काठमाडौं : सरकारले पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव बस्दै आएको घरको भाडा नतिरेर विवादित गर्न खोजेको भन्दै भारतमा बस्ने एक नेपालीले एक हजार रुपैयाँको चेक पठाएका छन्। युनाइटेड मधेशिस्, नयाँ दिल्लीका पूर्व महासचिव उमेश कुमार साहले यादवको नाममा एक हजार भारतीय रुपैयाँको चेक पठाएका हुन्। भारतीय स्टेट बैंकको एक हजारको चेक यादवको खातामा जम्मा हुने गरी काटेका छन्। पहिलोपोस्टसँग कुराकानी…
काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोरखामा प्रहरीले खानतलासी गर्दा माओवादी नेताका साथबाट पेस्तोल फेला पर्नुलाई अनिष्टको संकेत भनेका छन्। चुनावी अभियानमा रहेका भट्टराईले ट्विट गर्दै लेखेका छन् – आज गोरखाको धावामा माकेका जिम्मेवार नेता कार्यकर्ता हातहतियार सहित पक्राउ पर्नु गम्भीर अननिष्टको संकेत! सबै बेलैमा गम्भीर बनौं! आज गोरखाको धावामा माकेका जिम्मेवार नेता कार्यकर्ता हातहतियार सहित पक्राउ पर्नु…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने उद्देश्यले पार्टीकातर्फबाट परेको उम्मेदवारीमध्ये १४५ स्थानको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा मंगलबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले काठमाडौँ, सल्यान र भक्तपुरको उम्मेदवारी कायम राख्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए। बैठकले आगामी मंसिरको पहिलो…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई एक लाख घुससहित पक्राउ गरेको छ। आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार गौर अस्पतालमा छैटौँ तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै आयोगको टोलीले आज पक्राउ गरेको हो। कार्यकक्षबाटै पक्राउ परेका झामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।रासस
अल्भारो मोराटाले गरेको निर्णायक गोल मद्दतमा चेल्सीले प्रिमियर लिग खेलमा म्यानचेष्टर युनाइटेडलाई १-० ले पराजित गरेको छ। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा मोराटाले ५५ औँ मिनेटमा हेडमार्फत गोल गरेका थिए। जितपछि चेल्सीले ११ खेलबाट २२ अंक जोड्दै युनाइटेड र टोटनहमसंग अंक दूरी कम गरेको छ। हारपछि पनि ११ खेलबाट २३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा कायम छ। समान खेलबाट २३ अंक…
ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिड विजयी भएको छ। घरेलु मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा रियलले लस पलमसलाई ३-० ले हरायो। रियलका लागि कासेमिरो, मार्को असेन्सिओ र इसक्ले एक-एक गोल गरे। जितपछि १२ खेलबाट २३ अंक जोडेकों रियल मड्रिड अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। भने शीर्ष स्थानको बार्सिलोनाभन्दा ८ अंकले पछि छ। ११औँ चरणको खेल समाप्तीपछि बार्सिलोना…
एजेन्सीः अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीको आक्रमणबाट २६ जना मारिएका छन्। घटनामा केही घाइते भएका छन्। सदरल्याण्ड स्प्रिङ्स शहरमा भएको घटनामा बन्दुकधारी पनि मारिएको बिबिसीले जनाएको छ। मारिनेमा बालबालिका पनि रहेका छन्। स्थानीय समयअनुसार बिहान करिव ११ः३० बजे प्रार्थना चलिरहेको चर्चमा एक युवा प्रवेश गरी गोली चलाएका थिए। घटनास्थल बाहिर अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले हमलाकारी युवा पनि मारिएको…
नवलपरासी नेपालकै सबैभन्दा कान्छो जिल्लाका रुपमा परिचित नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्लामा जिल्ला प्रशासन कार्यालय स्थापना भएको छ। तत्कालका लागि नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्लाको नामाकरण गरिएको नवलपुर क्षेत्रको सदरमुकाम कावासोतीलाई आधार मानी जिल्ला प्रशासन कार्यालय स्थापना गरिएको हो। यसअगावै कावासोती रहेको इलाका प्रशासन कार्यालयका रुपमा रहेको सोही कार्यालयलाई जिल्ला प्रशासन कार्यालयका रुपमा रुपान्तरण गरिएको छ। कार्यालयको प्रमुख जिल्ला अधिकारीका रुपमा…
लहान: प्रहरीको गस्ती टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१३ भालटारबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चार किलो गाँजासहित सिरहाको भगवानपुर गाउँपालिका–३ निवासी ३८ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो। आइतबार साँझ यादवलाई चेक गर्दा साइकलको पछाडि झोलामा प्लाष्टिकले बेरी ल्याएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ। रासस
काठमाडौँः घर भाडाका विषयमा पटकपटक समस्यामा पर्दै आएका गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव पुनः समस्यामा परेका छन्। सरकारसँग सम्झौता गरी यादवलाई घर भाडामा उपलव्ध गराउँदै आएका ललितपुर महानगरपालिका ४, बागडोलका रविभक्त बिष्टले सम्झौता नवीकरण नभएको भन्दै १५ दिनभित्र घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन्। विष्टले पूर्वराष्ट्रपति यादवका नाममा घर खाली गराउने सूचना बिहीबार सार्वजनिक सञ्चार माध्यममा…
सिन्धुलीः सिन्धुलीको फिक्कल गाउँपालिका ४ टर्किबेशीमा गएराति जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ७ जना घाइते भएका छन्। गएराति ९ बजे खुर्कोटबाट खाङसाङ बेशीतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको जिप टर्किबेशीको उकालो चढ्न नसक्दा ब्याक भएर सडकबाट तल सखेको हो। दुर्घटनामा जिपमा सवार स्थानीय ४० वर्षीय अमरबहादुर दर्लामी र ४० वर्षकै रामप्रसाद बरालको घटनास्थलमै…
एजेन्सीः साउदीका राजकुमार मन्सुर बिन मकरिनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ। यमनको सीमा क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा राजकुमार मकरिनको मृत्यु भएको हो। हेलिकप्टरमा राजकुमार बाहेक अन्य सातजना रहेको अरबन्युजले जनाएको छ। उच्च सरकारी अधिकारीसहितको नियमित भ्रमणबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन। साउदीमा भ्रस्टाचारको आरोपमा ११ राजकुमार, चार मन्त्री र केही पूर्वमन्त्री पक्राउ परेको भोलिपल्टै…
काठमाडौं: फिल्म ‘अमेरिका बोइज’ युनिट छायांकनका लागि फ्लोरमा निस्किएको छ। आइतबार झापामा क्यामेरा पूजा गर्दै छायांकन सुरु भएको हो। छायांकनसँगै फिल्मको रिलिज टार्गेट सार्वजनिक भएको छ। फिल्म बैशाख १४ गते रिलिज हुने भनिएको छ। फिल्मका निर्मात प्रकाश भूजेलले झापामा करिब १४ दिन सुटिङ हुने बताएका छन्। ‘बाँकी छायांकनका लागि टिम काठमाडौं फर्कन्छौं।‘ इन्द्र प्रसाद खरेल क डम्बर चन्दले निर्माण गर्न…
काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर एकका उम्मेदवार प्रकाशमान सिंहले भिमसेनगोलास्थित कात्यानी मन्दिरमा पूजाआजा गरेर चुनावी घरदैलो अभियान सुरु गरेका छन्। सोमबार बिहान पत्नी सिर्जना र नेता कार्यकर्ताहरुसहित सिंह मन्दिर पुगेका थिए। प्रकाशमानले मन्दिरमा टीका र प्रसाद ग्रहण गरेपछि स्थानीयबासीलाई भेट्दै र हात मिलाउँदै भोट माग्न थाले, ‘नेपाली कांग्रेसलाई भोट दिनुहोला, मलाई जिताउनुहोला।’ सिंहले चुनावमा चुनौती महसुस गरे…
काठमाडौं: २ नोभेम्बरबाट सुरु भएको 'फिल्म साउथ एसिया २०१७' आइतबार सकिएको छ। तीन दिनमा कुल ६३ डकुमेन्ट्री देखाइएको मध्य ४५ डकुमेन्ट्री पाँच फरक उपाधीका लागि प्रतिस्पर्धामा थिए। महोत्सवमा 'रामबहादुर बेस्ट फिल्म अवार्ड' दुई डकुमेन्ट्रीले संयुक्त रुपमा जिते। दुई हजार अमेरिकी डलर पुरस्कार रहेको उपाधी इन्डियाको तुसार माधव र सार्भिक कौर निर्देशित 'सोज: अ ब्यालेड अफ मालाडिज' र श्रिलङ्काको जुड रत्नम…
दक्षिण कोरियाली अन्तर्राष्ट्रिय खेलाडी हेउन मिन सन प्रिमियर लिगमा एसियाबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। आइतबार लिगमा क्रिस्टल प्यालेस विरुद्ध टोटनहमका लागि विजयी गोल गरेका सनले प्रिमियर लिगमा गोल संख्या २० पुर्याएका छन्। SON HEUNG-MIN (20) 🇰🇷 Viduka (92) 🇦🇺 Aguero (130) 🇦🇷 Yorke (123) 🇹🇹 Shearer (260) 🇬🇧 Drogba (104) 🇨🇮 The #PL top scorers from around…
काठमाडौँ : सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरो प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले २०७४ सालमा विशेषगरी तराई क्षेत्रमा आएको बाढी पहिरोबाट प्रभावितलाई विशेष योजना ल्याउने निर्णय गरेको हो। योजनाबारे अर्थ मन्त्रालयले जतिसक्दो चाँडो सार्वजनिक गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। त्यसैगरी सरकारले ग्रामीण पहुँच सुधार परियोजना (रुलर कनेक्टिभिटी इम्प्रुभमेन्ट…
विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली कांग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन्। नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आचार्यले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हिमाल, पहाड र तराईलाई खण्डित हुन नदिन ठोस् रणनीतिका साथ नेपाली कांग्रेस निर्वाचनमा होमिएको स्पष्ट पारे। मोरङ क्षेत्र नम्बर चारका प्रतिनिधि सभा सदस्यको…
काठमाडौं: फिल्म ’झ्यानाकुटी’ युनिट राजधानीको विभिन्न कलेजमा प्रचारको लागि पुगेको छ। अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाल, निर्मात्री तथा अभिनेत्री निशा अधिकारी लगायत टिम आइतबार मित्रपार्कको टेक्सस इन्टरनेशनल कलेज र चाबहिलको के युसिटी कलेज पुगेका हुन्। प्रचार कार्यक्रममा विधार्थीले कलाकारसँग फिल्म सम्बन्धी अन्तरक्रिया गर्नुका साथै झ्यानाकुटी फोटो कन्टेस्टको लागि माग गरिएको झै पार्टनर उचाले फोटो समेत खिचाए। कलेजमा पुगेको फिल्म…
महोत्तरी : महोत्तरीको क्षेत्र नम्बर एकमा प्रनिनिधि सभा सदस्यक लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। आगामी मंसिर २१ गते हुने चुनावका लागि फोरम–राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन्। लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्यक्ष हुन्। उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उम्मेदवार भई दोस्रो स्थान हासिल गरेकी थिइन्। स्थानीय तहको…