काठमाडौँ: एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘भैरे’का पोस्टर सार्वजनिक भएका छन्। जेठ १८ मा प्रदर्शन हुने फिल्ममा कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ्ग, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मीको मुख्य अभिनय रहेको छ। निर्देशक बोहरा कै लेखनमा बनेको फिल्ममा प्रेम प्रसाद पौडेल र देवीमायाको लगानी रहेको छ । नेपालय सिनेमा ईन्टरनेशनलको ब्यानारमा बनेको ‘भैरे’ मा बनिश शाहको सम्पादन रहेको…
काठमाडौं : चौथो एभिसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल चौथो भएको छ। च्याम्पियनसिप अन्तर्गत शुक्रवार तेस्रो स्थानको लागि भएको खेलमा साविक विजेता कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएपछि नेपाल चौथो बनेको हो। गत संस्करणमा कास्य जितेको नेपाली टोली यस पदक स्वर्ण जित्ने लक्ष्यका साथ बंगलादेश पुगेपनि सोहि अनुसारको प्रदर्शन गर्न नसक्दा खाती हात फर्कने निश्चित भएको हो। ढाकास्थित मिरपुरको इन्डोर…
प्योङ्याङः कोरियाली प्रायद्वीपमा रहेको तनाब अन्त्यका लागि अन्तर कोरियाली शिखर सम्मेलन सुरु भएको छ। सम्मेलनमा सहभागी हुन ६५ वर्षपछि उत्तर कोरियाका सर्वोच्च नेता दक्षिण कोरियाली भूमिमा पाइला टेकेका छन्। शिखर वार्ताको पहिलो बिहानी सत्र सकिएको छ। बिहानी सत्र सकिएसँगै उत्तर कोरियाली नेता किम जोङ उन खाना खान आफ्नो देश फर्किका छन्। किमलाई यस अगाडि दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले…
काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा भएको आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा नेपालको ब्वाइज र गर्ल्स टिम दुवैमा फाइनलमा पराजित भएको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रवार भएको फाइनलमा नेपालको दुवै टवली भारतीय टोलीसँग पराजित भएको हो। ब्वाइजतर्फ भारतले नेपाललाई २-० ले हरायो भने गर्ल्सतर्फ पनि नेपाल २-० अन्तरमै पराजित भयो। ब्वाइजमा भारतका हर्स फोगाटले नेपालका अकि जुबेन…
काठमाडौं : दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब जनकपुरमा भइरहेको तेस्रो दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको सेमिफाइनलमा दुवैले भारतीय क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा पुलिसले सनेट कानपुरलाई २८ रनले तथा दोस्रो सेमिफाइनलमा आर्मीले फोनिक्स क्बललाई ९ विकेटले हरायो। फाइनल खेल शनिवार हुनेछ। रंगभुमी ग्राउण्डमा टस हारेर…
काठमाडौं: फिल्म 'ह्याप्पी डेज' र 'कोहलपुर एक्सप्रेस' शुक्रबारबाट प्रदर्शनमा आएको छ। दुबै फिल्ममा मुख्य अभिनेत्री रहेकी छिन् प्रियंका कार्की। दुई फिल्म एकसाथ रिलिज हुनुले प्रियंकाले निर्माण युनिटलाई प्रचारका लागि पुर्याउन सक्ने योगदानमा कत्तिको असर गर्यो त? धेरै प्रोजेक्टहरुमा एकसाथ व्यस्त रहने नायिका हुन् उनी यस्तोमा कुनै फिल्म छायांकन वा डबिङका लागि समय दिनु पर्दा प्रचार प्रसारमा जुट्न सक्दिनन्। धेरै फिल्मकर्मीले यसै कारणले…
काठमाडौं : काठमाडौंको बानेश्वरमा दुई छोराको बाबुले नै हत्या गरेको खुलेको छ। बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका दिलीप यादवले छोराको हत्या गरेका हुन्। ८ वर्षीय सुनिल र ६ वर्षीय सुजलको हत्या भएको हो। यादवले एक साता अगाडि कोठामा बालकको हत्या गरी फरार भएका थिए। गत सोमवार यादवकी आमाले महानगरीय प्रहरी बृत्त बानेश्वरमा नाति हराएको भन्दै उजुरी गरेकी थिइन्। तर, शुक्रवार…
सोल : उत्तर र दक्षिण कोरियाबीच आणविक निशस्त्रीकरणमा सहमति भएको छ। शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलनमा उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच यस्तो सहमति भएको हो। दुवै नेताहरु विभाजित कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम गर्नका लागि आणविक निशस्त्रीकरणका लागि सहमत भएको एएफपीले जनाएको छ। सम्मेलनपछि दुवै नेताले संयुक्त रुपमा ‘आणविक मुक्त कोरियाली…
काठमाडौं: फिल्म हैरानले 'राष्ट्रिय प्रतिभाको खोजी' गर्ने भएको छ। हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले नृत्य, अभिनय र गायन विधामा बैशाख २०देखि अडिसन सुरु गर्ने भएको हो। २० गते झापाको बिर्तामोडबाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाडौंमा…
इनरुवाः सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजीव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३ ख ७८७० नम्बरको माइक्रोबस एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भुजेलको मृत्यु भएको हो। माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका…
काठमाडौँः कप्तान महेन्द्रसिंह धोनी र अम्बाती रायडुको उत्कृष्ट प्रदर्शनमा इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नाई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ५ विकेटको जित हासिल गरेको छ। २०६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २ बल बाँकी रहँदा लक्ष्य भेट्टाएको हो। चेन्नाईको इनिङमा रायडुको ८२ र कप्तान धोनीको ७० रनको योगदान रह्यो। जितसँगै चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा टस…
काठमाडौँः फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बन गर्ने कि नगर्ने विषय प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा विवादको विषय बनेको छ। निलम्बनको पक्षमा नेकपा एमाले र माओवादी केन्द्र उभिएका छन्। निलम्बन गर्न नहुने पक्षमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी उभिएका छन्। समितिमा प्रतिनिधित्व गर्ने स्वतन्त्र सांसद् निलम्बनको पक्षमा छन्। समितिमा विवादका कारण मस्यौदा समितिले नियमावलीलाई अन्तिम रूप दिन सकेको…
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रीडले जर्मन क्लब वायर्न म्युनिखलाई उसैको मैदानमा पराजित गरेको छ। एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै रियलले अवे मैदानमा २-१ को जित हात पारेको हो। च्याम्पियन्स लिगमा रियलको यो कीर्तिमानी जितसमेत हो। रियलले अहिलेसम्म १५० खेल जितेको छ र यस्तो सफलता हात पार्ने रियल पहिलो क्लब समेत हो। एलिअन्ज एरेनामा…
माधव नेपाल- वास्तावमा हामीले चाहेको नेपालको विशेषतामध्ये एउटा विशेषता छ, लोकतन्त्र। तर, हामीले लोकतन्त्रको एउटा नमुना स्वरूप निर्माणमा ध्यान दिएका छैनौँ। उहिलेदेखि भन्ने गरेको हामीले पनि चर्चा गर्ने गरेको हो-ग्रास रुट डेमोक्रेसी। तल्लो तहका जनताको सहभागिता भएको लोकतन्त्र। त्यो भन्दाखेरी गर्दा तल्लो तहले मात्र पुगेन। इन्क्लुसिभनेसका कुराहरू हुनुपर्छ। इन्क्लुसिभ डेमोक्रेसी, विभिन्न पक्षलाई कसरी समावेश गर्ने? जसले गर्दाखेरि सबै कुराहरू, निर्णय…
काठमाडौँः ३३ किलो सुन प्रकरणमा अनुसन्धानको दायरामा आएका डिएसपी सञ्जय राउतलाई खोजी गर्न प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको छ। सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरेको हो। बुधबार गृह मन्त्रालयमा राउतलाई बयानका लागि बोलाइएको थियो। बयान दिँदादिँदै उनी एकाएक सम्पर्कबिहीन भएपछि खोजी थालिएको हो। डिएसपी राउत इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत छन्। ३३…
रौतहटः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन्। रौतहटको चन्द्रपुरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले समानताका आधारमा पार्टी एकता हुने कि नहुने भन्ने चुनौती रहेको पनि बताए। प्रचण्डले भने ‘अहिले सिङ्गो देशले एकता चाहेको छ। हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती पनि छ।’ …
सोलः उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच शुक्रबार भेटवार्ता हुँदैछ। शुक्रबार हुने अन्तर कोरियाली शिखर सम्मेलन अगावै दुई देशबीच मिलिटरी डिमार्केशन लाइनमा भेट हुने एएफपीले जनाएको छ। कोरियाली प्रायद्वीपलाई विभाजन गर्ने सीमारेखा नजिक दुई नेताबीच भेट हुने भएको हो। मुनले आफ्ना पाहुनालाई निःशस्त्रीकरण क्षेत्रमा स्वागत गर्ने उनका प्रमुख सचिव इम जोङ सियोकले जानकारी…
मुम्बईः भारतको मुम्बईमा रेलले स्कुल बसलाई ठक्कर दिँदा १३ स्कुले बालबालिकाको मृत्यु भएको छ। बिहीबार बिहान उत्तर प्रदेशमा रेलवे ट्र्याक काट्ने क्रममा रेलले बसलाई ठक्कर दिएको हो। दुर्घटनामा ८ बालबालिका घाइते भएको स्थानीय अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। स्कुल बसमा २२ बालबालिका रहेको बताइएको छ। बालबालिकालाई बोकेर विद्यालयतर्फ गइरहेको बसलाई सिवान–गोरखपुर यात्रु रेलले ठक्कर दिएको थियो। दुर्घटनाको कारण खुल्न सकेको…
काठमाडौः गृहमन्त्रालयले एकै पटक ठूलो सङख्यामा प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ। बुधवार गृहमन्त्रालयले देशभरका ६० जना प्रमुख जिल्ला अधिकारीलाई पनि सरुवा गरेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। प्रवक्ता सुवेदीका अनुसार जनकराज दाहाललाई झापा सिडियो कार्यलयमा सरुवा गरिएको छ। त्यस्तै जितेन्द्र बस्नेतलाई चितवन पठइएको छ। गृहमन्त्रालयका सहसचिव झंकनाथ ढकाललाई लमजुङ पुर्याइएको छ।
काठमाडौं: साउन २५ मा प्रदर्शन हुने फिल्म 'कहिँ कतै' को गीत सार्वजनिक भएको छ। गाैरभ दर्पण 'झ्वाँईया झान' बोलको गीतमा सचिन सिंहको संगीत, गायिका सृजना सिलवाल र सचिनकै स्वर रहेको छ। गीतमा फिल्मका मुख्य दुई डेब्यु कलाकार सिवानी गिरी र सोनम बर्फ़ुङ्गपालाई फिचर गरिएको छ। रेनिश फागोको रंग संयोजनमा तयार भएको गीतमा कविराज गहतराजको करियोग्राफी रहेको छ। सात महिनाअघि नै…