काठमाडौं: उपत्यकामा माइक्रो बस विस्थापन गरेर ठूला बस सञ्चालनमा ल्याउने प्रतिस्पर्धा तीब्र भएको छ। बुढानीलकण्ठ यातायातले १० वटा सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ। यो बस बुढानीलकण्ठ जमल सहिदगेट माइक्रो बस व्यवसायी समिति अन्तर्गतको कम्पनी हो। यो बसले चक्रपथ परिक्रमा गरेर बुढानीलकण्ठ पुर्याउने कम्पनीले जनाएको छ। ३४ सिट भएको यो बसमा वार्इफार्इ, सीसीटीभी, पब्लिक एनाउन्समेन्ट सिस्टम लगायतका सुविधा हुने कम्पनीको दाबी…
काठमाडौँः कर फर्स्योट आयोगमार्फत् अनियमित रुपबाट कर मिनाह गरेको आरोपमा जेठ १९ गते आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्यो। शर्मा पक्राउ परे पनि आयोग अध्यक्ष लुम्वध्वज महत र सदस्य उमेशप्रसाद ढकाल फरार नै थिए। अनुसन्धानमा महत र ढकाल पनि तानिएका थिए। पढ्नुस्: अकूत सम्पत्ती जोडेको आरोपमा राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ शर्मामाथि तीन…
काठमाडौँः वाम गठबन्धनका तर्फबाट धादिङमा प्रदेशसभा सदस्य उम्मेदवार रहेका एमाले पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डे चुनाव प्रचारका क्रममा लडेर घाइते भएका छन्। बुधबार चुनाव प्रचारका क्रममा धुनीबेसी नगरपालिका मजुवा लिखुमा लडेर पाण्डे घाइते भएका हुन्। पाण्डेको टाउकोमा चोट लागेको छ। उनलाई नौविसेमा सामान्य उपचारपछि बुधबार नै मनमोहन अस्पताल ल्याइएको छ। धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभामा पाण्डे वाम गठबन्धनका तर्फबाट…
सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ टोलीको ट्ङ्गो लागेको छ। पेरु अन्तिम टोलीको रुपमा विश्वकपमा छनोट भएको हो। अन्तरमहादेशिय प्लेअफमा न्यूजिल्याण्डलाई २-० ले पराजित गर्दै पेरु ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो। न्यूजिल्याण्डमा भएको पहिलो लेग गोलरहित बराबरीमा खेलेको पेरुले घरेलु मैदानमा भएको दोस्रो लेगमा २-० को जित निकालेको हो। सन् १९८२ मा विश्वकप खेलेयता पेरुको…
काठमाडौँः आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अनुगमन गर्न निर्वाचन आयुक्तहरुको समेत प्रदेश तोकिएको छ। निर्वाचन आयोगले चुनावी अनुगमनका लागि आयुक्तहरुलाई तोकिएको प्रदेशको जिम्मेवारी दिएको हो। प्रमुख निर्वाचन आयुक्त भने कुनै पनि प्रदेशमा जान सक्नेछन्। निर्वाचन प्रक्रियाको अनुगमनका लाति आयुक्तहरु नै प्रदेशगत रुपमा चुनावी मैदानमा खटिन लागेका हुन्। आयोगले निर्वाचन पर्यवेक्षणका लागि स्वदेशी र विदेशी गरी ५६ संस्थालाई पनि अनुमति प्रदान…
दुबई : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुबई वाटर क्यानलको अवलोकन गरेकी छन्।मानव निर्मित दुबई वाटर क्यानल पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले राष्ट्रपतिलाई दुबई क्यानल म्यारिनमा स्वागत गरेका थिए। सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन्। …
दमक : भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रक्रिया बन्द भएको छ। झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग दमक शाखामा भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा उच्च आयोगका अधिकारीले पुनर्वास प्रक्रिया बन्द गरिएको जानकारी दिएका हुन्। छलफलमा भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहायक सचिव, पूर्वसचिव र अन्य जिम्मेवार पदका पदाधिकारी, उच्च निकाय युएनएचसीआर र पुनर्वाससम्बन्धी…
काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा निजी आवास पुनःनिर्माणसँग सम्बन्धित गुनासो आगामी मंसिरसम्म मात्र दर्ता गर्न सकिने गरी समयसीमा निर्धारण गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९१ र्औं कार्यकारी समितिको बैठकले ३१ वटै भूकम्प प्रभावित जिल्लाका पीडितको लाभग्राही सूचीमा नाम छुटेको भए २०७४ मंसिर मसान्तभित्रमा स्थानीय तहमा गुनासो दर्ता गर्न सकिने गरी समयसीमा…
इटहरी : देशका विभिन्न स्थानमा भइरहेका बम विष्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति कडा निगरानी बढाउन थालेको छ। यसैक्रममा सुनसरीमा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्रचारप्रसारमा आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै नेकपाका पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै…
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउ गर्दै भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताएका छन्। अमेरिकी एक टेलिभिजन सम्बोधनमा ट्रम्पले आफ्नो एसिया भ्रमणबाट उत्तर कोरियाका विरुद्धमा जनमत निर्माण गर्न सघाउ पुगेको बताए। उनले भने,‘ मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन।’ आफ्नो २५ मिनेट लामो टेलिभिजन सम्बोधनका…
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि आफू फेरि प्रधानमन्त्री हुने बताएका छन्। नेपाल प्रेस युनियनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कांग्रेसले जितेपछि सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने आफू मात्रै भएको बताए। उनले भने,‘ कांग्रेसले जितेपछि सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने म नै हुँ, अरु पार्टीका कोही प्रधानमन्त्री हुनेवाला छैनन्।’ विपक्षी नेताहरुले देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भनेर दिएको अभिव्यक्तितर्फ टिप्पणी गर्दै उनले भने,‘उनीहरुले भनेर…
-स्टेफानिया गोन्जर\बिबिसी काठमाडौं : प्यालेडियम धातुको माग अन्तराष्ट्रिय बजारमा निरन्तर बढिरहेको छ। एक वर्षयता यो दुर्लभ धातुको भाउ ४८ प्रतिशतले बढिसकेको छ। अब यो प्लाटिनमभन्दा पनि महंगो भएको छ। प्यालेडियमको मूल्यमा सन् २००१ पछि पहिलोपटक यति धेरै वृद्धि देखिएको हो। संसारकै सबैभन्दा ठूलो मेटल मार्केट लण्डन मेटल एक्सचेन्जका अनुसार गत शुक्रबार एक औंन्स प्यालेडियमको १००८ अमेरिकी डलर कायम थियो। एक वर्षअघि…
हेमन्त केसी जाजरकोट : जाजरकोटमा सदरमुकामदेखि गाउँसम्म चुनावी गतिविधिले रौनकता ल्याएको छ। प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी यहाँका दल र तीनका उम्मेदवार अहिले गाउँदेखि सदरमुकामसम्म प्रचारप्रसारमा व्यस्त छन्। वाम गठबन्धन र नेपाली कांग्रेसको प्रचार र चुनावीसभामा सबै उम्मेदवारका करिव एकैखालका एजेण्डा छन्। वाम गठबन्धका चुनावी एजेण्डा लिखित छ भने नेपाली कांग्रेसको अलिखित छ। वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारका एकैखालका एजेण्डाले…
नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज विहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चालक मंगलदास श्रेष्ठको मृत्यु भएको हो। बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नं ६ बेतपानी आइरहेको बा४ख ८१७२ नम्बरको मिनीट्रक दुर्घटना भएको हो।रासस
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ। महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले आज भवन शिलान्यास गर्दै नियमसंगतरूपमा काम गरेर ट्राफिक नियमलाई कडाइका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न निर्देशन दिए। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई स्थानीय समुदाय, चालक र सर्वसाधारणको…
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा सरकारको स्थायित्व कायम गरी देशलाई गरिबीको चक्रबाट बाहिर निकाल्न वाम गठबन्धनलाई जनताले जिताउनुपर्ने बताएका छन्। नेकपा एमाले कागेश्वरी मनहरा नगरपालिका–४ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा नेपालले विगतमा सरकारको स्थिरता हुन नसक्दा देशमा पूर्वाधार निर्माण तथा विकासका कार्यले गति लिन नसकेकाले अब गठबन्धनलाई जनताले सहयोग गर्नुपर्ने बताए। अहिलेको चुनावी प्रणालीमा राजनीतिक दललाई…
जनकपुरधाम : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संवैधानिक संरचनालाई भागबण्डाको राजनीतिबाट मुक्तिका लागि प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन र राजसंस्थालाई राष्ट्राध्यक्षका रूपमा राख्ने शासकीय संरचनाको नीतिद्वारा निर्देशित गरिनु पर्ने बताएका छन्। जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले धर्म निरपेक्षताको नाममा खुलेआम सांस्कृतिक स्रोत केन्द्रलाई भताभुङ्ग पार्ने क्रियाकलाप भइरहेकाले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताए। उनले…
काठमाडौं : रोल्पामा सिंचाई राज्यमन्त्री एवम् कांग्रेस उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बम प्रहार भएको छ। चुनावी प्रचारप्रसारमा रहेका सिंहलाई रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा अज्ञात समूहले सुतली बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए। उनले भने‘सुतली बम हानेको देखियो, मन्त्रीज्यूको अवस्था सामान्य छ।’ करिब मध्यान्ह साढे १२ बजेतिर डाडाँबाट लुकेर केही समूहले मन्त्री सिंहलाई बम प्रहार गरेका…
शेरबहादुर सिंह/किरण धामी दार्चुला : दार्चुलामा लगातार दुईपटक संविधानसभाको निर्वाचनमा हार व्यहोरेको नेपाली कांग्रेस आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा विगतको तुलनामा संगठन सुधार र पार्टीको आन्तरिक व्यवस्थापन राम्रो भएपनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले तालमेल गरी चुनावी मैदानमा होमिनु…
काठमाडौं : कुनै समय प्याराग्लाइडिङ गर्नेहरुको लागि पोखरा एक मात्र विकल्प थियो। नेपाली विदेशी सबै पोखरा पुग्थे प्याराग्लाइडिङको मज्जा लिन। तर अब नेपालको विभिन्न स्थानमा प्याराग्लाइडिङ शुरु हुन थालेसँगै आ-आफ्नो पायक पर्ने स्थानमा प्याराग्लाइडिङ गर्न सकिने भएको छ। अहिले धरान, भैरहवा, ललितपुरको फुलचोकीमा प्याराग्लाइडिङ गर्न सकिन्छ। यसमा थपिएको अर्को नाम हो शंकरापुर प्याराग्लाइडिङ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र…