कपिलवस्तु : प्रमुख दलबीच देखिएको आन्तरिक मनमुटावका कारण कपिलवस्तुमा चुनावी माहोल सृजना हुन सकेको छैन। प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएको करिब एक साता भइसक्दा पनि जिल्लामा चुनावी माहोल सृजना हुन नसकेको हो। प्रतिनिधि सभाका लागि तीन वटा क्षेत्र रहेको कपिलवस्तुमा दलहरुले उम्मेदवारी दर्ता गराएपछि चहलपहल बढ्नुपर्ने हो तर, चहलपहल नदेखिएको निर्वाचन पर्यवेक्षक पशुपतिमणि त्रिपाठीले बताए। नेपाली…
काठमाडौं : नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले २ केजी चरेससहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट एयरको विमानमार्फत भारतको मुम्वई हुँदै युक्रेन जान लागेका ४२ वर्षीय युक्रेनी नागरिक ओलेक्सिल लोलोनलाई पक्राउ गरेको हो। लोलोनले आफुसँग भएको सुटकेस भित्र स्टाइलिष्ट जुत्ता र च्यावनप्रासको बट्टा भित्र २ केजी चरेस लुकाएको अवस्था फेला पारेको हो।
काठमाडौं: फिल्म 'मेला' युनिटले श्वेताश्री फाउन्डेशनलाई नगद रकम सहयोग गरेको छ। कार्तिक २४ गते रिलिज हुन लागेको फिल्मको तर्फबाट श्वेता खड्काको अगुवाईमा बनिरहेको एकिकृत माझी बस्तीलाई ५१ हजार आर्थिक सहयोग गरेको हो। मेलाका निर्माता, लेखक तथा सहनिर्देशक हरी पन्तले नायिका खड्कालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। भने,'नेपाली फिल्म व्यवसायिक बनिरहँदा केही योगदान सामाजिक कार्यमा पनि पुर्याउन सक्नुले संतुष्टी…
इनरुवा: सुनसरीको भोक्राहा गाउँपालिका–४ मा सोमबार साँझ भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोक्राहा गाउँपालिका–१ का रामकुमार बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिबी ०५ वाई ९९२९ नंको भारतीय नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको को ११ प १६९५ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार रामकुमारको मृत्यु भएको हो। सोही मोटरसाइकलमा…
बैतडी: प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि बैतडीमा उम्मेदवारहरु भोट माग्ने कार्यमा व्यस्त रहेका छन्। चुनावलाई लक्षित गरेर बैतडीमा सबै राजनीतिक दलले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन्। सबै राजनीतिक दलहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन्। मतदाताहरुलाई कामको चटारो भए पनि उम्मेदवारहरुलाई मत माग्न हतार भइरहेको छ। लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र अन्य साना दलहरुले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका…
नुवाकोट: तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ। समुन्द्रटारबाट काठमाडौँतर्फ जान लागेको कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नं को एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ। गएराति एम्बुलेन्स दुर्घटना भएर सडकबाट करिब ५० मिटर तल पुगेको जिप्रका नुवाकोटका…
काठमाडौँः नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछन्। पार्टी एकीकरणको लक्ष्यसहित चुनावी तालमेल गरी अघि बढेका दुई दलले संयुक्त घोषणापत्र तयार पारेका हुन्। तिनकुनेस्थित रोयल व्याङ्केटमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। घोषणा पत्रको सार्वजनिक कार्यक्रममा दुवै दलका शीर्ष नेताको उपस्थितिमा हुँदैछ। प्रमुख दलमध्ये नेपाली कांग्रेसले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ। के छ घोषणापत्रमा? समसामयिक…
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो । हिन्दु राज्य पुन:स्थापना, राजासहितको प्रजातन्त्रलाई पनि घोषणापत्रमा सामेल गरिएको छ। घोषणापत्रमा प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु उग्रवामपन्थको धरापमा फस्दै गएको उल्लेख गरिएको छ। राष्ट्रिय अखडण्तामा चुनौती थपिएको पनि घोषणापत्रमा उल्लेख छ। घोषणापत्रमा खसआर्य समूदायको पहिचान र रक्षा, बालबालिका, जेष्ठ नागरिकको…
काठमाडौँ: निर्वाचन आयोगले आसन्न मंसिर १० गतेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्रको छपार्इ सकेको छ। आयोगले दोस्रो चरणमा निर्वाचन हुने निर्वाचन क्षेत्रको मतपत्र छपार्इ पनि सुरु गरेको छ। पहिलो चरणमा निर्वाचन हुने जिल्लाका मतपत्रसहितका सामाग्री सम्वन्धित जिल्लामा पठाउने काम आयोगले सुरु गरेको छ। आयोग प्रवक्ता नवराज ढकालले पहिलो चरणको प्रत्यक्षको मतपत्र छपाइ सकिएको बताए। ढकालले पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मतपत्र…
रमाल्लाह : प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बास औपचारिक भ्रमणका लागि सोमबार साउदी अरबको राजधानी रियाद आइपुगेका छन्। अब्बासले साउदी अरबका राजा सल्मान बिन अब्दुल अजिज र राजकुमार मोहम्मद बिन सलमानसँग भेट्वार्ता गर्ने कार्यक्रम रहेको रियादमा रहेको प्यालेस्टिानीको दूतावासले जनाएको छ। उनीहरुसँग दुईपक्षीय हित र प्यालेस्टायनमा पछिल्लो समय विकसित समसामयीक घटनाक्रमका बारेमा छलफल गर्ने तयारीमा रहेको राष्ट्रपति अब्बासले प्यालेस्टिनी सरकारी रेडियो भ्वाईस अफ…
बागलुङ : मध्यपहाडी लोकमार्गको बागलुङ खण्डस्थित बडीगाड गाउँपालिका–२ मा आज बिहान भएको ट्रक दुर्घटनामा परी पाँचजना घाइते भएका छन्। रमाइलो मेलाका सामग्री बाकेर ग्वालीचौरतर्फ गइरहेको ना ३ ख ३७८५ नम्बरको ट्रक लब्धीखोला पुल नजिकै दुर्घटनामा परेको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। बीच सडकमै ट्रक पल्टेपछि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गलाई खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। ग्वालीचौरमा हुन…
काठमाडौं: राजनीतिक दलहरुले निर्वाचनका लागि आवश्यक खर्चका लागि उद्योगी व्यवसायीलार्इ चन्दाको दबाब दिन थालेका छन्। संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक खर्चका लागि चन्दाको दबाब आउन थालेपछि उद्योगी व्यवसायी कोही मोबाइल स्वीच अफ गरेर बसेका छन् भने कोही विदेश भ्रमणमा निस्किएका छन्। ‘चन्दाको दबाब थेग्नै नसक्ने छ। शीर्ष नेताहरुले नै फोन गरेर ठूलो रकम माग गरिरहेका छन्।व्यक्तिगत रुपमा चन्दा माग्नेको…
प्रकाश धौलाकोटी तेह्रथुम : आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन्। मतदातालाई आफ्नो पक्षमा लिएर उम्मेदवारलाई विजयी गराउन दलका कार्यकर्तालाई भ्याईनभ्याई छ। उनीहरु प्रचारप्रसारका लागि घरदैलोसम्म पुग्न थालिसकेका छन्। जिल्लाका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवार र जिल्लाका नेता पनि प्रचारप्रसारका लागि गाउँ पसेका छन्। तर…
लमजुङ : अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक मार्ग सुरुवात गरिएको छ। मनाङसम्म मोटरबाटो निर्माण भएर पदयात्रामा प्रभाव पर्न थालेपछि मनाङ–लमजुङ होटल व्यवसायी समितिले वैकल्पिक पदमार्ग निर्माण गरेको हो। बेँसीशहरबाट खुदीसम्म निर्माण सम्पन्न वैकल्पिक मार्गको एक कार्यक्रमबीच सोमबार उद्घाटन गरिएको हो। पूर्व सांसद जमिन्द्रमान घलेले पदमार्गको उद्घाटन गरेका हुन्। पदमार्ग उद्घाटनसँगै कार्यक्रमका सहभागीले पदयात्रासमेत गरेका थिए। अहिलेको अन्नपूर्ण पदमार्गमा मोटरबाटोका कारण अवधि छोटिँदै…
काठमाडौं: हास्य अभिनेता तथा निर्देशक पुरन थापाले फिचर फिल्म निर्माण गर्ने भएका छन्। उनले ‘फेरि–फेरि’ नामक फिल्म निर्माण घोषणा गरेका हुन्। थापाको यो फिल्म निर्माण डेब्यु भने होइन। यसअघि ‘पिरिम पर्या छन्’ र ‘कान्छी मट्याङ ट्याङ’ जस्ता कमेडी जनराको फिल्म निर्माण गरेका छन्। ‘फेरि फेरि पनि हास्यरस युक्त नै हुनेछ', उनले जानकारी दिए। फिल्ममा अर्पण थापा, ऋचा शर्मा, ओमप्रतिक गुरुङ,…
डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका –१ अन्तर्गत प्रहरी चौकीका प्रहरी सामूहिक तिहारमा खेलेको देउसीभैलीको रकमबाट नगरपालिकाको केन्द्र बगर बजारमा बिजुली बत्ती जडान गरेका छन्। गत आइतबार नगरपालिका केन्द्रको माथिल्लो बगरदेखि ठूली पुलसम्मका बिजुलीका खम्बामा २१ सिएफएल बत्ती जडान गरिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी निरीक्षक रोमहर्ष सिजवालले बताए। 'चौकीका प्रहरीले सामूहिक रुपमा तिहारमा देउसी खेल्दा सोह्र हजार उठेको थियो, सो…
काठमाडौं : बूढानीलकण्ठ नगरपालिकाले बजारमा हरियाली दोब्बर बनाउन वृक्षरोपणलाई विशेष प्राथमिकता दिएको छ। बूढानीलकण्ठको मूल सडकको दुवै तिर वृक्षरोपण गरिएको छ। यसैगरी निजी क्षेत्र र स्थानीय क्लबसँगको सहकार्यमा गोल्फुटार, बूढानीलकण्ठ सडक खण्डको दायाँबायाँसमेत बिरुवा रोप्ने काम गरिएको बूढानीलकण्ठ नगरप्रमुख उद्धवप्रसाद खरेलका स्वकीय सचिव सुस्मित खरेलले जानकारी दिए। नगरपालिकाले वडा नं १ र २ मा महिला समूहको सक्रियतामा फोहर उत्पादन…
काठमाडौँ: गायक शक्ति लामाको ‘तिमी बिना अधुरो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा गायक शक्ति लामाको स्वर शब्द र संगीत रहेको छ। गीतको भिडियोमा जहान्वी बस्नेत र गायक शक्ति लामा आफैंले फिचरिङ गरेका छन्। जहान्वी कलाकार जय किशन बस्नेतकी छोरी हुन्। गीतको भिडियोलाई शैलेन्द्र खोकालीले निर्देशन गरेका हुन्।
दक्षिण कोरिया : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार दक्षिण कोरियाको भ्रमणमा पुगेका छन्। उनी सोमबारसम्म जापानको भ्रमणमा रहेका थिए। एसियाको भ्रमणका क्रममा आइतबार जापान पुगेका उनी जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुगेका हुन। राष्ट्रपति ट्रम्प एसियाको १२ दिने भ्रमणको क्रममा मङ्गलबार दक्षिण कोरिया पुगेका हुन्। दक्षिण कोरिया उनीको दुई दिन बस्नेछन्। उनीको एयर फोर्स विमान दक्षिण कोरियाको ओसान सहरमा रहेको हवाई…
काठमाडौं: अभिनेता दयाहाङ राई निर्देशित नाटक आजबाट मञ्चन हुँदैछ। नाटक 'झ्यालिञ्चा' मण्डला थिएटरमा मञ्चन हुने भएको हो। रङ्गकर्मी हुँदै फिल्ममा अभिनय गर्न थालेका दयाहाङको झ्यालिञ्चा थिएटर कमब्याक नाटक हुनेछ। कुमार नगरकोटीको फकिर फिक्सनमा आधारित नाटकको परिकल्पना समेत राईले गरेका हुन्। नाटकमा विजय बराल र रञ्जना ओलीको अभिनय रहनेछ। करिव एक घण्टा लामो न्यारेटिभ ड्रामासँगै अनुपम शर्माको लाइभ संगीत पनि रहने…