गौशाला : राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पटक महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताएका छन्। महोत्तरीको जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले मतदाताको विशेष आग्रहमा आफू महोत्तरीबाट चुनाव लड्न आएको बताए। उनले भने, ‘जन्मभूमिको आकर्षणले मलाई यसपालिको चुनावमा महोत्तरीबाट लड्न उत्प्रेरित गर्यो।’ उनले चुनावमा सम्पूर्ण मधेशको भूमिमा केवल मधेशीलाई जिताउन सबै मतलाई आग्रह गरे। ठाकुरले मतदातालाई…
काठमाडौँ : निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्दैछ। दोस्रो चरणमा हुने निर्वाचनका लागि उम्मेदवारी दिएकाले आज दिउँसो १ बजेसम्म नामावली फिर्ता लिने समय दिइएको थियो। आयोगका प्रवक्ता नवराज ढकालले अहिलेसम्म कुनै उम्मेदवारले उम्मेद्वारी फिर्ता लिएको जानकारी नआएको बताए। उनले भने, ‘अहिलेसम्म उम्मेदवारले उम्मेद्वारी फिर्ता लिएको जानकारी आएको छैन। अब हामी अन्तिम नामावली प्रकाशन…
काठमाडौँ : झण्डै साढे तीन सय वर्ष पुरानो चन्द्रविनायक तथा भैरवनाथ जात्रा शनिबारदेखि चाबहिलमा सुरु भएको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयबागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाइन्छ। नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले सो जात्राको सुरुवात गराएको विश्वास गरिन्छ। ‘मलजा नकेगु’ भनिने जात्राको पहिलो दिन कुमारकुमारीको पूजा गरेर विनायकको…
टोकियो : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको नौ दिने भ्रमणको क्रममा आइतबार जापान पुगेका छन्। आइतबार बिहान अमेरिकी राष्ट्रपति एयर फोर्स विमान जापानमा रहेको अमेरिकी सैनिक शिविर, युएस योकोता एयर बेसमा अवतरण गरेको थियो । सो सैनिक शिविरमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी र जापानी सैनिकलाई सम्बोधन पनि गरेका थिए। उनी र जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता हुनेछ। त्यसअघि आज अपरान्ह उनीहरु दुवै…
विनोदसिंह विष्ट बैतडी : मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा बैतडीमा निर्वाचन गतिविधि पनि बढेको छ। निर्वाचन गतिविधि बढेपछि जिल्ला निर्वाचन कार्यालयले पनि आन्तरिक तयारी तीव्र बनाएको छ। निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारीका लागि सरकारी कार्यालय, संस्थान, संस्था र सामुदायिक विद्यालयका शिक्षकको नाम संकलन गर्न सुरु गरिएको निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। गत असारमा…
काठमाडौं : इम्प्याक्ट म्याराथन सिरिज अन्तर्गत नेपाल इम्याक्ट म्याराथन यही नोभेम्वर १८ मा ककनीमा हुने भएको छ। आयोजक इम्प्याक्ट म्याराथन सिरिजका सिइओ निक केर्शले आइतबार आयोजित पत्रकार सम्मेलनमा लगातार दोस्रो पटक नेपालमा म्याराथन सिरिज गर्न उत्साहित भएको बताए। सिरिजमा १० किमी, २१ किमी र ४२ किमी गरेर विभिन्न ३ विधामा रेस हुने आयोजकले जनाएको छ। निकले यस संस्करणमा ५० इन्टरनेशनल…
भियतनाम : भियतनाममा डाम्रोइ आँधीका कारण २७ जनाको मृत्यु भएको छ भने २२ जना हराइरहेका छन्। मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भिषण आँधी आएको भियतनामको प्राकृतिक विपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले जानकारी दिएको छ। १६ जनाको खान्ह होआ प्रान्तको मध्यभागमा, तीन जनाको बिन्ह दिन्ह प्रान्तमा, तीन जनाको मध्य पहाडी लाम डोङ प्रान्तमा, एक जनाको उच्च पहाडी डाक लाकको…
काठमाडौं : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं २ बाट नेकपा एमालेकातर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्न निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। नेपालको प्रचार अभियान सञ्चालन गर्नका लागि क्षेत्रीय, नगरकमिटी र वडास्तरका निर्वाचन परिचालन कमिटी गठन गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। नेपालको चुनावी कार्यक्रम सञ्चालन गर्न…
काठमाडौं: गोपीकृष्ण मुभिजले ८ हलिउड फिल्मको नेपाल प्रदर्शन गर्ने भएको छ। वाल्ट डिज्नीका प्रतिक्षित फिल्महरुको नेपाल वितरण गोपीकृष्णले राइट्स खरिद गरेको हो। सन् २०१७ र २०१८ मा रिलिज हुने फिल्महरुको नेपालमा प्रदर्शन हुने बारे गोपीकृष्णले सूची सार्वजनिक गरेको हो। पहिलो फिल्म 'थोर: रागनारोक' शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको छ। फिल्मले मल्टिप्लेक्सहरुमा सो पाएको छ। अन्य फिल्महरु ब्ल्याक प्यान्थर, अ रिंकल…
अच्युत रेग्मी रसुवा : उत्तरी हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ। मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा भोट माग्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवार घरघरमा पुगेर भोट माग्न व्यस्त छन्। जिल्लाका सबै भागमा अहिलेसम्म पनि सडक सञ्जाल नपुगेकाले उम्मेदवार पैदलै हिँडेर भोट माग्न थालेका छन्। पछिल्लो समय फेसबुक, ट्वीटर, अनलाइनलगायतका सामाजिक सञ्जालबाट पनि मत माग्ने…
काठमाडौं: फिल्म 'रोमियो'को नयाँ गीत सार्वजनिक भएको छ। 'तिम्रो यादमा' बोलको गीत भिडियो सहित युट्युबमार्फत रिलिज भएको हो। कुर्वान अली खान र अमृता लिम्बुको स्वर रहेको गीतमा संगीत र शब्द पनि कुर्वानले दिएका छन्। गीतको भिडियोमा नीशा अधिकारी र हसन राजाको फिचरिङ रहेको छ। भिडियोलाई रामेश्वर कार्कीले खिचेका हुन्। कार्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रोमियो' युनिटले प्रचारको लागि…
पोखरा : कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले नेपाली कांग्रेसको विकल्प अन्य कुनै पार्टी नरहेको बताएका छन्। कांग्रेस क्षेत्र नम्बर १ कास्कीले पोखरा लेखनाथ महानगरपालिका–१४ नयाँ एयरपोर्ट गेट नजिक स्थापना गरेको चुनाव प्रचारप्रसार समिति कार्यालयको आज उद्घाटन गर्दै थापाले देशको समग्र आर्थिक विकास कांग्रेसले मात्रै गर्न सक्ने जिकिर गरे। कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कांग्रेसकै…
चितवन : कात्तिक २९ गतेदेखि चितवनको सौराहामा भैंसीपालन र यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा ‘भैंसी’ बारे अन्तर्राष्ट्रिय सम्मलेलन हुनेभएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन हुनलागेको…
काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्ना चुनावी प्रतिद्वन्द्वीलाई 'वडा अध्यक्षका लायक' भएको बताएका छन्। नयाँ शक्ति नेपालबाट आँखा चिन्ह लिएर गृह जिल्लाको चुनावी मैदानमा उत्रिएका भट्टराईले अजिरकोटको टुटवाङमा चुनावी अभियानका क्रममा सबै सेवाका क्षेत्रलाई आफ्नो वडामा मात्र लैजाने नेता वडा अध्यक्षका लागि मात्र लायक हुने बताए। नेकपा माओवादी केन्द्रबाट भट्टराईसँग पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ भिड्दैछन्। । चुनावमा वाम…
नेपालमा अन्तराष्ट्रिय टिभी कार्यक्रमको फ्रेन्चाइज स्वरुप डान्सिङ रियालिटी सो 'बुगी वुगी' सुरु हुँदैछ। कार्यक्रमको निर्णायक मण्डलमा भने दुई कलाकार र एक नृत्य निर्देशक रहने भएका छन्। अभिनेत्री प्रियङ्का कार्की, अभिनेता दिलिप रायमाझी र नृत्य निर्देशक कविराज गहतराज रहने बारे कार्यक्रम सञ्चार व्यवस्थापक रितिका खरेलले जानकारी दिइन्। भनिन्,'हाल अनलाइन अडिशनका लागि प्रतियोगी चयन गर्नका लागि आन्तरिक जज हुनुन्छ। प्रशारण हुने राउण्डबाट…
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित तुल्याउन सबैखाले सकारात्मक विधि र प्रक्रिया अवलम्बन गर्न निर्वाचन अनुगमनकर्तालाई निर्देशन दिएका छन्। पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनमा खटिने नेपाल सरकारका सचिव एवं सहसचिवका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले जनताको मतबाटै लोकतन्त्र संस्थागत हुने…
इटहरी : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाली जनताको त्याग एवं बलिदान खर्चिएर प्राप्त भएको उपलब्धिको रक्षा गर्दै नेपालीलाई आर्थिक रुपले सबल र समृद्ध नेपालको नागरिक बनाउनका लागि लोकतन्त्र पक्षधरले निर्वाचनमा जित्नु जरुरी रहेको बताएका छन्। सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको खनारमा आयोजित पार्टी अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले नेपाली जनताले प्राप्त गरेको लोकतान्त्रिक राजनीतिक प्रणालीबाट मात्र जनताल चाहेको…
ब्रसेल्स : स्पेनको क्याटालोनियाका अपदस्थ नेता चाल्र्स पुज्डमोनले आफू र अन्य पाँच नेताविरुद्ध लगाइएको आरोपका बारेमा बेल्जियमकै अदालतबाट सहयोग लिन चाहेको बताएका छन्। उनले ट्विटरमा लेखेका छन्,‘पक्राउ गर्नका लागि स्पेनले पत्राचार गरेको अवस्थामा हामी बेल्जियमको अदालतसँग सहयोग लिन तयार रहेका छौँ ।’ उनले आफूहरुमाथिका कानुनी विषयमा बेल्जियमको अदालतबाट न्याय लिने तथा अनुसन्धानका लागि आवश्यक मुद्दामा सो अदालतलाई सहयोग गर्ने पनि बताएका…
कपिलवस्तु : आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई भयरहित र शान्त वातावरणमा सम्पन्न गराउन स्थानीय प्रशासनले सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन उच्च सतर्कता अपनाएको छ। सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका एकाइलाई आफ्ना मातहतका क्षेत्रमा उच्च निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए। यसैक्रममा प्रमुख जिल्ला अधिकारी भुजेलको नेतृत्वको सुरक्षा समितिको…
काठमाडौँ : निर्वाचनका लागि खटिएका कर्मचारीहरुले पनि मतदान गर्न पाउनु पर्ने माग गर्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले एमिकस क्युरी डाकेको छ। कामु प्रधानन्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले रिट निवेदनको गाम्भीर्यतासमेतलाई विचार गरी नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट अधिवक्ताहरु एमिकस क्युरीको रुपमा उपस्थित गराउन आदेश दिएको हो। यसअघिका संविधान सभा निर्वाचनहरुमा निर्वाचन आयोगले निर्वाचनमा…