PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • मतदान र मतगणना प्रशिक्षण कार्यक्रम सम्पन्न

    मतदान र मतगणना प्रशिक्षण कार्यक्रम सम्पन्न

    पोखरा : जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन क्षेत्रीय निर्वाचन कार्यालयले आयोजना गरेको मतगणना प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ। दुर्इ दिने प्रशिक्षणमा यस प्रदेशका नवलपरासीबाहेक दस जिल्ला तथा पाल्पा र गुल्मीका जिल्ला निर्वाचन कार्यालयका प्रमुख र अधिकृत गरी ५० जनाको सहभागिता थिए। यसैबीच क्षेत्रीय निर्वाचन कार्यालयले शनिबारबाट तीन सय १७ जनालाई मतदाता शिक्षा स्वयंसेवक तालिम आयोजना गर्ने…

    विस्तृतमा पढ्नुस्

  • बोक्सी कुप्रथा विरुद्ध फिल्म 'अग्निदहन' फस्ट लुक आउट

    बोक्सी कुप्रथा विरुद्ध फिल्म 'अग्निदहन' फस्ट लुक आउट

    काठमाडौं: बोक्सी कुप्रथा अन्त्यको अभियानको रुपमा निर्मित फिल्म 'अग्निदहन'को फस्ट लुक आउट भएको छ। बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्मको तीन पोस्टर र टिजर सार्वजनिक गरिएको हो।  घनश्याम लामिछाने निर्देशित फिल्मले बोक्सी आरोपमा परेकी महिलाहरुको कथा भन्छ। फिल्मको कथा, पटकथा र संवाद लोकमणी पौडेलले लेखेका हुन्। फिल्म बारे बोल्दै निर्देशक लामिछानेले भने,'यो आयातित कथामा आधारित आर्जनको लागि मात्र बनाइएको फिल्म…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति कार्यलयमा पत्र दिएको भोलिपल्टै शिक्षा मन्त्रालयमा डा. केसीको अर्को पत्र दर्ता

    राष्ट्रपति कार्यलयमा पत्र दिएको भोलिपल्टै शिक्षा मन्त्रालयमा डा. केसीको अर्को पत्र दर्ता

    काठमाडौं : डाक्टर गोविन्द केसीले शिक्षा मन्त्रालयलाई नेशनल कलेजको सम्बन्धनमा भएका निर्णयहरु बुझ्न शिक्षा मन्त्रालयमा निवेदन दिएका छन्। शिक्षा मन्त्रालयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा डा. केसीले कलेजलाई सम्बन्धन दिने सम्बन्धनमा मेडिकल काउन्सिललाई लेखेको पत्र, सर्वोच्चले नेशनल कलेजको सम्बन्धनमा गरेको फैसला, कलेजको मुद्धा समबन्धमा मन्त्रालयले दायर गरेको निवेदन र सो सम्बन्धनमा लिखित कागजातहरु माग गरेका छन्।   त्यसैगरी डा. केसीले निवेदनमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस परिचालन संयोजक खाँणको काउन्टर एट्याक, वाम गठवन्धनको ठूला नेताको जमानत जफत हुनेछ

    कांग्रेस परिचालन संयोजक खाँणको काउन्टर एट्याक, वाम गठवन्धनको ठूला नेताको जमानत जफत हुनेछ

    काठमाडौं : नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले वाम गठबन्धनका वरिष्ठ नेताहरुको जमानत जफत हुने दाबी गरेका छन्। कांग्रेस निर्वाचन परिचालन समितिले बुधबार आफ्नो केन्द्रीय कार्यालय सानेपामा पत्रकार भेटघाट आयोजना गरी नेकपा एमाले र माओवादी केन्द्रका गठबन्धन कमजोर भइसकेकाले यसपटकको निर्वाचनमा जमानत गुमाउने दाबी गरेका हुन्। मंगलबार सार्वजनिक वाम गठबन्धनको घोषणापत्रप्रति लक्षित गर्दै खाँणले भने…

    विस्तृतमा पढ्नुस्

  • मधेश हितमा वकालत गर्ने दल कांग्रेस : देउवा

    मधेश हितमा वकालत गर्ने दल कांग्रेस : देउवा

    जनकपुरधाम : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस मधेश र मधेशीको हितमा सधै वकालत गर्ने दल भएको बताएका छन्।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै देउवाले मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि कांग्रेसको काँधमा रहेको उल्लेख गरे।  देउवाले भने, 'सबैको अस्तित्वको सम्मान र रक्षाका लागि कांग्रेस सधैँ संवेदनशील…

    विस्तृतमा पढ्नुस्

  • मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको घोषणापत्र सार्वजनिक

    मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको घोषणापत्र सार्वजनिक

    काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी)को  चुनावी मोर्चाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। सार्वजनिक घोषणापत्रमा जनगणतन्त्रको स्थापना,  राजनीतिक भण्डाफोर, उर्जा, जलस्रोत विकास लगायतका विषय समेटिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएलमा युएई विरुद्ध हुने खेलका लागि क्याम्पमा बोलाइए २८ खेलाडी, को को परे?

    डब्लुसिएलमा युएई विरुद्ध हुने खेलका लागि क्याम्पमा बोलाइए २८ खेलाडी, को को परे?

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत युएई विरुद्ध हुने अन्तिम चरणको दुई खेलका लागि २८ सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक भएको छ। आगामी डिसेम्बरमा हुने खेलको लागि विहिबारबाट नेपाली टोलीको क्याम शुरु हुने नेपाली टिमका म्यानेजर तथा टेक्निकल एलिलस्ट रमन शिवाकोटी द्वारा जारी विज्ञप्तीमा जनाइएको छ। आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नहोस् : प्रमुख निर्वाचन आयुक्त

    निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नहोस् : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सन्दर्भमा आमसभा, जुलुस, प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिएका छन्। बालशिक्षा र अधिकारको क्षेत्रका कार्यरत गैरसरकारी संघ संस्थाद्वारा प्रस्तुत नागरिक अपिल ग्रहण गर्दै यादवले निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवारबाट हुनसक्ने बालबालिकाको प्रयोगलाई निरुत्साहित गर्न आयोगले सचेत पारेको बताए। शिक्षक तथा अभिभावकलाई निर्वाचनमा बालकालिकाको प्रयोग हुनुहुन्न…

    विस्तृतमा पढ्नुस्

  • काबुलमा टिभी स्टेशनमा आक्रमण पाँच जनाको मृत्यु

    काबुलमा टिभी स्टेशनमा आक्रमण पाँच जनाको मृत्यु

    काबुल: अफगानिस्तानको राजधानी काबुलमा रहेको एक टेलिभिजन च्यानल स्टेशनमा मङ्गलबार भएको आतङ्ककारी आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन्। घटनामा २१ जना अन्य घाइते भएका बताइएको छ। काबुलको चामन–ए–हजुरी नजिकै रहेको पास्टो भाषाको निजी सामसद टेलिभिजनमा बिहानै दुई आक्रमणकारीले हमला गरेका सुरक्षा स्रोतले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएका छन्। मृतकमा सुरक्षा गार्ड, एक जना महिला कामदार र दुई…

    विस्तृतमा पढ्नुस्

  • भियतनाममा आँधीबाट ६९ जनाको मृत्यु

    भियतनाममा आँधीबाट ६९ जनाको मृत्यु

    हनोई: भियतनाममा हालैको डाम्रोइ आँधीका कारण कम्तीमा पनि ६९ जनाको मृत्यु भएको छ। मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले आइतबार जानकारी दिएको छ। कडा हावाहुरीका कारण अरु दर्जनौँ व्यक्ति हराएका छन्। हराइरहेका व्यक्ति अहिले पनि खतराको अवस्थामै छन् वा मरिसके भन्ने बारेमा यकिन हुन नसकेको दैवी प्रकोप व्यवस्थापन अधिकारीहरुले…

    विस्तृतमा पढ्नुस्

  • नागढुङ्गा सुरुङमार्ग निर्माणको जग्गा अधिग्रहण प्रक्रिया सुरु, सात वर्षभित्र तयार

    नागढुङ्गा सुरुङमार्ग निर्माणको जग्गा अधिग्रहण प्रक्रिया सुरु,  सात वर्षभित्र तयार

    काठमाडौँ: आगमी सात वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको नागढुङगा नौविसे सुरुङमार्गको सडक निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ। आयोजनाले सुरुङमार्गमा पर्ने जग्गा अधिग्रहणको सूचना बुधबार प्रकाशित गरेको छ। एक महिनाभित्र मुआब्जा दाबीका लागि कागजात पेश गर्न पनि आयोजनाले सूचित गरेको छ। भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले सुरुङमार्ग अन्तर्गत पूर्वी सडक निर्माणका लागि जग्गा अधिग्रहणको सूचना निकालेको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा चुनावमा थपिए १४ लाख मतदाता, कुन जिल्लामा कति बढे हेर्नुस् सूची

    प्रतिनिधिसभा चुनावमा थपिए १४ लाख मतदाता, कुन जिल्लामा कति बढे हेर्नुस् सूची

    काठमाडौँ: गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनभन्दा आसन्न प्रतिनिधि र प्रदेशसभामा झण्डै १४ लाख मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनलाई प्राथमिकतासाथ अघि बढाएको थियो। प्रतिनिधिसभा निर्वाचन घोषणासम्मको ६ महिनाको अवधिमा १३ लाख ७० हजार २४९ मतादाता थप भएका हुन्। थपिएका नयाँ मतदाताले स्थानीय तहको मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनको जोडघटाउलाई फरक पार्न सक्छ। स्थानीय तह निर्वाचनमा कुल…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको मनोहरा खोला नजिकै ट्याक्सीभित्र शव फेला

    भक्तपुरको मनोहरा खोला नजिकै ट्याक्सीभित्र शव फेला

    काठमाडौँ: भक्तपुरको मनोहरा खोला नजिकै ट्याक्सीभित्र शव फेला परेको छ। बा१झ १०४० नम्वरको ट्याक्सीभित्र अन्दाजि ३० बर्षीय पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी मीरा राणाले पहिलोपोस्टलाई जानकारी दिइन्। एसपी राणाले भनिन् 'ट्याक्सीभित्र शव फेला पारेको छ। मृतकको पहिचान भएको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ।' प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुङ्गा प्रहार गरी हत्या गरिएको देखिएको छ।

    विस्तृतमा पढ्नुस्

  • उर्जामन्त्रीको सल्लाहकारमा पुष्कर ढुंगेल नियुक्त

    उर्जामन्त्रीको सल्लाहकारमा पुष्कर ढुंगेल नियुक्त

    काठमाडौं: उपप्रधान एवं उर्जामन्त्री कमल थापाले उर्जा सल्लाहकारमा सिन्धुपाल्चोकका पुष्कर ढुंगेललाई नियुक्त गरेका छन्। इन्जिनियर ढुंगेल लामो समयदेखि उर्जा क्षेत्रमा क्रियाशील छन्। ३५ वर्षका ढुंगेलले हालसम्म १७ मेगावाट क्षमताको चारवटा जलविद्युत आयोजना सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेलेका छन्। उनी राप्रपाका केन्द्रीय सदस्य तथा उद्योग र आर्थिक विभागका संयोजक समेत हुन्। ढुंगेलका जलविद्युत सम्बन्धी लेख, रचना प्रकाशित छन्।

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘रोमियो’ले पायो युनिभर्सल सर्टिफिकेट

    फिल्म ‘रोमियो’ले पायो युनिभर्सल सर्टिफिकेट

    काठमाडौं : आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘रोमियो’ सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। फिल्मका निर्माता एवंम् अभिनेता हसन राजाले फेसबुकमार्फत जानकारी दिएका हुन्। केही समय यता नेपाली फिल्महरुले संवाद र दृश्यका कारण पिजी सर्टिफिकेट पाउँदै आएका थिए। तर युनिभर्सल सर्टिफिकेट पाएपछि रोमियो हेर्नका लागि भने जुन सुकै उमेर समुहकाले पनि पाउने भएका हुन्। फिल्म 'रोमियो'लाई पहिलो मुस्लिम अभिनेता…

    विस्तृतमा पढ्नुस्

  • पिउने रहर छ भन्दै नम्रता र किरण

    पिउने रहर छ भन्दै नम्रता र किरण

    काठमाडौं : चर्चित गजल गायक थानेश्वर गौतमको स्वरमा रहेको गीत ‘पिउने पनि रहर छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। श्याम रेग्मीको शब्दमा तयार भएको गीतमा गायक गौतम स्वयंको स्वर र संगीत सुन्न सकिन्छ। रोहित बस्नेतले कोरियोग्राफी गरेको उक्त भिडियोमा नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङ गीतको भिडियोमा फिचरिङ भएका छन् । सुरेश राउतको सम्पादन तथा रामेश्वर कार्कीको छायाँकन रहेको…

    विस्तृतमा पढ्नुस्

  • निधिलाई मधेशमा भोट माग्ने नैतिकता छैन, ब्यालेटले सहिद बनाइदिन्छौं : महतो

    निधिलाई मधेशमा भोट माग्ने नैतिकता छैन, ब्यालेटले सहिद बनाइदिन्छौं : महतो

    धनुषा : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवं धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यस पटकको चुनावमा हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन। बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा आयोजना गरेको चुनावी साक्षात्कारमा महतोले अहिलेको निर्वाचनलाई आफूहरुले निर्वाचन रुपी आन्दोलन कै रुपमा उपयोग गरिरहेको बताउँदै भने, ‘जनताको मत आन्दोलनको…

    विस्तृतमा पढ्नुस्

  • एमालेका उम्मेदवार विश्वकर्माको गाडी तोडफोड

    एमालेका उम्मेदवार विश्वकर्माको गाडी तोडफोड

    पोखरा : प्रतिनिधि सभाको लागि कास्की क्षेत्र नम्वर ३ बाट वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका जगत विश्वकर्माले प्रयोग गर्ने गाडी गए राति तोडफोड भएको छ। उनले प्रयोग गरेको ग १ य ७२८ नम्बरको पर्यटक गाडी तोडफोड भएको हो। तोडफोडबाट गाडीको पछाडिको शिशा फुटेको छ। पार्टीका नेता कार्यकर्ता सहित राति नौ बजे पोखराको न्यूरोडस्थित होटलमा बसेर खाना खान लागिरहेको अवस्थामा गाडी तोडफोड भएको उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्रम्प चीनमा

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनमा

    बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेका छन्। उनी बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुगेका हुन्। चीनको राजकीय भ्रमणका क्रममा उनी आज दक्षिण कोरियाबाट चीन पुगेको हो। एसिया भ्रमणका क्रममा गत आइतबार जापान पुगेका थिए। गत जनवरीमा ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक चीन भ्रमणमा आएका हुन्। दुई हप्ताअघि मात्र चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१९ क्वालिफायर : कुनै गोल नगरी बाहिरियो नेपाल, अन्तिम खेलमा ओमनसँग ५-० ले पराजित

    एएफसी यू-१९ क्वालिफायर : कुनै गोल नगरी बाहिरियो नेपाल, अन्तिम खेलमा ओमनसँग ५-० ले पराजित

    काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरमा नेपाल लगातार चौथो खेल हार्दै बाहिरिएको छ। कीर्गिस्तानमा बुधबार भएको अन्तिम खेलमा नेपाल ओमानसँग ५-० ले पराजित भएको हो। नियमित गोलकिपर कप्तान अर्पण कार्कीको स्थानमा ओमन विरुद्ध नेपालका लागि अर्का गोलकिपर सोजित गुरुङले कप्तानी गरेका थिए। क्वालिफायरमा खेलेका चारवटै खेल हारेको नेपालले खेलमा गोल गर्न सकेन भने कूल १२ गोल खायो। पहिलो खेलमा नेपाल आयोजक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell