हरि लामिछाने काठमाडौँ : संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खर्चिलो हुने देखिएको छ। आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवारी दिएका पाँच हजार २९३ प्रत्यक्ष र समानुपातिकतर्फ ६ हजार ९४ उम्मेदवारले अर्बौं खर्च गर्ने देखिएको हो। निर्वाचन आयोगले गर्ने खर्चबाहेक उम्मेदवारहरुको कूल खर्च…
काठमाडौ : नयाँ शक्ति नेपालका संयोजक एवम् गोरखा क्षेत्र नम्वर २ का उम्मेद्वार डा. बाबुराम भट्टराइेलाई भोट माग्न यतिबेला नेपाली कांग्रेसका नेता कार्यकर्ता घरदैलोमा व्यस्त छन्। विहानदेखि बेलुकासम्म नै कांग्रेस नेताकार्यकर्तासहित भट्टराई घरदैलो कार्यक्रममा व्यस्त छन्। सोमबार विहान गोरखा नगरपालिकाका मेयर राजनराज पन्तसहित कांग्रेस नेता कार्यकर्ताले भट्टरार्इको पक्षमा भोट मागेका हुन्। त्यसक्रममा उनीहरुले आर्थिक समृद्धिको नारासहित जनताको रक्षाका लागि लडिरहेको गठवन्धनलाई भोट…
काठमाडौं : सरकारले नेपाली सेनाका दुई जना सहायकरथीलाई उपरथीमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सेनाका सहायकरथी शशी बहादुर सिंह र अजितवरसिंह थापालाई उपरथीमा बढुवा गरेको हो। त्यसैगरी मन्त्रिपरिषदको बैठकले उपरथी अनुज बहादुर वस्नेतको पदावधी एक वर्षका लागी थप गरेको छ। निरिक्षणाअधिकृत रहेका उपरथी वस्नेतको उपरथीको दुई वर्षे पदावधी यही महिनाको २७ गते सकिदै थियो।
भद्रपुर : अगामी मसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन्। प्रतिनिधि सभातर्फ दुईजना तथा प्रदेश सभातर्फ चारजना महिला उम्मेदवार छन्। प्रतिनिधि सभातर्फ सात तथा प्रदेश सभातर्फ छजना स्वतन्त्र उम्मेदवार प्रचार प्रसारमा जुटेका छन्। प्रतिनिधि सभातर्फ…
काठमाडौं : नेपाल एयरलाइन्सको ९ एन एकेएस कलसाइइन विमान अवतरणको क्रममा टायर पञ्चर हुँदा भैरहवा विमानस्थल केही समय अवरुद्ध भएको छ। परीक्षण उडानको क्रममा काठमाडौंबाट भैरहवा गएको विमान फेरि भैरहवा आसपासमा उडाएर अवतरण गर्नेक्रममा विमानको पछाडिको बायाँ टायर पञ्चर भएको हो। विमानमा सवार पाइलट र को–पाइलट दुवैजना सकुशल छन्।
काठमाडौं : मोरङ ६ बाट प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइराला यतिबेला चुनावी कार्यक्रममा व्यस्त छन्। चुनावी कार्यक्रमको दौरानमा कोइरालाले आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्। कोइरालाको प्रतिबद्धतापत्रमा विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने उल्लेख गरिएको छ। ‘विराटनगर र यसको सेरोफेरोलाई प्रदेशको राजधानी बनाउनेछौ,’ प्रदेश र स्थानीय शीर्षकको पहिलो प्रतिबद्धतामा भनिएको छ। ‘कुनै समय राजनीतिको राजधानी रहेको विराटनगरको पूरानो…
ब्रसेल्स : क्याटालोनियाका नेता कारलस पुज्डमोन र उनीसँगै रहेका अन्य पाँच जना नेताले बेल्जियममा आत्मसमर्पण गरेका छन्। उनीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेका अधिकारीहरुले जानकारी दिएका छन् । स्पेनको क्याटालोनियाका अपदस्थ नेता चाल्र्स पुज्डमोनले यसअघि आफू र अन्य पाँच नेताविरुद्धमा लगाइएको आरोपकाबारेमा बेल्जियमको अदालतबाटै सहयोग लिन चाहेको बताएका थिए। पुज्८मोनसहितका पाँचैजना नेताहरु केही दिनयता बेल्जियममा बसिरहेका थिए। उनीहरुविरुद्ध स्पेन सरकारले युरोपेली युनियनका…
टोकियो : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार समस्या नरहेको बताएका छन्। टेक्सासमा आइतबार बिहान भएको गोलीकाण्डपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन्। उनले भने– यो गोलीकाण्डमा हतियारको समस्या होइन अमेरिकी नागरिकमा रहेको मानसिक स्वास्थ्य प्रमुख समस्या हो। हाम्रो देशमा मानसिक स्वास्थ्यको ठूलो समस्या छ, यस्तो गोलीकाण्डमा पनि हतियार होइन कि मानसिक स्वास्थ्य प्रमुख समस्या हो। उनले मानसिक रोगीहरुले नै…
काठमाडौं : नेपाल कराते महासंघको आयोजनामा हुने ५०औ राष्ट्रिय कराते च्याम्पियनसिप यही बुधबार देखि शुक्रबारसम्म हुने भएको छ। यसअघि बिहिबारदेखि हुने तय भएपनि प्राविधिक कारणले गर्दा प्रतियोगिता एक दिन अगाडी सारिएको आयोजकले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो। जापानमा सन् २०२० मा हुने टोकियो ओलम्पिकलाई मध्यनजर गर्दै खेलाडी तयार पार्ने उदेश्यले यस च्याम्पियसिप गर्न लागिएको हो। करातेमा स्तरिय खेलाडी…
काठमाडौँ : नेपाल सरकारले स्पेन अधिराज्यको विभाजनको विपक्षमा रहेको स्पष्ट गर्दै त्यहाँको आन्तरिक मामिला स्पेनको संवैधानिक दायराभित्र रहेर समाधान गर्नुपर्ने बताएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी स्पेनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको दृढ समर्थन एवं सम्मान गर्छ भन्दै नेपाल र स्पेनबीचको सम्बन्ध पारस्परिक, मैत्री, सहयोग, आपसी समझदारी र एक अर्काका आकांक्षाप्रति सम्मानमा आधारित रहेको बताएको छ।
काठमाडौँ : जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका ६ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएका छन्। विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो। सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र खरिपाटीमा एक्सेलोमिटर केन्द्र निर्माण हुन लागेका हुन्। खानी तथा भूगर्भ…
नेत्र तामाङ काठमाडौ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले पाँच पार्टीका अध्यक्षलाई काँधमा बोकेर चुनावी मैदानमा ओर्लिएको छ। कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई खुल्ला रुपमा सघाउने घोषणा गरिसकेको छ। कांग्रेसले पहिलो चरणमा गोरखा–२…
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा सुशासन र जनताको समृद्धिका आफूले राजनीति गरेको बताएका छन्। तनहुँमा चुनावी घरदैलो अभियानमा पौडेलले सवैभन्दा ठूलो समस्या नेपालमा सुशासन भएकाले त्यसका लागि अभियान सुरु गर्नुपर्ने बताए। पौडेलले नेपालको राजनीतिमा देखिएका कमी कमजोरीप्रति जनतासँग क्षमा माग्दै अब मुलुकलाई नयाँ युगमा प्रवेश गराउने दृढता व्यक्त गरे। उनले राजनीतिमा आफूले कहिल्यै भेदभाव नगरेको र…
इलाम : नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने दाबी गरेका छन्। इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा आयोजित वाम कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेम्वाङले अबको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकलाई समृद्ध बनाउने बताए। ‘पाँच वर्षसम्म स्थिर सरकार चलाएर मुलुकलाई आर्थिक विकासतर्फ उन्मुख गराउने लक्ष्य छ,’ उनले भने,‘समृद्ध नेपालको आधार तयार भएको छ,…
ललितपुर : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ललितपुरका विभिन्न क्षेत्रमा चुनावी चहलपहल बढेको छ। आफ्नो पक्षमा मत बटुल्न पार्टीका नेता अहिले घर–घरमा भोट माग्न पुग्ने गरेको दृश्य देख्न पाइन्छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिन जनता आतुर देखिन्छन्। उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न कसरत गरिरहेका छन्। नयाँ संरचनाअनुसार हुन लागेको निर्वाचनले जनता…
काठमाडौं: फिल्म 'ह्याप्पी डेज'को नयाँ गीत सार्वजनिक भएको छ। 'तिमी बिना' बोलको गीत भिडियो सहित सोमबार युट्युबमार्फत रिलिज गरिएको हो। सार्वजनिक गीतको भिडियोमा अभिनेता सञ्जय गुप्ता र प्रियङ्का कार्कीको फिचरिङ रहेको छ। ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा लिम्बु स्वयंम र दीपा राईले स्वर दिएका छन्। गीतमा फिल्म निर्देशक समेत रहेका दिनेश राउतको शब्द रहेको छ। भिडियो निर्देशन पनि फिल्मका निर्देशक…
काठमाडौं : बालुवाटरको न्युटन हाईस्कुल प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ च्याम्पियन बनेको छ। सोमवार भएको फाइनल खेलमा न्युटनले नुवाकोटको बुङताङ भलिबल टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो पटक भएको यू–१८ प्रतियोगिताको च्याम्पियन बनेको हो। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा फाइनलमा न्युटनले बुङताङ भलिबल टिमलाई २५–२०, २५–१७, २५–१७ को सेटमा पराजित गर्यो। जितसँगै…
गोरखा (सुलिकोट) : नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सुलिकोट गाउपालिका-५ मा रहेको चनौटे र लाकुरेबोट जोड्ने पुल निर्माणको लागि आफुले महत्त्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै पुलको निर्माण कार्य तिब्ररुपमा अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मंसिर १० गते हुने निर्वाचन अन्तर्गत गोरखा जिल्ला क्षेत्र नम्बर-२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका श्रेष्ठले सुलिकोट ५ लाकुरीबोटमा…
काठमाडौँ : निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ। आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील एकीकृत दिगो विकास समाज लैनचौर सबैभन्दा कम २० पर्यवेक्षक खटाउन…
जनकपुरधाम : धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा हुने भएको छ। निधिसँग राजनीतिक विरासत छ भने महतोसँग मधेश आन्दोलनको श्रेय। जनकपुर निधिको गृहनगर हो भने महतोको पार्टीले भारी मतले स्थानीय निकायको निर्वाचन जितेको विश्वास। तर हालसम्म निधि वा महतो कसले जित्ने भन्ने आँकल गर्न कठिन देखिन्छ।…