूजिकल थ्रिलर विधामा बनेको फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा उनीहरुसँगै शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायको अभिनय…
यही जुन १४ बाट रसियामा सुरु हुने विश्वकप फुटबलका लागि सहभागि ३२ वटै राष्ट्रको अन्तिम टोली सार्वजनिक भइसकेको छ। कूल ७३६ खेलाडीको नाम सार्वजनिक भएसँगै को बुढा र को युवा खेलाडी भन्ने चर्चा पनि सुरु भएको छ। यस पटक विश्वकप खेल्ने टिममा परेका मध्ये सबैभन्दा बुढा र सबैभन्दा युवा खेलाडीको उमेरबीच नै २६ वर्षको अन्तर छ। इजिप्टका गोलकिपर कप्तान…
विश्व खेलकुदको कुम्भमेला रसिया विश्वकप २०१८ नजिकिँदै छ। सहभागि ३२ राष्ट्र २१औँ संस्करणको विश्वकपका लागि तयार छन् भने भने फ्यान र फुटबल पण्डितहरु यसपटक कसले विश्वकप जित्ला भनेर अड्कलबाजी गरिरहेका छन्। विश्वकप सुरु हुन अब ९ दिन बाँकी छ। त्यसका लगि आयोजकले रसियाले पनि तयारी पुरा गरिसकेको छ। यस्तै फिफाले ३२ वटै राष्ट्रका अन्तिम टोलीको नाम सार्वजनिक गरिसकेको छ। …
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन यही महिना सिङ्गापुरमा हुने ऐतिहासिक शिखर वार्ताको क्रममा भेट गर्दैछन्। दुई ‘विपरित ध्रुव’का नेताहरुको सुरक्षाको जिम्मेवारी संसारको सबैभन्दा ठूलो तथा शक्तिशाली योद्धाहरुको समूह नेपालका गोर्खाहरुले गर्ने भएका छन्। रोयटर्सका लागि सिङ्गापुरबाट ग्रेग टोरोड र डेबी सिमको रिपोर्ट अनुसार ट्रम्प र किमको सुरक्षाका लागि खुकुरी र आक्रमक राइफल…
काठमाडौं : ट्याक्सीमा छुटेको सामान सजिलै फेला पर्ला भनेर तपाईँले सोच्नु भएको छ? अझ त्यो पैसा भए कति सम्भव होला? त्यसमा पनि पाँच लाख रुपैयाँ। सोलुखुम्बु कहाकुलुङ ४ घर भई हाल काठमाडौंको कपन बस्दै आएका ५० वर्षीय धन राईले भने हराएको ‘धन’ केही घन्टामा नै फेला पारेका छन्। मंगलवार बिहान करिब ७ बजेतिर उनी कपन फैका चोकबाट ट्याक्सी चढेर बागबजार…
काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौं स्टीलको 'एनएस चिन्ह' खारेज गरेको छ। यो उद्योगले उत्पादन गर्ने एफइ-५०० ग्रेडको फलामे रडको 'एनएस' विभागले खारेज गरेको हो। यो उद्योगमा भाटभटेनी समूहको लगानी छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको गुणस्तर अनुसार उत्पादन नभएकाले एनएस खारेज गरेको बताए। ‘टेन्साइल प्रपर्टी पाँच सय हुनुपर्नेमा साढे चार सय मात्रै भएको भेटियो,’ उनले भने, 'टेन्साइल…
काठमाडौं : प्रधानमन्त्री के.पी शर्मा ओलीले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको भएको र उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएको बताएका छन् । विश्व वातावरण दिवसमा शुभकामना सन्देश दिँदै ओलीले वातावरणको स्वच्छता र सुन्दरता कायम राख्न देश भरिका जनसमुदायको सहभागितामा हरियाली प्रवर्द्धन, प्रदूषण नियन्त्रण र सरसफाई अभियान सुरु भएको देख्दा ज्यादै खुसी लागेको बताएका छन्। यस्तै, ओलीले…
काठमाडौं : घरजग्गा कारोबार ठगीमा जेल सजाय भोग्दै आएका सुधीर बस्नेत रिहा भएका छन्। करिब दुई अर्ब बराबरको रकम हिनामिनापछि फरार रहँदै आएका घरजग्गा तथा हाउजिङ व्यवसायी बस्नेतलाई २०७३ पुस १२ गते बस्नेतलाई धापासीमा रहेको उनकै निवासबाट पक्राउ गरेको थियो। उनलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको थियो। त्यसलगत्तै उनी लामो समय फरार थिए। डिल्लीबजार कारागारका प्रहरी निरीक्षक…
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने सम्पूर्ण अधिकार आफूमा निहित रहेको बताएका छन्। तर, गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु नपर्ने ट्रम्पको तर्क छ। अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै कानूनविदहरूले आफूलार्इ क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफैमा निहित रहेको बताएको तर आफूले गल्ती नै नगरेको अवस्थामा किन माफी माग्ने भन्दै…
प्रत्येक फुटबल खेलाडीले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप हो र आफ्नो खेल जीवनमा एकपटक विश्वकप खेल्ने सबैको चाहना हुन्छ। त्यसका लागि छनोट चरण पार गरेर विश्वकपसम्म स्थान बनाउनुपर्छ। तबमात्र विश्वकप खेल्ने सपना पुरा हुन्छ। तर केही खेलाडी यस्ता पनि छन् जसको राष्ट्र विश्वकपमा छनोट त भएका छन् तर उनीहरुले भने विश्वकप खेल्ने अन्तिम टोलीमा स्थान बनाउन सकेनन्। यही जुन १४…
वीरगंजः अवैध रूपमा नेपालबाट भारत लैजाँदै गरिएको मरिचसहितको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरजंग महानगरपालिका १६ बाट इलाका प्रहरी कार्यालय इनार्वाको टोलीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ट्रकमा अन्दाजी १२ हजार २०० किलो मरिच रहेको छ। पक्राउ पर्नेमा चालक भारत उत्तर प्रदेशका धमेन्द्र कुमार रहेका छन्। जिल्ला प्रहरी कार्यालय वीरगंजका अनुसार ०७४ साउन १४ यता…
काठमाडौँ: सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका निलम्वित एसएसपी श्याम खत्रीलाई सुनसरीस्थित क्षत्रीय कारागार झुम्का सारिएको छ। जिल्ला अदालत मोरङको थुनछेक आदेशपछि मोरङ कारागारमा राखिएको थियो। तर, एसएसपी खत्रीले मोरङ कारागारमा गोरे भएकाले सुरक्षा खतरा रहेको भन्दै झुम्का कारागारमा राख्न माग गरेका थिए। माग अनुसार खत्रीलाई झुम्का लगिएको डिएसपी निशान्त थापाले बताए। ३३ किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध…
जुन १४ देखि रसियामा हुने फिफा विश्वकप फुटबलका लागि फिफाले सहभागी ३२ वटै देशको अन्तिम २३ सदस्यीय टोली सोमबार घोषणा गरेको छ। यस्तै घोषित टोलीका २३ खेलाडीलाई १ देखि २३ नम्बरसम्मको जर्सी नम्बर समेत छुट्याइएको छ। अहिलेका विश्व चर्चित खेलाडीहरु लियोनल मेसीदेखि नेमार, मोहमद सलाह, रहिम स्टर्लिङ, मेसुट ओजिल, जेम्स रोड्रिगेज, युवा खेलाडी केइलिन एमबापे ले रसियामा आफ्नो देशको लागि जर्सी…
काठमाडौँ: अनलाइन जुवा खेलाएको अभियोगमा प्रहरीले पक्राउ परेका छ जना धरौटीमा छुटेका छन्। पक्राउ परेकामध्ये पूर्व राष्ट्रिय फुटबल खेलाडी अन्जन केसी दुई सय रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। जिल्ला अदालत काठमाडौँको आदेशले उनी छुटेका हुन्। धरौटी बुझाएर उनीहरु छुटेको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार श्रेष्ठले बताए। प्रहरीका अनुसार सट्टेबाजीमा मुख्य भूमिका गौरव तिवारीको छ। उनीहरुले ७ करोड १४ लाखको बाजी…