PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • हुन्डी कारोबारमा प्रहरीको छापाः ५१ लाख नगदसहित सात व्यापारी नियन्त्रण

    हुन्डी कारोबारमा प्रहरीको छापाः ५१ लाख नगदसहित सात व्यापारी नियन्त्रण

    काठमाडौँः हुन्डीको कारोबार गर्ने सात जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।   महानगरीय अपराध अनुसन्धान महाशाखावाट खटिएको टोलीले सोमबार साँझ न्युरोडका विभिन्न स्थानमा छापा मार्दा सात जना व्यापारी पक्राउ परेका हुन्।  पक्राउ पर्नेहरुमा नेपाल ओभरसिजका सञ्चालक राहुल अग्रवाल, एलाइट बिजेनेशका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिवकुमार साङ्तानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया, जगदिश राना सरिया, राजकुमार सिघान्ची र रविन्द्र चोखानी रहेका छन्। उनीहरूको…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

    स्याङ्जामा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

    वालिङः स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनील सुनारको मृत्यु भएको हो। स्याङ्जाको मिर्मीबाट गल्याङ आउँदै गरेको लु ३२ प ९९७९ र गल्याङबाट मिर्मी जाँदै गरेको लु ३५ प १६३३ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा विद्युत् महसुल भुक्तानी ई–सेवाबाट

    कैलालीमा विद्युत् महसुल भुक्तानी ई–सेवाबाट

    कैलालीः कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट गर्न सकिने व्यवस्था सुरु गरिएको छ। ई–सेवा धनगढीले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको धनगढी, टीकापुर, अत्तरिया, सुख्खडलगायत क्षेत्रका विद्युत् उपभोक्ताले विद्युत् महसुल ई–सेवाबाट बुझाउन सक्ने व्यवस्था गरेको धनगढी ई–सेवाका सञ्चालक कलम बमले जानकारी दिए। सम्मेलनमा नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख धीरेन्द्रकुमार यादवले ई–सेवाबाट विद्युत् महशुल बुझाउँदा समयको बचत, अनावश्यक झण्झटलगायतबाट ग्राहकले…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर धनुषामा दुई जनाको मृत्यु

    करेन्ट लागेर धनुषामा दुई जनाको मृत्यु

    महेन्द्रनगरः धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुने दाजुभाइ रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारी अनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ। सोमबार साँझ आफ्नै घरमा बिजुलीका मर्मत गरिरहेको बेला करेन्ट लागेको थियो। करेन्ट लागेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषध अफिमसहित दाङमा तीनजना पक्राउ

    लागूऔषध अफिमसहित दाङमा तीनजना पक्राउ

    तुलसीपुरः अवैध लागूऔषध अफिमसहित दाङमा प्रहरीले तीनजनालाई सोमबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय देवबहादुर ओली रहेका छन्। उनीहरुको साथबाट पाँच केजी २०० ग्राम…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले जित्यो, राष्ट्रिय खेलका लागि १०२ जना खेलाडि छानिए

    प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले जित्यो, राष्ट्रिय खेलका लागि १०२ जना खेलाडि छानिए

    सुर्खेत: कर्णालीमा भएको पहिलो प्रदेशस्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सुर्खेतले हात पारेको छ। सुर्खेतको वीरेन्द्रनगरमा शनिवारदेखि भएको प्रतियोगितामा जुम्ला दोस्रो तथा सल्यान तेस्रो भयो।  प्रतियोगितामामा प्रथम, दोस्रो र तेस्रो हुने जिल्लालाई शिल्डसहित क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिएको छ। पुरुषतर्फ भलिबल प्रतियोगितामा सल्यान पहिलो, रुकुम दोस्रो र सुर्खेतले तेस्रो स्थान प्राप्त गर्न सफल भयो।…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्सका लागि पौडी खेलाडी छनोट

    एसियन गेम्सका लागि पौडी खेलाडी छनोट

    काठमाडौं : आगामी सेप्टेम्बरमा इन्डोनेसियाको जकार्तामा हुने १८औं एसियाली खेलकुदका लागि नेपाली पौडी खेलाडी छनोट भएका छन्। नेपाल पौडी संघको आयोजनामा सोमवार सम्पन्न २२औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा सर्वाधिक फिना अंक ल्याउने पुरुष/महिला २–२ गरी ४ खेलाडी एसियाडलाई छनोट गरिएको पौडी संघले जनाएको छ। पुरुषमा शुभम श्रेष्ठ र शिरीश गुरुङ छनोट भए। १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट ०८.९४ सेकेन्डमा…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकपका लागि ३२ वटै राष्ट्रको अन्तिम टोली घोषणा, हेर्नुस को को परे?

    रसिया विश्वकपका लागि ३२ वटै राष्ट्रको अन्तिम टोली घोषणा, हेर्नुस को को परे?

    यही जुन १४ बाट रसियामा सुरु हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम घोषणा भएको छ। फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो। फिफाले १० दिनअघि कूल ७३६ खेलाडीको नाम सार्वजनिक गरेको हो। वर्तमान विश्व फुटबलका चर्चित र उत्कृष्ट खेलाडीहरुले खेल्ने विश्वकपमा केही चर्चित र स्टार…

    विस्तृतमा पढ्नुस्

  • एकाएक हाहाकार भयो पेट्रोलियम, आज थानकोट डिपोबाट दोब्बर परिमाण बजारतिर

    एकाएक हाहाकार भयो पेट्रोलियम, आज थानकोट डिपोबाट दोब्बर परिमाण बजारतिर

    काठमाडौं : नेपाल आयल निगमको थानकोट डिपोले सोमबार माग भन्दा दोब्बर पेट्रोलियम पदार्थ बिक्री गरेको छ। ट्यांकर चालकको हड्तालका कारण भारतबाट तेल आउन नसकेपछि काठमाडौं उपत्यकामा अभाव देखिएपछि निगमले माग भन्दा दोब्बर पेट्रोलियम पदार्थ दिएको हो। निगमका प्रवक्ता वीरेन्द्र गोइतले सोमबार थानकोट डिपोबाट ११ लाख लिटर पेट्रोल र १३ लाख लिटर डिजल वितरण गरिएको बताए। ‘हामीले थानकोट डिपोबाट माग भन्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीको प्रश्न : च्याउ भन्दा मान्छे बस्ने घर सस्तो किन?

    प्रम ओलीको प्रश्न : च्याउ भन्दा मान्छे बस्ने घर सस्तो किन?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण र जनताको जीवनस्तर उठाउने काममा लाग्न सम्पूर्ण मन्त्रालय र मन्त्रीहरूलाई निर्देशन दिएका छन्। जनता आवासका नाममा पैसा खर्च भएको तर त्यसले उपलब्धि हासिल नभएको भन्दै योजना बनाएर अघि बढ्न निर्देशन दिए। "जनता आवास भनिएको छ, खर्च भएको छ। तर उपलब्धि खै?,' उनले भने, 'अब योजना बनाउनुस्। च्याउलाई बरू बलियो घरमा पालिन्छ। जनता त्योभन्दा…

    विस्तृतमा पढ्नुस्

  • मलेसिया रोजगारीमा ठगीका थप ६ अभियुक्त धरौटीमा रिहा

    मलेसिया रोजगारीमा ठगीका थप ६ अभियुक्त धरौटीमा रिहा

    काठमाडौं : वैदेशिक रोजगारीमा मलेसिया पठाउने नाममा ठगी गर्दै आएका थप ६ जना म्यानपावर व्यवसायी धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतको आदेशमा ६ जना व्यवसायी धरौटी बुझाएर रिहा भएका हुन्।   धरौटी बुझाएर रिहा हुनेमा चन्द्र राई, विदुर थापा, यमबहादुर खड्का, दिनेशराज श्रेष्ठ, देवेन्द्र आचार्य र गणेश तिमिल्सिना रहेका छन्। श्रेष्ठले ३० लाख रुपैयाँ, राईले ५ लाख, आचार्यले ६ लाख,…

    विस्तृतमा पढ्नुस्

  • अपराधीको मनोबल बढाउनेगरी पूर्व डिआइजीको अभिव्यक्ति : गृह मन्त्रालय

    अपराधीको मनोबल बढाउनेगरी पूर्व डिआइजीको अभिव्यक्ति : गृह मन्त्रालय

    काठमाडौं : आइतवार तीन पूर्व डिआइजीले सुन प्रकरणबारेमा दिएको अभिव्यक्तिलाई लिएर गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।   अदालतमा विचाराधीन मुद्दालाई लिएर संवेदनशील विषयमा विभिन्न भ्रामक धारणाहरु सार्वजनिक भइरहेको भन्दै मन्त्रालयले गम्भीर ध्यानकर्षण भएको जनाएको हो। विज्ञप्तिमा भनिएको छ, 'केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवारी अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिहरुबाट अनुसन्धान कार्यालाई नै गम्भीर असर पर्नसक्ने एवम् अपराधीहरुको मनोबल…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री महासेठको विवादास्पद निर्णयमा सर्वोच्चको ब्रेक : वीपी हाइवेमा ठूला बसलाई तत्काल 'नो इन्ट्री'

    मन्त्री महासेठको विवादास्पद निर्णयमा सर्वोच्चको ब्रेक : वीपी हाइवेमा ठूला बसलाई तत्काल 'नो इन्ट्री'

    काठमाडौं : सर्वोच्च अदालतले मन्त्रीस्तरीय निर्णयबाट वीपी राजमार्गमा ठूला सवारी साधन चलाउन दिएको इजाजत मुद्दा टुंगो नलागेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ठूला गाडीलाई रोक लगाइएको वीपी राजमार्गमा गाडी खुला गराउने निर्णय गरेका थिए। यातायात क्षेत्रमा एकपछि अर्को विवादास्पद निर्णय गराइरहेका महासेठको यो निर्णय सर्वोच्चको अन्तरिम आदेशका कारण केही समयका लागि भए…

    विस्तृतमा पढ्नुस्

  • अब 'इसेवापसल', अनलाइन सपिङका लागि भाटभटेनी अनलाइन एक्वार

    अब 'इसेवापसल', अनलाइन सपिङका लागि भाटभटेनी अनलाइन एक्वार

    काठमाडौं : चर्चित अनलाइन सपिङ पोर्टल 'भाटभटेनीअनलाइनडटकम' लाई एफवानसफ्ट इन्टरनेसनल प्रालिले एक्वायर गरेको छ। सफट्वेयरको क्षेत्रमा ख्याती कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आइटी कम्पनीमध्येको एक हो।  विगत ६ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइनडटकमलाई अझ सशक्त र सबैको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ एक्वायर गरिएको एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकालले बताए। ‘भाटभटेनीअनलाइनलाई डोमेन परिवर्तन गरेर हामी अब इसेवापसल डटकममा सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • अकूत सम्पत्ति जोड्ने ४० जनामाथि अख्तियारको छानविन

    अकूत सम्पत्ति जोड्ने ४० जनामाथि अख्तियारको छानविन

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गर्ने ४० जना भन्दा बढीको अनुसन्धान सुरु गरेको छ।   आयोगमा परेको उजुरी तथा विशेष सुचनाका आधारमा ४० जनामाथि अनुसन्धान सुरु गरिसकिएको आयोगका सहसचिव तथा प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। उनले भने, 'हामीले ४० जनाको सम्पत्तिबारे छानविन गरिसकेका छौं। सुचना अरु पनि छ पहिलो चरणमा ४० जना परेका छन्।‘  ४० जना…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संसदमा निदाउन थाल्यो, यसरी त अरुलाई कसरी जगाउने? सिटौला

    कांग्रेस संसदमा निदाउन थाल्यो, यसरी त अरुलाई कसरी जगाउने? सिटौला

    काठमाडौं: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सदनमा कांग्रेस निदाउन थालेको आरोप लगाएका छन्। आज नेपाल विद्यार्थी संघ प्रदेश ३ ले आयोजना गरेको कार्यक्रममा सिटौलाले वामपन्थी सरकारले बहुमतको बल देखाउँदै जनताको भावनाविपरितका कार्यक्रम ल्याउँदा पनि कांग्रेस सदनमा चुप लागेर बसेको बताए। सिटौलाले भने, 'अहिले बहुमतको आधारमा सरकारले तानाशाही गर्न खोज्दैछ। यस्तो बेलामा संसदमा कांग्रेस निदाउन भएन। चुपचाप गरी सुनेर बस्ने होइन।'…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपका विवादित घटना : ब्याटल अफ सान्टियागो देखि म्याराडोनाको हाते गोलसम्म

    विश्वकपका विवादित घटना : ब्याटल अफ सान्टियागो देखि म्याराडोनाको हाते गोलसम्म

    फिफा विश्वकप फुटबलको २१ औँ संस्करण यही जुन १४ देखि रसियामा हुँदैछ। बीस संस्करण आयोजना भइसक्दा धेरै रोमाञ्चक र सम्झन लायक क्षणहरु छन् विश्वकपका। तर, विश्वकप दौरान केही यस्ता घटना समेत जो विवादित रहे। विशेषगरी सन् १९६२ को ब्याटल अफ सान्टियागोदेखि विश्वकपमा विवादास्पद घटनाहरु निरन्तर भए। र, यो पछिल्लो विश्वकप २०१४ सम्म कायमै रह्यो।    यी हुन विश्वकप र त्यसमा भएका…

    विस्तृतमा पढ्नुस्

  • नेपाली समयअनुसार विश्वकप खेल तालिका : कुन दिन कुन खेल?

    नेपाली समयअनुसार विश्वकप खेल तालिका : कुन दिन कुन खेल?

    काठमाडौं : फिफा विश्वकप फुटबलको २१औँ संस्करण यही जुन १४ देखि रसियामा सुरु हुँदैछ। सारा विश्वको ध्यान अहिले २०१८ रसिया विश्वकपतिर छ। रसियामा दिउँसो खेल हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्छ। विश्वकपका खेलहरु नेपाली समयअनुसार प्राय राति पर्ने भए पनि त्यसले खासै असर गर्नेछैन। किनकि फुटबलका फ्यानहरु समयको घेराबन्दीमा बस्दैनन्।   यस्तो छ नेपाली समय…

    विस्तृतमा पढ्नुस्

  • नाम्चेबजारमा 'एभरेष्ट डे–२०१८'को सांगीतिक कार्यक्रम

    नाम्चेबजारमा 'एभरेष्ट डे–२०१८'को सांगीतिक कार्यक्रम

    काठमाडौं: एभरेष्ट डेको अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा 'एभरेष्ट डे–२०१८' सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। नाम्चेबजारको हिमालय आधारभूत विद्यालयको प्रांगणमा कलाकारहरुको साथमा लाईभ कन्सर्ट तथा डान्स पार्टि सम्पन्न भएको हो।   कार्यक्रममा गायक प्रशान्त तामाङसहितबद्री पंगेनी, अभिनाष घिसिङ तथा प्रिया भण्डारीले गीतहरु गाएका थिए। पार्टि एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टको व्यवस्थापनमा विश्वकै सबैभन्दा अग्लो स्थानमा कन्सर्ट  आयोजना गरेको आयोजक टिमको पासाङ छिरिङले बताए।  …

    विस्तृतमा पढ्नुस्

  • 'लभ स्टेशन'मा प्रदीप

    'लभ स्टेशन'मा प्रदीप

    काठमाडौं: अभिनेता प्रदीप खड्का नयाँ फिल्ममा अनुबन्धित भएका छन्। हाल 'रोजी'को छायाँकनमा व्यस्त रहेका प्रदीपको 'लभ स्टेशन' बन्ने घोषणा भएको छ।  आमा र छाराको कथामा ब‍न्ने फिल्मलाई उज्वल घिमिरेले निर्देशन गर्ने भएका छन्। फिल्ममा गोविन्द शाहीको  निर्माण रहनेछ। फिल्मको छायाँकन अमेरिका र नेपालमा हुने निर्माण टिमले जनाएको छ। फिल्मको स्क्रिप्ट सुवास सिंहले लेखेका हुन्। स्क्रिप्टको काम भने अझै सकिएको छैन। फिल्मबारे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell