नयाँदिल्ली : भारतको दक्षिणी राज्य तामिल नाडूबाट १३४ यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गराइएको छ। तामिल नाडूको विमानस्थलबाट विमान उडेको केही समयमा नै विमानमा चरा ठोक्किएको थियो। चरा ठोक्किएपछि विमानलाई पुनःफर्काएर सोही विमानस्थलमा अवतरण गराइएको थियो। चेन्नई –दोहा इन्डिगो फ्लाइट बिहीबार बिहान सवा २ बजे उडेको थियो। पछि विमानमा चरा…
काठमाडौं : धैरै मानिसलाई थाहा नहुन सक्छ काँचो केरा खानुका फाइदा। त्यसैले काँचो केरा खाने मानिस भेटिनन्। मधुमेह तथा थाइराड रोग विशेषज्ञ डा. प्रिया दर्शनी योन्जनका अनुसार पाकेको केरा जत्तिकै काँचो केरा पनि मानवीय स्वास्थ्यको लागि उत्तिकै फाइदा जनक हुन्छ। विभिन्न अध्यन तथा अनुसन्धानले काँचो केरा खाँदा धेरै फाइदा हुने देखाएको छ। काँचो केरा अचार वा तरकारी बनाएर मात्र…
हरारे : जिम्बावेको सेनाले सत्ता हातमा लिएको छ। बुधबार बिहान सरकारी सञ्चारमाध्यमलाई नियन्त्रण गरेको सेनाले रातिसम्ममा सत्ता हत्याएको हो। सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति रोबर्ट मुगाबेलाई घरैमा नजरबन्द गरिएको छ। तर उनले आफू सकुशल रहेको जानकारी दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमालाई दिएका छन्। जिम्बावेको सेनाले देशको शासन सत्ता नियन्त्रणमा लिएपछि बुधबारदेखि नै यहाँका राष्ट्रपतिको अवस्थाको बारेमा विभिन्न अनुमानहरु गरिएका थिए। बुधबार…
काठमाडौं : समूह चरणमा अपराजित रहेको बंगलादेशलाई डर्क वर्थ लुइस (डिएल) मेथडको आधारमा २ रनले पराजित गर्दै पाकिस्तान मलेसियामा भइरहेको एसीसी यू-१९ एसिया कपको फाइनलमा प्रवेश गरेको छ। २७५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिहरेको पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाउँदा वर्षाले खेल प्रभावित भएपछि पाकिस्तानलाई डिएल मेथडको आधरमा विजेता घोषणा गरिएको हो। पाकिस्तानले अब नेपाल र…
मकवानपुर : प्रहरीले ३५ हजार अमेरिकी डलरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंबाट हेटौंडा हुँदै वीरगंज गइरहेको ना ६ ख ६२९१ नम्बरको यात्रु बसमा सवार २५ वर्षीय शेषनाथ प्रसादको साथबाट अमेरिकी डलर बरामद गरेको हो। बस चेकजाँच गर्दा प्रसादले जुत्ताभित्र लुकाएको अवस्थामा सो रकम फेला परेको थियो। उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा बुझाउने जिल्ला…
काठमाडौं : एसीसी यू-१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले भोली अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणमा भारत जस्तो बलियो टिमलाई हराएर इतिहास बनाएको नेपाल सेमिफाइनलमा अफगानिस्तान विरुद्ध अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ। खेल हुनु एक दिन अघि नेपालका प्रशिक्षक विनोद दासले अफगानिस्तान विरुद्को खेल एकदमै महत्वपूर्ण भएको तर कुनै प्रेसर नभएको बताएका छन्। उनले पछिल्लो पटक अफगनिस्तानले नेपाललाई लगातार दुई पटक…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको चार दिने भ्रमण सकेर आज स्वदेश फर्केकी छन्। राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतले स्वागत गरेका थिए। दुर्इ राष्ट्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा उनले भ्रमण गरेकी थिइन्। राष्ट्रपति भण्डारी भ्रमणका क्रममा युएर्इका युवराज शेख मोहमद विन जायद अल नायन, संघीय राष्ट्रिय परिषद्का सभामुख डा. अमाल…
सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल खेल्ने ३२ वटै राष्ट्रको टुङ्गो लागिसकेको छ। आयोजकको हैसियतमा रुस स्वत छनोट हुँदा बाँकी ३१ राष्ट्रले छनोट चरण परा गर्दै फुटबलको महाकुम्भमा स्थान बनाएका हुन्। अब प्रतिक्षा छ ग्रप स्टेज ड्र को, त्यसका लागि ३२ राष्ट्रलाई ८-८ टिमको चार वटा पटमा विभाजन गरिएको छ। विश्वकपका लागि ड्र आगामी डिसेम्वर १ मा रुसको मस्कोमा हुनेछ।…
धनुषा : धनुषाका चार वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा सात दर्जनभन्दा बढीले उम्मेदवारी दिएपनि आठजना शीर्ष नेतालाई भने कडा प्रतिस्पर्धा गर्नु परेको छ। कडा प्रतिस्पर्धाबीच राजनीतिक भविष्य दाउमा रहेका शीर्ष नेतामा धनुषा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना, माओवादी केन्द्रका मातृकाप्रसाद यादव, क्षेत्र नं २ मा कांग्रेस नेता रामकृष्ण यादव, माओवादी केन्द्रका नेता रामचन्द्र झा, क्षेत्र नं ३…
डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र पार्टीका प्रदेशसभा उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन आग्रह गरेका छन्। गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसले जितेमात्र मुलुक समृद्ध हुने बताए। प्रधानमन्त्रीले भने,‘मसित त तपार्इंहरु झगडा गर्नेदेखि आफ्नो हकअधिकारका लागि बोल्न सक्नुहुन्छ।’ देउवाले डडेल्धुरावासीले दिएको मायाले आफू देशकै नेतृत्वमा पुगेको उल्लेख गर्दै जनताले दिएको मायाको दुरुपयोग हुन नदिने बताए। ‘मैले डडेल्धुराको…
वीरेन्द्र कर्ण वीरगंज : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। नेपाली कांग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनका उम्मेदवारमात्र नभएर स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएपछि त्रिपक्षीय उम्मेदवारको भिडन्त नै अहिलेसम्म चासो र चर्चाको विषय बनेको हो। चार वटै निर्वाचन क्षेत्रमा कांग्रेस, फोरम–राजपा गठबन्धन र एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा…
गोरखा : गोरखामा एक गाडीमा बम प्रहार भएको छ। गोरखा नगरपालिका १० स्थित सर्दी खोलामा धुन लगेको गाडीमा बम प्रहार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले पहिलोपोस्टलाई जानकारी दिए। वाम गठवन्धनका कार्यकर्ताले चुनावी प्रचारमा प्रयोग गर्दै आएको गाडी भएको प्रहरी अनुसन्धानमा खुलेको छ। गाडी माओवादी नेता नारायणकाजी श्रेष्ठले प्रयोग गर्दै आएको भनिए पनि गाडीमा कुनै पनि नेता तथा कार्यक्रता नरहेको डिएसपी रिजालले बताए। कसले…
भक्तपुर : विश्व सम्पदा सूचीमा रहेकव भक्तपुर दरबार स्क्वायरमा विदेशी पर्यटकहरु तस्बिर लिँदै रमाइलो गर्दै। फोटो : नवीन पौडेल, रासस
काठमाडौं : गत असोज २८ गते त्रिवि चिकित्सा शास्त्र अध्यन संस्थान (आइओएम) ले लिएको परिक्षामा चिट चोरीपछि उत्पन्न भएको विवादको विषयमा आवश्यक निर्णय गर्न त्रिवि कार्यकारी परिषदले आइओएमलाई पत्र पठाएको बताएको छ। त्रिवि कार्यकारी परिषद्ले एमबिबिएस प्रवेश परीक्षामा प्रश्न पत्र बाहिरिएको ठहर गर्दै आइओएमलाई पत्र पठाउने निर्णय गरेको हो। आइओएमका डिन जगदिश प्रसाद अग्रवालले यस विषयमा त्रिविबाट कुनै पनि पत्र…
काठमाडौं : सिएमजी क्लब संकटा राजधानीमा भइरहेको प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका गरेको छ। नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा बिहिबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो। संकटाको जितमा दुवै गोल विदेशी खेलाडीले गरे। संकटाका लागि आइभोरीकोष्टका फ्लोरन्स कोआभा र मार्टिन्स अजयीले गोल गरे। संकटाले ७ मिनेटभित्र नै दुई…
क्रिस्टिएन एरिक्सनले शानदार हयाट्रिक गरेपछि युरोपेली प्लेअफमा आरल्याण्डलाई ५-१ ले पराजित गर्दै डेनमार्क पाँचौ पटक विश्वकपमा छनोट भएको छ। घरेलु मैदान भएको पहिलो लेग गोलरहित बराबरी खेलेको डेनमार्कले दोस्रो लेगमा ५-१ को जित हात पार्दै समग्रमा ५-१ कै जित निकालेको हो। अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छनोट हुने डेनमार्क अन्तिम टोली समेत बनेको छ। डेनमार्को जितमा एरिक्नले ह्याट्रिक गरे…
अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रसियासहित ३० राष्ट्र छनोट भइसकेका छन्। आयोजकको हैसियतमा रुस सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी २९ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन्। अहलेसम्म पाँच पटकको विजेता ब्राजिल, विश्व च्याम्पियन जर्मनी लगायतका राष्ट्र छनोट भइसकेका छन्। यस्तै आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन्। अब अन्तरमहादेशीय…
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना नाइजेरियासँग ४-२ ले पराजित भएको छ। यस्तै विश्व विजेता जर्मनी र फ्रान्स तथा ब्राजिल र इंगल्याण्डले बराबरी खेलेका छन्। अर्जेन्टिनाले २ गोललको अग्रता बनाएर पनि त्यसलाई कायम राख्न नसक्दा पराजित भयो। उत्कृष्ट पुनरागमन गर्दै नाइजेरियालाई जित दिलाउन एलेक्स इओवीले दोस्रो हाफमा २ गोल गरे भने केलेची इहनाचो र ब्राएन इडोउले १-१ गोल गरे। यसअघि एभर बनेगा…
जापान विरुद्ध मैत्रीपूर्ण खेलमा १ गोल गर्दै रोमेलु लुकाकु बेल्जियमको लागि सर्वाधिक गोल गर्ने फुटबल बनेका छन्। मैत्रीपूर्ण खेलमा जापानलाई १-० ले हराउने क्रममा लुकाकुले नै निर्णायक गोल गरुदै बेल्जियमको लागि धेरै गोल गर्ने कीर्तिमान बनाएका हुन्। यसपछि लुकाकुको गोल संख्या ३१ पुगेको छ। उनले बर्नार्ड भुरहुफको ३० गोल कीर्तिमानलाई पछि पारेका हुन्। गत सात मेक्सिको विरुद्धको खेलमा २ गोल…
काठमाडौं : आगामी आइतबार थाइल्याण्डमा हुने बैंकक म्याराथनमा नेपालबाट ५ भेट्रान भावकले सहभागीता जनाउने भएका छन्। त्यसका लागि ५ भेट्रान खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक जाँदैछ। नोभेम्बर १९ तारिखमा हुने म्याराथनको ५० वर्षमाथि रामकृष्ण महर्जन र महेन्द्रमान महर्जन तथा ४० वर्षमाथि धर्म महर्जन र भीमबहादुर गुरुङले फुल म्याराथनमा प्रतिस्पर्धा गर्नेछन्। हाफ म्याराथनको ६० वर्षमाथि पुष्पलाल श्रेष्ठ दौडने…